ब्याजदर घटाएर अर्थतन्त्र चलायमान बनाइने : अर्थमन्त्री महत
अर्थमन्त्री डा प्रकाशशरण महतले वर्तमान आर्थिक अवस्था सुधारका लागि बैंकको ब्याजदर घटाएर अर्थतन्त्रलाई चलायमान बनाइने बताउनुभएको छ ।
राष्ट्रियसभामा आर्थिक वर्ष २०८०÷८१ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक) सम्बन्धी आजको छलफलमा सांसदले उठाउनु भएका जिज्ञासाको जवाफ दिँदै मन्त्री महतले सो कुरा बताउनुभएको हो । उहाँले विशेष परिवेशमा आगामी आर्थिक वर्षको बजेट आउन लागेको उल्लेख गर्दै अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि सबै प्रयास गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सांसदहरुले महत्वपूर्ण सुझाव दिनुभएको उल्लेख गर्दै मन्त्री महतले सांसदले उठाउनुभएका प्रश्न, खबरदारी र सुझावलाई आत्मसाथ गरिने विश्वास दिलाउनुभयो । उहाँले भन्नुभयो– “आर्थिक वृद्धिदर कुनै सीमित वर्ग र समुदायमा मात्र सीमित नभइ समावेशी हुने गरी आगामी बजेट तय हुनेछ, वैदेशिक सहायता कम भएको सन्द...









