२०८३ असार १५

स्वास्थ्य

भक्तपुरमा टिपरको ठक्करबाट  १ जनाको मृत्यु

भक्तपुरमा टिपरको ठक्करबाट १ जनाको मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
काठमाडौं । भक्तपुरको मध्यपुर ठिमी नगरपालिका स्थित सानोठिमीमा टिपरले मोटरसाईकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।  Advertisement गएराती पेप्सीकोलाबाट सानोठिमी जाँदै गरेको रा.२प ४४३७ नम्बरको मोटरसाईकललाई पेप्सीकोला तर्फ आउँदै गरेको बा.३ख ४४६५ नम्बरको टिपरले ठक्कर दिँदा ४२ वर्षीय पदमराज पाठकको मृत्यु भएको हो । मोटरसाईकल पछाडी सवार पाठकको उपचारको क्रममा मध्यपुर अस्पतालमा मृत्यु भएको हो । उनि पुरानो ठिमी बस्दै आएका थिए । टिपरको ठक्करबाट मोटरसाईकल चालक दाङ लालमठिया–५ घर भएका २४ वर्षीय उमेश चौधरी घाइते भएका छन् ।  उनको न्यूरो अस्पताल बाँसबारीमा उपचार भइरहेको छ । टिपर चालक सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका–३ घर भएका राजन नेपालीलाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत ठिमीले जनाएको छ ।  साभार: रातोपाटी ...
पोखराका कोरोना सङ्क्रमितको चितवनमा मृत्यु

पोखराका कोरोना सङ्क्रमितको चितवनमा मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
चितवन । पोखराका कोरोना सङ्क्रमितको यहाँ मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका–८ का ७२ वर्षीय छन् । मुटु, मधुमेह, रक्तचाप र निमोनियाको समस्या भई यही वैशाख ५ गते पुरानो मेडिकल कलेजमा भर्ना भएका उनको उपचारका क्रममा आज बिहान ६ः३० बजे मृत्यु भएको अस्पतालले जनाएको छ । Advertisement अस्पतालका अनुसार उनलाई वैशाख ६ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमण पुष्टि भएसँगै उनको कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा मृत्यु भएको हो । साभार: रातोपाटी ...
रौतहटमा मास्क नलगाउनेलाई एक सय रुपैंया जरिवाना गरिने

रौतहटमा मास्क नलगाउनेलाई एक सय रुपैंया जरिवाना गरिने

देश, समाचार, सामाजिक, स्वास्थ्य
रौतहट । कोरोना महामारीको  प्रभावको बढदै गएपछि स्थानिय प्रशासनले जिल्लामा कडाइ  गरेको छ । संक्रमितको संख्या बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय रौतहटले स्वास्थ्य सुरक्षा मापदण्डको पालनमा कडाइ गर्न थालेको हो । रौतहटमा गत एक हप्तायता कोरोना संक्रमितको संख्या २९ पुगेको छ ।  Advertisement वैशाख १ देखि ६ गतेसम्म भएको ४७ नमूना परीक्षणमा २९ जनामा संक्रमण पुष्टि भएको जिल्ला अस्पतालका प्रमुख डा.कृष्ण साहले जानकारी दिए  ।  जिल्ला प्रशासन कार्यालयले मास्क नलगाउनेलाई जरिवाना गराउने निर्णय समेत गरेको छ । मंगलबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले मास्क नलगाउनेलाई एक सय रुपैंया जरिवाना गर्ने, प्रत्येक पालिकाहरुमा क्वारेन्टिन स्थापना, गौर अस्पतालमा २५, धरहरीमा १ सय र चन्द्रनिगाहपुरमा ४० बेडको आइसोलेसन सेन्टर स्थापना गर्ने निर्णय गरेको सिडिओ इन्द्रदेव...
कपिलवस्तु दुर्घटना : मृत्यु हुनेको संख्या २ पुग्यो

कपिलवस्तु दुर्घटना : मृत्यु हुनेको संख्या २ पुग्यो

देश, समाचार, सामाजिक, स्वास्थ्य
कपिलवस्तु । कपिलवस्तुको बुद्धभूमि–९ मा मंगलबार बस र  ट्रक आपसमा ठोक्किँदा भएको दुर्घटनामा थप एकजनाको मृत्यु भएको छ । बुटवलको चौराह अस्पतालमा उपचाररत घाइतेको मृत्यु भएको हो । मृत्यु हुनेमा अन्दाजी ४० वर्षीय खुरवाङ खडकाको अहिले साझ मृत्यु भएको हो । दुर्घटनामा योसहित दुई जनाको ज्यान गएको छ भने २६ जना घाइते भएका छन् । घाइतेहरुको उपचार भैरहेको कपिलवस्तुका डिएसपी धर्मराज भण्डारीले बताए । अझै ६ जनाको अवस्था गम्भीर रहेको अस्पतालका स्वास्थ्यकर्मी जनक केसीले बताए । Advertisement बिहान बुटवलबाट कृष्णनगर जाँदै गरेको लु१ख ५६८४ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको ना४ख ३०१२ नम्बरको ट्रक बिहान १०ः५० बजेको समयमा आपसमा ठोक्किएका हुन् । साभार: रातोपाटी ...
लगातार तेस्रो दिन भारतमा २ लाख ५० हजारभन्दा बढी संक्रमित

लगातार तेस्रो दिन भारतमा २ लाख ५० हजारभन्दा बढी संक्रमित

विदेश / एन.आर.एन, समाचार, सामाजिक, स्वास्थ्य
लगातार तेस्रो दिन सोमबार भारतमा २ लाख ५० हजारभन्दा बढी संक्रमित फेला परेका छन् । पछिल्लो २४ घण्टामा भारतमा २ लाख ५६ हजार ८२८ जना संक्रमित फेला परेका हुन् । यही अवधिमा १ लाख ५४ हजार २३४ जना निको पनि भएका छन् । यसअघि १८ अप्रिलमा १ लाख ४३ हजार जना निको भएका थिए । Advertisement भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख ८० हजार पार भएको छ । भारतमा हालसम्म १ लाख ८० हजार ५५० जनाले ज्यान गुमाइसकेका छन् । हरेक दिन हुने मृत्युको संख्यामा भारत विश्वकै शीर्ष स्थानमा पुगेको छ । भारतमा हरेक दिन औसतमा १६ सयभन्दा बढीको मृत्यु भइरहेको छ । दोस्रो नम्बरमा ब्राजिल रहेको छ त्यहाँ १५ सयभन्दा बढीको मृत्यु भइरहेको छ । अमेरिकामा यो आँकडा ४–५ सयको बीचमा रहेको छ । भारतमा सोमबार १७ सय ५७ जनाको मृत्यु भएको छ । सोमबार कूल संक्रमितको ७८.३७ प्रतिशत संक्रमित भार...
प्रदेश १ मा ५५ जना कोरोना संक्रमित थपिए

प्रदेश १ मा ५५ जना कोरोना संक्रमित थपिए

देश, समाचार, सामाजिक, स्वास्थ्य
मोरङ । प्रदेश नंं १ मा आज ५५ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा २९, झापामा १७, सुनसरीमा ३ र प्रदेश १ बाहिरका ६ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।  मोरङको विराटनगरमा १० महिला र १४ पुरुष सहित २४, सुन्दरहरैचा २, बुढीगंगा, बेलबारी र कटहरीमा १–१, झापाको बिर्तामोडमा ५, कनकाई र भद्रपुरमा ३–३, दमक र मेची नगरमा २–२, अर्जुनधारा र झापा गाउँपालिकामा १–१, सुनसरीको इटहरी, देवानगञ्ज र वराहक्षेत्रमा १–१ र प्रदेश १ बाहिरका ६ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । Advertisement प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३० हजार ७०२ पुगेको छ । संक्रमितमध्ये २९ हजार ९११ जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या ३१९ पुगेको छ । प्रदेश १ मा आज ३२५ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये २२ महिला र ३३ पुरुषको रिपोर्ट पोजेटि...
‘नक्कली डाक्टर’: एलएलसीको मार्कसिट किर्ते गरेर बंगलादेशमा एमबीबीएस !

‘नक्कली डाक्टर’: एलएलसीको मार्कसिट किर्ते गरेर बंगलादेशमा एमबीबीएस !

देश, विदेश / एन.आर.एन, समाचार, सामाजिक, स्वास्थ्य
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले आइतबार भक्तपुर, ललितपुर र मोरङ लगायतका ठाउँबाट ७ जना नक्कली चिकित्सकलाई पक्राउ गरेको छ । प्रहरीले उनीहरुमाथि लगाएको आरोप छ– ‘लिखत सम्बन्धी कसुर ।’  नक्कली भनिएका चिकित्सकहरुले प्रवेशका परीक्षा (एसएलसी)को मार्कसिट फेरबदल गरेको केन्द्रीय अनुसन्धान ब्यूरोका डीआईजी सहकुल थापाले रातोपाटीलाई बताए । एसएलसीको मार्कसिट, सर्टिफिकेटमा नाम, जन्म मिति र प्राप्ताङ्क सच्याएर उनीहरुले विदेश पढ्न जाने अनुमति लिएका थिए ।  ब्यूरोको टोलीले त्यसरी मार्कसिट सच्याउने मध्येका धेरैलाई कार्यरत अस्पतालबाट नै पक्राउ गरेको थियो । पक्राउ पर्नेमा रुकुम पश्चिमको चौरजहारी अस्पतालमा कार्यरत डा. दिपेन्द्र गौतम, न्युरो अस्पताल विराटनगरमा कार्यरत मोहम्मद सिद्धिकी, जनकपुर चिल्ड्रेन अस्पतालमा कार्यरत सुवास प्रसाद शाह र काठमाडौंको चावहिलस्थित दीर्घायु गुरु अस...
आज र भोलि पाँच वर्ष मुनीका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइँदै

आज र भोलि पाँच वर्ष मुनीका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइँदै

देश, समाचार, सामाजिक, स्वास्थ्य
आज र भोलि देशभरका बालबालिकालाई राष्ट्रिय भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने कार्यक्रम छ । वैशाख ६ र ७ गते ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई राष्ट्रिय भिटामिन ‘ए’ क्याप्सुल जुकाको औषधि खुवाउने कार्यक्रम सञ्चालन गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । Advertisement कोरोना भाइरस (कोभिड—१९) संक्रमणको उच्च जोखिम रहेकोले स्वास्थ्य सुरक्षा अपनाएर घर नजिकैको वितरण केन्द्रबाट राष्ट्रिय भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन मन्त्रालयले आग्रह गरेको छ ।   भिटामिन ‘ए’ वितरण केन्द्रमा यसरी स्वास्थ्य सुरक्षा अपनाऔं —वितरण केन्द्रमा भिडभाड नगर्ने । —कम्तिमा दुई मिटरको भौतिक दुरी कायम गर्ने । —आफनो र बालबालिकाको सुरक्षाको लागि अनिवार्य रुपमा मास्कको सही तरिकाले प्रयोग गर्ने ।  —साबुनपानीले हात धुने वा सेनिटाइजरले हात सफा गर्न स्वास्...
भरियो दाङको बेलझुण्डी कोरोना अस्पताल

भरियो दाङको बेलझुण्डी कोरोना अस्पताल

देश, समाचार, सामाजिक, स्वास्थ्य
दाङको बेलझुण्डीस्थित कोरोना विशेष अस्पताल भरिएको छ । पच्चीस जनाको क्षमता भएको उक्त अस्पतालमा अहिले २६ कोरोना सङ्क्रमित राखिएको अस्पतालका व्यवस्थापक द्रोण वलीले बताए । उनका अनुसार पाँच जनालाई सघन उपचारकक्ष (आइसीयू) मा राखेर उपचार गरिएको छ भने अन्य २१ जनालाई ‘जनरल वार्ड’मा राखेर उपचार गरिएको छ । जनरल वार्डमा रहेका २१ जनालाई पनि अक्सिजन दिइएको छ । “हाम्रो क्षमता २५ जनाको हो, त्यसमा पाँच जना आइसीयु शय्या छन्”, उनले भने, “तर अहिले हामी २६ जना राख्न बाध्य छौँ ।” Advertisement पछिल्लो  समय सङ्क्रमितको सङ्ख्या बढ्दै गएकाले यसपछि आउने सङ्क्रमितलाई कसरी व्यवस्थापन गर्ने भन्ने चिन्ता रहेको वलीले बताउनुभयो । अहिले अस्पतालमा घोराहीका १५, तुलसीपुरका आठ, शान्तिनगरका दुई र रोल्पाका एक रहेका छन् । नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गत आयुर्वेद शिक्षण अस्पतालमा कोर...
मोटरसाइकलबाट खसेर घाइते भएकी महिलाको उपचारका क्रममा मृत्यु

मोटरसाइकलबाट खसेर घाइते भएकी महिलाको उपचारका क्रममा मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
पोखरा । मोटरसाइकलबाट खसेर गम्भीर घाइते भएकी एक महिलाको पोखरामा उपचारको क्रममा मृत्यु भएको छ । आइतबार तनहुँको म्याग्दे ठाँटीटारमा मोटरसाइकलबाट खसेर घाइते भएपछि उपचारका लागि पोखराको फेवासिटी अस्पतालमा भर्ना गरिएकी महिलाको उपचारका क्रममा मृत्यु भएको हो ।  Advertisement मोटरसाइकलबाट खसेर घाइते भएकी म्याग्दे गाउँपालिका ६ छबिसे की ५५ वर्षीया सानुमाया सार्कीको फेवा सिटी हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी वरिष्ठ उपरीक्षक मोहन प्रसाद पोखरेलले जानकारी दिए । ग ७ प ५३२३ नम्वरको मोटरसाइकलको पछाडी बसेर थर्पुबाट छबिसेतर्फ जाँदै गर्दा अकस्मात खसेर घाइते भएकी सानुमायाको फेवासीटीमा उपचारका क्रममा मृत्यु भएको उनले बताए  उक्त मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । साभार: रातोपाटी ...