२०८३ बैशाख २१

Author: Senior Editor Nima

उपराष्ट्रपति यादव स्वागत समारोहमा

उपराष्ट्रपति यादव स्वागत समारोहमा

देश, समाचार
उपराष्ट्रपति रामसहायप्रसाद यादव अरब गणतन्त्र इजिप्टको ७१औँ राष्ट्रिय दिवसका अवसरमा आज साँझ यहाँ आयोजित स्वागत समारोहमा सहभागी हुनुभयो । नेपालका लागि इजिप्टका राजदूत नोहा एल्जेब्लीले आयोजना गर्नुभएको उक्त समारोहमा मन्त्रिपरिषद्का सदस्य, सांसद संवैधानिक अङ्गका पदाधिकारी, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारी, नेपाल सरकारका वरिष्ठ अधिकारी, उद्योगपति–व्यापारी, वरिष्ठ पत्रकारसहित समाजका प्रतिष्ठित व्यक्तिहरूको सहभागिता थियो । त्यसअघि संक्षिप्त मन्तव्य व्यक्त गर्दै राजदूत एल्जेब्लीले पारस्परिक सम्मानमा आधारित सम्बन्ध स्थापनाकालदेखि नै सुमधुर रहँदै आएको बताउनुभयो । दुई देशको पर्यटकले एकअर्कालाई नजिक ल्याएको उहाँले उल्लेख गर्नुभयो । ...
चलचित्र ‘महानगर’ः युवाको सपना र यथार्थ

चलचित्र ‘महानगर’ः युवाको सपना र यथार्थ

नेपाली चलचित्र
विभिन्न महोत्सवमा सहभागी भएर विजेतासमेत बनेको चलचित्र ‘महानगर’ (वान् नाइट इन् काठमाडौँ) सार्वजनिक प्रदर्शन हुने भएको छ । महोत्सवपश्चात् यसलाई आगामी भदौ ८ मा नेपाल प्रदर्शन गरिने लेखक तथा निर्देशक मोहन राईले जानकारी दिनुभयो । “सपना बोकेर महानगर भित्रिने युवाको सपना र यथार्थलाई अभिव्यक्त गर्ने प्रयास गरेका छौँ । बाहिरिया भएर बाँच्नु र सङ्घर्ष गर्नुको मेरो आफ्नै भोगाइ छ । मेरो यही अनुभव र भोगाइलाई क्यामरामार्फत पर्दामा उतारुँ भन्ने सोचले महानगर बनाएको हो”, निर्देशक राईले भन्नुभयो । एक साँझ दुई अपरिचित व्यक्तिको अनायास हुने भेट र त्यसपछिको घट्नाक्रमको कथा रहेको चलचित्रमा अभिनेता कार्म र अभिनेत्री मेनुका प्रधान मुख्य भूमिकामा हुनुहुन्छ । चलचित्रमा अनोज पाण्डे, शोविता अधिकारी, जीवन बराल, परीक्षितविक्रम राणा, चन्द्र पाण्डे लगायतका कलाकारले समेत अभिनय गर्नुभएको छ । कोलकाता अन्...
गण्डकी प्रदेशसभा ः विषयगत समितिको नेतृत्वमा दलका आ–आफ्नै दाबी

गण्डकी प्रदेशसभा ः विषयगत समितिको नेतृत्वमा दलका आ–आफ्नै दाबी

राजनीति
गण्डकी प्रदेशसभामा विषयगत समिति गठनका लागि दलहरु आन्तरिक छलफलमा जुटेका छन् । प्रदेशसभाका चार समितिको नेतृत्वमा दलहरुले आ–आफ्नै दाबी अघि सारेका छन् । प्रदेशसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले दुई समितिको सभापति आफूले पाउनुपर्ने माग गरिरहेको छ । सार्वजनिक लेखा समितिसहित दुई समितिको नेतृत्वमा प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले दाबी गरेको छ । सत्ता गठबन्धनको दोस्रो ठूलो घटक नेकपा (माओवादी केन्द्र)ले अर्थ तथा विकास समितिको सभापति आफूले पाउनुपर्ने जनाएको छ । नेपाली कांग्रेस गण्डकी प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक नन्दप्रसाद न्यौपानले प्रदेशसभाको सबैभन्दा ठूलो दलका हिसाबले समितिको सभापति लिनेमा कांग्रेसको दाबी स्वाभाविक भएको बताउनुभयो । “सार्वजनिक लेखा समिति प्रमुख प्रतिपक्षीले पाउने कुरा पक्का जस्तै छ, यो संसदीय प्रचलन पनि हो, बाँकी तीन समितिको नेतृत्व कांग्रेस र माओवादी मिल...
प्रकाश मानव अधिकार पुरस्कार खातुनलाई

प्रकाश मानव अधिकार पुरस्कार खातुनलाई

देश, समाचार
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले यसवर्षको प्रकाश मानव अधिकार पुरस्कार रुकैया खातुनलाई प्रदान गर्ने भएको छ । इन्सेकका अध्यक्ष कुन्दन आर्यालले शोषण तथा विभेदमुक्त समाज निर्माणको अभियानमा दुई दशकभन्दा बढी समयदेखि क्रियाशील तौलिहवा, कपिलवस्तुकी ४५ वर्षीया खातुनलाई प्रदान गर्ने निर्णय गरेको जानकारी दिनुभयो । संस्थापक अध्यक्ष सुशील प्याकुरेलको संयोजकत्वमा गठित पाँच सदस्यीय पुरस्कार छनोट समितिको सिफारिसका आधारमा उहाँलाई प्रदान गर्ने निर्णय गरेको हो । पुरस्कार प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको प्रमुख आतिथ्यमा यही साउन १६ गते काठमाडौँमा सम्पन्न हुने एक समारोहमा प्रदान गरिनेछ । उहाँलाई रु ५० हजारसहित सम्मान गर्न लागिएको हो । इन्सेकका संस्थापक महासचिव प्रकाश काफ्लेको सम्झनामा नेपालको मानव अधिकार र सामाजिक न्यायको अभियानमा काफ्लेले पु¥याउनुभएको योगदानको स्मरण गर्दै उहाँको...
बन्दीपुरका १७ पर्यटकीय गन्तव्यको सूची सात भाषामा

बन्दीपुरका १७ पर्यटकीय गन्तव्यको सूची सात भाषामा

देश, समाचार
तनहुँको पर्यटकीय नगरी बन्दीपुर गाउँपालिकाले १७ पर्यटकीय गन्तव्यको सूची सात भाषामा तयार गरेको छ । गाउँपालिका र मदानी मिडिया प्रालिको सहकार्यमा उक्त सूचना सात भाषामा तयार गरिएको हो । ती सूचनाहरू अब गाउँपालिकाका विभिन्न स्थानमा ‘क्युआर स्क्यान’ गरी पढ्न तथा सुन्न सकिने भएको छ । बन्दीपुर घुम्न आएका पर्यटकहरूलाई पर्यटकीय गन्तव्यसम्म सहज पहुँच स्थापना गर्ने उद्देश्यसहित सहकार्य गरिएको बन्दीपुर गाउँपालिकाका प्रमुख सुरेन्द्र थापाले जानकारी दिनुभयो । मदानी मिडियाका अध्यक्ष विष्णुकान्त घिमिरेले क्युआर कोडसहितको सुचना गाउँपालिका अध्यक्ष थापालाई आज हस्तान्तरण गर्नुभएको छ । गन्तव्यबारे जानकारीहरू नेपाली, अङ्ग्रेजी, चाइनिज, जापानिज, कोरियन, फ्रेन्च लगायतका भाषामा तयार पारिएको छ । बन्दीपुरको थानीमाई मन्दिर, मणि मुकुन्देश्वरी पर्खाल (मिनी ग्रेटवाल), विन्ध्यवासिनी मन्दिर, पद्य पुस्तकालय,...
काठमाडौँ विश्वविद्यालय र मधेस विश्वविद्यालय बीच सहकार्य

काठमाडौँ विश्वविद्यालय र मधेस विश्वविद्यालय बीच सहकार्य

शिक्षा, समाचार
काठमाडौँ विश्वविद्यालय र मधेस विश्वविद्यालयले स्नातक र स्नातकोत्तर तहका दुई विषयमा संयुक्त रुपमा अध्यापन गराउन सहमति गरेका छन् । काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्राडा भोला थापा र मधेस विश्वविद्यालयका उपकुलपति डा दीपक शाक्यले मङ्गलबार सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको थियो । सम्झौताअनुसार स्नातक तहमा जनप्रशासन तथा व्यवस्थापन र स्नातकोत्तर तहमा सङ्घीय शासन तथा जनप्रशासन विषय संयुक्त रुपमा अध्यापन गराइने छ । काठमाडाँै विश्वविद्यालयका उपकुलपति प्राडा थापाले मधेस प्रदेश सरकारद्वारा गत वर्ष स्थापित मधेस विश्वविद्यालयसँगको सहकार्यले मधेस प्रदेशमा उच्च शिक्षाको विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । मधेस विश्वविद्यालयका उपकुलपति डा शाक्यले स्थापनाको पहिलो वर्षमै काठमाडौँ विश्वविद्यालयसँगको सहकार्यले आगामी दिनमा मधेस विश्वविद्यालयले गुणस्तरीय शिक्षा दिनका लागि थप प्रेरित ...
कार्यवहाक अध्यक्ष श्रेष्ठले बोलाएको माओवादी बैठकमा के छलफल भयो ?

कार्यवहाक अध्यक्ष श्रेष्ठले बोलाएको माओवादी बैठकमा के छलफल भयो ?

देश, राजनीति
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का कार्यवहाक अध्यक्ष तथा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले पार्टीका पदाधिकारीसँग छलफल गरेका छन् । श्रेष्ठले बुधबार पार्टी कार्यालय पेरिसडाँडामा पदाधिकारीहरुसँग छलफल गरेका हुन् । अनौपचारिक छलफल भएको सचिव गणेश साहले जानकारी दिए । “पार्टीको केन्द्रीय समिति बैठकको तयारीका विषयमा अनौपचारिक छलफल भएको हो,” उनले  भने, “पार्टीको आन्तरिक विषयमा कुराकानी भयो ।” पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड इटाली भ्रमणबाट फर्किएपछि औपचारिक छलफल सुरु हुने उनको भनाइ छ । प्रधानमन्त्री इटाली भ्रमणमा रहेकाले कार्यवहाकको जिम्मेवारी श्रेष्ठले पाएका छन् । माओवादीको केन्द्रीय कमिटी बैठक साउन १७ गतेका लागि तय भएको छ । ...
पूर्ण इजलासमा कोसी प्रदेश सरकारविरुद्धको रिट मात्रै पेसीमा

पूर्ण इजलासमा कोसी प्रदेश सरकारविरुद्धको रिट मात्रै पेसीमा

देश, राजनीति
काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासमा आज कोसी प्रदेश सरकारविरुद्धको रिट मात्र राखिएको छ । कोसी प्रदेश सरकार निर्माणमा सभामुख बाबुराम गौतमको समेत हस्ताक्षर प्रयोग गरेर असंवैधानिक रुपमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाको नेतृत्वमा प्रदेश सरकार गठन भएको भन्दै नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्कीले रिट दायर गरेका थिए । उक्त रिटमा सोमबार रिटकर्ता पक्षको बहस सकेर सरकारी वकिलको बहस सुरु भएको थियो । जवाफी बहस बाँकी रहेपछि मुद्दा हेर्दाहेदैमा राखिएको थियो । गत असार २२ मा कोसी सरकार निर्माणका लागि सभामुखले हास्ताक्षर गरेको र प्रदेश प्रमुखले त्यसलाई मान्यता दिएको भन्दै सभामुखको हस्ताक्षरसहित कोसी प्रदेश सरकार अवैध ठहर गरी त्यसअघिको सरकार कायम गर्न माग गर्दै कोसी प्रदेश एमाले सं...
एमालेले बोलायो संसदीय दलको बैठक

एमालेले बोलायो संसदीय दलको बैठक

राजनीति
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले संसदीय दलको बैठक बोलाएको छ । एमाले सांसद ठाकुर गैरेले संसदीय दलको बैठक बस्न लागेको जानकारी दिए । बैठक मध्याह्न १२ बजे बस्नेछ । आजै दिउँसो १ बजे संसद् बैठक बस्दै छ ।
कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, सभापति देउवाले जवाफ दिने

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, सभापति देउवाले जवाफ दिने

देश, राजनीति
काठमाडौं । कांग्रेस केन्द्रीय समिति बैठक आज बस्दै छ । साउन २ गतेदेखि सुरु भएको कांग्रेस केन्द्रीय समिति बैठक सोमबारसम्म बसेको थियो । सोमबारबाट स्थगित बैठक आज पुनः बस्न लागेको हो । बैठकमा सभापति शेरबहादुर देउवाले मात्र बोल्न बाँकी छ । आजको बैठकमा देउवाले जवाफ दिने कार्यक्रम छ । सभापति देउवाले आफूमाथि उठेका प्रश्नको जवाफ दिनेछन् । देउवाले केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्य र पदाधिकारीले उठाएका प्रश्नको जवाफ दिनेछन् । पदाधिकारीसहित बसेर निर्णयको खाका तयार पारेपछि सभापतिले बोल्न लागेका हुन् । यसका लागि आज बिहान पदाधिकारी बैठक बस्दै छ । ...