२०८३ बैशाख २१

Author: Senior Editor Nima

चैतसम्म सबै नेपालीलाई नि:शुल्क कोरोना खोप

चैतसम्म सबै नेपालीलाई नि:शुल्क कोरोना खोप

राजनीति, समाचार, स्वास्थ्य
सरकारले चैतसम्म सबै नेपालीलाई कोरोना खोप दिने भएको छ। गठबन्धनका तर्फबाट आज सरकारका साझा कार्यक्रम सार्वजनिक गर्दै चैतभित्र सबैलाई निशुल्क रूपमा कोरोना खोप दिइने घोषणा गरिएको छ। Advertisement प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जसपा अध्यक्षद्वय बाबुराम भट्टराई र उपेन्द्र यादव तथा राष्ट्रिय जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीले संयुक्त रूपमा सरकारका न्युनतम साझा कार्यक्रम सार्वजनिक गरेका हुन्। सिंहदरबारमा आयोजित कार्यक्रममा मन्त्रीहरू पनि उपस्थित थिए। सरकारका साझा कार्यक्रम कार्यदलका संयोजकसमेत रहेका कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले प्रस्तुत गरेका थिए। खड्काका अनुसार संयुक्त सरकारको साझा न्युनतम कार्यक्रममा चैतसम्म सबै जनतालाई निशुल्क रूपमा कोरो...
भूमी आयोग खारेज गर्ने निर्णय बदर गर्न माग गर्दै सर्वोच्चमा रिट

भूमी आयोग खारेज गर्ने निर्णय बदर गर्न माग गर्दै सर्वोच्चमा रिट

राजनीति
सर्वोच्च अदालतमा भूमीसम्बन्धी समस्या समाधान आयोग खारेज गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न आदेशको माग गर्दै रिट निवेदन दायर गरिएको छ। Advertisement विघटित भूमी आयोगका अध्यक्ष देवीप्रसाद ज्ञवालीका तर्फबाट अधिवक्ता महेश भट्टराईले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रधानमन्त्री शेरबहादुर देउवालगायत विपक्षी बनाइ आज दायर गरिएको रिट निवेदनमा भूमीसम्बन्धी समस्या समाधान आयोग खारेजीको निर्णय बदर गर्न माग गरिएको छ। रिट निवेदनमा भूमीहित दलितको संवैधानिक हक र भूमीहीन सुकुम्वासीको कानूनी मार्गलाई अनिश्चिततापूर्वक ढङ्गले अवरुद्ध गर्ने गरी भएको मन्त्रिपरिषद्को यही साउन १९ गतेको निर्णय कार्यान्वयन नगर्न आदेशको माग गरिएको छ। आयोग खारेज हुँदा भूमीहीन दलित, सुकुम्वासी र अव्यवस्थित बसोबासीलाई  निर्धारित गर्ने प्रक्रियामा अवरोध पुगेको उल्लेख छ।...
भदौ ५ सम्मका परीक्षा नरोक्ने त्रिविको निर्णय

भदौ ५ सम्मका परीक्षा नरोक्ने त्रिविको निर्णय

शिक्षा, समाचार
त्रिभुवन विश्वविद्यालयले तालिका प्रकाशित गरिसकेका परीक्षाहरू नरोक्ने निर्णय गरेको छ। स्नातक र स्नातकोत्तर तहका विभिन्न संकायका परीक्षाहरू हाल सञ्चालनमा छन्। केही परीक्षा भने साउन २६ गतेदेखि सुरू हुँदैछ। त्रिवि परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले भदौ ५ गतेसम्मका परीक्षा नरोक्ने निर्णय भएको बताए। Advertisement कोरोना संक्रमण दिनानुदिन बढ्दै गइरहेका बेला परीक्षाहरू निरन्तर सञ्चालन गर्ने कि के गर्ने भन्नेबारे आज त्रिवि परीक्षा सुधार तथा समन्वय समिति र प्राविधिक परिषद बैठक बसेको थियो।  उक्त बैठकले पहिले नै 'रूटिन' निकालिसकेका र परीक्षा चलिरहेका सबै संकायका परीक्षा यथावत् सञ्चालन गर्ने निर्णय गरेको हो। ‘वार्षिक प्रणालीका परीक्षा साउन २९ गते सकिन्छ। सेमेस्टर प्रणालीका परीक्षा भदौ ५ गतेसम्म चल्छन्। यी कुनै पनि ...
गृहमन्त्री खाण र चिनियाँ राजदूतबीच भेटवार्ता

गृहमन्त्री खाण र चिनियाँ राजदूतबीच भेटवार्ता

देश, समाचार
गृहमन्त्री बालकृष्ण खाण र चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ। Advertisement गृह मन्त्रालयमा भएको भेटवार्तामा राजदूत यान्छीले सरकारको सफलताको शुभकामना दिएकी थिइन्। भेटवार्तामा नेपाल-चीन मित्रतालाई थप उचाइमा पुर्‍याउन चाहेको उनले उल्लेख गरेकी थिइन्। गृहमन्त्री खाणले चिनियाँ सरकारले नेपाललाई गर्दै आएको सहयोगबारे धन्यबाद दिएका थिए। चीनले कोरोना खोप उपलब्ध गराएकोमा गृहमन्त्री खाणले धन्यबाद दिएको उनको सचिवालयले जनाएको छ। ...
आज चार जिल्लामा कार्यकर्ता भेला गर्दै महन्थ ठाकुर पक्ष

आज चार जिल्लामा कार्यकर्ता भेला गर्दै महन्थ ठाकुर पक्ष

राजनीति
जनता समाजवादी पार्टी नेपालका महन्थ ठाकुर पक्षले आज चार जिल्लामा अगुवा कार्यकर्ता भेला गर्ने भएका छन्। कार्यकर्ता भेला गर्दै हिँडेका ठाकुर तथा वरिष्ठ नेता राजेन्द्र महतोलगायतले आज तेस्रो दिन पनि भेलालाई निरन्तरता दिन लागेका छन्। जसपामा ठाकुर र उपेन्द्र यावद पक्षबीच आधिकारिकता विवाद थियो। निर्वाचन आयोगले यादवलाई जसपाको आधिकारिकता दिएको छ। Advertisement यससँगै ठाकुर पक्ष कार्यकर्ता भेला गर्न हिँडेका हुन्। आइतबार सुनसरी, सर्लाही, रूपन्देही र कञ्चनपुरमा ठाकुर पक्षले कार्यकर्ता भेला राखेको छ। यी भेलाका लागि नेताहरू जिल्ला जिल्लामा गएका छन्। सुनसरीमा सुरेन्द्र झा, सन्तोष मेहता, जयप्रकाश ठाकुर, अरविन्द साह गएका छन्। यस्तै सर्लाहीमा राजेन्द्र महतो, जितेन्द्र सोनल, अभिराम शर्माले कार्यकर्ता भेलालाई सम्बोधन गर्नेछन्। रुपन्देहीमा सर्वेन्द्र नाथ शु...
धरहराबाट सुरु भयो मास्क अभियान

धरहराबाट सुरु भयो मास्क अभियान

समाचार, स्वास्थ्य
काठमाडौं सुन्धारास्थित नवनिर्मित धरहरामा प्रकाश पारेर नेपालमा मास्क अभियान सुरू भएको छ। Advertisement पछिल्लो समय नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या बढ्दै गएको भन्दै  यसको रोकथामलाई सरकारले थप प्रभावकारी बनाउन भन्दै शनिबारदेखि मास्क अभियान सुरु गरेको हो ।  यसका लागि शनिबार साँझ धरहरामा मास्क अभियानबारे चेतना जगाउन र यसको सुरुवात गर्न प्रकाश पारेर मास्क अभियान सुरु गरिएको हो। ...
स्पेनलाई पराजित गर्दै ब्राजिलले जित्यो पुरूष फुटबलमा स्वर्ण

स्पेनलाई पराजित गर्दै ब्राजिलले जित्यो पुरूष फुटबलमा स्वर्ण

खेलकुद
ब्राजिलको यु-२३ टिमले टोकियो ओलम्पिकअन्तर्गत पुरूष फुटबलमा स्वर्ण जितेको छ। शनिबार जापानको टोकियोमा भएको फाइनल खेलमा स्पेनलाई २-१ गोलले पराजित गर्दै ब्राजिलले स्वर्ण पदक रक्षा गरेको हो। Advertisement यसअघि ब्राजिलले रियो ओलम्पिक २०१६ मा पनि पुरुष फुटबलमा स्वर्ण जितेको थियो। ब्राजिलले शनिबार अतिरिक्त समयमा जित निकालेको हो।  पहिलो हाफको इन्जुरी टाइममा ब्राजिलका माथेअस कुन्हाको गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाए।  ६१ मिनेटमा स्पेनका मिकेल ओयार्जाबालले बराबरी गोल फर्काउन सफल भए।  अतिरिक्त समयमा ब्राजिलका सब्स्सिच्युट खेलाडी माल्कोनले गोल गरेका थिए। उनले १०८ मिनेटमा गोल गरेका थिए।  त्यसअघि खेलको ३८ मिनेटमा ब्राजिलका रिचार्लीसन प्राप्त पेनाल्टीमा गोल गर्न असफल भएका थिए। उनको प्रहार क्रसबारमा लागेको थियो। ...
‘कोरोनाको तेस्रो लहर सुरू हुने लक्षण देखिन थालेका छन्, अत्यन्त आवश्यकमा मात्र बाहिर निस्कनू’

‘कोरोनाको तेस्रो लहर सुरू हुने लक्षण देखिन थालेका छन्, अत्यन्त आवश्यकमा मात्र बाहिर निस्कनू’

देश, राजनीति, समाचार
प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना महामारीको तेस्रो लहर नेपालमा पनि छिट्टै सुरू हुने लक्षण देखिन थालेको भन्दै सजग रहन आग्रह गरेका छन्। Advertisement शनिबार भिडिओ सन्देशमार्फत् उनले भनेका छन्, ‘तपाईं हामी सबै अहिले कोरोना महामारीको सामना गरिरहेका छौं। कोरोना महामारीको तेस्रो लहर नेपालमा पनि छिट्टै सुरू हुने लक्षण देखिन थालेका छन्। सरकारको एक्लो प्रयासले मात्र कोरोना महामारी नियन्त्रण गर्न सम्भव छैन। हामी सबै मिलेरमात्र यो महामारीलाई पार लगाउन सक्छौं। त्यसैले म तपाईंहरूसँग आग्रह गर्दछु। अत्यन्त आवश्यक परेकोबेला मात्र बाहिर निस्कनू।’  बाहिर निस्कनै परे स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्न पनि उनले आग्रह गरेका छन्। ‘बाहिर निस्कनुअघि नाक र मुख छोपिने गरी मास्क लगाऔं, भौतिक दूरी कायम गरौं।  स्वास्थ्य सचेतनासम्बन्धी मापदण्ड पालन...
लगातार तेस्रो खेल जित्दै अस्ट्रेलियाविरूद्धको टी ट्वान्टी सिरिजमा बंगलादेशलाई ऐतिहासिक सफलता

लगातार तेस्रो खेल जित्दै अस्ट्रेलियाविरूद्धको टी ट्वान्टी सिरिजमा बंगलादेशलाई ऐतिहासिक सफलता

खेलकुद
अस्ट्रेलियालाई लगातार तेस्रो खेलमा हराउँदै बंगलादेशले पाँच खेलको टी-२० अन्तर्राष्ट्रिय सिरिज ३-० ले जितेको छ। शेरे बांग्ला नेसनल स्टेडियम, ढाकामा सम्पन्न तेस्रो खेलमा अस्ट्रेलियालाई १० रनले हराउँदै ऐतिहासिक सफलता हात पारेको हो। बंगलादेशले दिएको १२८ रनको सामान्य लक्ष्य पछ्याएको अष्ट्रेलिया निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै ११७ रन मात्र बनाउन सक्यो। Advertisement अष्ट्रेलियाका लागि मिचेल मार्शले ५१ रनको अर्धशतकीय इनिङ्स खेले पनि टोलीलाई जित दिलाउन सकेनन्। यस्तै बेन म्याकडेरमोटले ३५ रन बनाए । एलेक्स केरी २० रनमा अविजित रहदा डान क्रिस्टियन ७ रनमा अविजित रहे । बंगलादेशका लागि शोरीफूल इस्लामले २ विकेट लिए। नसुम अहमेद र शकिब अल हसनले १/१ विकेट हात पारे। यसअघि पहिले ब्याटिङ गरेको बंगलादेशले २० ओभरमा ९ विकेट गुमाएर १ सय २७ रन बनाएको थियो । ...
धामी बेपत्ता प्रकरणमा सरकारले भारतसँग कुरा गर्न नसक्नु बिपी कोइरालाकै अपमान- कोमल वली

धामी बेपत्ता प्रकरणमा सरकारले भारतसँग कुरा गर्न नसक्नु बिपी कोइरालाकै अपमान- कोमल वली

देश, राजनीति
राष्ट्रिय सभा सदस्य कोमल वलीले दार्चुलाको जयसिंह धामी बेपत्ता प्रकरणमा सरकारले एक शब्द बोल्न नसकेको भन्दै यसले कांग्रेसका संस्थापक बिपी कोइरालाकै अपमान भएको टिप्पणी गरेकी छन्। शुक्रबारको राष्ट्रिय सभा बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य वलीले जयसिंह धामी बेपत्ता प्रकरणमा सरकारले एक शब्द बोल्न नसकेको र समिति बनाएर टार्न खोजेको बताइन्। उनले विपी कोईरालाले छिमेकी देश भारत र चीनसँग ठाडै सम्वाद गर्ने गरेको स्मरण गराउँदै यस विषयमा सरकारले भारतसँग कुरा गर्न नसक्नु बिपी कोइरालाकै अपमान भएको टिप्पणी गरेकी हुन्। Advertisement उनले वर्तमान सरकारले मुलुक चलाउन नसक्ने र जनतालाई सुरक्षा पनि दिन नसक्ने बताइन्। ‘नेपाली जनताको अपमान हुँदा, तुइन काटेर एउटा युवालाई मारिँदा एक शब्द नबोल्ने? समिति बनाएर टार्ने? यही हो बिपीका अनुयायीहरुको चरित्र? यो बिपी कोइरालाको अपमान ह...