प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने कि नदिने निर्णय गर्न कांग्रेस संसदीय दल बैठक बस्दै
नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ।
नयाँ बानेश्वरस्थित संघीय संसद भवन परिसरमा मंगलबार बिहान ९ बजे संसदीय दलको बैठक बस्नेछ।
दल नेता सभापति शेरबहादुर देउवाले संसदीय दल बैठक बोलाएका हुन्। प्रतिनिधि सभामा कांग्रेसका ८९ जना सांसद छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज बिहान ११ बजे बस्ने प्रतिनिधि सभा बैठकबाट विश्वासको मत लिँदैछन्।
प्रधानमन्त्री दाहालले सोमबार साँझ देउवा निवास धुम्बाराही पुगेर विश्वासको मत मागेकोले के गर्ने भन्ने विषयमा आज संसदीय दलमा छलफल गरी निर्णय गर्ने तयारीमा कांग्रेस छ।
कांग्रेसभित्र प्रमुख प्रतिपक्षी भूमिकामा बस्नुपर्ने आवाज पनि उठेको छ। उपसभापति धनराज गुरूङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, सांसद प्रदीप पौडेललगायत प्रमुख प्रतिपक्षी भूमिकामा बस्नुपर्ने अडान राखिरहेका छन्।
सभापति देउवा पक्ष प्रतिपक्षी भूमिकामा ब...









