२०८१ बैशाख २६

ग्लोबल आईएमई बैंकको स्मार्ट अडियो डिभाइस सेवा सार्वजनिक




काठमाडौं । ग्लोबल आईएमई बैंकले स्मार्ट अडियो डिभाइस सेवा सार्वजनिक गरेको छ । बैंकले क्यूआर कोडमार्फत गरिने भुक्तानी पुष्टिका लागि साउन्ड बक्स र एलईडी डिस्प्ले सहितको सेवा ल्याएको हो ।


Advertisement


यो योजनासँगै ग्लोबल आईएमई बैंकका ग्राहकहरूले क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा भुक्तानीको पुष्टीकरण एलईडी बोर्डमा रहेको साउन्ड बक्सले भुक्तानी पुष्टि गर्ने भ्वाइस मेसेज दिनेछ । यसले ग्राहक र व्यापारीका लागि सम्पूर्ण प्रक्रियालाई सुविधाजनक बनाउने विश्वास छ ।



यसबाट मर्चेन्ट/व्यापारी तथा ग्राहकहरुलाई मोबाइल फोनमा भुक्तानी प्राप्त भएको मेसेजका निमित्त कुर्नुपर्ने समयको पनि बचत हुनेछ । साथै यसबाट व्यापारीलाई भुक्तानी आवेदनको पुष्टीकरण निर्भरता समेत घटाउने विश्वास बैंकले गरेको छ ।

Copy link
Powered by Social Snap