२०८३ बैशाख २८

स्वास्थ्य

कोरोनाले काभ्रेमा थप एकको मृत्यु

कोरोनाले काभ्रेमा थप एकको मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
साभार: रातोपाटी कोरोना सङ्क्रमणका कारण काभे्रे बेथानचोक गाउँपालिकाका एक वृद्धाको आज मृत्यु भएको छ । ती ७५ वर्षीया  वृद्धाको वनेपास्थित शिर मेमोरिय अस्पतालमा उपचारका क्रममा मृत्यु भएको कोभिड–१९ रोकथाम तथा नियन्त्रण कमाण्ड पोष्टले जनाएको छ । योसँगै काभ्रेमा हालसम्म पाँच पुरुष र पाँच महिलाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ ।  जिल्लामा कोरोना भाइरस् सङ्क्रमितको सङ्ख्या दैनिक ४० को हाराहारिमा पुगेको छ । आज जिल्लामा ४० सङ्क्रमित थपिएका छन् । पोष्टका अनुसार मङ्गलबार ५८ थिए भने सोमबार ४३ मा कोरोना सङ्क्रमण देखियो । आजसम्म सङ्क्रमितको सङ्ख्या एक हजार १३६ पुगेको छ जसमध्ये ४२३ महिला र ६९२ पुरुष सङ्क्रमित हुन् । कूल सक्रिय सङ्क्रमितमध्ये ३५ प्रतिशत वनेपा नगरभित्र मात्रै छन् ।  नगरमा आज सात पुरुष र चार महिला थपिएपछि ७१ महिला र ९९ पुरुष सङ्क्रमित छन् । यस्तै, कुल सक्रिय सङ्क्र...
सुदूरपश्चिममा कोरोनाबाट मृत्यु हुनेको संख्या १९ पुग्यो, ८१ संक्रमित थपिए

सुदूरपश्चिममा कोरोनाबाट मृत्यु हुनेको संख्या १९ पुग्यो, ८१ संक्रमित थपिए

देश, समाचार, स्वास्थ्य
साभार: रातोपाटी कैलाली । सुदूरपश्चिम प्रदेशमा कोरोनासंक्रमणबाट मृत्यु हुनेको संख्या १९ पुगेको छ । सोमबार धनगढी उपमहानगरपालिका–३ बस्ने ५२ वर्षीय एक पुरुषको मृत्यु भएपछि  कोरोनाबाट मृत्यु हुनेको संख्या १९ पुगेको हो । उनलाई असोज २० गते कोरोना पुष्टि भएको थियो भने स्वास्थ्यमा समस्या देखिएपछि  अस्पताल भर्ना २३ गते गरिएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दीलिप कुमार श्रेष्ठले जानकारी दिए । यसअघि नै अछामका २, बैतडीका १, बझाङ्गका २, बाजुराका २, डडेल्धुराका १,  कैलालीका ९ र कञ्चनपुरका १ जना कोरोनासंक्रमितको मृत्यु भइसकेको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले  रातोपाटीलाई जानकारी दिए । यसैगरी बितेको २४ घण्टामा विभिन्न अस्पतालबाट थप ८१ जनामा कोरोनासंक्रमण पुष्टि भएपछि सक्रिय संक्रमितको संख्या १ हजार २८२ पुगेको छ । Advertisement...
बुटवलमा भएका छुट्टाछुट्टै घटनामा २ जनाको मृत्यु

बुटवलमा भएका छुट्टाछुट्टै घटनामा २ जनाको मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
साभार: रातोपाटी रुपन्देही । यहाँ छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । बुटवलमा एक जनाको बेवारिसे शव फेला परेको छ भने एक जनाको करेन्ट लागेर मृत्यु भएको छ । सियारी गाउँपालिका–१ नागथानका  ४० वर्षीय कृष्णबहादुर केसीको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता खड्कबहादुर खत्रीले जानकारी दिए । Advertisement नहरबाट मोटर लगाई पानी तानी आफ्नै बारीमा लगाउने क्रममा बिहान ११ः५० बजे  उहाँलाई करेन्ट लागेको थियो । यस्तै बुटवल उपमहानगरपालिका–३ गोलपार्कस्थित सिद्धार्थ राजमार्गको नालीमा बिहान बेवारिसे शव फेला परेको छ । अन्दाजी ३५ वर्षीय पुरुषको शव भेटी लुम्बिनी प्रादेशिक अस्पतालमा परीक्षणका राखिएको जनाइएको छ ।  ...
लुम्बिनी प्रदेशकी उपसभामुख थारुलाई कोरोना संक्रमण

लुम्बिनी प्रदेशकी उपसभामुख थारुलाई कोरोना संक्रमण

देश, समाचार, सामाजिक, स्वास्थ्य
साभार: रातोपाटी बुटवल । लुम्बिनी प्रदेशका उपसभामुख कृष्णी थारुलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । उपसभामुख थारुले मंगलबार सामाजिक सञ्जालमार्फत आफूमा कोरोना संक्रमण भएको पुष्टि गरेकी हुन् । Advertisement थारुले आफूलाई कोरोना संक्रमण देखिएकाले सम्पर्कमा आएकाहरुलाई सतर्क रहन समेत सामाजिक सञ्जाल मार्फत आग्रह गरेकी छन् ।  यसअघि सभामुख पूर्णबहादुर घर्तीलाई कोरोना संक्रमण देखिएको थियो । यस्तै प्रदेशसभा लेखा सभापति डिल्लीबहादुर चौधरीलाई पनि कोरोना संक्रमण भएको छ । ...
देशभर सक्रिय संक्रमितको संख्या ३५९१५ पुग्यो, आजमात्रै ३५५६ मा संक्रमण पुष्टि

देशभर सक्रिय संक्रमितको संख्या ३५९१५ पुग्यो, आजमात्रै ३५५६ मा संक्रमण पुष्टि

देश, समाचार, सामाजिक, स्वास्थ्य
साभार: रातोपाटी काठमाडौं ।  देशभर कोरोनाभाइरसको सक्रिय संक्रमितको संख्या ३६ हजार नजिक पुगेको छ।  मंगलबार थप  ३ हजार ५५६ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै सक्रिय संक्रमितको संख्या ३५ हजार ९१५ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा जानकारी दिए ।  उनका अनुसार हाल संस्थागत आइसोलशेनमा १५ हजार ४८ र होम हाइसोलेशनमा २० हजार ८६७ जना रहेका छन् ।  Advertisement यस्तै पछिल्लो २४ घण्टामा १५ हजार ५७७ जनाको पीसीआर परीक्षण भएको छ भने २४ घण्टामा कोरोना निको हुनेको संख्या १ हजार ५०३ रहेको छ । यस्तै हालसम्म निको हुनेको कुल संख्या ७८ हजार ७८० पुगेको गौतमले बताए ।  यस्तै कोरोनाबाट थप १८ जनाको मृत्यु भएको छ भने हालसम्म मृतकको कुल संख्या ६६३ पुगेको गौतमले बताए ।  ...
एक युवकमा कोरोना देखिएपछि वडा एक हप्ताका लागि सिल

एक युवकमा कोरोना देखिएपछि वडा एक हप्ताका लागि सिल

देश, समाचार, सामाजिक, स्वास्थ्य
साभार: रातोपाटी साकेला गाउँपालिका–२ रतन्छाका एक युवकमा कोरोना सङ्क्रमण देखिएपछि उक्त वडालाई एक हप्ताका लागि सिल गरिएको छ ।  स्वदेशका विभिन्न ठाउँबाट आएका तथा विदेशबाट आएका २० जनाको स्वाब सङ्कलन गरेर परीक्षणमा पठाइएकामा एक जनाको रिपोर्ट पोजिटिभ देखिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रविन मगरले जारी गरेको सूचनामा उल्लेख छ । पिसीआर परीक्षणका लागि उनीहरुको स्वाब असोज २० गते सङ्कलन गरेर बिराटनगर पठाइएको थियो । वडामा कोरोना भाइरसको सङ्क्रमित भेटिएपछि गाउँपालिकाबाट प्रवाह हुने अतिआवश्यकबाहेकका अन्य सेवासमेत बन्द गरिएको गाउँपालिका प्रमुख अर्जुनकुमार खड्का ‘झङ्कार’ले जानकारी दिए ।  यस अवधिमा गाउँपालिकाको केन्द्र मानेभञ्ज्याङ आसपासमा सञ्चालनमा रहेका होटल तथा पसल, बैंक तथा वित्तीय संस्था, साना तथा ठूला सवारी साधन बन्द गरिएको गाउँपालिकाले जनाएको छ । साकेला गाउँपालिकामा य...
राजमार्गका १० अस्पतालमा ट्रमा युनिट स्थापना तयारी

राजमार्गका १० अस्पतालमा ट्रमा युनिट स्थापना तयारी

देश, राजनीति, समाचार, स्वास्थ्य
साभार: रातोपाटी काठमाडौं । सरकारले राजमार्गका अस्पतालमा ट्रमा युनिट स्थापनाका लागि तयारी गरेको छ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दुर्घटनामा परेका घाइतेको उपचारका लागि राजमार्गका १० अस्पतालमा  ट्रमा युनिट बनाउने गरी हरेक युनिटलाई रु  ५० लाखका दरले पाँच करोड बजेटसमेत विनियोजन गरिपठाइसकेको छ ।  मन्त्रालयका प्रवक्ता डा .जागेश्वर गौतमले सरकारले सात  प्रदेशका १४ अस्पतालबाट गरीब तथा विपन्न वर्गलाई आकस्मिक सेवा पनि उपलब्ध गराउन थालेको जानकारी दिए ।  ती अस्पतालमा रु एक करोडका दरले रु  १४ करोड हस्तान्तरण गरिसकिएको जनाइएको छ । अकालमा हुने निधन कम गर्न पूर्व अस्पताल सेवासहितको एकीकृत एम्बुलेन्स सेवासमेत कार्यान्वयन गरिएको छ । कोशी  नारायणी र भरतपुर अस्पताल तथा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई रु नौ करोडको दरले आकस्मिक कक्ष निर्माणका लागि रु ३६ करोड रुपियाँ पठाइसकेको छ...
कोरोनाबाट थप ९ को मृत्यु, मृतकको कुल संख्या ६४५ पुग्यो

कोरोनाबाट थप ९ को मृत्यु, मृतकको कुल संख्या ६४५ पुग्यो

देश, समाचार, सामाजिक, स्वास्थ्य
साभार: रातोपाटी देशका विभिन्न जिल्लामा गरी कोरोनाभाइरसबाट थप ९ जनाको मृत्यु भएको छ । मृतकमा २ महिला र ७ पुरुष रहेका छन् ।  स्वास्थ्य मन्त्रालयका अनुसार सुनसरीका ३ पुरुषको मृत्यु भएको छ भने काठमाडौंका १ महिला र २ पुरुष गरी ३ जनाको मृत्यु भएको छ।  यस्तै ललितपुरका १ पुरुष, चितवनकी १ महिला र रुपन्देहीका १ पुरुषको मृत्यु भएको छ ।  Advertisement यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ६४५ पुगेको मन्त्रालयले जनाएको छ ।  ...
सप्तरीका प्रदेश सभासदस्य सहित २७ जनामा कोरोना संक्रमण

सप्तरीका प्रदेश सभासदस्य सहित २७ जनामा कोरोना संक्रमण

देश, समाचार, स्वास्थ्य
साभार: रातोपाटी सप्तरीका प्रदेश सभा सदस्य अभिषेक यादवसहित नयाँ २७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ  । प्रदेशसभा सदस्य  यादवले  सामाजिक सञ्जालमा सङ्क्रमण पुष्टि भएको जानकारी दिदै सम्पर्कमा रहेकाहरुलाई पिसीआर परीक्षण गर्न आग्रह गरेका छन् ।   राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा गरिएको परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालय निमित्त कार्यालय प्रमुख दुनियालाल यादवले समेत पुष्टि गरेका छन् । कोरोना सङ्क्रमित यादवले स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिएका छन् ।  प्रदेशसभा सदस्य यादवसहित जिल्लामा नयाँ २७ जनामा कोरोना सङ्क्रमित देखिएको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।  Advertisement रुपनी गाउँपालिका एक जनप्रतिनिधि र ३ जनासहित रुपनी गाउँपालिकाका ११ जना, राजविराजस्थित भूमिसुधार तथा मालपोत कार्यालयका ४ जना कर्मच...
कोरोना सङ्क्रमित महिलाको मृत्यु

कोरोना सङ्क्रमित महिलाको मृत्यु

देश, समाचार, स्वास्थ्य
यहाँ आज थप एक  कोरोना सङ्क्रमितको मृत्यु भएको छ । कोरोना सङ्क्रमणबाट डाक्नेश्वरी नगरपालिका–७ ललितपुर पुख्र्यौली घर भई हाल राजविराज नगरपालिका– ६ सिरहा रोडमा बसेकी ६७ वर्षीया महिलाको मृत्यु भएको राजविराज नगरपालिका ६ नं वडाध्यक्ष प्रेम यादवले बताए । पछिल्लो एक महिनादेखि ज्वरो लागेको उनको स्वाब परीक्षण गर्दा गत मङ्गलबार कोरोना सङ्क्रमण पुष्टि भएको थियो । होम आइसोलेसनमा बस्दै आएकी उनलाई आज बिहान श्वासप्रश्वासमा समस्या देखिएपछि राजविराजस्थित छिन्नमस्ता अस्पताल भर्ना गरिएको थियो ।  यससमेत सप्तरीमा कोरोनाबाट तीन महिलासहित २१ जनाको मृत्यु भएको छ ।  रुपनी बन्द Advertisement  रुपनी गाउँपालिकाका तीन कर्मचारी र एक वडा सदस्यसहित सो गाउँपालिकाका ११ जनामा आज कोरोना सङ्क्रमण देखिएपछि गाउँपालिका बन्द गरिएको छ । रुपनी– ४ का सदस्य, सोही वडाका कार्यालय सहायक, गा...