२०८३ असार १५

स्वास्थ्य

कैलालीमा कोरोना संक्रमितको निधन

कैलालीमा कोरोना संक्रमितको निधन

देश, समाचार, सामाजिक, स्वास्थ्य
धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा कैलालीको गोदावरी नगरपालिका ३ का ५० वर्षीय पुरुष रहेको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दीलिपकुमार श्रेष्ठले रातोपाटीलाई जानकारी दिए ।  Advertisement मृतक फागुनको पहिलो साता भारतबाट आएको र आईतबार निमोनिया कारण अस्पताल भर्ना भइ कोरोना परीक्षण गर्दा उनलाई कोरोना पोजेटिभ देखिएको उनले बताए । उनको आज बिहान ७ बजे मृत्यु भएको श्रेष्ठले बताए ।        साभार: रातोपाटी ...
यस्ता छन् सीसीएमसीका निर्णय

यस्ता छन् सीसीएमसीका निर्णय

देश, समाचार, सामाजिक, स्वास्थ्य
काठमाडौं । कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठकले नयाँ स्वास्थ्य मापदण्डसहितको निर्देशिका जारी गर्ने निर्णय गरेको छ । शनिबार सिंहदरबारमा बसेको सीसीएमसी बैठकले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि विभिन्न प्रस्ताव पारित गर्दै मन्त्रिपरिषदमा सिफारिस गर्ने निर्णय गरेको हो । Advertisement जसमा शहरी क्षेत्रका शैक्षिक संस्था कम्तिमा तीन साता बन्द गर्न प्रस्ताव पारित गरेको छ । यस्तै सपिङ मल, नाचघर, सिनेमा हल, पार्टी प्यालेस, हेल्थ क्लब, स्विमिङ पुल लगायतका क्षेत्र तथा धार्मिक स्थानहरुमा जनस्वास्थ्यका मापदण्डहरु पूर्ण रुपमा पालना गर्न र डीसीसीएमसीले कडाइका साथ अनुगमन गर्न निर्देशन दिएको छ । रात्रीकालिन व्यवसायहरु राति १० बजेपछि बन्द गर्नुपर्ने र संक्रमणको अवस्था हेरि एउटा स्थानीय तहबाट अर्कोमा नियन्त्रित आवागमन गर्ने निर्णय समेत भएको छ...
कोरोना संक्रमणको दोस्रो लहर फैलिन सक्ने भन्दै सतर्कता अपनाउन सीसीएमसीको अपील

कोरोना संक्रमणको दोस्रो लहर फैलिन सक्ने भन्दै सतर्कता अपनाउन सीसीएमसीको अपील

देश, समाचार, सामाजिक, स्वास्थ्य
काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले कोरोना संक्रमणको दोस्रो लहर फैलिन सक्ने भन्दै सतर्कता अपनाउन अपील गरेको छ । सीसीएमसीको शनिबार बसेको बैठकले पछिल्लो समय कोभिड संक्रमणको ग्राफ बढेको र नयाँ भेरियन्ट समेत देखा परेको भन्दै सतर्कता अपनाउन राष्ट्रिय रुपमा अपील गर्ने निर्णय गरेको हो । Advertisement बैठकपछि पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सचिव खगराज बरालले बैठकमा अहिलेको संक्रमणको स्थिति र तयारीको विषयमा छलफल भई आम रुपमा सतर्कता अपनाउन अपील गर्ने निर्णय भएको बताए । यसबाहेक जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी)लाई अझ बढी सक्रिय बनाउने निर्णय पनि गरेको छ । सीमा नाकाहरुमा सञ्चालनमा आएका हेल्थ डेस्कहरुलाई थप प्रभावकारी बनाउने, एन्टिजेन टेष्टलाई बढाउने, कोभिड संक्रमण भई लक्षण ...
भारतमा भयावह बन्दै कोरोना, अन्तिम संस्कारका लागि घण्टौं लाइन

भारतमा भयावह बन्दै कोरोना, अन्तिम संस्कारका लागि घण्टौं लाइन

विदेश / एन.आर.एन, समाचार, स्वास्थ्य
नयाँ दिल्ली । कोरोना संक्रमणको फैलिँदो अवस्था भारतका कयौं राज्यका लागि चुनौतीको विषय बन्दै गइरहेको छ । संक्रमितहरुको उपचारका लागि संशोधनको अभाव देखिन थालेको छ । कोरोना संक्रमणका कारण मृत्यु भएकाहरुको अन्तिम संस्कारमा पनि समस्या देखिएको छ । उत्तर प्रदेश र मध्य प्रदेशका कयौं जिल्लामा शवको अन्तिम संस्कारका लागि घण्टौँ प्रतीक्षा गर्नु परिरहेको छ । Advertisement खासगरी उत्तर प्रदेशको राजधानी लखनउ र मध्य प्रदेशको राजधानी भोपालमा दिनदिनै चिन्ताजनक अवस्था बढ्दो छ । भोपालका केही संगठनका अनुसार राजधानीमा ‘ग्यास त्रासदी’पछि पहिलो पटक यस्तो स्थिति देखिएको छ । पत्रकार समीरात्मज मिश्रका अनुसार उत्तर प्रदेशका जे परिदृश्य देखिएको छ, सरकारको दावी र तथ्याङ्कभन्दा निकै भिन्न छ । कोरोनाभाइरस संक्रमणको कारण मृत्यु भएकाहरुको अन्तिम संस्कारका लागि उनीहरुको परिवारले टोकन ...
पछिल्लो २४ घण्टामा ३३२ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा ३३२ जनामा कोरोना संक्रमण पुष्टि

देश, समाचार, सामाजिक, स्वास्थ्य
काठमाडौँ । पछिल्लो २४ घण्टामा ३ सय ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार ४ हजार ६ जनाको पीसीआर परीक्षण गर्दा ३ सय ३२ जनामा संक्रमण पुष्टि भएको हो । Advertisement पछिल्लो २४ घण्टामा ७९ जना कोरोना मुक्त भएका छन् ।  हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७९ हजार १ सय पुगेको छ । जसमध्ये निको हुनेको संख्या २ लाख ७३ हजार ६०८ रहेको छ । अहिलेसम्म संक्रमणका कारण ३ हजार ३८ जनाको मृत्यु भएको छ । साभार: रातोपाटी ...
रातोपुलमा भारतीय नागरिक मृत फेला

रातोपुलमा भारतीय नागरिक मृत फेला

देश, समाचार, सामाजिक, स्वास्थ्य
काठमाडौं । काठमाडौं महानगरपालिका–३० रातोपुलमा एकजना भारतीय नागरिक मृत फेला परेका छन् ।  Advertisement रातोपुलमा डेरा गरेर बस्ने कोलकत्ता घर भएका ३९ वर्षीय प्रदिप मण्डल मृत फेला परेका हुन् । दरबारमार्ग स्थित कस्मेटिक सप्लाई सम्बन्धी कार्यालयमा काम गर्ने मण्डलको शव डेरामा मृत अवस्थामा भेटिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पठाइएको छ । घटनाबारे महानगरीय प्रहरी वृत्त मालीगाउँले अनुसन्धान गरिरहेको छ ।  साभार: रातोपाटी ...
भारतमा पहिलो पटक १ लाख १५ हजार बढी संक्रमित भेटिए

भारतमा पहिलो पटक १ लाख १५ हजार बढी संक्रमित भेटिए

विदेश / एन.आर.एन, समाचार, सामाजिक, स्वास्थ्य
भारतमा एकैदिन १ लाख १५ हजार नयाँ संक्रमित भेटिएका छन् । यसका साथै ४ अप्रिलमा भेटिएको १.०३ लाख बिरामीको रेकर्ड तोडिएको छ । पछिल्लो २४ घण्टामा ५९ हजार ७ सय बिरामी निको भएका छन् भने ६ सय ३० को मृत्यु भएको छ । यससँगै सक्रिय संक्रमित अर्थात् उपचार गराइरहेका बिरामीको संख्यामा २४ घण्टाभित्र सर्वाधिक ५४,७९५ को वृद्धि भएको छ । यसअघि अप्रिल ४ मा ५०,४३८ सक्रिय संक्रमित बढेका थिए । त्यतिबेला यो सबैभन्दा धेरै थियो । Advertisement नयाँ संक्रमितमा सधैं झैँ सबैभन्दा बढी ५५,४६९ संक्रमित महाराष्ट्रमा भेटिए । ९,९२१ नयाँ संक्रमितसहित छत्तिसगढ दोस्रो नम्बरमा रह्यो । कूल सक्रिय संक्रमितमा पनि यो दुई राज्य शीर्ष २ मा छन् । महाराष्ट्रमा ४.७२ लाख, जबकी छत्तिसगढमा ५२,४४५ बिरामीको उपचार चलिरहेको छ । भारतमा हालसम्म करिब १.२८ करोड मानिस यो महामारीको चपेटमा आइसकेका छन् । यी...
वायु प्रदूषणले आँखाका बिरामी बढ्दै

वायु प्रदूषणले आँखाका बिरामी बढ्दै

देश, समाचार, सामाजिक, स्वास्थ्य
वायु प्रदूषणका कारण कञ्चनपुरका बासिन्दामा आँखा पोल्ने, चिलाउनेलगायतका समस्या देखा पर्न थालेको छ । स्वास्थ्यचौकी र अस्पतालमा अधिकांश बिरामी आँखाकै समस्या लिएर पुग्न थालेका छन् ।  झलारीस्थित स्वास्थ्यचौकीका अहेव लोकेन्द्र ऐरका अनुसार चार दिनदेखि दैनिक ३० देखि ५० बिरामी आँखाको समस्या लिएर उपचारका लागि पुग्न थालेका छन् । उपचारका लागि पुग्नेहरुले आँखा चिलाउने र पोल्नेलगायतका समस्या लिएर आउने गरेको उनले बताए । Advertisement “वायु प्रदूषण बढेपछि यस्तो समस्या देखिँदै आएको छ”, उनले भने, “विशेषगरी बालबालिका र ज्येष्ठ नागरिक यस्तो समस्या लिएर बढी पुग्न थालेका छन् ।” वायु प्रदूषणको स्तर अत्यधिक मात्रामा बढेपछि बालबालिका, ज्येष्ठ नागरिक, श्वासप्रश्वाससम्बन्धी समस्या भएका व्यक्ति, मुटुरोगीलगायत अन्य दीर्घरोगी बढी प्रभावित हुन थालेका छन् । वायु प्रदूषणबाट ...
भोलिदेखि कोरोनाविरुद्धको चिनियाँ खोप लगाइने (अस्पतालको नामसहित)

भोलिदेखि कोरोनाविरुद्धको चिनियाँ खोप लगाइने (अस्पतालको नामसहित)

देश, समाचार, सामाजिक, स्वास्थ्य
काठमाडौं । चीनबाट अनुदान सहयोगमा प्राप्त कोभिड–१९ विरुद्धको भेरोसेल खोप भोलिदेखि लगाइने भएको छ । चीन सरकारले अनुदानमा दिएको ८ लाख डोज खोप बुधबारदेखि २३ वटा खोप केन्द्रबाट दिन लागिएको हो । उक्त खोप पहिलो चरणमा १८ देखि ५९ वर्ष उमेर समूहका प्राध्यापक, चीनमा छात्रवृत्तिमा अध्ययन गर्ने नेपाली विद्यार्थी र नेपाली व्यापारीलाई लगाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । Advertisement त्यस्तै यसअघि खोप लगाउन छुटेका अग्रपंक्तिमा खटिने जनशक्ति, अत्यावश्यक सेवामा काम गर्ने कर्मचारी, होटल, ट्रेकिङ, विज्ञापन, इन्टरनेट, औषधि, फलफुल र तरकारी व्यवसाय गर्ने व्यक्तिहरुलाई पनि खोप दिइने मन्त्रालयले जनाएको छ । काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट र रसुवा जिल्लाका २३ स्थानमा खोप अभियान सञ्चालन हुने मन्त्रालयले जनाएको छ ।   यी अस्पतालमा...
२५ वर्षीया छोरीले दिइन् बुवालाई कलेजो

२५ वर्षीया छोरीले दिइन् बुवालाई कलेजो

देश, समाचार, स्वास्थ्य
२२ चैत, काठमाडौं । भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा ४४ वर्षीय पुरुषको सफल कलेजो प्रत्यारोपण गरिएको छ । भक्तपुरका उनलाई २५ वर्षीया छोरीले कलेजो दान गरेको केन्द्रका निर्देशक डा. प्रेमराज ज्ञवालीले जानकारी दिए । उनका अनुसार केन्द्रमा कार्यरत डा. छेतेन योञ्जन, डा. अनिसा तिवारी, डा. ललित दास, एनेस्थेसियामा डा. आरती राई, डा. सुशील तामाङ तथा नर्सहरु विनिता उप्रेती लगायतको टोलीले प्रत्यारोपण गरेका हुन् । Advertisement उनीहरुलाई भारतको म्याक्स अस्पतालबाट आएका डा शलिन अग्रवालसहितको विज्ञ टोलीले ब्याक सपोर्ट गरेको डा ज्ञवालीले जानकारी दिए । कोरोना महामारीपछि केन्द्रमा भएको यो पहिलो प्रत्यारोपण हो भने समग्रमा छैटौं । यससँगै नेपालका तीनवटा अस्पतालमा गरेर १२ जनामा कलेज प्रत्यारोपण भएको छ । केन्द्रमा ६, त्रिवि शिक्षण अस्पतालमा ५ र...