२०८३ कार्तिक २९

उपराष्ट्रपति यादव स्वागत समारोहमा




उपराष्ट्रपति रामसहायप्रसाद यादव अरब गणतन्त्र इजिप्टको ७१औँ राष्ट्रिय दिवसका अवसरमा आज साँझ यहाँ आयोजित स्वागत समारोहमा सहभागी हुनुभयो ।


Advertisement


नेपालका लागि इजिप्टका राजदूत नोहा एल्जेब्लीले आयोजना गर्नुभएको उक्त समारोहमा मन्त्रिपरिषद्का सदस्य, सांसद संवैधानिक अङ्गका पदाधिकारी, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारी, नेपाल सरकारका वरिष्ठ अधिकारी, उद्योगपति–व्यापारी, वरिष्ठ पत्रकारसहित समाजका प्रतिष्ठित व्यक्तिहरूको सहभागिता थियो ।



त्यसअघि संक्षिप्त मन्तव्य व्यक्त गर्दै राजदूत एल्जेब्लीले पारस्परिक सम्मानमा आधारित सम्बन्ध स्थापनाकालदेखि नै सुमधुर रहँदै आएको बताउनुभयो । दुई देशको पर्यटकले एकअर्कालाई नजिक ल्याएको उहाँले उल्लेख गर्नुभयो ।


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap