२०८२ चैत्र २६

राजनीति

स्थापितको विरोधमा विज्ञप्ति निकाल्ने ४५ संस्थालाई आयोगको निर्देशन– २४ घण्टाभित्र हटाउनू 

स्थापितको विरोधमा विज्ञप्ति निकाल्ने ४५ संस्थालाई आयोगको निर्देशन– २४ घण्टाभित्र हटाउनू 

राजनीति
काठमाडौं । नेकपा एमाले काठमाडौं महानगरपालिकाका उमेदवार केशव स्थापितको उमेदवारी खारेजीको माग गर्दै विज्ञप्ति जारी गर्ने ४५ वटा गैर सरकारी संस्थालाई पनि निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ । Advertisement स्पष्टीकरणसहित उनीहरुले निकालेको विज्ञप्ति २४ घण्टाभित्र हटाउन पनि भनेको छ । “आरोप लागेको व्यक्तिलाई सम्बन्धित दलले उमेदवार बनाउन हुन्थ्यो कि हुँदैनथ्यो त्यो सम्बन्धित पार्टीको कुरा हो, तर विज्ञप्तिमा उमेदवारी खारेजीको माग गरिएको थियो,” आयोग स्रोतले भन्यो, “यो गैर सरकारी संस्थाको मामिलाको विषय होइन । यो पार्टीको आन्तरिक मामिला हो । लायक नि नालायक भनेर जाच्ने काम जनताको हो । त्यसकारण जुन उद्देश्यले स्थापना भएको हो त्यही काम गर्नू । कुन कानुनअनुसार माग गरेका हौ ? २४ घण्टाभित्र हटाएर जानकारी गराउनू भनेर स्पष्टीकरण सोधका हौँ ।” आयोग स्रोतले दिएको...
पालुङटारमा कांग्रेस र जसपाबीच चुनावी गठबन्धन

पालुङटारमा कांग्रेस र जसपाबीच चुनावी गठबन्धन

राजनीति
गोरखा । गोरखाको पालुङटार नगरपालिकामा नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)बीच चुनावी गठबन्धन भएको छ । Advertisement नेपाली कांग्रेसबाट पालुङटारको प्रमुख पदका उमेदवार दीपकबाबु कँडेलले आइतबार एक विज्ञप्ति जारी गर्दै आफ्नो उमेदवार फिर्ता लिई जसपालाई सघाउने घोषणा गरेपछि दुई पार्टीबीच गठबन्धन पक्का भएको हो । विज्ञप्तिमा कांग्रेसले दोस्रोपटक पुनः उमेदवार चयन गरे पनि पछिल्लोपटक केन्द्रीय समितिले उमेदवारी फिर्ता लिन दिएको निर्देशन आफूले स्वीकार गरेको उल्लेख छ । “स्थानीय तहको निर्वाचनमा चुनावी तालमेल गर्ने पार्टी केन्द्रीय कार्यसमितिको निर्णयप्रति म पूर्ण इमानदार रहेको छु,” विज्ञप्तिमा भनिएको छ, “दोस्रोपटक पनि उमेदवार चयन गरेकोमा पार्टीको गण्डकी प्रदेश समिति र केन्द्रीय कार्यसमितिप्रति धन्यवाद प्रकट पनि गर्दछु ।” उनले सरकारमा सहभागी पाँच दलका...
बागी उमेदवारलाई पार्टीमै राख्न कांग्रेसले ल्यायो ‘फकाउने’ नीति

बागी उमेदवारलाई पार्टीमै राख्न कांग्रेसले ल्यायो ‘फकाउने’ नीति

राजनीति
काठमाडौं । नेपाली कांग्रेसले उमेदवारी फिर्ता नलिएका बागी उमेदवारलाई संरक्षण गर्ने नीति अख्तियार गरेको छ ।  Advertisement कांग्रेसको विधान २०१७ (संशोधनसहित) को धारा ४(१३) (ग) मा पार्टीलाई असहयोग गर्ने बागी उमेदवार स्वतः पार्टीबाट निष्कासित हुने प्रावधान छ । तर, आइतबार पत्रकार सम्मेलन गर्दै कांग्रेसले अन्तिम समयमा आधिकारिक उमेदवारको पक्षमा वक्तव्य जारी गरेर सहयोग गरे विधानको धारा आकर्षित नहुने उल्लेख गरेको छ । पार्टी प्रवक्ता प्रकाशशरण महतले आधिकारिक उमेदवारविरुद्ध तथा नेतृत्वको गठबन्धनकाविरुद्ध बागी उम्मेदवारी दिने अधिकांशले उमेदवारी फिर्ता लिए पनि फिर्ता लिन बाँकीहरूको हकमा सो निर्णय गरिएको जानकारी दिए ।  “प्राविधिक कारणले र तालमेलको निर्णय ढिलो भएको कारणले फिर्ता लिन नभ्याउनुभएका तर पार्टीको निर्णय शिरोधार्य गरी पार्टी र गठबन्धनका आधिक...
किन लुकाउनु बालेनले आफ्नो मधेशको पहिचान? गर्व गर्नु पर्दैन? : केशव स्थापित

किन लुकाउनु बालेनले आफ्नो मधेशको पहिचान? गर्व गर्नु पर्दैन? : केशव स्थापित

राजनीति
नेकपा एमालेबाट काठमाडौं महानगरपालिकामा उम्मेदवार रहेका केशव स्थापित स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन) माथि खनिएका छन्। उनले बालेनलाई अन्तर्राष्ट्रिय ठग भएकोसमेत आरोप लगाए। Advertisement ‘एउटा फुच्चे बालेन शाह भन्ने रहेछ। यो त अन्तर्राष्ट्रिय ठग रहेछ,’ काठमाडौंमा आज आयोजित पार्टी कार्यक्रममा स्थापितले भने, ‘युवाहरूले सुनौं है, मसँग परिचय गर्दा पनि म काठमाडौंमा जन्मेको, म पहाडिया ठकुरी भन्छ क्या। हिजो के कुरा खुल्यो भने मधेशतिरको साह रहेछ हेर्नुस् न। सुरूवातमै ठग कुरा गर्ने यहाँ ल्यायो भने के हालत हुन्छ?’ उनले बालेनलाई दर्तावाल ठग भएको आरोप लगाए। ‘सुरूवातमै ठग। दर्तावाल ठग,’ उनले भने, ‘सबै काठमाडौंबासीलाई ढाँट्न पाइन्छ? मधेशको मान्छे मेयर आँट गरेर आउनु पर्दैन? आँटचाहिँ केही छैन। जहिले पनि चस्मा छोड्दैन भनेको जनतासँग आँखा जुधाएर हेर्...
विपक्षी दलले आचारसंहिता उल्लंघन गर्दा पनि निर्वाचन आयोग मौन बस्यो : कांग्रेस

विपक्षी दलले आचारसंहिता उल्लंघन गर्दा पनि निर्वाचन आयोग मौन बस्यो : कांग्रेस

राजनीति
काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसले निर्वाचन आचारसंहिता उल्लंघन हुँदा पनि निर्वाचन आयोग मौन बसेको आरोप लगाएको छ । Advertisement आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै प्रवक्ता डा. प्रकाशशरण महतले प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) नै आचारसंहिता उल्लंघन गर्न लागिपरेको बताए । “ठाडो आचारसंहिता उल्लघन हुँदा कुनै खोजखबर भएको छैन । निर्वाचन आयोगको ध्यानाकर्षण गराउन चाहन्छौँ,” उनले भने । आफ्नो पार्टीले सामान्य गतिविधि गर्दा पनि पत्र काट्ने गरेको भन्दै विपक्षी दलले प्रयोग गर्नै नहुने शब्द बोल्दा पनि आयोग चुप लागेको उनको आरोप छ । “सामान्य कुराहरूमा पनि चिठी पठाउने काम भएको छ । विपक्षी दलको नेताले प्रयोग नै गर्न नहुने शब्द प्रयोग गर्दा पनि आयोगले केही गर्न सकेको छैन,” उनले भने । ...
देउवालाई ३ नम्बर ‘प्यारो’ ! प्रचण्डले भनेका थिए– ओलीलाई ‘बर्बराउने’ मौका नदिऔँ

देउवालाई ३ नम्बर ‘प्यारो’ ! प्रचण्डले भनेका थिए– ओलीलाई ‘बर्बराउने’ मौका नदिऔँ

राजनीति
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल प्रहरीको तेस्रो वरीयतामा रहेका धिरतप्रताप सिंहलाई महानिरीक्षक ‘आईजीपी’ बनाएका छन् ।  नेपाल प्रहरीमा १६ महिनाअघि एआईजी भएका विश्वराज पोखरेल र ११ महिना अघि एआईजी बनेका सहकुल थापालाई छोडेर केही महिना अघिमात्र आफैँले एआईजी बनाएका धिरजप्रताप सिंहलाई आईजीपी नियुक्त गरेका हुन् ।  प्रधानमन्त्री शेरबहादुर देउवाको लगाव धिरजप्रतापप्रति बढी नै देखिएपछि कांग्रेसका मुख्य पदाधिकारीहरुले वरीयता मिचेर विवादित नबन्न निरन्तर आग्रह गरिरहेका थिए ।  Advertisement तर देउवाले अडान छाडेनन् । उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पनि देउवालाई वरीयता नमिच्न पटक पटक आग्रह गरेको स्रोतले जानकारी गरायो । यसबीचमा माओवादी अध्यक्ष पुष्पकमल दाहालसहितको छलफलमा पनि ती पदाधिकारीले वरीयत...
अब त मेयर भएँ भएँ जस्तो लाग्यो : केशव स्थापित 

अब त मेयर भएँ भएँ जस्तो लाग्यो : केशव स्थापित 

राजनीति
काठमाडौं । नेकपा एमालेका तर्फबाट काठमाडौं महानगरपालिकाका मेयर पदका उमेदवार केशव स्थापितले अब आफूलाई मेयर बनेको जस्तो लागेको बताएका छन् ।  Advertisement आइतबार मजदुर दिवसका अवसरमा भृकुटीमण्डपमा आयोजित कार्यक्रममा उनले भने,“अब त मेयर भएँ भएँ जस्तो लाग्यो । जिते–जिते जस्तो लाग्यो । तीनवटा कलम लिएर हिँडेको छु । एउटा कलम मजदुरहरुका लागि ।” कार्यक्रममा उनले नयाँ चेतना भएका मान्छेलाई गाँसेर नयाँ महानगर बनाउने बताए ।  अबको १० वर्षमा दलित भन्ने काठमाडौंमा नरहने उनको भनाइ छ । “शिक्षाका कुरा गर्दा अहिलेसम्म हेपिएका दलित भन्नेहरुलाई १० वर्षमा दलित सक्यो । जम्मै ललित हुन्छ । कहाँ हामीले दलित राख्न सक्छौँ ? अरु ठाउँमा रहला तर काठमाडौं उपत्यकामा रहँदैन,” उनले भने । ...
एमालेले मतदानस्थलमा २०० स्वयंसेवक परिचालन गर्ने

एमालेले मतदानस्थलमा २०० स्वयंसेवक परिचालन गर्ने

राजनीति
काठमाडौं । नेकपा (एमाले)ले आउँदो वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा हरेक मतदानस्थलमा २०० जनाका दरले स्वयंसेवक परिचालन गर्ने भएको छ । Advertisement एमाले जनसंगठन समन्वय समितिको शनिबार बसेको बैठकले ७५३ स्थानीय तहका हरेक मतदानस्थलमा २०० परिचालन गर्ने र ती स्वयंसेवकले मतदातालाई सहयोग र मतको संरक्षण गर्ने अनेरास्ववियुका वरिष्ठ उपाध्यक्ष आरसी लामिछानेले जानकारी दिए । यसपटकको निर्वाचनमा १० हजार ७५६ मतदानस्थल र २१ हजार ९५५ मतदान केन्द्र रहेका छन् । स्वयंसेवकका रूपमा अनेरास्ववियु, राष्ट्रिय युवासंघ, भूपू सैनिक, खेलकुद महासंघ नेपालका नेता तथा कार्यकर्ता परिचालित हुनेछन् । ...
पोखरा प्रमुखका उमेदवार भन्छन्- अंगदान गर्छु, फेरि चुनाव लड्दिनँ

पोखरा प्रमुखका उमेदवार भन्छन्- अंगदान गर्छु, फेरि चुनाव लड्दिनँ

राजनीति
पोखरा । नेकपा (एमाले)का तर्फबाट पोखरा महानगरपालिकाको प्रमुख पदका उमेदवार कृष्णबहादुर थापाले आसन्न स्थानीय तह निर्वाचन नै आफ्नो लागि अन्तिम भएको बताएका छन् । शनिबार एमाले पोखरा महानगर कमिटीले आयोजना गरेको उमेदवार परिचय तथा प्रतिबद्धतापत्र सार्वजनिक कार्यक्रममा थापाले अन्तिमपटक निर्वाचन लड्न लागेको बताएका हुन् । “अर्को पुस्ता पार्टी नेतृत्वमा तयार भएको छ । म भन्न चाहन्छु, मेरो यो चुनाव अब अन्तिम चुनाव हुनेछ, म अब चुनाव लड्ने छैन,” उनले भने । Advertisement आफूले जीवन नै पार्टी राजनीतिमा समर्पण गरेको भन्दै उनले शरीरमा अंग मात्र रहेको र अंगहरू पनि दान दिने घोषणा गरे । “अब बाँकी कुरा भनेको मेरा शरीरका अंगहरू मात्र छन्, दान दिनुपर्ने शरीरका सबै अंगदान गर्नेछु । सबैलाई यसरी नै आफ्नो जीवन देश र पार्टीका लागि काम गर्न अपिल गर्न चाहन्छु,” थापाले भने । ...
नेता पौडेलको आरोप– ओली राजावादीहरूसँग गठबन्धन गरिरहेका छन्

नेता पौडेलको आरोप– ओली राजावादीहरूसँग गठबन्धन गरिरहेका छन्

राजनीति
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राजावादीहरूसँग गठबन्धन गरिरहेको आरोप लगाएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा वरिष्ठ नेता पौडेलले ओलीले पुरातनपन्थी र भ्रष्टाचारीहरूसँग गठबन्धन गरिरहेको आरोप लगाए ।  Advertisement “ओलीले गरेको गठबन्धन कस्ता तत्वसँग छ ?, ओली आज कोसँग हात मिलाउन गएका छन् ? पुरातन पन्थी, राजावादी, प्रतिक्रियावादी, भ्रष्टाचारीहरूसँग गठबन्धन गरिरहेका छन् ओली,” उनले भने, “नेपाली कांग्रेसको राजनीति ठिक बाटोमा गएको छ । विकास रणनीति पनि सही ढंगको छ ।” विकासको नाममा नेकपा एमालेका कार्यकर्ताहरूले केन्द्रबाट बजेट लगेर आफैँ उपभोक्ता, आफैँ ठेकदार बन्ने गरेको र बजेट सबै खल्तीमा हालेको पौडेलको आरोप  छ । उनले नेकपा एमालेले विकासका योजनाहरू अलपत्र बनाएको पनि बताए ।  ...