लुम्बिनी प्रदेशको प्रथम मन्त्रिपरिषद् बैठकले के-के गर्यो निर्णय?
लुम्बिनी प्रदेश सरकारको प्रथम मन्त्रिपरिषद् बैठक बिहीबार दिउँसो प्रदेश राजधानी दाङमा बस्यो। मुख्यमन्त्री लिला गिरीको अध्यक्षतामा बसेको बैठकले समृद्ध लुम्बिनी, आत्मनिर्भर प्रदेशको दीर्घकालीन सोच र लक्ष्य प्राप्तिलाई मुख्य केन्द्रबिन्दुमा राखेर प्रदेश र जनताको बृहत्तर हितमा सरकारको सम्पूर्ण ध्यान केन्द्रित गर्ने निर्णय गरेको छ।
बैठकपछि प्रवक्ता चेतनारायण आचार्यले आर्थिक असमानता कम गर्दै सामाजिक न्यायको प्रवर्द्धन गर्न आर्थिक अनुशासन, सदाचार एवं भ्रष्टाचारमुक्त र नतिजामूलक प्रशासनिक व्यवस्थापनमा जोड दिने निर्णय भएको बताए।
प्रदेशमा सुशासन प्रवर्द्धन, शान्ति सु–व्यवस्था, विकास र समृद्धि प्राप्तिका लागि कटिबद्ध भएर काम गर्ने निर्णय भएको प्रवक्ता आचार्यले जानकारी दिए।
प्रदेशबाट प्रवाह गर्नुपर्ने सेवा र सम्पादन गर्नुपर्ने कार्यमा सहकारिता, सहअस्तित्व र समन्वयको सिद्धान्त अवलम्ब...









