२०८३ बैशाख २०

Author: Senior Editor Nima

तोकिएको समयमा कर बुझाउन महानगरको आग्रह

तोकिएको समयमा कर बुझाउन महानगरको आग्रह

देश, समाचार
काठमाडाँै महानगरपालिकाले तोकिएको अवधिभित्रै आफ्नो व्यवसायको कर बुझाउन आग्रह गरेको छ । काठमाडौँ महानगर पालिकाको राजस्व विभागले सूचना जारी गर्दै कर बुझाउन तथा र छुट सुविधा लिनसमेत अनुरोध गरेको छ । महानगरले तीर्न÷बुझाउनपर्ने सम्पत्ति कर÷बहाल कर÷व्यवसाय करमा दिएको छुट सुविधा लिन आग्रह गरेको छ । सम्पत्ति, व्यवसाय र बहाल कर नियमित तिर्नेलाई आउँदो पुस मसान्तसम्म तिरेमा चालु आर्थिक वर्षको कर रकमको १० प्रतिशत छुट हुने सूचनामा उल्लेख छ । यसैगरी महानगर क्षेत्रभित्र सञ्चालन भएका होटल, रिसोर्ट वा चलचित्र घरको नाममा घरजग्गा भई वा भाडामा लिएर होटल, रिसोर्ट वा चलचित्र घर निर्माण गरी सञ्चालन गरेको करदाताको हकमा बक्यौतासहितको सम्पत्ति कर सम्वत् २०८० पुस मसान्तभित्र चुक्ता गरेमा थप ३० प्रतिशत छुट सुविधा रहेको सूचनामार्फत जनाइएको छ । व्यावसायिकरुपमा गाडीको पार्किङ प्रयोजनका लागि भवन निर्माण गरे...
कांग्रेस निकट दलित संघ भंग, तदर्थ समिति गठनको अधिकार सभापतिलाई

कांग्रेस निकट दलित संघ भंग, तदर्थ समिति गठनको अधिकार सभापतिलाई

राजनीति
काठमाडौँ — नेपाली कांग्रेसले भ्रातृ संघ नेपाल दलित संघको केन्द्रीय समिति भंग गरेको छ । तत्कालीन सभापति मीन विश्वकर्माले समयमा अधिवेशन गर्न नसकेपछि १० वर्षसम्म संघको अध्यक्षका रुपमा काम गरे । गत वर्ष अधिवेशन गर्ने गरी शम्भू हजारा पासवानको संयोजकत्वमा महाधिवेशन आयोजक समिति गठन भए पनि त्यसले महाधिवेशन भने गर्न सकेन ।  महाधिवेशनको तयारी अन्तिम भएका बेला तत्कालीन गृहमन्त्री बालकृष्ण खाणले सभापतिको चाहना भन्दै महाधिवेशन रोक्न लगाएका थिए । त्यसबेला स्थगित भएको महाधिवेशन अहिलेसम्म हुन सकेको छैन । कांग्रेसले अन्य भ्रातृ संस्थाहरुलाई जस्तै दलित संघलाई पनि विघटन गरेर अब तदर्थ समिति ल्याउने भएको हो । यसअघि नेविसंघ, तरुण दल र महिला संघसहित अन्य भ्रातृ संस्थाहरुसमेत महाधिवेशन गर्न नसकेपछि विघटित भएर तदर्थ समिति गठन भइसकेका छन् । बुधबार सकिएको केन्द्रीय कार्यसमिति बैठकले आगामी ...
कृषि क्षेत्रलाई अलग राख्दा समृद्धि ल्याउन सकिँदैन : मुख्यमन्त्री शाह

कृषि क्षेत्रलाई अलग राख्दा समृद्धि ल्याउन सकिँदैन : मुख्यमन्त्री शाह

देश, राजनीति
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कृषि क्षेत्रलाई अलग राखेर प्रदेशको समृद्धि ल्याउन नसकिने बताउनुभएको छ । आज धनगढीमा आयोजित भीमदत्त उत्कृष्ट कृषक पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहले कृषि क्षेत्रमार्फत प्रदेशको विकास गर्नका लागि गर्नुपर्ने काममा सरकार पछि नपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “कृषिउपजको आयात रोकेर स्वदेशमै उत्पादित कृषिउपजको निर्यात बढाउनेतर्फ अब ध्यान दिन जरुरी भइसकेको छ ।” भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा मदनसिंह धामीले कृषिको उत्पादन र उत्पादकत्व बढाउन मन्त्रालयले कृषि गतिविधिमा सहयोग गरिरहेको बताउनुभयो । कृषि निर्देशनालयका निर्देशक यज्ञराज जोशीले सहिद भीमदत्त पन्तको नामबाट उत्कृष्ट किसानलाई पुरस्कार प्रदान गर्ने सरकारको नीतिले कृषकको हौसला बढ्ने विश्वास व्यक्त गर्नुभयो । पाँच किसान पुरस्कृत प्रदेश सरका...
रत्नमन्दिर हेर्न कहिले पाइन्छ ?

रत्नमन्दिर हेर्न कहिले पाइन्छ ?

देश, समाचार
– जमुना वर्षा शर्मा पोखरा, १० साउन (रासस) : पोखराको फेवाताल किनारस्थित रत्नमन्दिरको भित्री संरचना हेर्न नपाएपछि त्यहाँ पुग्ने पर्यटकले गुनासो गर्न थालेका छन् । जेठ १५ गते गणतन्त्र दिवसको दिन पारेर सशुल्क सर्वसाधरणका लागि खुला गरिएको रत्नमन्दिर दरबारको भित्र जान नपाएपछि पर्यटकले गुनासो गर्न थालेका हुन् । पैँसठ्ठी वर्षीय आमालाई रत्नमन्दिर परिसर घुमाएर रत्नमन्दिर गेट बाहिर आउँदै गर्नुभएकी पोखरा–१४ की सोनी शर्मा त्यति खुसी देखिनुभएन । “हामीले त दरबारभित्र के छ, कसरी राजपरिवार बस्थे, उनीहरुले प्रयोग गरेका सामग्री केकस्तो होलान् भन्ने कौतुहलता लिएर आएका थियौँ तर भित्र हेर्न नपाएपछि कौतुहलता रहिरह्यो, त्यति खुसी लागेन ।” उहाँले आफूलेभन्दा बढी आमाले दरबारभित्र हेर्न रहर गरेकाले घुमाउन लिएर आएको तर सोचे जस्तो नपाएको बताउनुभयो । पर्वतबाट पोखरा घुम्न आउनुभएकी सविता विश्वकर्मालाई पनि र...
पौडीबाज गौरिकाको राष्ट्रिय कीर्तिमान

पौडीबाज गौरिकाको राष्ट्रिय कीर्तिमान

देश, समाचार
जापानको फुकुओकामा जारी २०औँ संस्करणको वल्र्ड एक्वाटिक च्याम्पियनसिप–२०२३ मा दक्षिण एशियाली खेलकुद (साग)की स्वर्णधारी गौरिका सिंहले व्यक्तिगत स्पर्धामा नयाँ राष्ट्रिय कीर्तिमान कायम गर्नुभएको छ । उहाँले ५० मिटर ब्याकस्ट्रोकमा आफ्नै नाममा रहेको ३१ द्यशमलव ८७ सेकेन्डको समयमा सुधार गर्दै ३१ द्यशमलव ४४ सेकेन्ड खर्चेर नयाँ राष्ट्रिय कीर्तिमान कायम गर्नुभएको नेपाल पौडी सङ्घका अध्यक्ष अशोक बज्राचार्यले जानकारी दिनुभयो । गौरिकाले सन् २०१६ मा भारतमा भएको १२औँ दक्षिण एसियाली खेलकुद प्रतियोगितामा ३१ दशमलव ८७ सेकेन्डको कीर्तिमानी सुधार गर्नुभएको हो । ओलम्पिक छनोट प्रतियोगितासमेत रहेको उक्त च्याम्पियनसिपअन्तर्गत आजै भएको पुरुषतर्फको एक सय मिटर फ्रिस्टायलमा एलेक्जेन्डर शाहले आफ्नो समयमा सामान्य सुधार गर्दै नयाँ कीर्तिमान कायम गर्नुभएको छ । एलेक्जेन्डरले पुरानो समय ५२ दशमलव ९६ सेकेन्ड...
गगन थापाको १३ बुँदे प्रस्ताव व्यक्तिगत हो : प्रवक्ता महत

गगन थापाको १३ बुँदे प्रस्ताव व्यक्तिगत हो : प्रवक्ता महत

राजनीति
काठमाडौं । नेपाली कांग्रेसका ‍प्रवक्ता प्रकाशशरण महतले महामन्त्री गगन थापाले बैठकको सुरुमा राखेको १३ बुँदे प्रस्ताव व्यक्तिगत रहेको बताएका छन् । कांग्रेस केन्द्रीय समिति बैठकका निर्णय सुनाउँदै प्रवक्ता महतले भने,"अन्तिम प्रस्तव पारित भयो । बाँकी व्यक्ति गत हो । सबै पास हुन्छ भन्ने छैन । त्यो उहाँ (गगन थापा)को धारणा हो ।" सञ्चारकर्मीले महामन्त्रीले राखेको प्रस्तावबारे प्रश्न गरेका थिए । ...
व्यानरमा महिला नेतृको फोटो राख्नुपर्ने माग

व्यानरमा महिला नेतृको फोटो राख्नुपर्ने माग

देश, समाचार
काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य चित्रलेखा यादवले व्यानरहरूमा महिलाहरूको फोटो पनि राख्न माग गरेकी छन् । उनले केन्द्रीय समिति बैठकमा पार्टी निर्माणमा पुरुष नेताहरूको जस्तै महिलाको पनि हात रहेको बताइन् । “व्यानरमा पुरूषको मात्र फोटो देखिन्छ । कम्तीमा पनि मंगलादेवी, नोना कोइराला, सैलजा आचार्यको तस्बिर पुरूषहरूसँगै जिल्ला जिल्लामा कार्यक्रम गर्दा राखिनु पर्छ । राजनीतिमा उहाँहरूको योगदान छ ,” उनले भनिन् । ...
कांग्रेस केन्द्रीय समिति बैठक सम्पन्न : अर्को बैठक असोज २ गते

कांग्रेस केन्द्रीय समिति बैठक सम्पन्न : अर्को बैठक असोज २ गते

राजनीति
यही साउन २ गतेदेखि सञ्चालन भएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज सम्पन्न भएको छ । बैठक समापन गर्दै पार्टी सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बैठकमा आफ्नो बारेमा सोचेभन्दा कम आलोचना भएको बताउनुभयो । सभापति देउवाले भन्नुभयो, “धेरै आलोचना होला भन्ने लागेका थियोे, तर कम आलोचना भयो, यसका लागि धन्यवाद ।” उहाँले केन्द्रीय समितिको बैठकबारे लाइभ गरेका कारण पार्टीभित्रका नेताहरूको क्षमता सबैले बुझ्ने अवसर पाएको टिप्पणी गर्नुभयो । सभापति देउवाले पार्टीको केन्द्रीय समितिको अर्को बैठक असोज २ गते बस्ने पनि जानकारी दिनुभयो । बैठकको अन्तिममा पार्टीलाई विभिन्न समयमा योगदान गर्नुहुने नेता तथा कार्यकर्ताका आफन्तको मृत्युमा शोक प्रस्ताव पारित गरिएको थियो । ...
समयसीमाअनुसार बजेट कार्यान्वयन गर्न अर्थमन्त्री महतको निर्देशन

समयसीमाअनुसार बजेट कार्यान्वयन गर्न अर्थमन्त्री महतको निर्देशन

देश, राजनीति
अर्थमन्त्री डा प्रकाशशरण महतले तोकिएको समय सीमाअनुसार चालु आर्थिक वर्ष २०८०/८१ को बजेट कार्यान्वयन गर्न नेपाल सरकारका सचिवहरूलाई निर्देशन दिनुभएको छ । अर्थ मन्त्रालयले यहाँ आज आयोजना गरेको कार्यक्रममा उहाँले १५ साउनदेखि समय सीमाअनुसार बजेट कार्यान्वयनलाई प्राथमिकता दिन निर्देशन दिनुभएको हो । मन्त्री महतले भन्नुभयो, “डिपीआर (विस्तृत परियोजना प्रतिवेदन) भइसकेका आयोजनाको मात्र अहिले ठेक्का प्रक्रिया अगाडि बढाउनुपर्छ, डिपीआरको मात्र बजेट माग्ने वा प्राथमिकता प्राप्त आयोजना भए डिपीआर गरेर कात्तिकसम्म ठेक्का लगाउन सकिने भए सोहीअनुसार कार्यान्वयन गर्नुपर्छ, कात्तिकभित्र ठेक्का लगाउनैपर्छ ।” कतिपय दायित्व सिर्जना भए पनि सरकारले तिर्न नसकेको स्वीकार गर्दै उहाँले ठेक्का लागिसकेको आयोजनाको ठेकेदारले दिएको बिल एक महिनाभित्र अर्थ मन्त्रालयमा ल्याउनसमेत निर्देशन दिनुभयो । उहाँले एक ...
कांग्रेस बैठक : पार्टीभित्रको गुट–उपगुट अन्त्य गरौँ

कांग्रेस बैठक : पार्टीभित्रको गुट–उपगुट अन्त्य गरौँ

राजनीति
नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरूले पार्टीभित्र देखिएको गुट–उपगुट अन्त्य गर्दै पार्टीलाई एक ढिक्का बनाएर लैजानुपर्नेमा जोड दिनुभएको छ । सानेपास्थित पार्टी कार्यालयमा बसिरहेको केन्द्रीय कार्यसमिति बैठकमा आज केन्द्रीय सदस्यहरूले पार्टीभित्रको गुटउपगुट अन्त्य गर्नका लागि पार्टी सदस्य वितरणमा पारदर्शिता हुनुपर्ने धारणा राख्नुभयो । महामन्त्री विश्वप्रकाश शर्माले नीति अधिवेशनको साटो महासमिति बैठक गर्नुपर्ने माग गर्नुभयो । उहाँले भन्नुभयो, “नीति अधिवेशनमार्फत गर्ने भनिएको काम गर्ने गरी मङ्सिर ११, १२ र १३ गते महासमिति बैठक गरौँ ।” मङ्सिर २०७८ मा भएको कांग्रेसको १४ औँ महाधिवेशनले नीति अधिवेशन गर्ने निर्णय गरेको थियो । केन्द्रीय सदस्य चित्रालेखा यादवले महिला नेत्रीले पार्टीमा दिएको योगदानको चर्चा गर्दै दिवङ्गत भइसक्नुभएका महिला नेत्रीहरूको योगदानलाई पार्टीले सम्मान गर्नुपर्ने...