२०८१ जेष्ठ ४

कांग्रेस पदाधिकारी बैठक बस्दै, के छन् एजेन्डा ?




काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज पनि बस्ने भएको छ । केन्द्रीय समिति बैठकले गर्ने निर्णयको खाकाको विषयमा छलफल गर्न पदाधिकारी बैठक बस्न लागेको हो । मंगलबार यस विषयमा छलफल भए पनि बैठकले अन्तिम टुंगो लगाउन सकेको थिएन ।


Advertisement


आज बिहान बस्ने महामन्त्रीसहितको बैठकले केन्द्रीय बैठकको निर्णयमा अन्तिम निष्कर्ष निकाल्ने बताइएको छ । उक्त निष्कर्ष अपराह्न ४ बजे बस्ने बैठकमा प्रस्तुत गरिनेछ ।



पदाधिकारीको हिजोको बैठकमा नीति अधिवेशनको मिति, महामन्त्री गगन थापाको १३ बुँदे लिखित प्रस्ताव, सरकार र पार्टीको विषयमा गरिनुपर्ने निर्णयबारे छलफल भएको थियो ।

Copy link
Powered by Social Snap