२०८३ असार १४

स्वास्थ्य

काठमाडौँ उपत्यकामा थप ९५१ जनामा कोरोना पुष्टि

काठमाडौँ उपत्यकामा थप ९५१ जनामा कोरोना पुष्टि

देश, समाचार, सामाजिक, स्वास्थ्य
गएको २४ घन्टामा काठमाडौँ उपत्यकामा मात्र ९५१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टाभित्र देशभर दुई हजार ५४८ मा सङ्क्रमण देखिएकामा काठमाडौँ उपत्यकामा मात्र ९५१ जना सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।  Advertisement काठमाडौँ उपत्यकाका तीन जिल्ला काठमाडौँ, भक्तपुर, ललितपुरमा गरिएको पीसीआर तथा एन्टिजेन परीक्षणबाट उक्त सङ्ख्यामा कोराना सङ्क्रमण पुष्टि भएको हो ।  थपिएका सङ्क्रमितमध्ये सबैभन्दा धेरै ७४० जना काठमाडौँका छन् । यस्तै भक्तपुरमा ५६ र ललितपुरमा १५५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।  देशभर भने दुई हजार ५४८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । साभार: रातोपाटी ...
धरहराबाट सुरु भयो मास्क अभियान

धरहराबाट सुरु भयो मास्क अभियान

समाचार, स्वास्थ्य
काठमाडौं सुन्धारास्थित नवनिर्मित धरहरामा प्रकाश पारेर नेपालमा मास्क अभियान सुरू भएको छ। Advertisement पछिल्लो समय नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या बढ्दै गएको भन्दै  यसको रोकथामलाई सरकारले थप प्रभावकारी बनाउन भन्दै शनिबारदेखि मास्क अभियान सुरु गरेको हो ।  यसका लागि शनिबार साँझ धरहरामा मास्क अभियानबारे चेतना जगाउन र यसको सुरुवात गर्न प्रकाश पारेर मास्क अभियान सुरु गरिएको हो। ...
झापामा लागु औषधसहित दुई व्यक्ति पक्राउ

झापामा लागु औषधसहित दुई व्यक्ति पक्राउ

देश, समाचार, सामाजिक, स्वास्थ्य
झापामा प्रतिबन्धित लागु औषधसहित दुई व्यक्ति पक्राउ परेका छन् । भारतबाट अवैध लागुऔषधसहित नेपालतर्फ आउने क्रममा उनीहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेमा भारतको बंगाल प्रदेश तोपडाँडा घर भई हाल किशनजंग जिल्ला ठाकुरजंग बस्ने २८ वर्षीय श्रवण राय र झापा भद्रपुर नगरपालिका ३ बस्ने २४ वर्षीय खेमराज कुँवर रहेका छन् । Advertisement उनीहरुको साथबाट इस्कुफ ३ बोतल, नाइट्रोसुन ट्याब्लेट १० पिस बरामद भएको प्रहरीले जानकारी दिएको छ । उनीहरुलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय झापामा राखिएको र उनीहरुमाथि आइतबार झापा जिल्ला अदालतबाट म्याद थप लिई थप कानुनी प्रक्रिया अगाडि बढाइने प्रहरीले जनाएको छ ।  साभार: रातोपाटी ...
कोभिड १९ विरूद्धको खोप सबै नागरिकले लगाउन पाउने गरी व्यवस्था गर्न सरकारलाई सुझाव

कोभिड १९ विरूद्धको खोप सबै नागरिकले लगाउन पाउने गरी व्यवस्था गर्न सरकारलाई सुझाव

राजनीति, समाचार, स्वास्थ्य
प्रतिनिधि सभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिले कोभिड १९ विरुद्धको खोप सबै नागरिकले लगाउन पाउने गरी व्यवस्था गर्न सरकारलाई सुझाव दिएको छ। समितिको बिहीबारको बैठकले कोभिड १९ विरुद्धको खोप सबै नेपालीले लगाउन पाउनेगरी व्यवस्था गर्न सरकारलाई सुझाव दिएको हो। त्यसैगरी समितिले तोकिएको लक्षित समूहलाई खोप दिन पनि सरकारको ध्यानाकर्षण गराएको छ। Advertisement फ्रन्टलाइनका काम गर्ने मजदुर, श्रमिक, व्यवसायी, शिक्षक, विद्यार्थी लगायतलाई प्राथमिकतामा राख्न पनि समितिले सरकारलाइृ सुझाव दिएको छ। त्यसैगरी कोभिडको तेस्रो लहर आउनसक्नेमा सचेत हुँदै आईसियू, अक्सिजन, भेन्टीलेटर र जनशक्ति थप गर्ने सम्बन्धमा स्वास्थ्य मन्त्रालयले गम्भिरतापूर्वक लिनुपर्ने पनि समिति सभापति जयपुरी घर्तीले बताए। समिति बैठकमा बोल्दै स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले असोज ...
झलनाथ खनालले गरे दिल्लीमा मिर्गौला प्रत्यारोपण

झलनाथ खनालले गरे दिल्लीमा मिर्गौला प्रत्यारोपण

राजनीति, स्वास्थ्य
नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको दिल्लीमा मिर्गौला प्रत्यारोपण गरिएको छ। Advertisement उनको केही समय अघि दिल्लीको एपोलो अस्पतालमा नेप्रोलोजिस्ट डाक्टर अखिल मिश्राको नेतृत्वमा उपचार भइरहेको थियो। बुधबार सर्जन डाक्टर सन्दीप गुलेरियाको नेतृत्वमा रहेको टिमले उनको मिर्गौलाको प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गरेको उनको सचिवालयले जनाएको छ। ‘अब उहाँ केही समय अस्पतालमै आराम गर्नुहुनेछ र आराम भएपश्चात् नेपाल फर्किनु हुनेछ’, उनका स्वकीय सचिव कृष्ण भट्टराईले भने। स्वास्थ्यमा समस्या आएपछि गत असार २ गते उनलाई दिल्ली लगिएको थियो। ज्वरो र रगतमा हेमोग्लोबिनको कमीलगायत समस्या देखिएपछि काठमाडौं‌को नर्भिक अस्पताल भर्ना गरिएका खनाललाई थप उपचारका लागि दिल्ली लगिएको थियो। ...
मकवानपुरबाट लागुऔषध नाईट्रोभेटसहित दुईजना पक्राउ

मकवानपुरबाट लागुऔषध नाईट्रोभेटसहित दुईजना पक्राउ

देश, समाचार, सामाजिक, स्वास्थ्य
२० साउन, मकवानपुर। मकवानपुर प्रहरीले ११२५ ट्याब्लेट लागुऔषध नाईट्रोभेटसहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा निजगढ नगरपालिका १३ का १९ वर्षीय सुवास गोले र सोही नगरपालिकाका १९ वर्षीय सरोज थिङ रहेका छन् । Advertisement लागुऔषध छ भन्‍ने विशेष सूचनाका आधारमा प्रहरी चौकी भुटनदेवी मकवानपुरबाट खटिएको प्रहरी टोलिले मंगलबार साँझ ७ :३० बजे चेकजाँच गर्दा उनीहरुको साथबाट प्रहरीले ११२५ ट्याब्लेटसहित पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक एवं प्रवक्ता देवेन्द्र दासले बताए । Credit: OnlineKhabar ...
बाढी र पहिरो छिचोल्दै मनाङ र मुस्ताङमा पूर्ण खोप, स्थानीयले यसरी पाए खोप

बाढी र पहिरो छिचोल्दै मनाङ र मुस्ताङमा पूर्ण खोप, स्थानीयले यसरी पाए खोप

समाचार, स्वास्थ्य
भ्याक्सिन लगाएको कार्ड देखाउँदै मनाङका स्थानीयबासी। पहिरोको बाटो काठको भर्‍याङ चढेर छिचोल्दै गरेका युवाले पिँठ्युमा भ्याक्सिन बोकेका छन्।   सदरमुकाम चामेबाट नासों गाउँपालिका जान उनले यस्तो धेरै ठाउँमा यस्तै भर्‍याङ चढ्नुपर्‍यो। काठको फलेक बिच्छ्याएर बनाएको पुल तर्नुपर्‍यो। बाढी र पहिरो जाँदाजाँदै हत्केलामा ज्यान राखेर मनाङका स्वास्थ्यकर्मीले जिल्लाका सबै नागरिकलाई कोरोनाविरूद्धको भ्याक्सिन लगाइदिए। मुस्ताङको छाक्ताङ खोला उर्लिंदा साना न ठूला कुनै पनि सवारी तर्न सक्ने अवस्था थिएन।  Advertisement थासाङ गाउँपालिका–४ लेतेस्थित प्राथकमिक स्वास्थ्य केन्द्र पुगेको खोप लिन टुकुचे र कोवाङका स्वास्थ्यकर्मी पुगे। खोप अभियानको योजना अनुसार असार १ गते बिहान फलामको डण्डीको सहायताले टुकुचे स्वास्थ्य चौकीका अहेब सविन खत्री र कोबाङ स्वास्थ्य चौकीका स्वास्थ्य...
स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. आरपी बिच्छा नियुक्त

स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. आरपी बिच्छा नियुक्त

देश, समाचार, सामाजिक, स्वास्थ्य
१९ साउन, काठमाडौं । स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. आरपी बिच्छा नियुक्त भएका छन् । Advertisement स्वास्थ्य तथा जनसंख्या मन्त्रालय उच्च स्रोतका अनुसार डा. बिच्छालाई स्वास्थ्य सेवा विभागको जिम्मेवारी दिइएको हो । डा. बिच्छा कान्ति बाल अस्पतालमा निर्देशक पदमा कार्यरत थिए । यसअघि सरकारले कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालका प्रमुख कार्यकारी अधिकारी डा. जोगेश्वर गौतमको सरुवा गरेको थियो । डा. गौतमलाई प्रसुती तथा स्त्रीरोग अस्पताल सरुवामा पठाइएको छ भने युनिफाइड केन्द्रीय अस्पतालमा डा. भुपेन्द्र बस्नेतलाई पठाइएको छ । Credit: OnlineKhabar ...
नौ घण्टा निरन्तर खोप

नौ घण्टा निरन्तर खोप

समाचार, स्वास्थ्य
ताप्लेजुङको फुङलिङकी स्वास्थ्यकर्मी लक्ष्मी बनेम कोरोनाविरुद्धको खोप लगाइदिँदै । ताप्लेजुङ — मुहारमा मास्क र फेससिल्ड । शरीरमा पीपीई अनि हातमा पन्जा । ताप्लेजुङस्थित फुङलिङ नगरपालिकाको स्वास्थ्य शाखाकी वरिष्ठ अहेव लक्ष्मी मावो बनेम आजकल यस्तै परिधानमा भेटिन्छिन् । जसले गत बिहीबार एकै दिन ९ सय ४० जनालाई कोभिड–१९ विरुद्धको खोप लगाइदिइन् ।  बिहान ९:३० बजे खोप लगाउन सुरु गरेकी बनेमका हात ६ः१५ बजेसम्म रोकिएनन्, न उद्योग वाणिज्य संघको भवनमा पाखुरा अघि सार्दै खोप लगाइमाग्न आउनेको लाम रोकियो । बिहान खाना खाएर खोप लगाउन थालेकी बनेम साँझ मात्र खोप केन्द्रबाट बाहिर निस्किइन् । दिनभरि भोक, तिर्खा नभनी खटिइरहिन् । तर यति गर्दा पनि उनले २०५८ सालमा आफैंले बनाएको रेकर्ड भने तोड्न सकिनन् । त्यतिखेर उनले दादुरा रुबेलाको खोप एकै दिन १ हजार ६४ जनालाई लगाएकी थिइन् । Advertisement ...
कर्णालीका दुई मन्त्रीले भेटे गृहमन्त्री, कोरोना खोपबारे कुराकानी

कर्णालीका दुई मन्त्रीले भेटे गृहमन्त्री, कोरोना खोपबारे कुराकानी

देश, राजनीति, स्वास्थ्य
कर्णाली प्रदेशका दुई जना मन्त्रीले गृहमन्त्री बालकृष्ण खाणलाई भेटेका छन्। Advertisement आन्तरिक मामिला तथा कानुन मन्त्री सीता नेपाली र जलस्रोत तथा ऊर्जा मन्त्री दिनबन्धु श्रेष्ठले गृहमन्त्री खाणलाई आइतबार भेटेर कुराकानी गरेका हुन्। उनीहरूले कर्णाली प्रदेशमा भइरहेका गतिविधिबारे जानकारी गराएका थिए भने कोरोना खोपका लागि आवश्यक सहयोग गरिदिन आग्रह गरेका थिए। भेटका क्रममा गृहमन्त्री खाणले आवश्यक मात्रामा कोरोना खोप कर्णाली पठाउन आफूले पहल गर्ने बताएको गृहमन्त्री खाणको सचिवालयले जानकारी दिएको छ। ...