२०८१ बैशाख १२

यी जिल्लामा असोज १८ मा हुँदैछ कांग्रेसको जिल्ला अधिवेशन

नेपाली कांग्रेसले २१ हिमाली जिल्लामा यही असोज १८ गते जिल्ला अधिवेशन गर्ने भएको छ।

हिउँ पर्ने र चिसो पनि बढ्ने सम्भावना रहेकोले दसैंअगाडि नै २१ हिमाली जिल्लामा अधिवेशन गर्न लागिएको हो।


Advertisement


कांग्रेस पदाधिकारी बैठकले हिमाली जिल्लामा जिल्ला अधिवेशन गर्ने र पहाडी तथा तराईका जिल्लामा दसैंलगत्तै अधिवेशन गर्ने तयारी गरेको छ।

जिल्ला अधिवेशन हुनुअगाडि वडा, पालिका, प्रदेश सभा र प्रतिनिधि सभा क्षेत्रको अधिवेशन गरिसक्नुपर्ने हुन्छ।

यीमध्ये अधिकांशमा वडा अधिवेशन सकेर पालिका अधिवेशन पनि भइरहेका छन् भने प्रदेश सभा क्षेत्रीय र प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन हुने तयारी छ।

गोरखालगायत जिल्लामा मंगलबार प्रदेश सभा क्षेत्रीय अधिवेशन हुन लागेको छ। असोज १५ मा प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन गर्ने र असोज १८ मा जिल्ला अधिवेशन गर्ने तयारी छ।

दुई निर्वाचन क्षेत्र भएका जिल्लामा सभापति पदको उम्मेदवार बन्न महाधिवेशन प्रतिनिधि हुनुपर्छ भने एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्लामा क्षेत्रीय प्रतिनिधि नै सभापतिको उम्मेदवार हुन पाउँछन्।

कांग्रेस निर्वाचन समितिले असोज १८ मा जिल्ला अधिवेशन गर्ने जिल्लाहरूको नामावली निकालिसकेको छ।

Copy link
Powered by Social Snap