२०८१ जेष्ठ ६

उद्यमशीलता

सत्र परिवारद्वारा सञ्चालित होमस्टे, जहाँ पर्यटक फर्कीफर्की आउँछन्

सत्र परिवारद्वारा सञ्चालित होमस्टे, जहाँ पर्यटक फर्कीफर्की आउँछन्

SYM शुद्ध सकारात्मकता, उद्यमशीलता
कमलामाई (सिन्धुली), ३ चैत (रासस) : पूर्वमा सेल्फी डाँडा, एक पोज फोटो डाँडामाथिको बुट्टेदार पर्खालको कभर लाएर खिच्न मन लाग्ने । पश्चिममा मन थिचेर राख्ने घनाजङ्गल, सुन्दर पहाडी प्राकृतिक दृश्य, सधैँ हेरिरहन मन लाग्ने । उत्तरमा ऐतिहासिकस्थल सिन्धुलीगढी, दक्षिणको थुम्कामा धार्मिक महत्व बोकेको भद्रकाली मन्दिर । यात्राका लागि आकर्षक नागबेली घुम्तीले रमणीय विपी राजमार्ग र दायाँबायाँको बस्तीले मोहित बनाउने ढुङ्ग्रेभज्याङ । सिन्धुलीको कमलामाई नगरपालिका–२ मा ३० परिवारको बसोबास छ । मगर जातिको बाहुल्यता रहेको यस बस्तीमा १२ परिवारले सामूहिकरूपमा घरबास (होमस्टे) सञ्चालन गरेका छन् । जिल्लाकै पहिलो घरबासका रूपमा स्थापित भएको ‘भद्रकाली सामुदायिक होमस्टे’मा प्राकृतिक सौन्दर्यता, स्वच्छ हावापानी, स्थानीय अग्र्यानिक परिकार, स्थानीयको सरलता, निश्चलता, सहयोगीपन, मुस्कानसहितको बोली र व्यवहारले सबैल...
चिराइतोको मूल्य अलैँचीको भन्दा बढी

चिराइतोको मूल्य अलैँचीको भन्दा बढी

उद्यमशीलता
ताप्लेजजुङ, २९ फागुन (रासस) ः चिराइतोको मूल्य गत वर्षको तुलनामा रु १० हजारले वृद्धि भएको छ । गएको वर्ष प्रतिमन (४० किलो) रु ३० हजार दरले कारोबार भएको चिराइतोको मूल्य हाल रु ४० हजार पुगेको छ । पहाडी क्षेत्रको मुख्य आमदानीको स्रोतका रूपमा रहेको अलैँचीको भन्दा चिराइतोको मूल्य माथि पुगेको हो । अलैँची प्रतिमन रु ३५ हजारका दरले कारोबार भइरहेको छ । भारत निर्यात हुँदै चिराइतो झापामा पु¥याउँदा प्रतिमन रु ३८ हजारदेखि रु ४० हजारमा कारोबार हुने ताप्लेजुङका व्यवसायीले बताएका छन् । “गत वर्ष रु ३० हजार प्रतिमन कारोबार भएको थियो, आजभोलि मूल्य बढेर रु ३८ हजारदेखि रु ४० हजारमा कारोबार भइरहेको छ”, सदरमुकाम फुङलिङका व्यवसायी गोविन्द बरालले भन्नुभयो । गत वर्ष रु १८ हजार हुँदै रु ३० हजारसम्म पुगेको मूल्य यो वर्ष फागुन लागेयता बढेर रु ४० हजारसम्म पुगेको हो । बरालका अनुसार हाल किसानबाट प्रतिमन रु...
सामूहिक लगानीमा सूर्यमुखी फूलखेती

सामूहिक लगानीमा सूर्यमुखी फूलखेती

SYM शुद्ध सकारात्मकता, उद्यमशीलता
दाङको तुलसीपुर उपमहानगरपालिका–१४ पन्ननपुरमा व्यावसायिक सूर्यमुखी फूलको खेती फस्टाएको छ । स्थानीय तीर्थराज केसीसहित पाँच जनाको सामूहिक लगानीमा थालिएको सूर्यमुखी फूलको खेती फस्टाउँदै गएको हो । कृषि पेसामा केही नयाँ गर्ने सोचका साथ यो व्यवसाय सुरु गरिएको केसीले बताउनुभयो । “अहिले स्थानीय तथा अन्य वडाका नागरिक फूलको सौन्दर्य हेर्न, फोटो खिच्न र टिकटक बनाउन आउने गरेका छन् । यहाँ अवलोकनका लागि आउनेलाई निःशुल्क प्रवेश दिएका छौँ”, उहाँले भन्नुभयो । तोरी खेती गर्दा बढी मेहनत लाग्ने तथा फूल फूल्ने समयमा तुसारो लागेर फल नलाग्ने भएकाले यहाँका किसान सूर्यमुखीको खेतीप्रति आकर्षित हुन थालेका केसीको भनाइ छ । “यो पहिलो पटकको प्रयास भएकाले विस्तारै खेतीका लागि क्षेत्रफल बढाउने योजना छ”, उहाँले भन्नुभयो । परीक्षणका रुपमा लगाइएको सूर्यमुखी फूल पहिलो वर्ष चार बिघामा लगाएको छ । लगानी र मेह...
एक्काइस हजार महिलालाई हस्तकला सीप

एक्काइस हजार महिलालाई हस्तकला सीप

SYM शुद्ध सकारात्मकता, उद्यमशीलता
Representation Photo हस्तकला सिकेका महिला स्वरोजगार बन्न थालेका छन् । पोखरास्थित महिला सीप विकास संस्थाले उनीहरुलाई सीप र आयआर्जनको बाटो देखाएको हो । विसं २०३२ मा स्थापित उक्त संस्थाले हालसम्म २१ हजार बढी महिलालाई हस्तकला सीप प्रदान गरेको छ । तीमध्ये तीनसय ५० उद्यमी महिला संस्थामा जोडिएका छन् । उनीहरु आफ्नै सीप चलाएर नियमित कमाइ गर्छन् । संस्थाले हस्तकलाका सामग्री उत्पादन र बिक्री वितरण गर्दै आएको छ । महिलाको सशक्तीकरण, आर्थिक उत्थान र रोजगारी सिर्जना गर्ने उद्देश्यले ४७ वर्षअघि उक्त संस्था स्थापना गरिएको थियो । “अहिलेसम्म २१ हजार बढी महिलालाई सीप सिकाएर घरघरमा पठाएका छौँ, कोही आफैँ उद्योग खोलेर आयआर्जनमा लाग्नुभएको छ, कोही संस्थामा आबद्ध भएर काम गरिरहनुभएको छ”, संस्थाका कार्यकारी निर्देशक रामकली खड्काले भन्नुभयो । संस्थाद्वारा सञ्चालित हस्तकला उद्योगमा धागो, अल्लो, हेम,...
गड्यौलाको मल उत्पादन गरेर मनग्य आम्दानी

गड्यौलाको मल उत्पादन गरेर मनग्य आम्दानी

SYM शुद्ध सकारात्मकता, उद्यमशीलता
कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखामका माया जोशीले गड्यौलाको मल उत्पादन गरेर मनग्य आम्दानी गर्दैआउनु भएको छ । गड्यौला मलबाट थोरै लगानीमा मनग्य आम्दानी गर्न सकिने थाहा पाएपछि उहाँले कञ्चनपुरको कृष्णपुर नगरपालिकास्थित बाणीबाट गड्यौला ल्याएर मल उत्पादनमा लाग्नुभएको हो । “दुई वर्षअघि बैंकबाट रु पाँच लाख ऋण लिएर गड्यौला मल उत्पादन र बाख्रापालन सुरु गरेकी थिएँ”, उहाँले भन्नुभयो, “अहिले गड्यौला मलको माग धेरै बढेको छ, माग धान्नै सकस छ ।” जोशीले अहिले मल बिक्रीबाटै आत्मनिर्भर भएको बताउनुभयो । मल उत्पादनका लागि उहाँले बाख्रापालनसमेत गर्नुभएको छ । रासायनिक मलको विकल्पका रूपमा गड्यौला मलको प्रयोग गर्दा उत्पादन पर्याप्त हुने भएकाले पछिल्लो समय किसानले गड्यौला मल प्रयोग गर्न थालेका छन् । “रासायनिक मलले भन्दा गड्यौला मलले उत्पादन राम्रो हुन्छ ।” उहाँले भन्नुभयो, “केही समयअघिसम्म यसबार...
अब स्वदेशमा मात्र सीमित छैन पर्वतको सातु

अब स्वदेशमा मात्र सीमित छैन पर्वतको सातु

SYM शुद्ध सकारात्मकता, उद्यमशीलता
पर्वत, २६ फागुन (रासस)ः विभिन्न अन्न भुटेर–पिसेर बनाइने सातु सामान्य खाजाका रूपमा लिइने गरिन्छ । पहिले–पहिले लामो यात्रामा हिँड्दा बाटामा खानका लागि सातु बनाएर लगिन्थ्यो । बालबालिका र वृद्धवृद्धाका लागि खाजाको रूपमा यो प्रयोग गरिन्थ्यो । त्यही सातु अहिले विदेश निर्यात गर्न थालिएको छ । पर्वतको फलेबास नगरपालिका–४ मुडिकुवामा सञ्चालित सामुदायिक खाद्य प्रशोधन उद्योगले उत्पादन गरेको सातु युरोप, अमेरिका निर्यात गर्न थालेको हो । गाउँघरमा आयातित जङ्क फुडको प्रयोग बढ्दै जाँदा अन्नपातको प्रयोग घट्दै गएको छ । सरकारले नै बजेटको व्यवस्था गरेर सामुदायिक विद्यालयमा दिवा खाजामा जङ्क फुड निषेध गरेको छ । स्थानीयस्तरमा उत्पादित वस्तुबाट बनाइएको सातु विदेश निर्यात हुन थालेपछि उद्यमी र कृषक हर्षित भएका छन् । मकै, भटमास, गहुँ, जौँलगायत अन्न प्रशोधन गरी तयार पारेको सातु विभिन्न मुलुकमा निर्यात गर...
व्यासमा कृषकलाई मकैको बीउ वितरण

व्यासमा कृषकलाई मकैको बीउ वितरण

उद्यमशीलता
तनहुँको व्यास नगरपालिकाले कृषकलाई उन्नत जातको छ मेट्रिक टन मकैको बीउ वितरण गरेको छ । नगरपालिकाले ५० प्रतिशत अनुदानमा उक्त बीउ उपलब्ध गराएको हो । व्यासका चौधवटै वडाका कृषकलाई मकैको बीउ वितरण गरिएको हो । कृषकलाई अरुण–२, रामपुर कम्पोजिट, मनकामना–३ लगायत जातको मकैको बीउ वितरण गरिएको व्यास कृषि शाखाका कृषि अधिकृत प्रतिमा बगालेले जानकारी दिनुभयो । प्रत्येक वडाबाट सिफारिस भइ आएका कृषकलाई उनीहरुले माग गरेको आधारमा बीउ उपलब्ध गराएको उहाँले बताउनुभयो । “हालसम्म छ मेट्रिक टन बीउ वितरण गरिसकेका छौँ”, बगालेले भन्नुभयो–‘बाँकी बीउ वितरण जारी छ ।” उन्नत जातको मकैको बीउको मूल्य प्रतिकिलो रु एक सय ३० देखि रु एक सय ५० कायम गरिएको छ । कृषकलाई व्यावसायिक खेतीतर्फ आकर्षित तथा आत्मनिर्भर बनाउने उद्देश्यले बीउमा अनुदान दिन थालिएको उहाँको भनाइ छ । व्यास नगरपालिकाले यसअघि चौधवटै वडाका कृषकलाई ...
व्यवसाय प्रवर्द्धनबाट आर्थिक प्रगति गर्दै तुलकुमार

व्यवसाय प्रवर्द्धनबाट आर्थिक प्रगति गर्दै तुलकुमार

SYM शुद्ध सकारात्मकता, उद्यमशीलता
काठमाडौँ, २० फागुन (रासस) : प्राकृतिक सौन्दर्यले सजिएको स्थानमा खहरेबाट बग्दै गरेको मनमोहक झरना । डाँडाको बीचबाट कलकलाउँदै झरेको पानी सङ्कलित पोखरी । पोखरीमा पौडिएका माछाहरू हेर्दा जो–कोहीलाई पनि आकर्षित पार्ने दृश्य हो सिन्धुपाल्चोक मेलम्ची नगरपालिका –३, हैबुङमा स्थापना गरिएको ट्राउट भिलेज रिसोर्ट एण्ड फार्म । दुई दशक अगाडि रु ४० लाखमा सो फार्ममा व्यावसायिक माछापालन थाल्नुभएका तुलकुमार राईले अहिले व्यवसाय बढाउँदै लगानी पनि करिब रु २० करोड पु¥याउनुभएको छ । सात रोपनी क्षेत्रफलमा फैलिएको उक्त फार्मले ह्याचरीसमेत सञ्चालन गरी वार्षिक नौ लाख भुरा तथा १७ हजार किलो माछा उत्पादन गर्ने क्षमता विस्तार गरेको छ । फार्ममा माछापालनलाई कृत्रिम तथा प्राकृतिक १६ जलाशय र ह्याचरीलाई साना १४ पोखरी छन् । प्रोटिन बढी हुने यस किसिमका माछालाई आवश्यक पर्ने चारा तथा दाना बनाउने व्यवस्था फार्ममा गरिन्छ...
१० चिया उत्पादक कम्पनी पुरस्कृत

१० चिया उत्पादक कम्पनी पुरस्कृत

उद्यमशीलता
नेपालका १० वटा चिया उत्पादन स्वाद र गुणस्तर परीक्षणमा पुरस्कृत भएका छन् । चीनमा गत २०२२ सेप्टेम्बर २० देखि २१ सम्म चाइना टि मार्केटिङ एसोसिएनद्वारा आयोजित दोस्रो चिया गुणस्तर प्रतिस्पर्धामा नेपाली चिया उत्पादक संस्थाले स्वर्ण तथा रजत पदक जितेका हुन् । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले बिहीबार आयोजना गरेको कार्यक्रममा यी पुरस्कार वितरण गरिएको थियो । प्रतिस्पर्धामा बोर्डले नेपाल भरका ४० वटा चियाका नमूना सङ्कलन गरी बोर्डमै भएको टेस्टिङ (चियाको स्वाद एव गुणस्तर परीक्षण)का आधारमा १६ वटा चियाका नमूना प्रतिस्पर्धाका लागि चीन पठाएको थियो । यसअनुसार एक तीनजुरे टी फार्मर सहकारी समाज लिमिटेडले पर्ल गोल्डेन ब्ल्याक टी अवार्ड प्राप्त गरेको छ । यसैगरी फार्मर टी प्रोसेसिङ उद्योगको एफटी हिमालय गोल्ड, हिमालयन साङ्ग्रिला टी प्रोड्युसरको साङ्ग्रिला गोल्ड, गोरखा टी स्टेट प्रालि जिटिइ गोल्ड...
चीनमा स्वर्ण र रजत विजेता नेपाली चिया उत्पादकलाई अवार्ड वितरण

चीनमा स्वर्ण र रजत विजेता नेपाली चिया उत्पादकलाई अवार्ड वितरण

SYM शुद्ध सकारात्मकता, उद्यमशीलता
चीनको फुचियान प्रान्तमा भएको प्रतिस्पर्धामा स्वर्ण र रजत विजेता नेपाली चिया उत्पादक संस्था तथा ब्राण्डलाई सो अवार्ड वितरण गरिएको छ । फुचियानको फुआन सहरमा सेप्टेम्बर २०–२१, २०२२ सम्म भएको ‘वल्र्ड ब्ल्याक टि क्वालिटी इभ्यालुएसन कम्पिटिसन’मा स्वर्ण र रजत अवार्ड प्रााप्त गर्ने १० चिया उत्पादक संस्थालाई राष्ट्रिय चिया तथा कफी विकास बोर्डले आज एक कार्यक्रम गरी अवार्ड वितरण गरेको हो । विश्वका प्रमुख चिया उत्पादक राष्ट्रहरू चीन, भारत, केन्या, श्रीलङ्काजस्ता देशहरूसँग प्रतिस्पर्धा गर्दै यो अवार्ड प्राप्त गरको हो । उक्त प्रतिस्पर्धामा एक संस्थाले ग्राण्ड गोल्ड, पाँच संस्थाले गोल्डेन र चार संस्थाले सिल्भर मेडल जित्न सफल भएका थिए । ...