यो गठबन्धन कति टिकाउ छ यसै भन्न सकिन्न: माधव नेपाल
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अहिलेको सत्ता गठबन्धन कति टिकाउ हुन्छ भन्ने यतिकै भन्न नसकिने बताएका छन्।
शनिबार नेपाल पत्रकार महासंघ भक्तपुरको २६ औं स्थापना दिवसको अवसरमा बोल्दै उनले उक्त कुरा बताएका हुन्।
उनले देशको राजनीति, समाज र प्रशासनमा भएका चुनौतिहरूको सम्बोधन हुनेगरी वर्तमानको सरकार अघि बढ्नुपर्ने बताए। तर यो गठबन्धन कति दरिलो र टिकाउ छ भन्न नसकिने उनले बताए।
‘अहिले हाम्रो देशको राजनीति आफ्नै हिसाबले अघि बढिरहेको छ। यसबीचमा नाटकीय परिवर्तनहरू भए। एउटा गठबन्धन अघि बढिरहेको थियो, त्यो गठबन्धन अचानक भत्कियो, नयाँ गठबन्धन बन्न गयो,’ उनले भने, ‘यो गठबन्धन कति दरिलो छ, कति टिकाउ छ यसै भन्न सकिने अवस्था छैन। हामी चाहन्छौँ, देशमा राजनीतिक स्थायित्व होस्।’
...









