२०८३ असार १५

स्वास्थ्य

कोरोनाविरूद्ध लड्ने दंगाली काइदा: कोही अक्सिजन जोहो गर्दै, कोही नि:शुल्क मास्क बाँड्दै

कोरोनाविरूद्ध लड्ने दंगाली काइदा: कोही अक्सिजन जोहो गर्दै, कोही नि:शुल्क मास्क बाँड्दै

SYM शुद्ध सकारात्मकता, स्वास्थ्य
कोरोना महामारीको अनिश्चिचताले घेरेको बेला दाङका स्थानीय एकअर्कालाई सहयोग गर्दै महामारीविरूद्ध लडिरहेका छन्। अक्सिजन उद्योग खोल्न होस् वा बिरामीलाई अस्पतालसम्म पुर्‍याउन वा अप्ठेरोमा परेकालाई पैसा जुटाउन अहिले राजनीतिक दलका नेता/कार्यकर्ता, सामाजिक संघ-संस्था र सर्वसाधारणसम्मले समाधानका बाटा खोजिरहेका छन्। Advertisement कोरोनाका कारण मृत्यु हुनेको संख्या दिनहुँ बढ्न थालेपछि मंगलबार देवीराम कुसारीले फेसबुकमा तुलसीपुर-१२ को शितलपुर घाट व्यवस्थित गर्न आह्वान गरे। घाटमा चाहिने काठ पनि जम्मा गर्नुपर्ने भएको उनले लेखेका थिए। फेसबुकमा उनको स्टाटस देखेपछि बुधबार युवा व्यवसायी माधव बुढाथोकी डोजर लिएर शितलपुर घाट पुगे। उनी पुग्दा स्थानीय नेता, शिक्षक, भद्रभलादमी पनि घाटमा आएका थिए। सबै मिलेर सामुदायिक वनबाट काठको जोहो गरे। कतिले व्यक्तिगत रूपमा पनि काठ ...
पर्साको छिपहरमाई गाउँपालिकामा १५ बेडको आइसोलेसन सेन्टर

पर्साको छिपहरमाई गाउँपालिकामा १५ बेडको आइसोलेसन सेन्टर

देश, समाचार, सामाजिक, स्वास्थ्य
२४ वैशाख, वीरगञ्‍ज। पर्साको छिपहरमाई गाउँपालिकाले १५ बेडको आइसोलेसन सेन्टर तयार पारेको छ । २४ अ‍ै घण्टा एमबीबीएस डाक्टरसहितको सेवा दिने गरि आइसोलेसन सेन्टर तयार पारेको हो । सेन्टरमा २ जना स्टाफ नर्स, २ जना स्वीपर, कार्यालय सहयोगी र गार्ड १÷१ जना खटाइएको छ । फिभर क्लिनिक सहित छिपहरमाई-२ सेढवामा १५ बेडको आइसोलेसन सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष मनोज गुप्ताले जानकारी दिए । ‘नीजि अस्पतालहरुमा उपचारका लागि जाँदा १ लाख रुपैयाँ त डिपोजिट नै माग्छन्, कोरोना संक्रमण भईहाले गरिबले उपचार पाउन नसक्ने अवस्था छ ।’ Advertisement उनले भने ‘त्यसैले गाउँपालिकाले १५ बेडको आइसोलेसन सेन्टर तयार पारेर राखेको छ । त्यहाँ खाना खाजाको सुविधा सहित निशुल्क उपचार पनि गर्छौ ।’ आइसोलेसन सेन्टरमा २ वटा मात्रै अक्सिजन सिलिण्डर छ । ४ वटासम्म जोहो गर्न सकेको खण्डमा अत्यावश्यक पर्द...
पर्सागढी नगरपालिकामा संक्रमितलाई निःशुल्क उपचार, एम्बुलेन्स प्रयोगमा पनि पैसा नलाग्ने

पर्सागढी नगरपालिकामा संक्रमितलाई निःशुल्क उपचार, एम्बुलेन्स प्रयोगमा पनि पैसा नलाग्ने

देश, समाचार, सामाजिक, स्वास्थ्य
२४ वैशाख, वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकाले नगरवासीलाई निःशुल्क औषधि उपचार सेवा दिने भएको छ । नगर कार्यपालिकाको बैठकले कोभिड–१९ को दोस्रो भेरियन्ट रोकथाम, न्यूनीकरण र नियन्त्रणको लागि आवश्यक प्रयास गर्ने निर्णय गरेको छ । साथै नगरपालिकाले एम्बुलेन्स सेवा लिँदा पनि पैसा तिर्न नपर्ने निर्णय गरेको छ । Advertisement नगरवासी संक्रमित भए आवश्यकता अनुसार निःशुल्क औषधि उपचार र जिल्लाभित्र कोभिड १९ को उपचारका लागि निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने निर्णय कार्यपालिका बैठकबाट भएको नगर प्रमुख लोक नारायण यादवले जानकारी दिए । ‘पचरुखीमा १५ बेडको आइसोलेसन सेन्टर बनाउँछौं, औषधि उपचार सेवा निःशुल्क हुन्छ, अन्यत्र रिफर गर्नुपर्ने अवस्था आए एम्बुलेन्समै पु¥याउँछौं ।’ उनले भने ‘कोभिड महामारीमा स्वास्थ्य सुरक्षा सतर्कता अपनाएर संक्रमित हुँदै नहुने अवस्था सिर्जना ग...
संक्रमितलाई शय्या चाहिए यी नम्बरमा फोन गर्नुस्: स्वास्थ्य मन्त्रालय

संक्रमितलाई शय्या चाहिए यी नम्बरमा फोन गर्नुस्: स्वास्थ्य मन्त्रालय

SYM शुद्ध सकारात्मकता, समाचार, स्वास्थ्य
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ सङ्क्रमितको उपचारका लागि शय्या चाहिएमा टोलफ्रि नम्बर ११३३ एवं मोबाइल नम्बर ९८५१२५५८३७ र ९८५१२५५८३९ मा सम्पर्क गर्न आग्रह गरेको छ।. Advertisement मन्त्रालयले सूचना प्रकाशित गरी बिरामीका लागि शय्या चाहिएमा वा अस्पताल जान परेमा ती टोलफ्रि र मोबाइल नम्बरमा सम्पर्क गर्न आग्रह गरेको हो। सङ्क्रमणको दोस्रो भेरियन्ट फैलिएर बिरामी बढ्न थालेपछि अहिले देशभरि शय्याको अभाव रहेको छ। ती नम्बरमा फोन गरे शय्या उपलब्ध गराउने मन्त्रालयले जनाएको छ। चौबिसै घण्टा ती नम्बरमा फोन गर्न सकिने व्यवस्था मिलाइएको छ। ...
कोरोनाको दोस्रो लहरमा वीरगञ्जका अस्पतालमा ४३ जनाको मृत्यु

कोरोनाको दोस्रो लहरमा वीरगञ्जका अस्पतालमा ४३ जनाको मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
२२ वैशाख, वीरगञ्ज । कोरोना महामारीको दोस्रो लहर सुरु भएपछि वीरगञ्जका अस्पतालमा ४३ जनाको मृत्यु भएको छ । वीरगञ्जमा बुधबार २ जना कोरोना संक्रमितको मृत्यु भएपछि चैत ३१ देखि वैशाख २२ गते बुधबार बिहानसम्म ४३ जनाको मृत्यु भएको अस्पतालहरुले जनाएका छन् । वीरगञ्जको नारायणी अस्पतालमा ३२, नारायणी बयोधा अस्पतालमा ५, नेशनल मेडिकल कलेजको कोरोना अस्पतालमा ५, र गण्डक अस्पतालमा १ जनाको मृत्यु भएको हो । Advertisement बुधबार बाराको महागढीमाई नगरपालिका–२ बरियारपुरका ५२ वर्षीय पुरुष र पर्साको बहुदरमाई नगरपालिका– ३ कि ४५ वर्षीया महिलाको मृत्यु भएको हो । बुधबार दिउँसो १ः५० बजे वीरगञ्जको नारायणी अस्पतालमा उपचारको क्रममा ५२ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका कोभिड संयोजक डा. सरोजरोशन दासले जानकारी दिए । उनी वैशाख २० गते कोरोना संक्रमण पुष्टी भई होम आइसोलेसनमा थिए । को...
बैतडीमा कोरोना संक्रमणबाट थप एकको मृत्यु

बैतडीमा कोरोना संक्रमणबाट थप एकको मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
२२ वैशाख, बैतडी । बैतडीमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । जिल्ला अस्पतालमा उपचाररत पाटन नगरपालिका–१ क ४४ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ । Advertisement एक हप्ता अघि कोरोना संक्रमण देखिएकाउनीहोम आइसोलेसनमै बसिरहेका थिए । स्वास्थ्यमा समस्या देखिएपछि मंगलबार मात्र अस्पताल भर्ना भएका उनको राति मृत्यु भएको हो । उनी पेसाले शिक्षक रहेको अस्पतालले जनाएको छ। Credit: OnlineKhabar ...
हेटौंडामा थप एकजना कोरोना संक्रमितको मृत्यु

हेटौंडामा थप एकजना कोरोना संक्रमितको मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
२२ वैशाख, हेटौंडा । मनमोहन स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडामा उपचाररत थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । Advertisement कोरोना संक्रमण पुष्टि भएपछि उपचारका लागि भर्ना भएका मकवानपुरगढी गाउँपालिका- ५ का ६५ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको हेटौंडा अस्पतालका कोभिड इन्चार्ज डा. सागर काफ्लेले जानकारी दिए । उनका अनुसार हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु हुने संक्रमितको संख्या ६ पुगेको छ । मृतक मध्य हेटौंडाका चार र बाहिरी जिल्लाबाट उपचारका लागि आएका दुईजना रहेका छन् । Credit: OnlineKhabar ...
सुदूरपश्चिममा पछिल्लो २४ घण्टामा १४ संक्रमितको मृत्यु

सुदूरपश्चिममा पछिल्लो २४ घण्टामा १४ संक्रमितको मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
२० वैशाख, धनगढी । सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । कैलाली, कञ्चनपुर, बझाङ र दार्चुलाका गरी कुल १४ जना संक्रमितको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालय दिपायलले जनाएको छ । Advertisement निर्देशनालयकाअनुसार धनगढीको कोभिड अस्थायी अस्पताल र प्राइभेट अस्पतालमा उपचाररत ६ जना, कञ्चनपुरको महाकाली अस्पतालमा उपचाररत ५ जना, बझाङका २ जना र दार्चुलाका एक जनाको मृत्यु भएको हो । यस्तै पछिल्लो २४ घण्टामा प्रदेशमा थप ३४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । एक हजार दुई सय १३ जनाको नमुना परीक्षण गर्दा ३४३ जनामा संक्रमण देखिएको निर्देशनालयले जनाएको छ । Credit: OnlineKhabar ...
गण्डकीमा थप ५७६ जनामा कोरोना संक्रमण

गण्डकीमा थप ५७६ जनामा कोरोना संक्रमण

देश, समाचार, सामाजिक, स्वास्थ्य
पोखरा । गण्डकी प्रदेशमा थप ५७६ जनामा कोरोना संक्रमण देखिएको छ । गण्डकी प्रदेशका विभिन्न जिल्लाहरुमा अहिलेसम्म सबैभन्दा धेरै संक्रमित भेटिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । आइतबार प्रदेशको राजधानी पोखरामा ३६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पोखरामा एकैदिन यति धेरै संख्यामा कोरोना संक्रमित भेटिएको पहिलोपटक हो । Advertisement पछिल्लो २४ घण्टामा सबैभन्दा बढी वडा नं २ मा २७ महिला र ३५ पुरुषसहित ६४ जनामा संक्रमण पुष्टि भएको छ । त्यसैगरी वडा नं. २१ मा १६ जना महिला र ७ पुरुषसहित २३ जनामा संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशक डा.विनोदबिन्दु शर्माले जानकारी दिए ।   योसँगै कास्कीमा कुल कोरोना संक्रमितको संख्या १० हजार ३६ पुगेको छ । त्यसमध्ये हालसम्म ८ हजार ५ सय ८८ जना निको भएका छन् । कोरोना संक्रमणबाट कास्कीमा मात्र १ सय २९ जनाको मृत्य...
सुदूरपश्चिममा एक हप्तामा ४३ सङ्क्रमितको मृत्यु

सुदूरपश्चिममा एक हप्तामा ४३ सङ्क्रमितको मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
डोटी । सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमित हुने दर दिनहुँ बढ्दै गएको छ भने आठ दिनको अवधिमा ४३ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरका अनुसार शनिबार अपराह्नसम्म यो प्रदेशमा कम्तिमा एक हजार २४३ जनामा कोरोना सङ्क्रमण पुष्टि हुँदा १८६ जना निको भएका छन् ।  निर्देशनालयका अनुसार कैलालीमा १८, कञ्चनपुरमा १८, डडेल्धुरा २, अछामका २, बैतडी १, बझाङ १, दार्चुलाका १ जना सङ्क्रमितको मृत्यु भएको हो । मृत्यु भएका धेरैजसोमा कडा खालको निमोनिया रहेको पाइएको स्वास्थ्य निर्देशनालय दिपायल राजपुरले जनाएको छ । Advertisement यसैगरी भारतबाट रोजगारी गरी घर फर्किएका डोटीका दुईको मृत्यु भएको थियो । उनीहरूको कोरोना परीक्षण नगरिएका कारण कोरोना सङ्क्रमणबाट मृत्यु भएको सूचीमा नराखिएको जिल्ला अस्पताल डोटीले जनाएको छ । कोरोना क...