२०८३ बैशाख २१

Author: Senior Editor Nima

मन्त्रालय फुटाउनेबारे सत्ता गठबन्धनमा छलफल भएको छैन- गृहमन्त्री लामिछाने

मन्त्रालय फुटाउनेबारे सत्ता गठबन्धनमा छलफल भएको छैन- गृहमन्त्री लामिछाने

राजनीति
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले मन्त्रालय फुटाएर बाँडफाँट गर्नेबारे कुनै छलफल नभएको बताएका छन्। बुधबार बालुवाटारमा बसेको गठबन्धनको बैठकपछि लामिछानेले यसबारे कुनै पनि छलफल नभएको बताएका हुन्। ‘मन्त्रालय फुटाएर धेरै बनाउन लागेको खबर आएका छन्। ती कुरा कसरी आए, गठबन्धन वा कुनै दलमा छलफल भएको छैन,’ उनले भने। यस बैठकमा न्यूनतम साझा कार्यक्रमको मस्यौदाबारे छलफल पनि भएको उनले बताए। 'बिहीबार यसको मस्यौदा तयार गरी शुक्रबार सार्वजनिक गर्ने तयारी गरिएको छ', उनले भने। मन्त्रालयहरू कुन दलले कुन लिने, लिएका मन्त्रालयका काम/कसरी प्रभावकारी बनाउन सकिएला भन्नेबारे पनि छलफल भएको उनले बताए। यस्तै, मन्त्रिपरिषद् विस्तार भने विश्वासको मत लिएपछि मात्रै गर्ने सरकारको तयारी छ। उनले बैठकमा समसामयिक राजनीति र राहदानी विभागको सिस्टम डाउनबारे पनि छलफल भएको गृहमन्त्री लामिछानेले ...
तुलसीपुर–घोराही सडकखण्ड आयोजना रद्द गर्न माग 

तुलसीपुर–घोराही सडकखण्ड आयोजना रद्द गर्न माग 

राजनीति
राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट दाङमा उम्मेदवार बनाइएका दुई जनाले बुधबार उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर तुलसीपुर–घोराही चार लेन सडकखण्ड आयोजना रद्द गर्न माग गरेका छन्। दाङको निर्वाचन क्षेत्र नं. ३ का उम्मेदवार कमल सुवेदी र २ का उम्मेदवार विशाल अधिकारीले मन्त्री श्रेष्ठलाई भेटेर निर्माण पूरा भई सक्नुपर्ने समयसम्म जम्मा दश प्रतिशतमात्रै भौतिक प्रगति भएको हुँदा सम्झौता रद्द गर्न माग गरेका हुन्। उक्त सडक खण्ड २०७५ माग १४ गते ठेक्का सम्झौता भएको थियो। सम्झौता अनुसार २०७७ वैशाख २९ गते काम पूरा भई सक्नुपर्ने थियो। सडक विस्तारको काम भारतको तथ्य इञ्जिनियरिङ एण्ड इन्फा प्रोजेक्ट प्रालिले लिएको थियो। यो बीचमा सात वटा पेटी ठेकेदार परिवर्तन भइसकेको छन् भने तीन पटक म्याद थप भइसकेको छ। तर, सडकको अवस्था जस्ताको तस्तै छ। आयोजना...
बागमतीमा सभामुख र उपसभामुखको उम्मेदवारी दर्ता पुस २८ गते

बागमतीमा सभामुख र उपसभामुखको उम्मेदवारी दर्ता पुस २८ गते

राजनीति
बागमती प्रदेश सभाको सभामुख र उपसभामुख पदको निर्वाचनको लागि यही पुस २८ गते बिहान उम्मेदवारी दर्ता गर्न समय निर्धारण गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ। सभामुख र उपसभामुख पदको निर्वाचनको कार्यसूची अनुसार, पुस २८ गते बिहान १०ः३० बजेदेखि २ बजेसम्म आ–आफ्नो उम्मेदवारी दर्ता गर्ने समय निर्धारण गरिएको छ। यसैगरी, उक्त दिनको २ः३० बजेदेखि ३ः३० बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने समय तोकिएको छ। यसैगरी, सोही दिनको अपरान्ह ४ बजेभित्र सभामुख र उपसभामुख पदको उम्मेदवार दर्ता गरिएको अन्तिम नामावलीको सूची प्रकाशन गर्ने कार्यतालिका रहेको प्रदेशसभा सचिवालयका प्रवक्ता मनोजकुमार गुप्ताले जानकारी दिए। सभामुख र उपसभामुख पदको उम्मेदवारी निर्विरोध भएमा वा मतदान गर्नुपरेमा पुस २९ गते दिनको ११ बजे प्रदेश सभाको बैठक बोलाइएको छ भने सोही दिन चुनावी परिणाम घोषणा गर्ने कार्यसूची रहेको प्रदेशसभा सच...
रोजनाथ पाण्डे संसदको सचिवमा बढुवा

रोजनाथ पाण्डे संसदको सचिवमा बढुवा

राजनीति
संसद सचिवालयका सहसचिव रोजनाथ पाण्डेको सचिवमा बढुवा भएको छ। बुधबार बसेको संसद सचिवलाय सञ्चालन तथा व्यवस्थापन समितिको बैठकले पाण्डेलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको संसद सचिवालयका सहप्रवक्ता दशरथ धमलाले जानकारी दिए। पाण्डे सचिवालयका प्रवक्तासमेत थिए। ध्रुव घिमिरेले राजीनामा दिएपछि संसद सचिवालयमा एउटा सचिव रिक्त थियो। उनले बिहीबार सचिवको जिम्मेवारी सम्हाल्ने छन्। ...
अवैधानिक क्रसर उद्योग बन्द गर्न गृह मन्त्रालयको परिपत्र

अवैधानिक क्रसर उद्योग बन्द गर्न गृह मन्त्रालयको परिपत्र

राजनीति
गृह मन्त्रालयले अवैधानिक क्रसर उद्योग बन्द गर्न सबै जिल्ला प्रशासन कार्यलयलाई परिपत्र गरेको छ। बुधबार सबै प्रशासन कार्यालयलाई परिपत्र गरेको गृह मन्त्रालय स्रोतले जानकारी दिएको छ। प्रचलित कानुन विपरित ढुंगा, गिट्टी तथा बालुवा उत्खनन तथा दोहन कार्यलाई नियमन गर्न वातावरण संरक्षण ऐन २०७६ को पालना गर्न भनिएको छ। यस्तै अदालतबाट जारी भएको आदेश समेतको कार्यान्वयन आवश्यक देखिएको भन्दै गृहले सबै प्रशासनलाई परिपत्र गरेको हो। कानुन विपरित दर्ता नगरी तथा नविकरण लगायत संचालन अनुमति नलिई सञ्चालनमा रहेका ढुंगा, गिट्टी, रोडा तथा बालुवा उत्खनन, प्रशोधन कार्यमा संलग्न क्रसर उद्योगलाई तत्काल बन्द गर्न पनि प्रशासनलाई निर्देशन दिएको हो। आयोजनाको समायवधि समाप्त भएपछि पनि उत्खनन् गरिरहेको भएमा छानविन गरी तत्काल बन्द गर्न भनिएको छ। ...
प्रधानमन्त्री दाहाल र माधव नेपालबीच भेटवार्तामा के भयो?

प्रधानमन्त्री दाहाल र माधव नेपालबीच भेटवार्तामा के भयो?

राजनीति
प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ। बुधबार अपरान्ह सिंहरदवारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा प्रधानमन्त्री दाहालसँग पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले भेट गरेका हुन्। भेटमा प्रधानमन्त्री दाहालले सरकारलाई विश्वासको मत दिन आग्रह गरेका थिए। यता, अध्यक्ष नेपालले भने पार्टी भित्र छलफल गरेर मात्रै टुंगोमा पुग्न सकिने जवाफ दिएका थिए। सरकारलाई विश्वासको मत दिन प्रधानमन्त्री दाहालले आग्रह गरेको अध्यक्ष नेपालले जानकारी दिए। उनले प्रधानमन्त्री दाहालसँग वामपन्थी पार्टीबीचको एकताबारे भने छलफल नभएको प्रतिक्रिया समेत सञ्चारकर्मीलाई दिए। ‘उहाँले विश्वासको मत दिनुपर्‍यो भनेर माग गर्नु भएको छ। हामी यसबारे पार्टीमा छलफल गर्छौं। र, टुंगो लगाउँछौं। सरकारमा जाने बारेमा केही पनि कुरा भएको ...
एमाले–माओवादी गठबन्धनमा जाने दीपक मनाङेको संकेत

एमाले–माओवादी गठबन्धनमा जाने दीपक मनाङेको संकेत

राजनीति
गण्डकीका युवा तथा खेलकुद मन्त्री राजीव गुरूङ ‘दीपक मनाङे’ एमाले–माओवादी नेतृत्वको सत्ता गठबन्धनमा जाने संकेत गरेका छन्। मनाङबाट स्वतन्त्र उम्मेदवारी दिएर सर्वसम्मत निर्वाचित मन्त्री मनाङेले संसद विघटन हुन नदिन गठबन्धनमा रहन सक्ने बताएका हुन्।  गण्डकीका नवनिर्वाचित संसदको पहिलो बैठक बसेपश्चात सोमबार सेतोपाटीलाई प्रतिक्रिया दिँदै उनले नयाँ गठबन्धनमा बसेर संसद जोगाउने पक्षमा आफू रहेको बताए। ‘पहिला पनि म संसद विघटन नहोस् भनेर कांग्रेस–माओवादीको गठबन्धनमा गएको थिएँ,’ उनले भने, ‘अहिले पनि संसद जोगाउन मेरो आवश्यकता परे त्यसै गर्छु।’  गण्डकीमा एमालेका २२ जना सांसद छन् भने माओवादीका ८ जना छन्। सत्ता गठबन्धनमा रहेको राप्रपाको २ जना सांसद मिलाएर गण्डकीमा बहुमत पुर्‍याउने गठबन्धनको तयारी छ। प्रमुख प्रतिपक्षी दलमा पुगेको नेपाली कांग्रेसको भने २७ जना...
एकीकृत समाजवादीले ४ दिन छलफल गर्‍यो, सरकारलाई समर्थन गर्ने/नगर्ने अझै अनिर्णीत

एकीकृत समाजवादीले ४ दिन छलफल गर्‍यो, सरकारलाई समर्थन गर्ने/नगर्ने अझै अनिर्णीत

राजनीति
माधवकुमार नेपाल नेतृत्वमा रहेको नेकपा एकीकृत समाजवादीले स्थायी कमिटी र पोलिटब्यूरो गरी लगातार ४ दिन बैठक गर्दा पनि नयाँ सरकारप्रति पार्टीको धारणा के हो निर्णयमा पुग्न सकेको छैन। पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वमा रहेको सरकारलाई समर्थन गर्ने कि नगर्नेबारे एकीकृत समाजवादी अझै पर्ख र हेरको अवस्थामा छ। शनिबार र आइतबार स्थायी कमिटी बैठक, सोमबार र मंगलबार पोलिटब्यूरो बैठक गरे पनि एकीकृत समाजवादीले प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गर्ने वा नगर्नेबारे कुनै ठोस निर्णय गर्न सकेन। यो विषय अब सचिवालय बैठकमा छलफल गरी निर्णय गरिने भएको छ। केही दिनअघि प्रधानमन्त्री प्रचण्डले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई भेटेर आफ्नो नेतृत्वको सरकारलाई समर्थन गर्न माग गरेका थिए। एकीकृत समाजवादीले भने सरकारले समर्थनका लागि औपचारिक पत्र नै नपठाएको दाबी गर्दै आएको छ। एकीकृत समाजवादीभित...
लाइन बस्नुपर्ने समस्या एक महिनाभित्र हटाउन सचिवहरूलाई प्रधानमन्त्रीको निर्देशन

लाइन बस्नुपर्ने समस्या एक महिनाभित्र हटाउन सचिवहरूलाई प्रधानमन्त्रीको निर्देशन

राजनीति
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सचिवहरूलाई लाइनमा बस्नुपर्ने सास्ती एक महिनाभित्र हटाउन निर्देशन दिएका छन्। मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सचिवहरूसँग भएको छलफलमा प्रधानमन्त्री प्रचण्डले उक्त निर्देशन दिएका हुन्। यस्तै अहिलेको जस्तै लाइनमा बस्नुपर्ने समस्या भए जिम्मेवार पदाधिकारीलाई कारबाही गर्ने चेतावनीसमेत दिएको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए। प्रचण्डले संघीयताको अभ्यास भए पनि घरदैलोमा सेवा पुग्ने अपेक्षा पूरा गर्न नसकेको पनि गुनासो गरे। त्यस्तै पछिल्लो ५ वर्षको कार्यसम्पादन सन्तोषजनक नभएको पनि बताए। ‘अहिले तपाईं हामी यो बैठक गरिरहँदा राहदानी लिन बिहान दुई बजेदेखि लाइनमा बसेको समाचार प्रकाशित भएको छ। राष्ट्रिय परिचय पत्र लिने सास्ती उत्तिकै छ। त्यो परिचयपत्र किन आवश्यक भएको हो भन्ने प्रश्नको च...
सांसदद्वय आले र राईले लिए शपथ

सांसदद्वय आले र राईले लिए शपथ

राजनीति
नेकपा (एकीकृत समाजवादी) पार्टीका सांसद प्रेमबहादुर आलेमगर र नेपाली कांग्रेसकी सांसद माया राईले मंगलबार पद तथा गोपनीयताको शपथ लिएका छन्। सिंहदबारस्थित संघीय संसद सचिवालयको कानुन समितिको हलमा उनीहरूलाई प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले शपथ गराएका हुन्। पूर्वमन्त्रीसमेत रहेका आलेको आमाको निधन भएकाले शपथ लिन पाएका थिएनन् भने कांग्रेसबाट समानुपातिक सांसद बनेकी राई सुत्केरी भएपछि शपथ लिन पाएकी थिइनन्। यसअघि पुस ८ गते सांसद महेन्द्र राय यादव र राजकुमार राईले शपथ लिएका थिए। त्यसअघि बाँकी सबै सांसदहरूले पुस ७ गते संसद भवन नयाँ बानेश्वरमा पद तथा गोपनियताको शपथ लिएका थिए। ...