२०८३ कार्तिक ३०

जसपाले सरकारलाई विश्वासको मत दिने




जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारलाई विश्वासको मत दिने भएको छ।


Advertisement


आफूहरूले राखेका सर्तहरूप्रति सरकार सकारात्मक देखिएको भन्दै जसपाले सरकारलाई समर्थन गर्ने बताएको हो।

‘गठबन्धनको तर्फबाट मस्यौदा गरिएको न्यूनतम साझा कार्यक्रमको खाका हेर्दा पार्टीको राजनीतिक समितिको बैठकबाट सरकारमा सहभागी हुनका लागि राखिएका सर्तहरूमध्ये २ वटा सर्तहरू समेटिएको देखिन्छ’, जसपाले जारी गरेको विज्ञप्तिमा भनिएको छ।



पुस २७ गतेलाई पृथ्वी जयन्तीका रूपमा सार्वजनिक बिदा दिने विषयलाई मस्यौदामा समेट्ने विषयमा जसपाको असहमति रहेको जनाएको छ।
पार्टीका मूलभूत सिद्धान्तहरूको प्रतिकूल नहुने गरी नै मस्यौदा तयार भएको जसपाले जनाएको छ।

‘नागरिकता समस्या समाधान र सुशासनको प्रत्याभूतिजस्ता विषय पनि साझा न्यूनतम कार्यक्रमको मस्यौदामा अटेको देखिन्छ’, जसपाले भनेको छ, ‘यस अर्थमा पार्टीले सरकारलाई विश्वासको मत दिने आधार तय भएको छ।’


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap