२०८३ असार १४

स्वास्थ्य

जापानी राजदूतले भेटे प्रधानमन्त्री देउवालाई, थप खोप दिने प्रतिवद्धता

जापानी राजदूतले भेटे प्रधानमन्त्री देउवालाई, थप खोप दिने प्रतिवद्धता

देश, समाचार, स्वास्थ्य
नेपालस्थित जापानी राजदूत किकुता युताकाले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका छन्। बिहीबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा राजदूत युताकाले प्रधानमन्त्री देउवासँग शिष्टाचार भेट गरेका हुन्। Advertisement भेटका क्रममा उनले प्रधानमन्त्री देउवालाई बधाई तथा शुभकामना दिएका थिए। राजदूत युताकाले जापानी प्रधानमन्त्री सुगा योसिहिदेले पठाएको बधाई सन्देश पनि देउवालाई हस्तान्तरण गरेका थिए। राजदूत युताकासँगको भेटमा प्रधानमन्त्री देउवाले द्विपक्षीय सम्बन्धलाई अझै मजबुद् बनाउनेबारे कुरा गरेका थिए। साथै जापानमा बनेको अष्ट्राजेनेका खोपको १६ लाख डोज नेपाललाई अनुदान दिन लागेकोमा प्रधानमन्त्री देउवाले  धन्यवाद दिए। जापानले दिन लागेको उक्त खोप केही दिनमै नेपालमा आउनेछ। भेटका क्रममा राजदूत युताकाले भविष्यमा थप खोप पनि नेपाललाई दिने प्रतिवद्धता ...
थप २७१४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि

थप २७१४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि

देश, समाचार, सामाजिक, स्वास्थ्य
पछिल्लो २४ घण्टामा देशभर थप २७१४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । एन्टिजेन विधिबाट ५५९ र पीसीआर विधिबाट १८५५ गरी कुल २७१४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जानकारी दिएको छ ।  Advertisement सोही अवधिमा २४ जनाको संक्रमणबाट मृत्यु भएको छ भने १२८८ जना निको भएका छन् ।  यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआरबाट ६ लाख ७४ हजार ७२७ र एन्टिजेन विधिबाट ५२ हजार ४४३ जना पुगेको छ भने निको हुनेको संख्या ६ लाख ३७ हजार ६९० पुगेको छ।   यस्तै मृतकको कुल संख्या ९ हजार ६६१ पुगेको छ।   साभार: रातोपाटी ...
जिल्ला अस्पताल कालिकोटमा अक्सिजन प्लान्ट जडान

जिल्ला अस्पताल कालिकोटमा अक्सिजन प्लान्ट जडान

देश, समाचार, स्वास्थ्य
जिल्ला अस्पताल कालिकोटमा अक्सिजन प्लान्ट जडान गरिएको छ । कोभिड–१९ का बिरामीको उपचारका लागि सहज होस् भनेर जिल्ला अस्पताल कालिकोटमा अक्सिजन प्लान्ट जडान गरिएको हो ।  Advertisement कोभिड–१९ का बिरामीको उपचारका लागि जिल्ला अस्पताल कालिकोटमा अक्सिजन प्लान्ट जडान गरिएको जिल्ला स्वास्थ्य कार्यालय कालिकोटका निमित्त प्रमुख कटकबहादुर महतले बताए । “जिल्ला अस्पतामा यसअघि अक्सिजन प्लान्ट जडान गरिएको थिएन । अक्सिजन प्लान्ट नहुँदा अक्सिजनको आवश्यकता पर्ने कोभिड–१९ का बिरामीलाई अन्यन्त्र लैजानुपर्ने बाध्यता रहेको थियो ।” उनले भने, “अब जिल्लामा नै अक्सिजनको आवश्यकता पर्ने कोभिड–१९ का बिरामीलाई उपचार गर्न सकिने भएको छ ।”  अक्सिजन प्लान्ट सञ्चालनका लागि पर्याप्त विद्युत् आवश्यक भएकाले जेनेरेटर व्यवस्था गर्न लागिएको निमित्त प्रमुख महतले जानकारी दिए । “जिल्लामा वि...
काठमाडौं महानगरमा सकियो जोन्सन एन्ड जोन्सनको खोप, अरू नगरपालिकामा आज पनि दिइने

काठमाडौं महानगरमा सकियो जोन्सन एन्ड जोन्सनको खोप, अरू नगरपालिकामा आज पनि दिइने

देश, समाचार, स्वास्थ्य
अमेरिकाले अनुदानमा दिएको जोनसोन एन्ड जोन्सनको खोप बिहीबार काठमाडौं महानगरपालिकाभित्र नदिइने भएको छ। खोप सकिएकाले बिहीबार कसैलाई खोप नदिइने काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए।  Advertisement बुधबार मात्रै काठमाडौं महानगरपालिकामा ६० हजारले यो खोप लगाएका थिए। पराजुलीका अनुसार काठमाडौंकै अन्य नगरपालिका, भक्तपुर र ललितपुरमा भने खोप जारी छ। पराजुलीका अनुसार बुधबारै काठमाडौंका तीन जिल्लामा एक लाखले खोप लगाएका छन्।  ‘आजसम्ममा त्यो खोप सकिँदैछ,’ पराजुलीले भने। अर्को नआएसम्म खोप वितरण हुन नसक्ने पराजुलीले बताए। अमेरिकाले नेपाललाई जोन्सन एन्ड जोन्सनको १५ लाख बढी डोज खोप अनुदानमा दिएको थियो। यो खोप एक डोज लगाए पुग्छ। सुरूमा यो खोप ५० देखि ५४ वर्षका सबै, शरणार्थी, विदेश जाने र अपंगता भएका व्यक्तिहरूलाई दिने भन...
सर्लाहीमा करेन्ट लागेर पूजारीको मृत्यु

सर्लाहीमा करेन्ट लागेर पूजारीको मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
५ साउन, जनकपुरधाम । सर्लाहीमा करेन्ट लागेर एक जना पूजारीको मृत्यु भएको छ । बसवरिया गाउँपालिका ६ सोहडवास्थित रामजानकी मठका पुजारी बिष्णु गाउँपालिका ८ बत्रौल निवासी किशोरी दास बैरागीको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । Advertisement भजन किर्तनको लागि मन्दिरको बरण्डामा माइकको तार जोड्ने क्रममा करेन्ट लागेका ६० बर्षीय बैरागीको घट्नास्थलमै मृत्यु भएको सर्लाही प्रहरीका प्रबक्ता एवं डीएसपी माधव प्रसाद बुढाथोकीले जानकारी दिए । उक्त मठमा पूजारीको रुपमा विगत ४५ बर्षदेखि काम गर्दै आएका बैरागीको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवा पठाईएको प्रहरीले जनाएको छ । Credit: OnlineKhabar ...
काठमाडौंमा फेरि बढ्यो कोरोना सङ्क्रमण दर

काठमाडौंमा फेरि बढ्यो कोरोना सङ्क्रमण दर

देश, समाचार, सामाजिक, स्वास्थ्य
 -शर्मिला पाठकपछिल्लो समय काठमाडौँ महानगरपालिकामा कोभिड–१९ को सङ्क्रमण दर बढेर २० प्रतिशत पुगेको छ । एक हप्ता अघिसम्म सङ्क्रमण दर नौ प्रतिशतमा झरेको थियो । अहिले ११ प्रतिशतले बढेको कामपाले जनाएको छ । जेठको तेस्रो हप्ता परीक्षण गरिएकामध्ये ७० प्रतिशतलाई सङ्क्रमण देखिने गरेको थियो ।  निरन्तर भएको लकडाउन र सजकता अपनाउँदा सङ्क्रमण दरमा कमी आए पनि पछिल्लो समय चहलपहल बढ्दा कोरोना पोजिटिभ हुनेको सङ्ख्या पनि बढेको हो । सङ्क्रमण दर बढ्दा महानगरले ३२ वडामा १६ केन्द्र बनाएर परीक्षण गरेको थियो । विगतका दैनिक एक हजार ५०० सम्म परीक्षण गर्दै आएको महानगरले परीक्षणलाई पनि घटाएर १५० मा झारेको छ ।  जनस्वास्थ्य महाशाखा प्रमुख हरिबहादुर कुँवरले भने, “पछिल्लो समय कामपामा सङ्क्रमण दर निरन्तर उकालो लाग्ने अवस्थामा छ, यसरी नै सङ्क्रमित बढ्ने हो भने अवस्था फेरि जटिल बन्न सक्छ, त्यसैले सबैले ...
१५ गतेभित्र ३२ लाख भेरोसेल खोप आइसक्छ : स्वास्थ्य मन्त्रालय

१५ गतेभित्र ३२ लाख भेरोसेल खोप आइसक्छ : स्वास्थ्य मन्त्रालय

देश, समाचार, स्वास्थ्य
२ साउन, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १८ वर्षमाथिका सबै नागरिकलाई कोरोना खोप दिने योजना बनेको बताएको छ । त्यसका लागि खोप व्यवस्थापन भइरहेको र यही साउन १५ गतेसम्म ३२ लाख भेरोसेल खोप नेपाल आइसक्नेछ । सरकारले हालै मात्र चिनियाँ कम्पनी सिनोफार्मसँग ४० लाख डोज खोपका लागि नन डिस्क्लोजेबल एग्रिमेन्ट गरेको थियो । त्यसअनुसार ८ लाख डोज खोप आइसकेको छ भने साउन ६ गतेदेखि थप खोप आपूर्ति हुनेछ । मन्त्रालयका सह-प्रवक्ता डाक्टर समिरकुमार अधिकारीले विज्ञप्ति जारी गर्दै भनेका छन्, हामी सबैले खोप लगाउन पाउने छौं ।’ Advertisement उनका अनुसार कोभिसिल्ड खोपको पहिलो डोज लगाएका ६५ वर्षभन्दा माथिका नागरिकका लागि छिट्टै दोस्रो डोज दिने योजना छ । Credit: OnlineKhabar ...
नारायणी अस्पताललाई सूर्य नेपालको सहयोग

नारायणी अस्पताललाई सूर्य नेपालको सहयोग

देश, समाचार, सामाजिक, स्वास्थ्य
३० असार, वीरगञ्ज । सूर्य नेपाल प्रालि सिमराले वीरगञ्जस्थित नारायणी अस्पताललाई विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । सूर्य नेपालले कोभिड–१९ को उपचारका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री नारायणी अस्पताललाई हस्तान्तरण गरेको हो । Advertisement सूर्य नेपालले ५ थान मोनिटर, १० थान, एक थान एबीजी मेसिन र १२ थान ह्वील चियर हस्तान्तरण गर्नुका साथै २६० मिटर अक्सिन एण्ड सक्सन कपर पाइपलाइन इन्स्टालेसन गरिदिएको नारायणी अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. वीरेन्द्रबहादुर प्रधानले जानकारी दिए । सूर्य नेपाल प्रालिले मात्रै ४० लाख मूल्य बराबरको सहयोग गरेको उनले बताए । Credit: OnlineKhabar ...
२४ घण्टामा २३९८ कोरोना संक्रमित थपिए

२४ घण्टामा २३९८ कोरोना संक्रमित थपिए

देश, समाचार, स्वास्थ्य
पछिल्लाे २४ घण्टामा देशभर थप २३९८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार १२ जनामा परीक्षण गर्दा २३९८ जनामा संक्रमण पुष्टि भएको हो ।  Advertisement सोही अवधिमा १२ जनाको मृत्यु भएको छ भने २ हजार ७८ जना संक्रमणमुक्त बनेका छन् ।  यससँगै देशभर कोरोनाभाइरस संक्रमितको कुल संख्या ६ लाख ५८ हजार ७७८ जना (पीसीआर परीक्षणमा) पुगेको छ भने एन्टिजेन परीक्षणमा ४५ हजार ७८ जनामा संक्रमण पुष्टि भएको छ ।  यस्तै हालसम्म ६ लाख २३ हजार १०५ जना संक्रमणमुक्त हुँदा मृतकको कुल संख्या ९ हजार ४१२ पुगेको छ।   साभार: रातोपाटी ...
प्रधानमन्त्रीले घोषणा गरेको ५० प्रतिशत जोखिम भत्ता पाएनन् संक्रमितको उपचारमा खटिने स्वास्थ्यकर्मीले

प्रधानमन्त्रीले घोषणा गरेको ५० प्रतिशत जोखिम भत्ता पाएनन् संक्रमितको उपचारमा खटिने स्वास्थ्यकर्मीले

समाचार, स्वास्थ्य
गत वैशाख २० गते देशबासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमितको उपचारमा प्रत्यक्ष खटिने स्वास्थ्यकर्मीलाई तलबको ५० प्रतिशत जोखिम भत्ता दिइने घोषणा गरे।  तर संक्रमितको उपचारमा खटिने धेरैजसो स्वास्थ्यकर्मीले सो भत्ता पाएका छैनन्। काठमाडौंको वीर अस्पतालमा नर्सको रूपमा कार्यरत मुना पोखरेलले आफूले जोखिम भत्ताको नाममा कुनै पनि रकम नपाएको जानकारी दिइन्। Advertisement 'भत्ताको नाममा एक रूपैयाँ पनि पाएको छैन। व्यवस्थापनसँग कुरा हुँदा माथिबाटै बजेट आएको छैन भन्नुहुन्छ,' उनले भनिन्।  पोखरेलका अनुसार उनीसँगै संक्रमितको उपचारमा खटिएका वीर अस्पतालका कुनै पनि स्वास्थ्यकर्मीले जोखिम भत्ता पाएका छैनन्। भत्ता नपाउँदा काम गर्न समेत निरूत्साहित भइने भन्दै उनले भनिन्, 'कुरै भएको थिएन भने वास्तै हुन्न थियो तर दिन्छु भनेप...