२०८३ बैशाख २१

Author: Senior Editor Nima

अहिले प्राप्त अवसरलाई सदुपयोग गर्नुछ: प्रधानमन्त्री प्रचण्ड

अहिले प्राप्त अवसरलाई सदुपयोग गर्नुछ: प्रधानमन्त्री प्रचण्ड

राजनीति
प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले प्राप्त भएको अवसरलाई सदुपयोग गर्दै जाने बताएका छन्। उनले बाइसिएललाई बलियो बनाउँदै पार्टीलाई मद्दत गर्न पनि आग्रह गरेका छन्। ‘यो अवसरलाई हामीले सदुपयोग गर्नुछ। पार्टी निर्माण, वाइसिएललाई अझ बलियो बनाउन, जनताको विकासका आकांक्षालाई सम्बोधन गरेर त्यसलाई सदुपयोग गर्नुछ,’ योङ्ग कम्युनिष्ट लिगको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘सुशासन दिने र भ्रष्टाचार अन्त्य गरेर आर्थिक समृद्धिको यात्रा अगाडि बढाउनुछ।’ आफूले प्रतिनिधि सभामा मंगलबार सम्बोधनका क्रममा बताएका विषयबस्तुलाई कार्यान्वयन गर्न सके नयाँ इतिहास र नयाँ युग सुरू हुने पनि उनले बताए। उनले प्रतिक्रियावादीका धेरै घेराबन्दी चिरेर यहाँसम्म आइएको बताएका थिए। उनले वाइसिएललाई पार्टी र सरकारले सहयोग गर्ने पनि बताए। ...
प्रधानमन्त्री प्रचण्ड विश्वासको मत लिँदै

प्रधानमन्त्री प्रचण्ड विश्वासको मत लिँदै

राजनीति
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिँदैछन्। मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीले अहिले सम्बोधन गरिरहेका छन्। ७ दलको समर्थनमा गत पुस १० गते नेकपा माओवादी केन्द्रका संसदीय दल नेतासमेत रहेका प्रचण्ड प्रधानमन्त्री नियुक्त भएका थिए। संविधानको धारा ७६ को उपधारा २ अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा प्रधानमन्त्री नियुक्त हुने व्यवस्थाअनुसार प्रचण्ड प्रधानमन्त्री बनेका थिए। नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा, जनमत र नागरिक उन्मुक्ति पार्टीले प्रधानमन्त्री बनाउन प्रचण्डलाई समर्थन गरेका थिए। केही स्वतन्त्र सांसद गरी १६९ सां‌सदको प्रचण्डलाई समर्थन थियो। ...
प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने कांग्रेस निर्णयमा गगन-विश्वप्रकाशसहित ४ नेताको असहमति

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने कांग्रेस निर्णयमा गगन-विश्वप्रकाशसहित ४ नेताको असहमति

राजनीति
नेपाली कांग्रेसका चार नेताले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने पार्टी केन्द्रीय कार्यसम्पादन समितिले गरेको निर्णयमा फरक मत राखेका छन्। महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, नेताहरू अर्जुननरसिंह केसी र बलबहादुर केसीले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णयमा असहमति राखेका हुन्। ‘पार्टी प्रमुख प्रतिपक्षी भूमिकामै बस्नुपर्छ भनेर चार जना नेताले भन्नुभएको छ,’ एक नेताले भने, ‘तर अरूले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएर पार्टी प्रतिपक्षमै बस्ने निर्णयमा सहमति जनाएका छन्।’ कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिमा पदाधिकारीहरू र पूर्वपदाधिकारीहरू छन्। तत्काल केन्द्रीय समिति बस्न नसक्ने अवस्थामा केन्द्रीय कार्यसम्पादन समिति बसेर आधिकारिक निर्णय गर्न सक्छ। केन्द्रीय कार्यसम्पादन समितिको निर्णय लगत्तै संसदीय दलको बैठक राखेर सुना...
प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने कांग्रेस निर्णय

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने कांग्रेस निर्णय

राजनीति
नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने निर्णय गरेको छ। मंगलबार नयाँ बानेश्वरमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको एक नेताले जानकारी दिए। ‘केपी ओलीले सोमबार संसदमा दिएको अभिव्यक्तिलाई काउन्टर एट्याक गर्दै प्रचण्ड सरकारलाई विश्वासको मत दिने निर्णय भएको छ,’ ती नेताले भने। विश्वासको मत दिए पनि कांग्रेस प्रतिपक्षमा बस्ने उनले बताए। ...
प्रधानमन्त्री प्रचण्डलाई राष्ट्रिय जनमोर्चाले विश्वासको मत नदिने

प्रधानमन्त्री प्रचण्डलाई राष्ट्रिय जनमोर्चाले विश्वासको मत नदिने

राजनीति
राष्ट्रिय जनमोर्चाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत नदिने भएको छ। मंगलबार कुराकानी गर्दै राष्ट्रिय जनमोर्चाका अध्यक्षसमेत रहेका प्रतिनिधि सभा सांसद चित्रबहादुर केसीले प्रधानमन्त्री प्रचण्डलाई आफूले विश्वासको मत नदिने बताए। ‘राष्ट्रिय जनमोर्चा प्रतिपक्षमा छ, बस्छ। यो सरकारलाई विश्वासको मत दिँदैन,’ उनले भने। सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै केसीले सत्ताका लागि गठबन्धन फेरबदल भइरहेको बताएका थिए। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज दिउँसो १ बजे बस्ने प्रतिनिधि सभा बैठकबाट विश्वासको मत लिने तयारी गरेका छन्। सत्ता साझेदार ७ दलसहित एकीकृत समाजवादी र लोसपाले पनि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने तयारी गरेका छन् भने नेपाली कांग्रेसले अहिलेसम्म निर्णय गरिसकेको छैन। ...
सुदूरपश्चिमको मुख्यमन्त्रीमा उन्मुक्ति पार्टीले एमालेलाई समर्थन गर्ने

सुदूरपश्चिमको मुख्यमन्त्रीमा उन्मुक्ति पार्टीले एमालेलाई समर्थन गर्ने

राजनीति
सुदूरपश्चिमको मुख्यमन्त्रीमा दाबी गर्न लागेको नेकपा (एमाले) लाई नागरिक उन्मुक्ति पार्टीले समर्थन गर्ने भएको छ। उन्मुक्ति पार्टीका एक पदाधिकारीले दिएको जानकारीअनुसार केन्द्रमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वलाई समर्थन दिएजसरी नै प्रदेशमा एमालेलाई समर्थन गर्न लागिएको हो। समर्थनमा दिए पनि सरकारमा सहभागी हुनेबारे भन्ने अहिलेसम्म निर्णय नभएको ती पदाधिकारीले बताए। उन्मुक्ति पार्टीको समर्थन पाएसँगै सुदूरपश्चिममा एमालेका राजेन्द्र रावल मुख्यमन्त्री बन्ने पक्का भएको छ। सत्तारूढ गठबन्धनले सुदूरपश्चिमको मुख्यमन्त्री एमाले र माओवादी केन्द्रबीच आलोपालो गर्ने सहमति गरेका छन्।   सुदूरपश्चिममा मुख्यमन्त्रीमा दाबी पेश गर्न बुधबारसम्मको समय छ। सुदूरपश्चिमको प्रदेश सभामा सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका १९ सांसद छन्। नेकपा (माओवादी केन्द्र) का ११, नेकपा (एमाले) का १०, न...
लोसपाले पनि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने

लोसपाले पनि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने

राजनीति
लोकतान्त्रिक समाजवादी पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने भएको छ। मंगलबार बसेको संसदीय दलको बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने पक्षमा मतदान गर्ने निर्णय गरेको नेता शरतसिंह भण्डारीले जानकारी दिए। लोसपाले निर्णय गरेसँगै प्रधानमन्त्री प्रचण्डलाई ९ दलले विश्वासको मत दिने भएका छन्। संसदमा लोसपाका चार जना सांसद छन्। प्रधानमन्त्री प्रचण्डले आज दिउँसो १ बजे बस्ने बैठकमा विश्वासको मत लिँदैछन्। संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले पनि प्रचण्डलाई विश्वासको मत दिने/नदिने विषयमा आजै निर्णय गर्ने भएको छ। ...
पृथ्वी जयन्तीमा विदा दिएकोप्रति जसपाको आपत्ति

पृथ्वी जयन्तीमा विदा दिएकोप्रति जसपाको आपत्ति

राजनीति
जनता समाजवादी पार्टी (जसपा) ले पुस २७ गते सार्वजनिक विदा दिने सरकारको निर्णयप्रति असहमति जनाएको छ। जसपा संसदीय दलका नेता रामसहाय प्रसाद यादवले पृथ्वी जयन्तीका नाममा दिइएको विदाप्रति आफूहरूको फरक मत रहेको बताए। ‘सरकारले पुस २७ गते विदा दिने निर्णय जनआन्दोलन, लोकतान्त्रिक आन्दोलन र मधेस आन्दोलनको मर्मविपरीत छ,’ यादवले भने,‘विदालाई न्यूनतम साझा कार्यक्रमको अंगको रूपमा मान्नु हुँदैन।’ पुस २७ गते विदा दिने निर्णय भएमा मात्रै सरकारलाई विश्वासको मत दिने राप्रपाले शर्त राखेको थियो। राप्रपाकै दबाबका कारण सरकारले विदा दिने निर्णय गरेको हो। ...
बागमती प्रदेशका मुख्यमन्त्रीसँगै २ मन्त्रीले लिए शपथ

बागमती प्रदेशका मुख्यमन्त्रीसँगै २ मन्त्रीले लिए शपथ

राजनीति
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलसँगै दुई मन्त्रीले शपथ लिएका छन्। मंगलबार जम्कट्टेलसँगै एमालेका जगन्नाथ थपलियाले आर्थिक मामिला तथा योजना र राप्रपाका उद्धव थापाले विना विभागीय मन्त्रीका रूपमा शपथ लिएका हुन्। मुख्यमन्त्री जम्कट्टेलले ११ मन्त्री बनाउने तयारी गरेका छन्।  ...
प्रचण्डलाई विश्वासको मत दिन रास्वपाको ह्वीप

प्रचण्डलाई विश्वासको मत दिन रास्वपाको ह्वीप

राजनीति
राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई विश्वासको मत दिन सांसदहरूलाई ह्वीप जारी गरेको छ। रास्वपाका एक सांसदका अनुसार विश्वासको मतका लागि आज हुने मतदानमा प्रस्तावका पक्षमा मत दिन ह्वीप जारी भएको हो। प्रतिनिधि सभामा रास्वपाका २० जना सांसद छन्। रास्वपाले प्रचण्डलाई प्रधानमन्त्री बनाउन समर्थन गरेको थियो। सभापति रवि लामिछाने उपप्रधानसहित गृहमन्त्री बनेर सरकारमा गएका छन्। प्रधानमन्त्रीले विश्वासको मत लिनका लागि अहिले बिहान ११ बजे बस्ने भनिएको संसद बैठक दिउँसो १ बजेसम्मका लागि सरेको छ। ...