२०८३ कार्तिक १४

किन लुकाउनु बालेनले आफ्नो मधेशको पहिचान? गर्व गर्नु पर्दैन? : केशव स्थापित

नेकपा एमालेबाट काठमाडौं महानगरपालिकामा उम्मेदवार रहेका केशव स्थापित स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन) माथि खनिएका छन्।

उनले बालेनलाई अन्तर्राष्ट्रिय ठग भएकोसमेत आरोप लगाए।


Advertisement


‘एउटा फुच्चे बालेन शाह भन्ने रहेछ। यो त अन्तर्राष्ट्रिय ठग रहेछ,’ काठमाडौंमा आज आयोजित पार्टी कार्यक्रममा स्थापितले भने, ‘युवाहरूले सुनौं है, मसँग परिचय गर्दा पनि म काठमाडौंमा जन्मेको, म पहाडिया ठकुरी भन्छ क्या। हिजो के कुरा खुल्यो भने मधेशतिरको साह रहेछ हेर्नुस् न। सुरूवातमै ठग कुरा गर्ने यहाँ ल्यायो भने के हालत हुन्छ?’

उनले बालेनलाई दर्तावाल ठग भएको आरोप लगाए।

‘सुरूवातमै ठग। दर्तावाल ठग,’ उनले भने, ‘सबै काठमाडौंबासीलाई ढाँट्न पाइन्छ? मधेशको मान्छे मेयर आँट गरेर आउनु पर्दैन? आँटचाहिँ केही छैन। जहिले पनि चस्मा छोड्दैन भनेको जनतासँग आँखा जुधाएर हेर्ने तागत रैनछ। फेस टु फेस बसेर कुरा गर्नुपर्‍यो नि!’

बालेनलाई काठमाडौंमा कति मानिस बस्छन् भन्नेसमेत थाहा नभएको स्थापितले दाबी गरेका थिए। ‘यस्तो मानिसको पछि युवा लाग्ने?,’ उनले भने, ‘उहाँहरूसँग मैले प्रतिस्पर्धा गर्नु छैन।’


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap