


प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले प्राप्त भएको अवसरलाई सदुपयोग गर्दै जाने बताएका छन्।
Advertisement


उनले बाइसिएललाई बलियो बनाउँदै पार्टीलाई मद्दत गर्न पनि आग्रह गरेका छन्।
‘यो अवसरलाई हामीले सदुपयोग गर्नुछ। पार्टी निर्माण, वाइसिएललाई अझ बलियो बनाउन, जनताको विकासका आकांक्षालाई सम्बोधन गरेर त्यसलाई सदुपयोग गर्नुछ,’ योङ्ग कम्युनिष्ट लिगको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘सुशासन दिने र भ्रष्टाचार अन्त्य गरेर आर्थिक समृद्धिको यात्रा अगाडि बढाउनुछ।’

आफूले प्रतिनिधि सभामा मंगलबार सम्बोधनका क्रममा बताएका विषयबस्तुलाई कार्यान्वयन गर्न सके नयाँ इतिहास र नयाँ युग सुरू हुने पनि उनले बताए। उनले प्रतिक्रियावादीका धेरै घेराबन्दी चिरेर यहाँसम्म आइएको बताएका थिए।
उनले वाइसिएललाई पार्टी र सरकारले सहयोग गर्ने पनि बताए।






