२०८३ असार १५

स्वास्थ्य

धनगढी कोभिड अस्थायी अस्पतालमा एकजना कोरोना संक्रमितको मृत्यु

धनगढी कोभिड अस्थायी अस्पतालमा एकजना कोरोना संक्रमितको मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
धनगढीः धनगढीको कोभिड अस्थायी अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु भएको छ । Advertisement सेती प्रादेशिक अस्पताल मातहत रहेको कोभिड अस्थायी अस्पतालमा उपचार गराइरहेका कञ्चनपुरको वेदकोट नगरपालिका–१ का ४८ वर्षीय संक्रमित पुरुषको मृत्यु भएको सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए । बैशाख १५ गते अस्पताल भर्ना भएका उनको सोमबार दिउँसो साढे ३ बजेतिर मृत्यु भएको श्रेष्ठले बताए। श्वासप्रश्वास सम्बन्धी समस्या भएका ती संक्रमित निमोनियाले ग्रसित थिए । Credit: OnlineKhabar ...
बीपी प्रतिष्ठान धरानमा एकजना कोरोना संक्रमितको मृत्यु

बीपी प्रतिष्ठान धरानमा एकजना कोरोना संक्रमितको मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
१३ वैशाख, विराटनगर । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतलमा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । Advertisement धनुषाको जनकपुर उपमहानगरपालिका–८ का ४८ वर्षीय पुरुषको उपचारको क्रममा सोमबार बिहान सवा ७ बजे मृत्यु भएको हो । प्रतिष्ठानका सहप्रवक्ता डा. चूडामणि पोखरेलकाअनुसार उच्च रक्तचापका बिरामी ती पुरुष वैशाख ९ गते प्रतिष्ठानमा भर्ना भएका थिए ।वैशाख १० गते उनलाई कोरोना पोजेटिभ पुष्टि भएको थियो । Credit: OnlineKhabar ...
कोरोनाबाट भारतमा २० सहित विदेशमा २३ नेपालीको मृत्यु

कोरोनाबाट भारतमा २० सहित विदेशमा २३ नेपालीको मृत्यु

विदेश / एन.आर.एन, समाचार, सामाजिक, स्वास्थ्य
१२ वैशाख, काठमाडौँ । यो साता भारतमा २० सहित विदेशस्थित २३ जनाको नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार भारतलगायत विभिन्न मुलुकमा बढ्दै गएको कोरोना भाइरस महामारीको प्रकोपका कारण मृत्युदर बढेको हो । Advertisement गैरआवासीय नेपाली सङ्घको स्वास्थ्य समितिका अनुसार यो साता भारतमा २०, कुवेतमा दुई र कतारमा एकजना नेपालीको कोरोनाका कारण निधन भएको हो । भारतको नयाँ दिल्लीमा कार्यरत स्वास्थ्य समितिका सदस्यसमेत रहेका अल इन्डिया इस्न्टिच्युट अफ मेडिकल साइन्समा कार्यरत डा सागर पौडेलका अनुसार भारतको नयाँ दिल्लीमा १० र भारतका अन्य क्षेत्रमा थप १० गरी कूल २० जना नेपालीको निधन भएको हो । निधन हुनेमा अधिकांश ५० वर्षभन्दा मुनिका रहेका छन् । योसँगै हालसम्म विश्वका विभिन्न २१ मुलुकमा सङ्क्रमणका कारण ३७२ ज...
सर्लाहीका कोरोना संक्रमित युवकको मृत्यु

सर्लाहीका कोरोना संक्रमित युवकको मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
१२ वैशाख, जनकपुरधाम । सर्लाहीका एकजना कोरोना संक्रमित युवकको मृत्यु भएको छ । जिल्लाको रामनगर गाउँपालिका ५ बिर्ता बस्ने ३२ वर्षीय इन्द्रजीत रायको मृत्यु भएको प्रहरीले जनाएको छ । Advertisement उपचारका लागि ठमाडौंतर्फ लग्ने क्रममा शनिबार उनको बाटोमै मृत्यु भएको परिवारजनलाई उद्धृत गर्दै सर्लाही प्रहरीका सूचना अधिकारी प्रहरी निरीक्षक कृष्ण गिरीले बताए । शवलाई नेपाल प्रहरीको समन्वयमा नेपाली सेनाको टोलीले रामनगर गाउँपालिका ५ बिर्ताटोलस्थित कुलोको छेउमा व्यवस्थापन गरेको प्रहरीले जनाएको छ । गत वैशाख १० गते बिरामी भएका उनलाई उपचारका लागि नारायणी उपक्षेत्रिय अस्पताल वीरगञ्ज लगिएको थियो । उपचारकै क्रममा कोरोना संक्रमण पुष्टि भएका उनको श्वासप्रश्वासमा समस्या थियो । Credit: OnlineKhabar ...
मोटरसाइकल दुर्घटनामा महिलाको मृत्यु

मोटरसाइकल दुर्घटनामा महिलाको मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा झापाको विर्तामोडमा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा अर्जुनधारा नगरपालिका–७ की २७ वर्षीया सुसना राई रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । Advertisement ट्राफिक प्रहरी कार्यालयका अनुसार झापाको विर्तामोड नगरपालिका–२ रामचोकमा शनिबार साँझ पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे१०प ५५२० नंको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुदाँ त्यसमा पछाडि सवार राईको मृत्यु भएको हो । दुर्घटनाबाट गम्भीर घाइते उहाँको विर्तामोडस्थित विर्तासिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक सोही स्थानका ३० वर्षीय सुमन थापालाई अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको छ ।  साभार: रातोपाटी ...
लकडाउन होइन ‘मोबिलिटी रेस्ट्रिक्सन’ गर्न स्वास्थ्य मन्त्रालयको जोड

लकडाउन होइन ‘मोबिलिटी रेस्ट्रिक्सन’ गर्न स्वास्थ्य मन्त्रालयको जोड

देश, समाचार, सामाजिक, स्वास्थ्य
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाभाइरसको रोकथाम र नियन्त्रणका लागि ‘मोबिलिटी रेस्ट्रिक्सन’ (आवातजावतमा कडाइ) मा जोड दिएको छ । नेपालमा कोरोनाको दोस्रो लहर बढ्दै गर्दा मन्त्रालयले संक्रमण नियन्त्रण र रोकथामका लागि ‘मोबिलिटी रेस्ट्रिक्सनमा जोड दिएको हो । विभिन्न नाममा भिडभाड हुने तथा स्वास्थ्य मापदण्ड पालनामा समेत लापरबाही भइरहेको सन्दर्भमा मोबिलिटी रेस्ट्रिक्सन उपयुक्त विकल्प हुने स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए ।  Advertisement उनका अनुसार मन्त्रालय विगत १ महिनादेखि नै सो मोडलको पक्षमा रहेको छ भने सोही अनुसार गर्न कोभिड–१९ संकट व्यवस्थापन केन्द्रलाई पनि सुझाइएको थियो । जसमा ५ जना भन्दा बढी भिडभाड नगर्ने, स्वास्थ्य मापदण्ड पालना गर्ने, सीमा र नाकाहरुमा कडाइ गर्नेजस्ता विषय समेटिएका थिए ।  मन्त्रालयले कोरोनाको सम्...
कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु, २६१८ संक्रमित थपिए

कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु, २६१८ संक्रमित थपिए

देश, समाचार, सामाजिक, स्वास्थ्य
११ वैशाख, काठमाडौं । पछिल्लो २४ घण्टामा थप २६१८ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ८ हजार ६६८ नमुनाको पीसीआर टेष्ट गर्दा २४८६ जनामा र सीमा नाकाहरुमा ११४३ जनाको एन्टिजेन टेष्ट गर्दा १३३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । Advertisement योसँगै कुल संक्रमितको संख्या २ लाख ९७ हजार ८७ पुगेको छ । हाल १६ हजार ८२८ संक्रिय संक्रमित छन् । मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु भएको छ । यससँगै मृतकको संख्या ३१३६ पुगेको छ । कहाँ कति थपिए संक्रमित ? मन्त्रालयका अनुसार सबभन्दा धेरै काठमाडौंका ६४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै बाँकेका ३५२, रुपन्देहीका २६८, दाङका १७२ र ललितपुरका १४१ जनामा संक्रमण देखिएको छ । काठमाडौं उपत्यकाका तीन वटै जिल्ला काठ...
बाँकेमा २४ घण्टामा ७ संक्रमितको मृत्यु

बाँकेमा २४ घण्टामा ७ संक्रमितको मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
११ वैशाख, नेपालगञ्ज । बाँकेमा कोरोना संक्रमणका कारण बितेको २४ घण्टामा सात बिरामीको उपचारको क्रममा मृत्यु भएको छ । आज बिहानै नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत एक संक्रमितको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–१० निवासी ६१ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो । Advertisement कोरोना संक्रमण पुष्टि भएपछि वैशाख ८ गते भेरी अस्पतालको कोभिड आइसोलेसनमा भर्ना भएका उनको स्वास्थ्यमा सुधार नआएपछि शनिबारअर्थात् आज बिहान १ः२१ बजे मृत्यु भएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र स्रोत व्यक्ति तेज वलीले जानकारी दिए । उनका अनुसार, बितेको २४ घण्टामा बाँकेमा उपचाररत सात जना संक्रमितको मृत्यु भएको छ । जानकी गाउँपालिका–१ बाँके निवासी ७१ वर्षीय महिला, बैजनाथ गाउँपालिका–६ बाँके निवासी २८ वर्षीय पुरुष र वनगाड कुपिण्डे नगरपालिका–३ सल्यान निवासी ५६ वर्षीय पु...
मनहरीमा सवारी दुर्घटना एक जनाको मृत्यु, दुई घाइते

मनहरीमा सवारी दुर्घटना एक जनाको मृत्यु, दुई घाइते

देश, समाचार, सामाजिक, स्वास्थ्य
मकवानपुर । मकवानपुरको मनहरीमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।  मृत्यु हुनेमा मनहरी गाउँपालिका वडा नम्वर–९ खरङ्गा निवासी बर्ष ३५ को कुमार राना मगर रहेका छन् भने घाइतेको पहिचान खुल्न सकेको छैन । Advertisement पूर्व पश्चिम राजमार्ग अन्तरगतको मनहरी गाउँपालिका वडा नम्वर–९ खरङ्गास्थित सडकखण्डमा हेटौंडातर्फ आउँदै गरेको ना ५ प ४७४० नम्वरको ट्रकले सोही दिशातर्फ गाइरहेको ना १ ह ७१८४ नम्वरको अटोलाई ठक्कर दिँदा दुर्घटना भएको हो ।  दुर्घटनामा अटोमा सवार एक राना मगरको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।  घाइते २ जनालाई उपचारको लागि हेटौँड–११ स्थित चुरेहिल अस्पतालमा ल्याएर उपचार भइरहेको प्रहरीले जनाएको छ । मृतकको शव हेटौँडा अस्पतालस्थित शव गृहमा ल्याइएको छ ।  घटनाबारे थप विवरण आ...
सानोठिमीमा टिपर र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

सानोठिमीमा टिपर र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
काठमाडौं । काठमाडौंंको पेप्सीकोलाबाट मध्यपुरथिमि नगरपालिका–२ सानो ठिमीतर्फ आउँदै गरेको रा २ प ४४३७ नंको मोटरसाइकल र मगर गाउँबाट पेप्सीकोलातर्फ जाँदै गरेको वा ३ ख ४४६५ नंको टिपर ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।  Advertisement सानो ठिमी प्रहरी प्रभाग अगाडि भएको दुर्घटनामा दुई जना गम्भीर घाइते भएकामा मोटरसाइकल पछाडि सवार कैलाली चटकपुर घर भई हाल भक्तपुर पुरानो ठिमी बस्ने ४२ वर्षीय पदमराज पाठकको मृत्यु भएको छ । दुर्घटनामा घाइते मोटरसाइकल चालक दाङ लालमठिया–५ बस्ने २४ वर्षीय उमेश चौधरीको न्युरो अस्पताल बाँसबारी काठमाडौँ उपचार भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक दीपक गिरीले जानकारी दिए ।  दुर्घटनाग्रस्त टिपर र सोका चालक सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका–३ घर भई हाल सानो ठिमी बस्ने ३१ वर्षीय राजन नेपालीलाई  महानगरीय प्...