२०८२ चैत्र २६

राजनीति

बलात्कार आरोपितलाई अनुसन्धानको दायरामा ल्याउन गगन थापाको माग

बलात्कार आरोपितलाई अनुसन्धानको दायरामा ल्याउन गगन थापाको माग

राजनीति
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बलात्कारका आरोपितका सम्बन्धमा अनुसन्धान थाल्न माग गरेका छन् । Advertisement सांसद थापाले प्रतिनिधिसभामा जारी विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिनुअघि शुक्रबार सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका हुन् । “हिजो घर फर्कंदै गर्दा एकजना युवती सात वर्षअघि बलात्कृत भएको तर न्याय नपाएको घटना सार्वजनिक भयो । म घर पुग्दै गर्दा घरमा श्रीमती र छोरी डराइरहेको पाएँ,” थापाले भने, “सभामुख महोदय, यति गम्भीर विषय सार्वजनिक भइसक्दा पनि सरकारले बलात्कार आरोपितलाई अनुसन्धान नगर्नु सकारात्मक कुुरा होइन । यस्तो गम्भीर विषयमा सरकारले तत्काल आरोपितमाथि अनुसन्धान थालोस् ।” ...
संसद्मा बजेटका सिद्धान्त र प्राथमिकतामाथि छलफल : अर्थमन्त्रीले आज जवाफ दिने 

संसद्मा बजेटका सिद्धान्त र प्राथमिकतामाथि छलफल : अर्थमन्त्रीले आज जवाफ दिने 

राजनीति
काठमाडौं । संघीय संसद्मा आउँदो बजेट निर्माणका सिद्धान्त र प्राथमिकतासम्बन्धी जारी छलफल आज टुंगिने भएको छ । सरकारले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका विषयमा राखेको प्रस्तावमा गएको बुधबारदेखि सांसदहरूले छलफल गरिरहेका छन् । Advertisement आजको प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका विषयमा सांसदहरूले उठाएका प्रश्नको अर्थमन्त्री जनार्दन शर्माले जवाफ दिने कार्यसूची छ । आज बजेटका सिद्धान्त र प्राथमिकताका विषयमा छलफल टुंग्याएर सरकारले भोलि आर्थिक वर्ष ०७९/८० को नीति तथा कार्यक्रम पेस गर्ने तयारी गरेको छ । नीति तथा कार्यक्रमका लागि यसअघि नै मिति तय भइसकेको छ । ...
धनगढीमा स्वतन्त्र उमेदवार हमाल ८,२९२ मतले अगाडि

धनगढीमा स्वतन्त्र उमेदवार हमाल ८,२९२ मतले अगाडि

राजनीति
काठमाडौं । धनगढी उपमहानगरपालिकामा मेयरका स्वतन्त्र उमेदवार गोपाल हमालले १६ हजार ४१५ मत प्राप्त गरेका छन् । ३५ हजार ८९४ मतगणना हुँदा गठबन्धनको तर्फबाट कांग्रेसका उमेदवार नृपबहादुर वडले ८ हजार १२३ मत ल्याएका छन् । Advertisement उनीहरूबीच ८ हजार २९२ मतको फरक छ । त्यसैगरी एमालेका रणबहादुर चन्दले तीन हजार ७७४ मत पाएका छन् ।  उपमेयरमा गठबन्धनको तर्फबाट माओवादीकी शान्ति अधिकारीले ७ हजार ४५७ मत प्राप्त गरेकी छन् । एमालेकी कन्दकला रानाले ६ हजार ६१७ मत ल्याउँदा स्वतन्त्र उमेदवार प्रभाकर भण्डारीले ४ हजार १५४ मत पाएका छन् । ...
कञ्चनपुरको कृष्णपुरमा कांग्रेस अगाडि

कञ्चनपुरको कृष्णपुरमा कांग्रेस अगाडि

राजनीति
धनगढी । कञ्चनपुरको कृष्णपुर नगरपालिकाको मतगणना जारी छ । अहिलेसम्मको मतपरिणामअनुसार नेपाली कांग्रेसका मेयरका उमेदवार हेमराज ओझा ४ हजार ८०० मतसहित अग्रस्थानमा छन् । उनलाई लोकेन्द्र मल्लले ४ हजार १९४ मतसहित पछ्याइरहेका छन् । Advertisement अहिलेसमम नगरपालिकाको वडानम्बर १, २, ३, ८ र ९ को मतगणना सकिएको छ ।  वडा नम्बर ४ र ७ को मत गणना चलिरहेको छ । यस्तै, उपमेयरमा पनि कांग्रेसकी उम्मेदवार द्रोपती रानाले ४ हजार ६१६ मत ल्याएकी छन् । उनलाई पछ्याइरहेकी एमालेकी रमिता कुमारी रानाले ४ हजार ३३२ मत ल्याएकी छन् । ...
कलाकार मुनाल घिमिरे बने वडाध्यक्ष 

कलाकार मुनाल घिमिरे बने वडाध्यक्ष 

राजनीति
काठमाडौं । दाङको घोराही उपमहानगरपालिकाको वडा नम्बर ४ मा नेकपा एमालेका मधुुसुदन शर्मा (मुनाल घिमिरे) निर्वाचित भएका छन् । उनी १ हजार ५२५ मतसहित निर्वाचित भएका हुन् । उनी कलाकार तथा निर्देशक हुन् ।  Advertisement उनका निकटतम प्रतिद्धन्द्धी कांग्रेसका नारायण जीएमले १ हजार ४३३ मत पाउँदा एकीकृत समाजवादीका भीमबहाद्र शार्कीले ३७७ मत पाए । घोराही उपमहानगर एमालेले जितिसकेको छ । ...
बाराको फेटामा विवेकशील साझा निर्वाचित

बाराको फेटामा विवेकशील साझा निर्वाचित

राजनीति
काठमाडौं । बाराको फेटा गाउँपालिकामा विवेकशील साझा पार्टीका उमेदवार निर्वाचित भएका छन् । अध्यक्षमा साझा पार्टीका रुस्तम अंसारी ४ हजार ४८५ मतसहित निर्वाचित भएका छन् ।  Advertisement उनका निकटतम प्रतिद्धन्द्धी एमालेकामा अमिरीलाल प्रसादले २ हजार ३९९ मत प्राप्त गरे । उपाध्यक्षमा विवेकशीलकै निलम शाहले ३ हजार ५७० मतसहित निर्वाचित भएकी छन् । उनकी निकटतम प्रतिद्धन्द्धी एमालेकी कमरुन खातुनले ३ हजार ३३३ मत प्राप्त गरिन् ।  विवेकशील साझा पार्टीले जितेको यो पहिलो पालिका हो । ...
पोखरामा ५५,२६७ मतगणना : धनराज निरन्तर अगाडि

पोखरामा ५५,२६७ मतगणना : धनराज निरन्तर अगाडि

राजनीति
पोखरा । स्थानीय तह निर्वाचनअन्तर्गत पोखरा महानगरपालिकामा मतगणना जारी छ । अहिलेसम्म ५५ हजार ६२७ मतगणना गरिएको छ । Advertisement नगर प्रमुख पदमा सत्ता गठबन्धनका तर्फबाट नेकपा (एकीकृत समाजवादी)का उमेदवार धनराज आचार्यको अग्रता लगातार बढ्दो छ । पछिल्लो गणनाअनुसार उनले २२ हजार ८५२ मत पाएका छन् । नेकपा (एमाले)का उमेदवार कृष्णबहादुर थापाले २० हजार १३२ मत ल्याएका छन् । यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उमेदवार शंकर खरालले दुई हजार ३०४ मत पाएका छन् । लौरो चुनाव चिह्नबाट प्रतिस्पर्धामा रहेका स्वतन्त्र उमेदवार खडकराज पौडेल (गनेस) एक हजार २१२ मतसहित चौथो स्थानमा छन् । ...
पोखरामा अन्तर्घातको आरोप पुष्टी गर्न एमाले नेता राजीव पहारीको चुनौती

पोखरामा अन्तर्घातको आरोप पुष्टी गर्न एमाले नेता राजीव पहारीको चुनौती

राजनीति
पोखरा महानगरको निर्वाचनमा मेयरका एमाले उम्मेदवार कृष्ण थापालाई हराउन अन्तर्घातको आरोप लागेका नेता राजिव पहारीले पुष्टी गर्न चुनौती दिएका छन्।  आरोप पुष्टी भए जुनसुकै सजाय भोग्न पनि तयार भएको उनले बताएका छन्।   Advertisement पोखरा महानगरको मतगणनाका क्रममा अन्तर्घात देखिएको भन्दै एमालेकै नेता कार्यकर्ताले पहारीमाथि अन्तर्घातको आरोप लगाएका छन्। उनका स्वकीय सचिव भनिएका मनोज पहारीले अर्का एक व्यक्तिसँग गरेको फोन कुराकानीको रेकर्ड सार्वजनिक गर्दै नेता पहारीले मेयर उम्मेदवार थापालाई अन्तर्घात गरेको आरोप लगाएका थिए।   फोन कुराकानीमा मनोजले राजीव पहारीको राजनीतिमा अप्ठ्यारो आउन नहुने उल्लेख गरेका छन्।  गठबन्धनका मेयर उम्मेदवार धनराज आचार्यलाई मतदान गर्न रकमको समेत बार्गेनिङ गरेको उक्त अडिओमा सुन्न सकिन्छ।   कृष्ण थापालाई हराएबापत् आफूलाई प...
वीरगञ्जमा गठबन्धनका राजेशमान ६ हजार ८०० मतले अगाडि

वीरगञ्जमा गठबन्धनका राजेशमान ६ हजार ८०० मतले अगाडि

राजनीति
वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाको मेयरमा पाँच दलीय गठबन्धनका राजेशमान सिंहले मतान्तरलाई फराकिलो बनाउँदै गएका छन् । नेकपा (एमाले)का निवर्तमान मेयर विजय कुमार सरावगी ६ हजार ८७५ मतले पछाडि छन् । Advertisement वीरगञ्ज महानगरपालिकाका १२ वटा वडाको २६ हजार ६९९ मत गणना गर्दासम्म सिंहले १३ हजार ८७८ मत पाएका छन् । एमालेका सरावगीले ७ हजार ३ मत पाएका छन् । पाँच हजार ९४८ मत बदर भएको छ भने २० हजार ७५१ मत सदर भएको छ । ...
महिला तथा सामाजिक सुरक्षा समितिले दियो सरकारलाई निर्देशन

महिला तथा सामाजिक सुरक्षा समितिले दियो सरकारलाई निर्देशन

राजनीति
काठमाडौं ।  प्रतिनिधि सभाअन्तर्गतको महिला तथा सामाजिक सुरक्षा समितिले मातृ–शिशु मृत्युदर न्यूनीकरण कार्यक्रमको प्रभावकारी कार्यान्वयन गराउन सरकारलाई निर्देशन दिएको छ । बुधबार सिंहदरबारमा बसेको समितिको बैठकले आगामी आर्थिक वर्षको बजेटमा लैङ्गिक उत्तरदायित्वको पक्षलाई नीतिगत र व्यवहारिक रूपमा अधिक महत्त्व दिन सरकारलाई निर्देशन दिएको हो ।  Advertisement बैठकमा निर्णय सुनाउँदै समितिकी सभापति निरुदेवी पालले बजेटका विभिन्न चरणमा लैङ्गिक परीक्षण गरेर आर्थिक नीति एवं राष्ट्रिय विकास नीतिहरूबाट परेको असरबारे जानकारी गराउँदै नियमित विश्लेषण गर्न पनि सरकारलाई सुझाव दिइन्  । उनले महिलाको स्वास्थ्यलाई हानी गर्ने प्रकिृतिका प्याडहरूलाई निरुत्साहित गर्न र प्याडको सरल, सहज र सुपथ मूल्यमा उपलब्ध हुने वातावरण बनाउन पनि समितिले सरकारलाई निर्देशन दिइन् ।  यसैगरी, ब...