गृहमन्त्रीलाई चिनियाँ राष्ट्रपति सीको सन्देश सुनाइन् चिनियाँ राजदूत यान्छीले
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणसँग नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले भेटवार्ता गरेकी छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणको दोस्रो दिन बुधबार यान्छीले गृहमन्त्री खाँणसँग भेटवार्ता गरेकी हुन् ।
त्यसक्रममा राजदूत यान्छीले नेपाली जनता र सरकारले आफ्नो विकासको मोडेल आफैँ तय गर्ने भन्दै नेपालले तयार गर्ने मोडेलमा चीनको सधैँ सहयोग र सद्भाव रहेको बताएकी थिइन् ।
Advertisement
गृह मन्त्रालय स्रोतले भेटका क्रममा दुई देशबीचको आपसी सम्बन्ध र सहयोग आदानप्रदानका विविध विषयमा छलफल भएको जनाएको छ । राजदूत यान्छीले स्थानीय तह निर्वाचन सम्पन्न गरेकामा चिनियाँ राष्ट्रपति सी चिनफिङका तर्फबाट प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई ज्ञापन गरेको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।
‘राष्ट्रपति सी चिनफिङले आफ्ना जनप्रतिनिधि जनताले आफैँ छान्ने ...









