२०८१ बैशाख २७

बाराही हस्पिटालिटीले ल्यायो ‘मनसुन अफर’




काठमाडौं ।  बाराही हस्पिट्यालिटीले मनसुन अफर सुरु सुरु गरेको छ । चितवनको बाराही जंगल लज, पोखराको होटल बाराही, सराङकोट माउन्टेन लज, आवास पोखरा र बाराही काठमाडौंमा मनसुन अफर सुरू भएको हो ।


Advertisement


चितवन मेघौलीमा रहेको बाराही जंगल लजमा दुई रात तीन दिनको खानासहितको बसाइको प्याकेज बुक गर्दा जिप सफारी, सनडाउनर र गाउँ भ्रमण निःशुल्क पाइने कर्पोरेट डाइरेक्टर योगेन्द्र थापाले जानकारी दिए । उक्त प्याकेजको प्रतिव्यक्ति २३ हजार ५०० रहेको छ । अफर बाहेकको मूल्य भने ३३ हजार हो ।

२३० रोपनीमा फैलिएको लग्जरी रिसोर्टमा ३९ वटा कटेज रुम र प्राइभेट स्विमिङपुलसहितको स्विट भिल्ला रहेका छन् ।

चितवन राष्ट्रिय निकुञ्जनजिकै रहेको लजमा स्विमिङ पुल, स्पा समेत रहेको छ भने साँझमा स्थानीय थारु र कुमाल संस्कृति समेत हेर्न डाइरेक्टर थापाले बताए ।

पोखरा लेकसाइडमा रहेको होटल बाराहीमा जोडीको लागि दुई रात तीन दिनको अफर ल्याएको छ । सोको शुल्क प्रतिजोडी १९ हजार ९९९ रुपैयाँ रहेको छ । यस प्याकेजमा वेलकम ड्रिक्स, बार्बिक्यूसहितको सांस्कृतिक कार्यक्रम, दुई दिन ब्रेकफास्ट, साइड सिन र एयरपोर्टसम्मको दुईतर्फी सटल सुविधा र दुई रात डिलक्स रुम उपलब्ध छ । स्पा, स्विमिङपुल समेत रहेको बाराही चारतारे होटल हो ।

यस्तै, सराङकोटको टुप्पामै रहेको सराङकोट माउन्टेन लजमा म्याजिकल मनसुन अफर सुरू भएको छ । जोडीका लागि उपलब्ध प्याकेजमा डिलक्स रुम, ब्रेकफास्ट र डिनर (नेपाली वा कन्टिनेन्टल)को एक रातको मूल्य १४ हजार रुपैयाँ रहेको छ ।

पोखरा उपत्यका र आसपास नियाल्न तथा अन्नपूर्ण, धौलागिरी र माछापुच्छ्रेको अद्भुत दृश्यावलोकन साथै सूर्योदय र सूर्यास्त अवलोकनका लागि सराङकोट माउन्टेन लज उत्कृष्ट गन्तव्य हो । स्पाको सुविधासमेत रहेको लज वातावरणमैत्री समेत छ । लजको रुफ टप स्विमिङपुलमा माछापुच्छ्रेको प्रतिविम्ब निकै आकर्षक देखिने थापाले बताए ।



पोखरा लेकसाइडको नौ नम्बर मार्गमा रहेको आवास पोखरामा जोडीका लागि एक रात डिलक्स रुम, ब्रेकफास्ट, रोमान्टिक क्यान्डिल लाइट डिनर र कपल्स केकको शुल्क ६ हजार रुपैयाँ रहेको छ । रुफटप स्विमिङ पुल भएको आभाष पोखरा थ्रीस्टार स्ट्यान्डर्ड होटल हो ।

होटल बाराही काठमाडौं, कान्तिपथ केशरमहलमा भर्खरै सञ्चालन आएको होटल हो । नारायणहिटी दरबार मोहडा रहेको होटलको स्विमिङपुल लक्षित अफर अहिले उपलब्ध छ । ल्याबिस ब्रश्च, अराउन्ड अफ ड्रिंक्स सहित स्विमिङपुल प्रयोग गर्ने प्याकेज सनिबारका लागि उपलब्ध छ ।

प्याकेजअनुसार वयस्कका लागि दुई हजार ३९९ रुपैयाँ र हरेक बालबालिकालाई प्रतिव्यक्ति एक हजार १९९ रुपैयाँ शुल्क कायम गरिएको छ । यो प्याकेज उपभोग गर्न प्रि–बुकिङ गर्नुपर्नेछ । प्याकेज सनिबार दिउँसो १२ बजेदेखि ४ बजेसम्म लागु हुने थापाले बताए । सबै होटलका मनसुन अफर सेप्टेम्बर १५ सम्म लागु हुनेछ ।

ओपनिङ अफरअन्तर्गत बाराही काठमाडौँमा प्रतिरुम नेपालीका लागि आठ हजार रुपैयाँ (जोडीका लागि, ब्रेकफास्टसहित) रहेको छ । यो शुल्क सन् २०२३ भरि लागु हुनेछ ।

चार दशक अगाडि पोखराको लेकसाइडमा बाराही हस्पिटालिटीका संस्थापक हरिप्रसाद पौडेलले नौ कोठासहित प्याराडाइज गेस्ट हाउस सुरू गरेका थिए ।

Copy link
Powered by Social Snap