२०८३ कार्तिक १२

कांग्रेसले गठन गर्‍यो टिकट बाँड्ने केन्द्रीय संसदीय बोर्ड

नेपाली कांग्रेसले उम्मेदवारलाई टिकट बाँड्न केन्द्रीय संसदीय समिति गठन गरेको छ।


Advertisement


आज बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले संसदीय बोर्ड गठन गरेको हो।

सभापति शेरबहादुर देउवासहित पदाधिकारी र वरिष्ठ नेता रामचन्द्र पौडेल संसदीय बोर्डको सदस्य छन्। 

मुख्यसचिव कृष्णप्रसाद पौडेलले संसदीय बोर्ड गठन गरिएको बताए।

कांग्रेस विधानअनुसार पदाधिकारीसहित २५ सदस्यीय केन्द्रीय संसदीय बोर्ड रहने व्यवस्था छ। सभापति देउवाले कार्यसम्पादन समितिबाटै उम्मेदवारलाई टिकट दिने तयारी गरेपछि आलोचना भइरहेको थियो।

संसदीय समितिमा सभापति देउवाले केन्द्रीय सदस्यमध्ये ११ जनालाई मनोनीत गर्न सक्ने व्यवस्था छ।

कांग्रेस विधानमा महानगरको टिकट बाँड्ने अधिकार केन्द्रीय संसदीय बोर्डलाई छ। कांग्रेसले स्थानीय तह चुनावका लागि उम्मेदवारको मनोनयन दर्ता गर्ने दिन केन्द्रीय संसदीय बोर्ड गठन गरेको हो।


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap