२०८२ फाल्गुन २१

अर्थतन्त्र

घट्यो सुनको मूल्य

घट्यो सुनको मूल्य

अर्थतन्त्र, आर्थिक, देश
सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला रु पाँच सयले घटेको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख तीन हजारमा कारोबार भएको सुनको मूल्य आज रु एक लाख दुई हजार पाँच सय तोकिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख दुई हजार छ । यसको मूल्य अघिल्लो दिन रू एक लाख दुई हजार पाँच सय थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला रु १० ले घटेर रु एक हजार दुई सय ८५ मा आएको महासङ्घले जनाएको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ । ...
Industry Minister vows to help grow industrial sector

Industry Minister vows to help grow industrial sector

अर्थतन्त्र, आर्थिक
Minister for Industry, Commerce and Supplies, Damodar Bhandari, has said the government was moving ahead with a determination to transform national challenges into opportunities. He said that the government was serious for the promotion of the industrial sector. During a programme organised by the Kailali Chamber of Commerce in his honour today in Dhangadhi, the Minister said the cooperation from the private sector would be sought to revive some of the sick industries. Bhandari was of the opinion that more areas of industrial potentialities should be explored with a focus on the Sudurapschim Province for new achievements ahead. Stating that prompt service delivery was the priority of the government, the Minister assured that the incumbent government would reflect its dedicat...
‘तीव्र गतिमा रहेको मुलुक बचाए पनि घाइते व्यवसायी प्रति सरकार उदासीन’

‘तीव्र गतिमा रहेको मुलुक बचाए पनि घाइते व्यवसायी प्रति सरकार उदासीन’

अर्थतन्त्र, आर्थिक
'अर्थतन्त्रको अबको बाटो कता हो?' पछिल्लो समय नेपालीमाझ निकै चर्चा भएमध्येको एक विषय हो यो। मुलुकको विदेशी मुद्रा सञ्चितिमा दबाब परेसँगै गर्मिएको बहस यस्तो दबाब कम हुँदै गए पनि सेलाएको छैन। किन त? मुलुक लगभग दुर्घटनाकै अवस्थामा पर्दा सरकार र नियामक निकायहरूले मुलुक त बचाए तर घाइते भएका यहाँका व्यवसायीहरूलाई बचाउने तत्परता देखाइरहेको छैन-उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा व्यवसायी शेखर गोल्छाको बुझाइ हो यो। विदेशी मुद्राको सञ्चितिले ६ महिनाको वस्तु तथा सेवा आयात मात्र धान्ने अवस्थाबाट सुधार भएर मुलुक अब लगभग आठ महिना २१ दिनको आयात धान्न सक्ने अवस्थामा आइपुगेको छ। तर अहिले आन्तरिक वातावरण भने निकै खलबलिएको विश्लेषण भइरहेको छ। त्यसैले अहिले पनि अर्थतन्त्रलाई लिएर अनिश्चयकै अवस्थामा मुलुक छ।  गोल्छा उदाहरण दिँदै भने-हाम्रो मुलुकलाई एउटा सवारीसाधन मानौं। यसलाई चलाइ...
एकैदिन तोलामा १४ सय रुपैयाँ घट्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?

एकैदिन तोलामा १४ सय रुपैयाँ घट्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?

अर्थतन्त्र, आर्थिक
शुक्रबार नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ।  अघिल्लो कारोबार दिन अर्थात् बिहीबार प्रतितोला १२ सय रुपैयाँ बढेर नयाँ रेकर्ड राखेको सुनको भाउ आज प्रतितोला १४ सय रुपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला एक लाख छ हजार एक सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख पाँच हजार छ सय रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार छापावाल सुन प्रतितोला एक लाख सात हजार पाँच सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख सात हजार रुपैयाँमा कारोबार भएको थियो।   त्यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १३ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ।  बिहीबार चाँदी प्रतितोला १३ सय ९५ रुपैयाँमा कारोबार भएको थियो। अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला ३० रुपैयाँ घटेको हो। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस...
डोकोमै सुन्तला बेचेर २ महिनामा २ लाख आम्दानी

डोकोमै सुन्तला बेचेर २ महिनामा २ लाख आम्दानी

SYM शुद्ध सकारात्मकता, अर्थतन्त्र
१८ माघ, रेसुङ्गा । गुल्मीकी पार्वता पाण्डेले पुस र माघ महिनामा डोकोमै सुन्तला बेचेर दुई लाख आम्दानी गरेकी छन् । जिल्लाको रेसुङ्गा नगरपालिका–४ की पाण्डेले मदन भण्डारी राजमार्गको तम्घास–छल्दी सडकखण्डको राँयढुङ्गामा बसेर सुन्तला बिक्री गर्छिन् । पुस पहिलो सातादेखि माघ दोस्रो सातासम्म डोकोमै सुन्तला बेचेर २ लाख रुपैयाँ कमाएको उनको भनाइ छ । उनले विगत सात वर्षदेखि पुस र माघ महिनामा सुन्तला बेच्दै आएकी छन् । यो वर्ष सुन्तलाको मूल्य प्रतिकिलो ८० देखि २०० सम्म रहेको पाण्डेले बताइन् । ‘सुन्तलाको बजारीकरणमा कुनै पनि समस्या छैन’, उनले भनिन्,  ‘सवारीमा आवतजावत गर्नेले रोकिएर सुन्तला किनेर जानुहुन्छ ।’ पाण्डे सुन्तला बिक्रीको लागि घरदेखि १५ मिनेट पैदल हिँडेर राँयढुङ्गामा आउँछिन् । विहान ११ देखि दिउँसो ३ बजेसम्म सुन्तला बिक्री गर्छिन् । सामान्य जीविकोपार्जनका लागि विदेशकै बाटो ...
त्रिभुवन विमानस्थलबाट एक वर्षमा अन्तर्राष्ट्रिय यात्रा गर्ने यात्रुको संख्या ३५ लाख

त्रिभुवन विमानस्थलबाट एक वर्षमा अन्तर्राष्ट्रिय यात्रा गर्ने यात्रुको संख्या ३५ लाख

अर्थतन्त्र, आर्थिक
१६ माघ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक वर्षको अवधिमा करिब ३५ लाख अन्तर्राष्ट्रिय हवाई यात्रुले यात्रा गरेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणको तथ्यांक अनुसार सन् २०२२ मा त्रिभुवन विमानस्थलबाट मात्र ३४ लाख ८८ हजार ३२८ जना यात्रुले अन्तर्राष्ट्रिय यात्रा गरेका छन् । यसमा आगमन र प्रस्थान दुवैको तथ्यांक जोडिएको छ । कार्यालयका अनुसार यो संख्या सन् २०२१ को तुलनामा साढे दुई गुणा बढी हो । सन् २०२१ मा अन्तर्राष्ट्रिय उडानका यात्रु संख्या १४ लाख ५६ हजार ९२९ जना रहेको थियो । तथ्यांक अनुसार सन् २०२२ मा त्रिभुवन विमानस्थलमा १५ लाख ५६ हजार ८११ जना यात्रुको आगमन भएको छ । यो नेपाली नागरिक र पर्यटकको संयुक्त संख्या हो । यस विमानस्थलबाट एक वर्षको अवधिमा १९ लाख ३१ हजार ५१७ जना यात्रु प्रस्थान गरेका छन् । यसरी विमानस्थलले एक वर्षको अवधिमा ३४ लाख ८८ हजार ३२८ जना अन्तर्र...
महाराजगञ्जमा आईएमई इलेक्ट्रिकको नयाँ डिलर

महाराजगञ्जमा आईएमई इलेक्ट्रिकको नयाँ डिलर

अर्थतन्त्र, कर्पोरेट
काठमाडौं । आईएमई इलेक्ट्रिक प्रालिले राफ्ट इलेक्ट्रिक स्कुटरको निरन्तर बढ्दो नेटवर्कमा महाराजगञ्जस्थित गरिमा अटो कन्सर्नको रूपमा नयाँ डिलर थपेको छ । नेपाल विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङ रआईएमई ग्रुपका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले बुधबार उक्त डिलरको उद्‍घाटन संयुक्त रुपमा गरेका छन् । कार्यक्रममा कुलमान घिसिङले नेपालमा विद्युतीय सवारीसाधन लोकप्रिय बढ्दै गएको विद्युतीय गाडीको प्रयोगले इन्धन आयात घटाउन र स्थानीय रूपमा उत्पादित बिजुलीको प्रयोगलाई प्रबर्द्धन गर्न मद्धत गर्ने बताए । विशेषगरी राती गाडी चार्ज गर्दा ग्राहकहरूका लागि विद्युतीय सवारी साधनको प्रयोगमा ठूलो बचत हुने उनले बताए । कार्यक्रममा ढकालले आईएमई इलेक्ट्रिकले ई मोबिलिटीमा अगुवा बन्ने लक्ष्य राखेको बताए । राफ्ट टू–व्हीलर अक्टोबर २२ मा प्रस्तुत गरिए...
एमडीएमएसको कार्यान्वयन तत्कालका लागि स्थगित

एमडीएमएसको कार्यान्वयन तत्कालका लागि स्थगित

अर्थतन्त्र, देश
१५ पुस, काठमाडौं । सरकारले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)को पूर्ण कार्यान्वयन तत्कालका लागि स्थगित गरेको छ । विदेशबाट फर्किने नेपालीले ल्याउने मोबाइलको व्यवस्थाबारे अन्योल भएपछि तत्कालका लागि उक्त सिस्टमको कार्यान्वयन स्थगित गरिएको हो । प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले विदेशबाट ल्याइएका मोबाइल दर्ता गर्नैपर्ने व्यवस्थालाई अनिवार्य नगरिएको बताए । ‘भविष्यमा आवश्यक तयारी र छलफलपछि कार्यान्वयन गर्छौं,’ उनले भने, ‘व्यवसायीले विदेशबाट ल्याएका मोबाइल दर्ता गर्न भने प्रणाली कायम रहनेछ ।’ चौतर्फी विरोध भएपछि सरकारले विदेशबाट उपहारमा मोबाइल ल्याउँदा भन्सार विन्दुमा प्रज्ञापनपत्र लिनुपर्ने व्यवस्था पनि तत्कालका लागि स्थगित गरेको छ । भन्सार विभागले विमानस्थल भन्सार कार्यालयलाई आजबाट जारी गर्ने भनिएको त्यस्ता प्रज्ञापनपत्र जारी नगर्न निर्देशन दिइसकेको छ । त्रिभु...
‘बीआरआई कार्यान्वयन अघि राष्ट्रिय सहमति आवश्यक’

‘बीआरआई कार्यान्वयन अघि राष्ट्रिय सहमति आवश्यक’

अर्थतन्त्र, आर्थिक
९ पुस, काठमाडौं । चीनले अघि सारेको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) कार्यक्रम राष्ट्रिय हितअनुकुल बनाएर मात्रै कार्यान्वयनमा लैजान विज्ञहरुले राष्ट्रिय सहमतिको आवश्यकता पर्ने धारणा राखेका छन् । शुक्रबार काठमाडौंमा सेन्टर फर सोसल इन्क्लुजन एन्ड फेड्रालिजम (सीईएसआईएफ) ले आयोजना गरेको ‘भूराजनीति र दक्षिण एसियामा बीआरआई’ विषयक अन्तर्राष्ट्रिय सेमिनार कार्यक्रममा बोल्दै पूर्वपरराष्ट्रमन्त्री, अन्तर्राष्ट्रिय सम्बन्धका जानकार, भारत, बंगलादेश र श्रीलंकालगायत मुलुकका विज्ञहरूले राष्ट्रिय सहमति र हितको विषयमा चर्चा गरेका हुन् । पूर्वपरराष्ट्रमन्त्री, नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले बीआरआई अवसर र चुनौती दुवै भएको भन्दै देशको हितलाई केन्द्रमा राख्दै सबैको सहमतिमा बीआरआई अघि बढाउनुपर्ने बताए । ‘बीआरआई चीनको बढ्दो शक्तिलाई सदुपयोग गर्ने सन्दर्भमा आएको छ । म परराष्ट्र...
सिभिल बैंकको ‘अप्पन जनकपुर, डिजिटल जनकपुर’ अभियान सुरु

सिभिल बैंकको ‘अप्पन जनकपुर, डिजिटल जनकपुर’ अभियान सुरु

अर्थतन्त्र, आर्थिक, बैँक/ बीमा
काठमाडौं । सिभिल बैंकले ‘अप्पन जनकपुर, डिजिटल जनकपुर’ गो–क्यासलेस अभियान सुरु गरेको छ । जनकपुर उपमहानगरपालिकाका उपमेयर किशोरी साहले टेम्पो व्यवसायी श्रीनारायण मण्डललाई क्यूआर कोड हस्तान्तरण गरे अभियानको सुरुवात गरेका हुन् । सिभिल बैंकले ‘अप्पन जनकपुर, डिजिटल जनकपुर’ अभियानको सुरुवात गर्न पाउँदा खुशी लागेको भन्दै साहले नगदरहित समाज आजको आवश्यकता भएको बताए । सिभिल बैंकका चिफ बिजिनेस भोला बहादुर विष्टले डिजीटल ईको सिस्टमको विकास गर्न सकिएमा समग्र जनकपुर डिजिटलमा जाने कुरामा दुई मत नभएको बताए । ...