२०८३ असार १४

स्वास्थ्य

बालगृहका २२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि

बालगृहका २२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि

देश, समाचार, सामाजिक, स्वास्थ्य
मकवानपुरस्थित भीमफेदी बालगृहका २२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।   Advertisement भीमफेदी गाउँपालिका–६ स्थित नेपाल बाल सङ्गठनअन्तर्गतका सो बालगृहमा एकै दिन २२ जनामा सङ्क्रमण पुष्टि भएको हो । तीमध्ये बालगृहका दुई कर्मचारी र २० बालबालिका रहेको भीमफेदी गाउँपालिकाका स्वास्थ्य शाखाले जनाएको छ । एन्टिजेन परीक्षण गर्दा कोरोना पुष्टि भएका उनीहरुलाई छुट्टै स्थानमा स्थानान्तरण गरिएको बताइएको छ । बिहीबार मात्रै बालगृह नजिक रहेको भीमफेदी कारागारका ३५५ कैदीबन्दीलाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको थियो । साभार: रातोपाटी ...
‘माओवादीले लिएको बाटोबाट नै समाजवादी क्रान्तिको यात्रा अगाडि बढ्ने’

‘माओवादीले लिएको बाटोबाट नै समाजवादी क्रान्तिको यात्रा अगाडि बढ्ने’

देश, समाचार, स्वास्थ्य
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का स्थायी कमिटी सदस्य देव गुरुङले कम्युनिष्टको बृहत् एकताबाट नै समाजवादी क्रान्तिको यात्रा अगाडि बढ्ने बताएका छन् ।  नेकपा (माओवादी केन्द्र) खानीखोला गाउँपालिका कमिटी काभ्रेपलाञ्चोकले आज बनेपामा आयोजना गरेको विभिन्न पेशा, व्यवसाय गरी बस्ने कार्यकर्ताको भेटघाट तथा प्रशिक्षण कार्यक्रममा बोल्दै उनले भने, “मुलुक स्वाधीन नभइकन समाजवादी क्रान्तिको यात्रा अगाडि बढ्न सक्दैन ।” माओवादी केन्द्रले लिएको बाटोबाट नै समाजवादी क्रान्तिको यात्रा अगाडि बढ्ने उल्लेख गर्दै उनले यसका लागि सम्पूर्ण देशभक्त, क्रान्तिकारी कम्युनिष्टको बृहत् एकता आवश्यक भएको बताए ।  Advertisement नेकपा माओवादी केन्द्रका नेता तथा तामाङ राष्ट्रिय मुक्तिमोर्चा नेपालका केन्द्रीय अध्यक्ष सूर्यमान दोङ र नेता इन्द्रबहादुर थिङले पार्टीले अगाडि बढाएको कार्य...
होटलमा खोप लुकाइएको होइन: स्वास्थ्य कार्यालय झापा

होटलमा खोप लुकाइएको होइन: स्वास्थ्य कार्यालय झापा

देश, समाचार, स्वास्थ्य
जिल्ला स्वास्थ्य कार्यालयले कोरोनाविरूद्ध सञ्चालित खोप अभियानमा कुनै अनियमितता नभएको जनाएको छ। विर्तामोडको टाइमलेस होटलबाट स्वास्थ्य शाखा विर्तामोडका फोकलपर्सन ओमबहादुर खड्कालाई १०३ भाइल भेरोसिल खोपसहित शुक्रबार नियन्त्रणमा लिइएको घटना सम्बन्धमा कुरा गर्दै कार्यालय प्रमुख योगराज घिमिरेले खोप लुकाइएको भन्ने आरोप गलत भएको बताए।  Advertisement ‘विर्तामोडमा खोप अभाव भएको हुँदा स्वास्थ्य कार्यालयका खोप प्राविधिक बालकृष्ण भण्डारी र कर्मचारी विशाल घिमिरेलाई १०३ भाइल खोप पठाएका थियौं’, कार्यालय प्रमुख घिमिरेले भने,‘इएलएमआइएस प्रणालीमा दर्ता गरेर इमेलसमेत गरेर हामीले वैधानिकरूपमा खोप पठाएका हौं, तर खोप होटलमा लुकाइयो भनेर अफवाह फैलाइयो।’ उनले खोप अभियानमा संलग्न स्वास्थ्यकर्मी खाजा खान होटलमा रहेका बेला खोप पुगेको हुँदा स्वास्थ्य कार्यालयका कर्मचारीले वि...
भीमफेदी कारागारमा ३५५ कैदी बन्दीमा कोरोना संक्रमण

भीमफेदी कारागारमा ३५५ कैदी बन्दीमा कोरोना संक्रमण

देश, समाचार, सामाजिक, स्वास्थ्य
१४ साउन, काठमाडौं । मकवानपुरको भीमफेदी कारागारमा ३५५ जना कैदीबन्दीमा कोरोना संक्रमण पुष्टि भएको छ । कारागारमा रहेका ९७० जना कैदीबन्दीमा गरिएको एन्टिजेन परीक्षणमा ३५५ जनामा संक्रमण पुष्टि भएको हो । Advertisement केही कैदीबन्दीमा रुघाखोकीको समस्या देखिएपछि परीक्षण गरिएको थियो । संक्रमित १४ जनामा लक्षण देखिएपछि उपचारका लागि साउन ११ गते काठमाडौं पठाइएको भीमफेदी गाउँपालिकाका स्वास्थ्य संयोजक राममान थिङले जानकारी दिए । संक्रमित कैदीबन्दीलाई स्वास्थ सुरक्षाको मापदण्ड अनुसार आइसोलेसनमा राखेको जेलर नारायण पाण्डेले बताए । ‘संक्रमण देखिएकाहरुलाई प्रोटिनयुक्त खानेकुराको व्यवस्थापन गरिएको पनि उनले बताए । Credit: OnlineKhabar ...
झापामा कोरोना सङ्क्रमणबाट ५ जनाको मृत्यु

झापामा कोरोना सङ्क्रमणबाट ५ जनाको मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
झापामा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट १०१ वर्षीय वृद्धसहित पाँच व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा तीन महिला र दुई पुरुष छन् । मृत्यु हुनेमा कमल गाउँपालिकाका १०१ वर्षीय वृद्धसहित सोही पालिकाका ८१ वर्षीय वृद्ध, भद्रपुरका ७० वर्षीय वृद्ध, दमककी ६२ वर्षीया महिला र बुद्धशान्तिकी ५९ वर्षीया महिलाको पनि मृत्यु भएको जिल्लास्थित स्वास्थ्य कार्यालयले जनाएको छ । यससँगै झापामा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ४४२ पुगेको छ । यसअघि मङ्गलबार झापामा चार जनाको मृत्यु भएको थियो । Advertisement कोरोनाबाट धेरै मृत्यु हुनेमा बिर्तामोडका छन् । त्यहाँ ५८ जनाको मृत्यु भइसकेको छ भने दमक, मेचीनगर, भद्रपुर, बुद्धशान्ति, अर्जुनधारा, शिवसताक्षी, कमलमा सङ्क्रमणबाट मृत्यु हुने धेरै रहेको स्वास्थ्य कार्यालयका फोकल पर्सन जीवन चापागाईँले बताए । झापामा कोरोना सङ्क्...
गण्डकीमा ६२५ जनामा कोरोना संक्रमण, थप ८ जनाको मृत्यु

गण्डकीमा ६२५ जनामा कोरोना संक्रमण, थप ८ जनाको मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
गण्डकी प्रदेशमा थप ६२५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा १ हजार ३०७ जनाको नमुना परीक्षण गरिएकामा ६२५ जनामा संक्रमण देखिएको हो । संक्रमितमध्ये २९० महिला र ३३५ जना पुरुष रहेका छन् । Advertisement प्रदेशका ९ जिल्लामा गरिएको नमूना परीक्षणमा सबैभन्दा धेरै कास्कीमा र सबैभन्दा थोरै पर्वतमा संक्रमित भेटिएको प्रदेश स्वास्थ्य आपतकालिन कार्यसञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए । उनकाअनुसार कास्की २५५, बागलुङ ६३, स्याङ्जा ५०, म्यादी ३२, पर्वत २१, गोरखा ४७, लमजुङ २०, तनहुँमा ६० र नवलपुरमा ७७ जनामा संक्रमण देखिएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ६६ हजार २८९ पुगेको छ । प्रदेशमा विभिन्न अस्पतालमा उपचाररत ८ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणका कारण उपचारका क्रममा मृत्यु हुनेमा पोखरा–१७ का ७९ वर्षीय ...
नौ दिनको शिशुसहित तीन जनाको पोखरीमा डुबेर मृत्यु

नौ दिनको शिशुसहित तीन जनाको पोखरीमा डुबेर मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–३ भेल्हीस्थित निजी पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा नौ दिनको शिशुसहित तीन जनाको शव फेला परेको छ । स्थानीयवासी सञ्जीव कापडकी २६ वर्षीया श्रीमती रिकेवादेवी कापड, १८ महिनाकी छोरी रामा र नौ दिनको छोराको स्थानीयवासी सूर्यवंश चौधरीको पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा शव फेला परेको ब्रम्ह्पुरी–३ भेल्हीका वडाध्यक्ष श्याम साहले जानकारी दिए । Advertisement गए राति करिब १२ बजे घरबाट निस्केकी रिकेवादेवीको शव आज बिहान स्थानीयवासीले पोखरीमा देखेपछि घटना सार्वजनिक भएको वडाध्यक्ष साहले जानकारी दिए । महिलाको मानसिक सन्तुलन ठिक नभएको उनले जानकारी दिए । राति घरबाट बच्चासहित श्रीमती निस्केपछि खोजीमा निस्केका श्रीमान् सञ्जीव कापड अहिलेसम्म घर आइनपुगेको प्रहरीले जनाएको छ । उनको साथमा मोबाइल नभएका कारण सम्पर्क पनि हुन नसकेको सर्लाही...
परीक्षामा फेल भएका ‘डाक्टर’ कीर्ते आरोपमा पक्राउ

परीक्षामा फेल भएका ‘डाक्टर’ कीर्ते आरोपमा पक्राउ

देश, समाचार, सामाजिक, स्वास्थ्य
नेपाल मेडिकल काउन्सिलले लिने परीक्षामा फेल भएका ‘डाक्टर’ कीर्ते आरोपमा पक्राउ परेका छन् । ललितपुर महानगरपालिका वडा नं २ का ३६ वर्षीय विजय श्याम रंजितलाई केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले आइतबार पक्राउ गरेको हो ।  Advertisement काउन्सिलबाट चिकित्सकको रुपमा दर्ता हुनको लागि चाहिने दर्ता प्रमाणपत्रको प्रवेश परीक्षामा फेल भएका उनले काउन्सिलको स्थाई दर्ता प्रमाण पत्र नम्बर १०८५५ को प्रमाण पत्रमा कीर्ते गरेर काउन्सिलको छाप लगाई, रजिष्ट्रारको दस्तखतसमेत गरेको उजुरी परेको थियो ।  सोबारे छानबिनपछि उनले कीर्ते गरेको पाइएसँगै ब्युरोको टोलीले उनलाई महाराजगंजबाट पक्राउ गरेको हो । उनलाई  कानून बमोजिम “लिखत सम्वन्धि कसूर अपराधमा” कारवाहीको लागि जिल्ला अदालत काठमाडौंबाट म्याद थप गरिएको ब्यूरोका प्रवक्ता श्यामकुमार महतोले जानकारी दिए ।  साभार: रातोपाटी ...
अब विद्युतीय दर्ता नम्बर देखाएर मात्रै खोप लगाउन पाइने

अब विद्युतीय दर्ता नम्बर देखाएर मात्रै खोप लगाउन पाइने

देश, समाचार, सामाजिक, स्वास्थ्य
काठमाडौंमा १८ वर्ष देखि ५० वर्ष उमेर समूहका नागरिकहरुले विद्युतीय दर्ता नम्बर भएमात्रै कोरोनाभाइरस (कोभिड—१९) बिरुद्धको खोप लगाउँन पाउने भएका छन् ।  Advertisement स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार खोप लगाउनका लागि अब www.vaccine.mohp.gov.np मा गएर फारम भर्नुपर्ने हुन्छ । स्वास्थ्य मन्त्रालयको निर्देशनअनुसार स्वास्थ्य कार्यालय काठमाडौंले १८ वर्ष देखि ५० वर्षका नागरिकले विद्युतीय दर्ता नम्बर लिएर खोप केन्द्रमा गएको खण्डमा मात्रै खोप लगाउन पाइने छ ।  ५० वर्ष माथिका नागरिकले पनि अनलाइन दर्ता गरी खोप लगाउँन खोप केन्द्रमा पुग्न जिल्ला जनस्वास्थ्य कार्यालयका अनुरोध गरेको छ । जनस्वास्थ्य कार्यालयले सबै पालिका र वडाका नागरिकलाई यस बारे जानकारी गराउन आग्रह गरेको छ ।  साभार: रातोपाटी ...
खाजा घरभित्रै खोप!

खाजा घरभित्रै खोप!

समाचार, स्वास्थ्य
नेपालमा अहिले कोभिड-१९विरूद्धको खोप अभियान सञ्चालन भइरहेको छ। तर सबैले खोप पाउने निश्चित भइसकेको छैन। त्यसैबीच बिहीबार दिउँसो अर्घाखाँची सन्धिखर्क नगरपालिका वडा नम्बर ४ वांङलाका चोपनारायण श्रेष्ठले फेसबुकमा दुईवटा तस्विर सार्वजनिक गरे। उनले एक महिलाले कोरोना विरुद्धको खोप लगाउँदै गरेको तस्वीर सार्वजनिक गरेका थिए। तस्वीर सार्वजनिक भएको केही समयमै व्यापक चर्चा पायो। Advertisement 'नेपाली कांग्रेसले सत्ता संचालन गरे लगत्तै कोरोना भाइरसविरुद्धको खोप जनताका घरदैलोमा नै उपलब्ध, चैत मसान्तसम्म सम्पूर्ण देशबासीले खोप लगाइ सकिने छ,' श्रेष्ठले लेखेका थिए। तर तस्वीर कुनै स्वास्थ्य चौकी वा खोप केन्द्रको थिएन। त्यो तस्वीर अर्घाखाँचीको वांङलाको सन्देश नेवारी खाजाघर भित्रको थियो। तस्वीरमा एक महिलालाई खोप लगाउँदै गरेको र टेबलमाथि आठ वटा भाइल तथा सिरिन्ज दे...