२०८३ असार १५

स्वास्थ्य

डाक्टर अनुप सुवेदीको सुझाव: अक्सिजन मात्रा घट्यो र अस्पतालमा ठाउँ पाइएन भने ‘स्टेरोइड’ औषधि खानुस्

डाक्टर अनुप सुवेदीको सुझाव: अक्सिजन मात्रा घट्यो र अस्पतालमा ठाउँ पाइएन भने ‘स्टेरोइड’ औषधि खानुस्

SYM शुद्ध सकारात्मकता, समाचार, स्वास्थ्य
अहिले जटिल अवस्थाका कोरोना संक्रमितलाई पनि भनेको बेला अस्पतालमा बेड पाउन मुस्किल छ। जसका कारण कतिपय संक्रमितहरू सिकिस्त भएर पनि घरमै बसिरहेका छन्। घरमै रहेका उनीहरूले धेरै कष्ट झेलिरहेका हुन्छन्। एक त उनीहरूमा अक्सिजनको मात्रा कमी भएकाले श्वासप्रश्वासमा समस्या हुन्छ। त्यसमाथि आवश्यक उपचार र चिकित्सकको निगरानी नहुँदा समस्या बल्झिएर बिरामीको ज्यानै जानसक्ने पनि जोखिम रहन्छ। त्यस्तो अवस्थामा के गर्ने? संक्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदी सिकिस्त संक्रमितलाई अस्पताल नपुर्याउन्जेल 'स्टेरोइड' नामक औषधि खुवाउन सुझाउँछन्। उनले यो औषधिले सिकिस्त संक्रमितमा रोग प्रतिरोधात्मक प्रणाली बलियो बनाउने जनाए। यो औषधि कुन बेलामा खाने भन्ने जिज्ञासाबारे डा. सुवेदी भन्छन्, 'अक्सिजन स्याचुरेसन ९२ भन्दा कम भयो भने यो औषधि लिने हो। यो औषधि लिएपछि सिकिस्त संक्रमितलाई राहत पुग्छ। कतिलाई त खाए...
महामारी नियन्त्रणमा नेपाललाई सक्दो सहयोग गर्ने चीनको  घोषणा

महामारी नियन्त्रणमा नेपाललाई सक्दो सहयोग गर्ने चीनको घोषणा

SYM शुद्ध सकारात्मकता, स्वास्थ्य
बेइजिङ — चीनले नेपालको कोरोना महामारी नियन्त्रणमा सक्दो सहयोग गर्ने घोषणा गरेको छ। बेइजिङस्थित नेपाली दूतावासले महामारी नियन्त्रणमा चिनियाँ सहयोगका लागि सिनोफार्म र अक्सिजन सिलिन्डरका लागि चिनियाँ सिड्का भन्ने निकायसँग पहल गरिरहेका बेला चीनले पत्रकार सम्मेलन गरेरै सक्दो सहयोगको प्रतिबद्धता जनाएको हो। शुक्रबार बेइजिङमा पत्रकार सम्मेलन गरेर चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वन पिनले भने, ‘नेपालमा तीव्र गतिमा बढिरहेको कोरोना महामारीपछि उत्पन्न परिस्थितिप्रति चीनको ध्यानाकर्षण भएको छ। चीनले सबै प्रकारका सक्दो सहयोग गर्नेछ।’ Advertisement चीन र पाँच वटा दक्षिण एसियाली मुलुकका परराष्ट्रमन्त्रीबीच वैशाख दोश्रो साथा भिडियो कन्फ्रेन्स हुँदा चिनियाँ परराष्ट्रमन्त्री वाङ यीले कोरोना महामारीको अवस्थालाई ध्यानमा राखी नेपाललगायत सम्बन्धित मुलुकहरूलाई सह...
रौतहटमा प्रहरीले लियो अक्सिजन व्यवस्थापनको जिम्मा

रौतहटमा प्रहरीले लियो अक्सिजन व्यवस्थापनको जिम्मा

देश, समाचार, सामाजिक, स्वास्थ्य
कोरोना संक्रमित बिरामीलाई चाहिने अक्सिजनको जिम्मा रौतहट प्रहरीले लिएको छ । जिल्लामा अक्सिजनको अभावमा कुनै पनि संक्रमितले ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले ग्यास व्यवस्थापनको जिम्मा लिएको रौतहट प्रहरी प्रमुख एसपी सिद्धीबिक्रम शाहले बताएका छन् । Advertisement गौरस्थित अस्थायी कोभिड अस्पतालमा अक्सिजन अपुग हुँदा उपचाररत संक्रमित बिरामीको सुविधाको लागि प्रहरीले अक्सिजन उपलब्ध गराएको छ । संक्रमित १४ जना बिरामीलाई उपचारका लागी प्रति सिलिन्डर सात किलो ६०० ग्राम अक्सीजन रहेको २३ वटा सिलिन्डर शनिवार राति १० बजे गौर अस्पतालका मेडिकल अफिसर डाक्टर घनश्याम ठाकुरको जिम्मा लगाएको एसपी शाहले जानकारी दिएका छन् । संक्रमितको उपचारको लागि हाल अत्यावश्यक अक्सिजनको जिल्लामा कालोबजारी भइरहेको सूचनाको आधारमा प्रहरीले गरुडा, गौरलगायतका स्थानमा छापा मारी साढे सात किलो अक्...
बिएण्डसीमा कोरोना संक्रमितका लागि २ सय शय्या

बिएण्डसीमा कोरोना संक्रमितका लागि २ सय शय्या

SYM शुद्ध सकारात्मकता, समाचार, स्वास्थ्य
झापा बिर्तामोडस्थित बिएण्डसी अस्पतालले कोभिड–१९ का बिरामीलाई उपचार गर्न आजदेखि २०० शय्या सञ्चालनमा ल्याएको छ। प्रदेश १, प्रदेश २ सहित देशका अन्य भागबाट ‘हवाई बेड लिफ्ट’ गरी कोभिडका सङ्क्रमितलाई धमाधम बिएण्डसी पुर्‍याउनेक्रम जारी रहेपछि अस्पतालले श्यया थप गरेको हो। सङ्क्रमितलाई उपचार गर्न सो सङ्ख्यामा शय्या सञ्चालनमा आएको अस्पतालद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ। Advertisement विज्ञप्तिमा भनिएको छ ‘कोरोनाका बिरामीको चाप अस्पतालमा बृद्धिभएसँगै श्यया थप गरिएको छ । हाम्रो दक्ष जनशक्ति, भौतिक पूर्वाधार तथा आधुनिक उपकरणका क्षमताले भ्याएसम्म बिरामीलाई गुणस्तरीय सेवा प्रदान गर्न अस्पताल प्रतिबद्ध रहेको छ।’ मौज्दात रहेका ६५ भेन्टिलेटर सहित सघन उपाचार कक्ष (आइसियू) मध्ये गम्भीर सङ्क्रमितका लागि ५० श्यया छुट्याउने र ६० चिकित्सक सहित आवश्यक स्वास...
गण्डकी प्रदेशका सांसद खिमविक्रम शाही कोरोना संक्रमण मुक्त

गण्डकी प्रदेशका सांसद खिमविक्रम शाही कोरोना संक्रमण मुक्त

आर्थिक, देश, समाचार, सामाजिक, स्वास्थ्य
गण्डकी प्रदेशका सांसद खिम विक्रम शाही कोरोना संक्रमण मुक्त भएका छन् । उनी वैशाख १५ गते संसद चलिरहेको अवस्थामा एकाएक बेपत्ता भएको भन्दै संसद नै स्थगित भएपछि साँझ कोरोना संक्रमित भएर अस्पताल भर्ना भएको खुलेको थियो । सांसद शाहीको नवौँ दिनमा गरिएको कोरोना परीक्षणमा रिपोर्ट नेगेटिभ आएको बताइएको छ ।  कोरोना संक्रमण भएपछि सांसद शाही चार रात पोखरास्थित चरक मेमोरियल अस्पतालको कोभिड वार्डमा बसेका थिए । चार दिन अस्पतामा बिताएपछि १९ गतेदेखि होटलको क्वारेन्टिनमा बसेका उनीको शुक्रबार दिएको स्वाब परिक्षणको रिपोर्ट नेगेटिभ आएको हो । Advertisement वैशाख १५ गते मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ विरुद्धको अविश्वास प्रस्तावमा मतदान गर्ने कार्यक्रम तय भएको अवस्थामा सांसद शाही बिना सूचना बेपत्ता भएका थिए । बिनासूचना सांसद बेपत्ता भएपछि राष्ट्रिय जनमोर्चाकी सचेतक सांसद पिय...
अक्सिजन अभाव : संक्रमितलाई भर्ना गर्न नसक्ने चार अस्पतालको घोषणा

अक्सिजन अभाव : संक्रमितलाई भर्ना गर्न नसक्ने चार अस्पतालको घोषणा

देश, समाचार, सामाजिक, स्वास्थ्य
२५ वैशाख, काठमाडौं । चाबहिलका चार अस्पतालले अक्सिजन अभावका कारण कोरोना संक्रमितलाई भर्ना गरी उपचार गर्न नसक्ने घोषणा गरेका छन् । Advertisement मेडिकेयर, नेपाल–भारत मैत्री अस्पताल, दीर्घायु र हेल्पिङ ह्याण्ड्स अस्पतालले संयुक्त वक्तव्य जारी गर्दै अक्सिजन आपूर्ति सहज नभएकाले संक्रमितलाई भर्ना गरी उपचारलाई निरन्तरता दिन नसक्ने बताएका हुन् । उनीहरुले अक्सिजनको नियमित आपूर्ति नहुँदासम्म शनिबारदेखि सीमित शय्यामा मात्र सेवा प्रदान गर्ने घोषणा गरेका छन् । Credit: OnlineKhabar ...
बिर्तामोडमा निःशुल्क टेम्पो एम्बुलेन्स सेवा सुरु

बिर्तामोडमा निःशुल्क टेम्पो एम्बुलेन्स सेवा सुरु

SYM शुद्ध सकारात्मकता, समाचार, स्वास्थ्य
झापाको विर्तामोड नगरपालिकाले निःशुल्क टेम्पो एम्बुलेन्स सेवा प्रारम्भ गरेको छ ।  कोरोना सङ्क्रमित र अन्य बिरामीहरुलाई टेम्पो एम्बुलेन्सले नगरका ठूला निजी अस्पतालहरुमा लैजान  सहयोग गर्छन् । यसका लागि चार वटा टेम्पो जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडमा तयारी अवस्थामा राखिएको छ ।  Advertisement नगरपालिका क्षेत्रको कुनै पनि स्थानबाट बिरामीलाई नजिकको अस्पताल पुर्याउनु परेमा टेम्पो एम्बुलेन्सले तुरुन्त सेवा दिने नगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत देवराज कार्कीले बताए । नगरपालिका क्षेत्रमा बिएन्डबी, बिर्ता सिटी, मनमोहन सामुदायिक, कनकाई, कञ्चनजङ्घा र अञ्जली हस्पिटल सञ्चालित छन् । ...
बीपी प्रतिष्ठानको कोभिड अस्पतालमा २० वर्षीया संक्रमितको मृत्यु

बीपी प्रतिष्ठानको कोभिड अस्पतालमा २० वर्षीया संक्रमितको मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
२५ वैशाख, काठमाडौं । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत एकजना कोरोना संक्रमितको शनिबार बिहान मृत्यु भएको छ । Advertisement तेह्रथुमको पञ्चकन्या–१ घर भएकी २० वर्षीया महिलाको शनिबार बिहान ५ बजे मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानका सहप्रवक्ता डा. चुरामणी पोखरेलका अनुसार उनी यही वैशाख १७ गते प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना भएकी थिइन् । उनमा उपचारको क्रममा वैशाख १९ गते कोरोना संक्रमण पुष्टि भएको थियो । अस्पतालका अनुसार उनमा अन्य दीर्घरोग पनि थिएन । Credit: OnlineKhabar ...
कर्णालीमा ५०३ परीक्षणमा ३८१ जना संक्रमित

कर्णालीमा ५०३ परीक्षणमा ३८१ जना संक्रमित

देश, समाचार, सामाजिक, स्वास्थ्य
२४ वैशाख, सुर्खेत । शुक्रबार कर्णाली प्रदेशमा ३८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार ५०३ जनामा गरिएको पीसीआर परीक्षणमा ३८१ जनामा संक्रमण पुष्टि भएको हो । अहिले कर्णालीका सबै जिल्लामा निषेधाज्ञा जारी छ । तर, निषेधाज्ञाको अवधिमा पनि संक्रमण दर उच्च देखिएको छ । Advertisement प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार पछिल्लो एक सातायता मात्र प्रदेशमा दुई हजार बढीमा संक्रमण पुष्टि भइसकेको छ । अहिले सबैभन्दा बढी संक्रमित सुर्खेतमा छन् । दैलेख, सल्यान, जाजरकोट र रुकुम–पश्चिममा पनि संक्रमितको संख्या धेरै छ । शुक्रबारसम्म प्रदेशभर ३२ सय ४७ सक्रिय संक्रमित छन् । तीमध्ये सुर्खेतका मात्रै १७ सय ९६ जना रहेका छन् । शुक्रबार सुर्खेतमा थप २७३ जनामा संक्रमण देखिएको निर्देशनालयले जनाएको छ । प्रदेश अस्पतालमा ...
कोरोना संक्रमणबाट एकै घरका तीन दाजुभाइको मृत्यु

कोरोना संक्रमणबाट एकै घरका तीन दाजुभाइको मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
२४ वैशाख, बाँके । कोरोना सङ्क्रमणबाट नेपालगञ्जमा एकाघरका तीन दाजुभाइको अकालमा मृत्यु भएको छ । मृत्यु हुनेमा नेपालगञ्ज उपमहानगरपालिका –३ निवासी इम्तियाज, एजाज र जहीर अहमद रहेका छन् । जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीका अनुसार उनीहरुको एकएक दिनको अन्तरालमा मृत्यु भएको हो । जहीरको मृत्यु भएको भोलिपल्ट एजाजको मृत्यु भएको थियो । आज विहान इम्तियाजको मृत्यु भएको स्रोत व्यक्ति वलीले बताए । सात दाजुभाई मध्ये जहीर कान्छा , एजाज राइलो र इम्तियाज काइलो हुन् । Advertisement उनीहरु सबैको भेरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । नेपालगञ्जको विपिचोक नजिकै व्यापार गर्दै आएका जहिरको बुधबार, एजाजको बिहीवार र इम्तियाजको आज मृत्यु भएको हो । एउटै परिवारको तीन दाजुभाईको मृत्युपछि परिवारमा बज्रपात परेको स्थानीय रसिद कुरेशीले बताए । ...