२०८३ बैशाख २१

Author: Senior Editor Nima

कांग्रेस पदाधिकारी बैठक बस्दै, के छन् एजेन्डा ?

कांग्रेस पदाधिकारी बैठक बस्दै, के छन् एजेन्डा ?

देश, राजनीति
काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज पनि बस्ने भएको छ । केन्द्रीय समिति बैठकले गर्ने निर्णयको खाकाको विषयमा छलफल गर्न पदाधिकारी बैठक बस्न लागेको हो । मंगलबार यस विषयमा छलफल भए पनि बैठकले अन्तिम टुंगो लगाउन सकेको थिएन । आज बिहान बस्ने महामन्त्रीसहितको बैठकले केन्द्रीय बैठकको निर्णयमा अन्तिम निष्कर्ष निकाल्ने बताइएको छ । उक्त निष्कर्ष अपराह्न ४ बजे बस्ने बैठकमा प्रस्तुत गरिनेछ । पदाधिकारीको हिजोको बैठकमा नीति अधिवेशनको मिति, महामन्त्री गगन थापाको १३ बुँदे लिखित प्रस्ताव, सरकार र पार्टीको विषयमा गरिनुपर्ने निर्णयबारे छलफल भएको थियो । ...
कटनका लुगा ब्रान्डिङ गर्दै दम्पती, वर्षमा ६० लाखको कारोबार

कटनका लुगा ब्रान्डिङ गर्दै दम्पती, वर्षमा ६० लाखको कारोबार

SYM शुद्ध सकारात्मकता, उद्यमशीलता
रञ्जना मालाकार र मिलनवीर मालाकार श्रीमान–श्रीमती हुन्। उनीहरू काठमाडौंमा कटनका लुगा उत्पादन गर्छन्। स्वदेशी उत्पादन बढाउँदै यसलाई ब्रान्ड बनाउन उनीहरू पाँच वर्षदेखि लागिपरेका छन्। कटनका लुगा उत्पादन र बिक्री गर्न यो दम्पतीले 'नेपाल कटन हाउस' चलाएको छ। यसले सबै उमेर समूहलाई उपयुक्त हुने लुगा तयार गर्छ। कटन हाउसको कारखाना र बिक्री केन्द्र काठमाडौंको सोह्रखुट्टेमा छ। यहीँबाट कटनका दुई दर्जनभन्दा बढी प्रकारका लुगा उत्पादन हुन्छ। 'हामी महिला र पुरूष दुवैका लागि लुगा बनाउँछौं। अलिक धेरै परिमाणमा अर्डर आयो भने रोजाइको डिजाइनमा पनि बन्छ,' रञ्जनाले भनिन्। पुरूषका लागि सर्ट, पाइन्ट, टी–सर्ट, कुर्ती, हाफ पाइन्ट लगायत सबैजसो लुगा बन्छ। महिलाका लागि कुर्था (टप्स), वनपिस, टी–सर्ट, सर्ट लगायत बन्छ। यसबाहेक बालबालिकाका लागि अर्डर अनुसारको बन्छ। कटन हाउसका उत्पादनको मूल्य किफ...
देउवाले बोलाए पदाधिकारी बैठक

देउवाले बोलाए पदाधिकारी बैठक

राजनीति
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन्। निवास धुम्बाराहीमा मंगलबार अपराह्न ४ बजे पदाधिकारी बैठक बस्ने तय भएको हो। मुख्यसचिव कृष्णप्रसाद पौडेलले धुम्बाराहीमा पदाधिकारी बैठक बस्ने जानकारी दिए। गत साउन २ गतेदेखि केन्द्रीय समिति बैठक चलेको थियो। बुधबार अपराह्न ४ बजे केन्द्रीय समिति बैठक बस्दैछ।  सभापति देउवाले केन्द्रीय समिति बैठक स्थगित गरी पदाधिकारी बैठक बोलाएका हुन्। बुधबारको केन्द्रीय समितिमा सभापति देउवाले जवाफ दिने कार्यक्रम छ।  कांग्रेसले नीति अधिवेशन मिति तोक्नेजस्ता विभिन्न १० एजेन्डामाथि केन्द्रीय समितिमा छलफल गरिसकेको छ। ...
एमाले अध्यक्ष ओलीसँग सीपीसी पोलिटब्युरो सदस्य युआनको भेटवार्ता

एमाले अध्यक्ष ओलीसँग सीपीसी पोलिटब्युरो सदस्य युआनको भेटवार्ता

देश, राजनीति
काठमाडौँ — चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का पोलिटब्युरो सदस्य युआन च्या च्युनले प्रमुख प्रतिपक्ष दल एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । मंगलबार बिहान च्यासलस्थित एमाले मुख्यालयमा पोलिटब्युरो सदस्य युआनले अध्यक्ष ओलीलगायतका नेताहरूसँग भेटवार्ता गरेका हुन् । भेटवार्तामा नेपालका लागि चिनियाँ राजदूत छन सङ, एमाले उपमहासचिव विष्णु रिमाललगायत पनि उपस्थित थिए । चिनियाँ राष्ट्रपति सी चिनफिङका विश्वासिला पात्र युआनले सोमबार सभामुख देवराज घिमिरे, कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेसँग भेटवार्ता गरेका थिए । नेपालको तीनदिने भ्रमणमा रहेका युआनले पहिलो दिन आइतबार राष्ट्रपति रामचन्द्र पौडेल, कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का तथा माओवादीका वरिष्ठ उपाध्...
एमाले अध्यक्ष ओली स्वदेश फिर्ता

एमाले अध्यक्ष ओली स्वदेश फिर्ता

राजनीति
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली एक साता लामो कम्बोडिया भ्रमण सकेर स्वदेश फर्किएका छन् । ओली साउन २ गते सोमबार निर्वाचन पर्यवेक्षणका लागि कम्बोडिया गएका थिए । कम्बोडियामा अध्यक्ष ओलीले त्यहाँका प्रधानमन्त्री सामदेक टेचो हुन सेनसँग भेटवार्ता गरेका थिए । ओलीले श्रीलंकाका पूर्वराष्ट्रपति मैत्रीपाला सिरिसेना र नाइजेरियाका पूर्वराष्ट्रपति जोनाथन गुडलकसँग पनि भेटवार्ता गरेका थिए । ओलीले कम्बोडियामा भएको निर्वाचनको पर्यवेक्षण गरेका थिए । भ्रमणमा राधिका शाक्य, उपमहासचिव विष्णु रिमाल र सचिवालय टोलीसहित ६ जना सहभागी थिए । ...
प्रधानमन्त्री प्रचण्ड र बंगलादेशकी समकक्षी हसिनाबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र बंगलादेशकी समकक्षी हसिनाबीच भेटवार्ता

देश, राजनीति
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाबीच भेटवार्ता भएको छ । हिजो साँझ भएको साइडलाइन वार्तामा उनीहरूबीच आपसी सम्बन्ध र सहकार्यका विषयमा छलफल भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ । संयुक्त राष्ट्रसंघीय खाद्य प्रणालीसम्बन्धी शिखर सम्मेलन २०२३ मा भाग लिन इटालीको रोम पुगेका प्रधानमन्त्री प्रचण्डले हसिनासँग भेटवार्ता गरेका हुन् । प्रधानमन्त्री प्रचण्डले हिजो नै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसबीच भेटवार्ता गरेका थिए । सोमबार भएको भेटमा प्रधानमन्त्री प्रचण्डले नेपाल सरकारले संक्रमणकालीन न्याय टुंग्याउन लिएको पहलबारे जानकारी गराएका थिए । गुटेरससँगको भेटवार्तामा उनले राष्ट्रसंघ र सम्बद्ध निकायसँग सहयोगको अपेक्षा रहेको बताएका थिए । ...
शशांकको चियापान कार्यक्रम आज

शशांकको चियापान कार्यक्रम आज

राजनीति
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले आज चियापान कार्यक्रमको आयोजना गरेका छन् । बिहान ९ बजे लैनचौर ब्यांक्विटमा चियापान कार्यक्रम आयोजना गरिएको छ ।  कोइरालाले आइतबार केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यहरूलाई चियापान कार्यक्रमका लागि निम्तो दिएका थिए । 
कोसी सरकारविरुद्धको रिट : आजबाट पूर्ण इजलासमा सुनुवाइ हुँदै 

कोसी सरकारविरुद्धको रिट : आजबाट पूर्ण इजलासमा सुनुवाइ हुँदै 

देश, समाचार
काठमाडौं । कोसी प्रदेश सरकारविरुद्धको रिटमा सर्वोच्च अदालतमा आजबाट सुनुवाइ हुने भएको छ । आज उक्त रिटमा तीन न्यायाधीशको इजलासले सुनुवाइ गर्ने छ । न्यायाधीशद्वय सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको सोमबारको इजलासले कोसी सरकारविरुद्ध एमालेका हिक्मतकुमार कार्कीले दायर गरेको रिट पूर्ण इजलासमा पठाउने निर्णय गरेको थियो । असार २२ गते एमाले कोसी प्रदेशसभा संसदीय दलका नेता कार्कीले सभामुखको हस्ताक्षर लिएर बहुमत देखाउँदै गठन भएको कांग्रेस संसदीय दलका नेता उद्धव थापा नेतृत्वको सरकारविरुद्ध रिट दायर गरेका थिए । उनले थापा नेतृत्वमा बनेको सरकार अवैध ठहर गरी त्यसअघिको सरकारलाई काम गर्ने आदेश माग गरेका छन् ।उक्त रिटमा असार २७ मा न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले थापा नेतृतवको सरकार कायम रहेको ठहर गरी दीर्घकालीन असर गर्ने निर्णय नगर्न आदेश गरेको थियो । साथै प्रधानको इजलासले निरन्तर...
बहिर्गमित लडाकुका मागलाई सरकारले तत्काल सम्बोधन गरोस् : प्रदीप ज्ञवाली

बहिर्गमित लडाकुका मागलाई सरकारले तत्काल सम्बोधन गरोस् : प्रदीप ज्ञवाली

राजनीति
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले माओवादी बहिर्गमित लडाकुहरुको मागलाई तत्काल सम्बोधन गर्न सरकारलाई दबाब दिएका छन् । पूर्वपरराष्ट्रमन्त्री समेत रहेका उपमहासचिव ज्ञवालीले बहिर्गमित लडाकुहरुको मुद्दालाई अन्तर्राष्ट्रियकरण गरेर नेपालको संक्रमणकालीन न्यायलाई गिजोल्ने काम हुन नदिन पनि सरकारले उनीहरुको मागलाई सम्बोधन गर्न ढिलाइ गर्न नहुने बताए । सोमबार संघीय संसद्, प्रतिनिधिसभाअन्तर्गतको कानुन, न्याय तथा मानवअधिकार समितिको बैठकमा बोल्दै उनले बहिर्गमित लडाकुहरुलाई पनि लोकतान्त्रिक सम्मान दिएर उनीहरुको मागलाई सम्बोधन गर्ने प्रयास केपी ओली नेतृत्वको सरकारको पालामा सुरु भए पनि त्यसलाई वर्तमान सरकारले अघि नबढाएकोमा असन्तुष्टि व्यक्त गरे । उपमहासचिव ज्ञवालीले तत्कालीन द्वन्द्वले धेरै थिलथिलो बनाएको रुकुम, रोल्पा, जाजरकोटलगायतको क्षेत्रमा पनि...
भ्रष्टाचारको फाइल खोल्ने सरकारको तागत भनेको कांग्रेस हो : महामन्त्री शर्मा

भ्रष्टाचारको फाइल खोल्ने सरकारको तागत भनेको कांग्रेस हो : महामन्त्री शर्मा

राजनीति
काठमाडौं । नेपाली कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले भ्रष्टाचारको फाइल खोल्दै गर्दा सरकारको पछाडिको तागत कांग्रेस भएको बताएका छन् । सोमबारको केन्द्रीय समिति बैठकमा बोल्दै उनले नक्कली भुटानी शरणार्थी वा ललितानिवास, जे भए पनि व्यक्तिको विषय गौण हुने बताए । “भ्रष्टाचारको फाइल खोल्दै गर्दाको तागतको पछाडि को छ ? नेपाली कांग्रेस छ । सरकारले फाइल खोल्दै गर्दा तागत दिने काम सशक्तीकरण गर्ने काम हामीले गरेका हौँ,” शर्माले भने । आफ्नै दलका नेता बालकृष्ण खाँणप्रति संकेत गर्दै उनले यी विषयको कुुरा गर्दा आफ्नै दलका नेता परे पनि कानुन बनाउँदा कांग्रेसका नेतालाई नलाग्ने भन्ने कुरा नहुने बताए । “कांग्रेसले कानुन बनाउने तर कानुन नलाग्ने भन्ने हुँदैन । भ्रष्टाचार निवारण ऐन २०५९ कांग्रेसले बनायो । मुलुकी संहिता २०७४ कांग्रेसले बनायो,” उनले भने, “हामीले बनाएको कानुनमा हाम्रै नेताहरू ...