२०८३ असार १४

स्वास्थ्य

मानसिक अस्पतालका डाक्टर मृत भेटिए

मानसिक अस्पतालका डाक्टर मृत भेटिए

देश, समाचार, सामाजिक, स्वास्थ्य
२७ असार, काठमाडौं । मानसिक अस्पताल, पाटनका चिकित्सक गेष्ट हाउसमा मृत भेटिएका छन् । डा. सुदीप अर्याल आइतबार बाँसबारीस्थित पूर्वेली गेष्ट हाउसमा मृत भेटिएका हुन् । Advertisement गेष्ट हाउसका कर्मचारीहरुले बताएअनुसार उनले आइतबार बिहान मात्र कोठा लिएका थिए । कोठामा पुगेपछि उनले ब्रेकफास्ट मगाएका थिए । तर ब्रेकफास्ट लिएर जाँदा खोप्टो परेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले घटनाबारे अनुसन्धान थालेको छ । उनको झोलामा ‘सल्फस’ नामक विषादी भेटिएको र शव पोर्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ । Credit: OnlineKhabar ...
अमेरिकाले कोभ्याक्स सुविधामार्फत् दिने भनेको जोनसन एन्ड जोसनको १५ लाख डोज खोप भोलि (सोमबार) बिहान नेपाल आइपुग्दै छ।

अमेरिकाले कोभ्याक्स सुविधामार्फत् दिने भनेको जोनसन एन्ड जोसनको १५ लाख डोज खोप भोलि (सोमबार) बिहान नेपाल आइपुग्दै छ।

देश, समाचार, स्वास्थ्य
अमेरिकाले कोभ्याक्स सुविधामार्फत् दिने भनेको जोनसन एन्ड जोसनको १५ लाख डोज खोप भोलि (सोमबार) बिहान नेपाल आइपुग्दै छ। एक डोज लगाए पुग्ने सो खोप झन्डै १५ लाख मानिसलाई पुग्ने छ। तर उक्त खोप क-कसलाई लगाउने भन्नेबारे सरकारले निर्णय गरिसकेको छैन। सोको निर्णय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्ने भनिए पनि खोप कसले पाउने भनेर अझै टुंगो भइनसकेको मन्त्रालयका सह-प्रवक्ता डा. समिर अधिकारीले जानकारी दिए। Advertisement ‘खोपका लागि धेरैको निवेदन आएको छ। तर पहिलो प्राथमिकताचाहिँ उमेर समूह नै छ। उमेर समूहअनुसार कम उमेरमा जान्छौं। ६० वर्ष कम उमेर समूहका मानिसहरू, विदेश जानुपर्ने व्यक्तिहरू छलफलको प्राथमिकतामा हुनुहुन्छ,’ अधिकारीले भने। खोप सल्लाहकार समितिले समेत उमेर समूहलाई प्राथमिकतामा राखेर खोप दिन मन्त्रालयलाई सिफारिस गरेको छ। समितिका संयोजक डा. श्यामराज उप...
कोभिड निको भएको एक वर्ष नकटेका यात्रुले कतारमा क्वारेन्टिन बस्नु नपर्ने

कोभिड निको भएको एक वर्ष नकटेका यात्रुले कतारमा क्वारेन्टिन बस्नु नपर्ने

विदेश / एन.आर.एन, समाचार, सामाजिक, स्वास्थ्य
२७ असार, काठमाडौं । कतारले खोपको मात्रा पुरा गरेका यात्रुलाई क्वारेन्टिन बस्नु नपर्ने नियम ल्याएको छ । कतारस्थित नेपाली दूतावासका अनुसार अब कतारमा दुबै मात्रा खोप लगाई खोपको प्रमाणपत्र प्राप्त गरेका यात्रुले क्वारेन्टिन बस्नु पर्ने छैन । कतारमा कोभिड संक्रमण निको भएको १२ महिनाभित्र कतार प्रवेश गर्ने यात्रुलाई समेत अनिवार्य क्वारेन्टिनको प्रावधान हटाइएको छ । यो नियम सोमबारबाट लागू हुने दूतावासले जनाएको छ । Advertisement खोपको मात्रा पुरा नगरेका वा नलगाएका यात्रुले भने अनिवार्य रुपमा ‘डीस्कोभर कतार’ वेवसाइटबाट बुकिङ गरि १० दिन होटेल क्वारेन्टिन वा १४ दिन मेखाईनिस क्वारेन्टिन बस्नु पर्नेछ । तोकिएको शर्त पुरा गर्ने यात्रुले पारिवारिक भ्रमण, व्यवसाय र पर्यटक भिसा समेत पाउने छन् । यात्रा गर्नुअघि कम्तिमा १२ घण्टा अगाडी अनिवार्य एहतराज वेवसाइटमा अनलाइन...
चिकित्सा शिक्षा आयोगका उपाध्यक्षको मुद्दामा साक्षी बसेका अधिकारीले छोडे बिएण्डसीको अनुगमन समिति

चिकित्सा शिक्षा आयोगका उपाध्यक्षको मुद्दामा साक्षी बसेका अधिकारीले छोडे बिएण्डसीको अनुगमन समिति

समाचार, स्वास्थ्य
चिकित्सा शिक्षा आयोगका सदस्य डा. भोजराज अधिकारीले प्रस्तावित बिएण्डसी मेडिकल कलेज अनुगमनमा संलग्नताबाट आफू मुक्त भएको घोषणा गरेका छन्। बुधबार कार्यकारी समितिलाई सम्बोधन गरी उनले निवेदन दिँदै अनुगमन टोलीबाट भए गरेका काममा आफ्नो संलग्नता नरहने र प्रतिवेदन पनि बुझाउन असक्ने बताएका हुन्। Advertisement चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले गठन गरेको तीन सदस्यीय समितिमा उनी सदस्य थिए। अधिकारी बिएण्डसीका कार्यकारी निर्देशक दुर्गा प्रसाईं र उपाध्यक्ष गिरीको गाली बेइजती मुद्दामा गिरी पक्षबाट साक्षी बसेका थिए। उनले सो कुरा पनि चिठीमा लेखेका छन्। उनले आफू मुद्दामा साक्षी बसे पनि गिरी र प्रसाईंसँग कुनै लिनुदिनु नरहेको उल्लेख गरेका छन्। ‘यस्तो कुरा आएपछि टोलीमा बसिरहनु पनि भएन,’ उनले बताए। उपाध्यक्ष गिरीले बिएण्डसीको सम्बन्धन अगाडि बढाउ...
१५ लाख डोज खोप नेपाली जनतालाई अमेरिकी जनताको उपहार हो: अमेरिकी राजदूतावास

१५ लाख डोज खोप नेपाली जनतालाई अमेरिकी जनताको उपहार हो: अमेरिकी राजदूतावास

समाचार, स्वास्थ्य
काठमाडौंस्थित अमेरिकी राजदूतावास। फाइल तस्बिर। मित्र राष्ट्र अमेरिकाले नेपाललाई कोरोनाभाइरसविरूद्धको १५ लाख डोज खोप अनुदानमा दिने भएको छ। काठमाडौंस्थित अमेरिकी राजदूतावासले उक्त खोप नेपाली जनतालाई अमेरिकी जनताका तर्फबाट उपहार भएको जनाएको छ। राजदूतावासकी प्रवक्ता एना रिचे एलेनले अमेरिकी जनताका तर्फबाट नेपाली जनतालाई उपहारस्वरूप जोन्सन एन्ड जोन्सन कम्पनीले बनाएको  १५ लाख डोज खोप दिन लागेको बताइन्। Advertisement 'नेपालीप्रति अमेरिकाको दशकौं लामो प्रतिवद्धता र कोभिड-१९ महामारीमा हामीले गरिरहेको सहयोगको हिस्साका रूपमा नेपाललाई जोन्सन एन्ड जोन्सनको १५ लाख डोज खोप अनुदान दिँदैछौं,' एलेनले भनिन्, 'यो जीवन जोगाउने एकमात्र उद्देश्यका साथ अमेरिकी जनताका तर्फबाट नेपाली जनतालाई उपहार हो। हामी छिट्टै खोपबारे विस्तृत जानकारी दिनेछौं।' परराष्ट्र मन्त्रालयले प...
असार २५ र २६ गते ललितपुरमा भेरोसेल खोपको दोस्रो मात्रा लगाइने

असार २५ र २६ गते ललितपुरमा भेरोसेल खोपको दोस्रो मात्रा लगाइने

देश, समाचार, स्वास्थ्य
चीनबाट खरिद गरिएको भेरोसेल खोपको दोस्रो मात्रा ललितपुरमा आउँदो शुक्रबार र शनिबार लगाइने भएको छ। मुलुकमा फैलिरहेको कोरोना महामारीबाट जोगाउन पहिलो मात्राको खोप लगाएका ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई यही असार २५ र २६ गते उक्त कार्यक्रम गर्न लागिएको हो। पहिलो मात्राको खोप लगाई दोस्रो मात्रा लगाउन छुटेकालाई पहिलो मात्रा लगाएको कार्ड र फोटोसहितको परिचयपत्र अनिवार्य साथमा लिई आफूलाई पायक पर्ने केन्द्रमा जान अनुरोध गरिएको जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा खगेश्वर गेलालले सूचनामार्फत जानकारी गराएका छन्। गोदावरीमा शुक्रबार खोप लगाइने गोदावरी नगरपालिकाका १४ वडाबाटै उक्त खोप शुक्रबार लगाइने भएको छ। खोपका लागि गोदावरीका सम्बन्धित वडाका स्वास्थ्यचौकीका साथै टौखेलस्थित किटिनी र वडा नम्बर १२ मा रहेको सरस्वती माध्यमिक विद्यालय र आनन्दवन अस्पताल, वडा नम्बर...
थप २६२२ जनामा कोरोना संक्रमण पुष्टि, २३ को मृत्यु

थप २६२२ जनामा कोरोना संक्रमण पुष्टि, २३ को मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
बितेको २४ घण्टामा थप २६२२ जनाको कोरोना संक्रमण पुष्टि भएको छ। सोही अवधिमा २३ को मृत्यु भएको छ ।  Advertisement स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट ७ हजार ४९९ र एन्टिजेन विधिबाट ४ हजार २८ जनाको परीक्षण गर्दा २६२२ जनामा संक्रमण पुष्टि भएको हो ।  यस्तै बितेको २४ घण्टामा २२११ जनामा कोरोना संक्रमणमुक्त भएका छन् ।  यससँगै देशभर कोरोना संक्रमितका कुल संख्या ६ लाख ४६ हजार ३६७(पीसीआर) र ३८ हजार ९९४ (एन्टिजेन) जना पुगेको छ । यस्तै हालसम्म संक्रमितमध्ये ६ लाख ११ हजार ४२९ जना पुगेको छ भने मृतकको संख्या ९ हजार २४८ पुगेको छ।   साभार: रातोपाटी ...
खोप लगाएका विद्यार्थी र पर्यटक आउन पाउनेसहित अस्ट्रेलियाद्वारा कोभिडविरूद्ध लड्न चार चरणका योजना सार्वजनिक

खोप लगाएका विद्यार्थी र पर्यटक आउन पाउनेसहित अस्ट्रेलियाद्वारा कोभिडविरूद्ध लड्न चार चरणका योजना सार्वजनिक

विदेश / एन.आर.एन, समाचार, स्वास्थ्य
अस्ट्रेलियाको केन्द्रीय सरकारले मुलुकलाई सामान्य अवस्थामा फर्काउने नयाँ योजना तय गरेको छ।  प्रधानमन्त्री स्कट मोरिसनले मुलुकलाई कोभिड–१९ पूर्वको सामान्य स्थितिमा पुर्‍याउन विभिन्न चार चरणका महत्वपूर्ण योजना अगाडि सारेका छन्।  अस्ट्रेलियाको केन्द्रिय मन्त्रिपरिषदको बैठकले खोप अगाडि, खोप पछाडि, स्थायीत्व र सामान्य अवस्थामा फर्कने गरी चार चरणमा मुलुकलाई अगाडि बढाउने निर्णय गरेको हो। यस्तै कोरोनाभाइरसको निकै संक्रमणकारी मानिएको डेल्टा भेरिएन्टबाट उत्पन्न हुनसक्ने थप जोखिमलाई ध्यानमा राख्दै अस्ट्रेलियाले अन्तर्राष्ट्रिय यात्रुको आगमनलाई कम्तिमा पनि अर्को सालसम्म रोक्न सीमा नाकालाई अहिलेकै अवस्थामा राखिने जनाएको छ।  Advertisement शुक्रबार बसेको  राष्ट्रिय मन्त्रिपरिषद्को बैठकले हरेक साता अस्ट्रेलिया भित्रने यात्रुको संख्या ६ हजारबाट घटाएर...
काठको मुङ्ग्रो प्रहार गरी श्रीमतीको हत्या

काठको मुङ्ग्रो प्रहार गरी श्रीमतीको हत्या

देश, समाचार, सामाजिक, स्वास्थ्य
वेलबारी नगरपालिका-७ बस्ने ४८ वर्षीया सीता घिमिरेलाई काठको मुङ्ग्रोले प्रहार गरी हत्या गरेको अभियोगमा उनकै श्रीमान ५६ वर्षीय अम्बिका घिमिरेलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । Advertisement मादक पदार्थ सेवन गरी शुक्रबार श्रीमतीसँग सामान्य विवाद भई दुवैजना सुतेको र राति उठी एक्कासी आवेशमा आई काठको मुङ्ग्रो प्रहार गरी श्रीमतीको हत्या गरी फरार रहेका अम्बिकालाई ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले वेलबारी नगरपालिका-७ स्थित खाली ग्वालीमा बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । उनी उपर ज्यान सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । साभार: रातोपाटी ...
स्वस्थ रहन दैनिक कसरी र कति पानी पिउने?

स्वस्थ रहन दैनिक कसरी र कति पानी पिउने?

समाचार, स्वास्थ्य
बिहान उठ्ने वित्तिकै १४ वर्षकी छोरी खुशीले भनिन्– मामु आज बिहान उठेदेखिनै टाउँको भारी भएर दुख्ला जस्तो भएको छ, मैले पानी पिएकै थिएँ तर पनि कमी भयो कि? अहिले गर्मी मौसममा छोरीलाई मात्र होइन अधिकांशलाई टाउँको दुख्ने, रिंगटा लाग्ने, शरीर गल्ने जस्ता समस्या बढेको छ।  गर्मीमा तापक्रम बढी हुने हुनाले शरीरबाट पसिना अन्य बेलामा भन्दा धेरै निस्कने हुन्छ र शरीरलाई अरूबेलामा भन्दा बढी पानी अवश्यकता हुन्छ। तर शरीरलाई चाहिने पानी पर्याप्ता नपिउँनाले धेरैमा समस्याहरु देखिन्छन्। यहाँ पानीको कमिले शरीरमा देखापर्ने समस्या र पानी पिउँने उचित विधिबारे चर्चा गरिएको छ।  मानिसको शरीरमा ७० प्रतिशत पानीको भाग हुन्छ। शरीरले आफ्नो काम गर्ने क्रममा पानी केही मात्रा प्रयोग गर्छ भने केही मात्रा शरीरबाट पिसाव मार्ग, स्वास मार्ग र पसिनाबाट बाहिरिन्छ। यदि ठिक तरिकाले पानी पिइएन भने शरीरमा पानीको म...