भक्तपुरका विद्यालयमा अब पढाइ र खेलकुद सँगसँगै
भक्तपुरका विद्यालयहरूले अब विद्यार्थीलाई पढाइसँगै विभिन्न खेलका प्रशिक्षण दिँदै खेलकुदको विकास गर्ने भएका छन् । प्याब्सन जिल्ला कार्यसमिति भक्तपुरको व्यवस्थापनमा भक्तपुर जिल्ला खेलकुद विकास समितिले आज उहाँ आयोजना गरेको ‘हामी विद्यालय अभियानअन्तर्गत विद्यार्थीलाई खेलकुदप्रति अभिप्रेरित’ विषयक अन्तरक्रियामा प्याब्सन र समितिबीच स्कुलमा खेलकुद प्रशिक्षण सञ्चालन गर्ने सहमति भएको हो ।
खेल गतिविधिमा विद्यार्थीलाई सक्रिय बनाए उनीहरूको पढाइ बिग्रिन्छ भन्ने अभिभावक, शिक्षक र प्रिन्सिपलको मान्यतालाई चिर्दै विद्यार्थीलाई खेलसँगै पढाइ पनि राम्रो बनाउन सकिने र विद्यार्थीमा बढ्दो मोबाइलको लत हटाउन सकिने कार्यक्रममा सहभागी खेल प्रशिक्षकले बताएका छन् । विद्यार्थीलाई विद्यालयमा खेलकुदप्रति अभिप्रेरित गर्ने र राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्ने हेतुले प्याब्सन एवं खेलकुद व...









