बाराही हस्पिटालिटीले ल्यायो ‘मनसुन अफर’
काठमाडौं । बाराही हस्पिट्यालिटीले मनसुन अफर सुरु सुरु गरेको छ । चितवनको बाराही जंगल लज, पोखराको होटल बाराही, सराङकोट माउन्टेन लज, आवास पोखरा र बाराही काठमाडौंमा मनसुन अफर सुरू भएको हो ।
चितवन मेघौलीमा रहेको बाराही जंगल लजमा दुई रात तीन दिनको खानासहितको बसाइको प्याकेज बुक गर्दा जिप सफारी, सनडाउनर र गाउँ भ्रमण निःशुल्क पाइने कर्पोरेट डाइरेक्टर योगेन्द्र थापाले जानकारी दिए । उक्त प्याकेजको प्रतिव्यक्ति २३ हजार ५०० रहेको छ । अफर बाहेकको मूल्य भने ३३ हजार हो ।
२३० रोपनीमा फैलिएको लग्जरी रिसोर्टमा ३९ वटा कटेज रुम र प्राइभेट स्विमिङपुलसहितको स्विट भिल्ला रहेका छन् ।
चितवन राष्ट्रिय निकुञ्जनजिकै रहेको लजमा स्विमिङ पुल, स्पा समेत रहेको छ भने साँझमा स्थानीय थारु र कुमाल संस्कृति समेत हेर्न डाइरेक्टर थापाले बताए ।
पोखरा लेकसाइडमा रहेको होटल बाराहीमा जोडीको लागि दुई रात तीन दिन...









