२०८२ पुष ५

नेकपा (एस)को पोलिटब्युरो बैठक आइतबार




काठमाडौँ — सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) को पोलिटब्युरो बैठक भोलि आइतबारबाट सुरु हुने भएको छ । काठमाडौंको आलोकनगरस्थित केन्द्रीय कार्यालयमा शनिबार बसेको एकीकृत समाजवादी पार्टीको सचिवालय बैठकले भदौ ३ र ४ गते पोलिटब्युरो बैठक बस्ने औपचारिक निर्णय गरेको हो ।


Advertisement


त्यसैगरी भदौ ५, ६ र ७ गते केन्द्रीय कमिटी बैठक पनि बोलाइएको छ । दुवै बैठकमा मुलुकको समसामयिक राजनीतिक परिस्थिति र पार्टीको आगामी कार्यभार नै मुख्य एजेन्डा हुने पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए ।



पोलिटब्युरो बैठकले केन्द्रीय कमिटी बैठकको तयारी गर्ने र त्यसले मुलुकको पछिल्लो राजनीतिक परिस्थितिबारे महत्वपूर्ण निर्णय गर्ने पनि उनले जनाए । नेकपा एस आगामी माघमा सम्पन्न हुनेगरी राष्ट्रिय महाधिवेशनको तयारीमा जुटेको छ ।

Copy link
Powered by Social Snap