२०८१ बैशाख २१

बिएण्डसीमा कोरोना संक्रमितका लागि २ सय शय्या

झापा बिर्तामोडस्थित बिएण्डसी अस्पतालले कोभिड–१९ का बिरामीलाई उपचार गर्न आजदेखि २०० शय्या सञ्चालनमा ल्याएको छ।

प्रदेश १, प्रदेश २ सहित देशका अन्य भागबाट ‘हवाई बेड लिफ्ट’ गरी कोभिडका सङ्क्रमितलाई धमाधम बिएण्डसी पुर्‍याउनेक्रम जारी रहेपछि अस्पतालले श्यया थप गरेको हो।

सङ्क्रमितलाई उपचार गर्न सो सङ्ख्यामा शय्या सञ्चालनमा आएको अस्पतालद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ।


Advertisement


विज्ञप्तिमा भनिएको छ ‘कोरोनाका बिरामीको चाप अस्पतालमा बृद्धिभएसँगै श्यया थप गरिएको छ । हाम्रो दक्ष जनशक्ति, भौतिक पूर्वाधार तथा आधुनिक उपकरणका क्षमताले भ्याएसम्म बिरामीलाई गुणस्तरीय सेवा प्रदान गर्न अस्पताल प्रतिबद्ध रहेको छ।’

मौज्दात रहेका ६५ भेन्टिलेटर सहित सघन उपाचार कक्ष (आइसियू) मध्ये गम्भीर सङ्क्रमितका लागि ५० श्यया छुट्याउने र ६० चिकित्सक सहित आवश्यक स्वास्थ्यकर्मी तयारी अवस्थामा रहेका पनि अस्पतालले जनाएको छ।

अस्पतालले २५ श्यया मात्र कोरोनाका बिरामीलाई छुट्याएको थियो।

पूर्वाञ्चल क्यान्सर अस्पताल र बिएण्डसी अस्पताल गरी कूल ९०० श्यया रहेको छ।

विज्ञप्तिमा भेन्टिलेटरमा उपचाररत दश सङ्क्रमित मध्ये ८ जना आजदेखि भेन्टिलेटरमुक्त हुने र अन्य दुईजना पनि खतरामुक्त रहेका जनाइएको छ।

अस्पतालले हालसम्म भेन्टिलेटर सहित सघन उपाचार कक्ष (आइसियू) तथा अक्सिजनको अभाव नरहेको जनाएको छ।

Copy link
Powered by Social Snap