२०८३ बैशाख १९

Author: Senior Editor Nima

कोसीमा एमालेकै सरकार बन्छ : ओली

कोसीमा एमालेकै सरकार बन्छ : ओली

राजनीति
विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोसी प्रदेशमा नेकपा एमालेकै सरकार बन्ने बताएका छन् ।  विराटनगर विमानस्थलमा आज पत्रकारहरुसँग कुराकानी गर्दै ओलीले कोसी प्रदेमा  नेपाली कांग्रेसले गैरसंविधानिक काम गर्दा आफू अचम्ममा परेको बताएका छन् । उनले भने"संविधान मान्ने र लोकतान्त्रिक भनिने कांग्रेस जस्तो पुरानो पार्टीले संविधान नमान्दा अचम्म लागेको छ।"  संविधान नमान्ने भनेर हिंडेको माओवादी भन्दा पनि कांग्रेसको क्रियाकलापले नियमको खिल्ली उडेको बताए ।‌ गठबन्धनले असंवैधानिक गतिविधि गरेको भनदै ओलीले गठबंधनले गर्ने गलत कामको एमालेले समर्थन गर्न नसक्ने बताए । उनले कोसी प्रदेशमा एमालेको सरकार बन्ने र ५० सांसदले समर्थन गर्ने बताए ।  ...
संयमित र संवेदनशील हुन धरानका मेयर हर्क साम्पाङको अपिल

संयमित र संवेदनशील हुन धरानका मेयर हर्क साम्पाङको अपिल

देश, राजनीति, समाचार
धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईले संयमित र संवेदनशील हुन अपिल गरेका छन्। धरानमा केही दिनदेखि धार्मिक तथा सामाजिक विवादले यस क्षेत्रलाई अति संवेदनशील बनाइरहेको राईको भनाइ छ। ‘हाल देखिएको अशान्तिमय वातावरणमा सबैले संयमित र संवेदनशील भएर सबै पक्ष, समुदाय र हरेक नागरिकका भावना प्रतिविम्बित हुने गरी आपसी सद्भाव, भाइचारा र एकता कायमका लागि सम्पूर्ण धरान नगरवासीहरूमा हार्दिक अपिल गर्दछु,’ शुक्रबार अपिल जारी गर्दै राईले भनेका छन्। समाजमा देखिने अशान्ति र विभेदले विचार, विधि र व्यवहारमा स्थान पाउँदै गएमा सामाजिक अन्तरसम्बन्ध खलबलिने, अन्तर विरोध बढाउने, प्रतिशोध र द्वन्द्वलाई निम्त्याउने भएकोले यस प्रकारको विविधताको नकरात्मकतालाई सकरात्मकतामा परिणत गर्न संयमित र संवेदनशील हुन उनले अपिल गरेका छन्। यस्तो छ अपिल: ...
राष्ट्र बैंकका गभर्नर अधिकारीले भेटे राष्ट्रपतिलाई

राष्ट्र बैंकका गभर्नर अधिकारीले भेटे राष्ट्रपतिलाई

देश, राजनीति, समाचार
राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन्। शितल निवासमा शुक्रबार राष्ट्रपति पौडेल र गभर्नर अधिकारीबीच कुराकानी भएको हो। गभर्नर अधिकारीले राष्ट्रपति पौडेललाई मुलुकको अर्थतन्त्रका समग्र विषयमा जानकारी गराएको राष्ट्रपति पौडेलको सचिवालयले जानकारी दिएको छ।  ...
जिइएफको उपाध्यक्ष निर्वाचित भए अर्थमन्त्री महत

जिइएफको उपाध्यक्ष निर्वाचित भए अर्थमन्त्री महत

राजनीति
ग्लोबल इनभारोमेन्ट फ्यासिलिटी (जिइएफ)को सातौं विश्व सम्मेलनको प्लेनरी सेसनले नेपालका अर्थमन्त्री प्रकाशशरण महतलाई उपाध्यक्ष पदमा निर्वाचित गरेको छ। आज एसेम्वलीको जारी बैठकमा गणतन्त्र पानामाको प्रस्ताव तथा नेदरल्याडको समर्थनमा मन्त्री महत उपाध्यक्षमा निर्वाचित भएको उनको सचिवालयले जनाएको छ। यस अगाडि उनले विश्ववातावरण कोषको एसेम्वली बैठकलाई  सम्बोधन गर्दै नेपालले कूल क्षेत्रफलको ४५ प्रतिशत वन संरक्षण गरी समग्र मानव समुदायका लागि स्वच्छ अक्सिजन प्रवाह भइरहेको बताए। मन्त्री महतले नेपालले जैविक विविधताको संरक्षणमा इमान्दार प्रयत्न गरिरहेको साथै दुर्लभ तथा सङ्कटापन्न जङ्गली जनावर तथा प्रजातिको संरक्षण गरेको र सोको नतिजास्वरुप बाघ तथा गैँडाको सङ्ख्यामा उल्लेख्यरूपमा वृद्धि भएको उनले बताए। यस्ता वन तथा वन्यजन्य सम्पदा नेपालका लागि मात्र नभई विश्वमानव समुदायकै सम्पदाका रु...
झन्डै साढे ३६ अर्बका चार जलविद्युत आयोजनाको लगानी स्वीकृत

झन्डै साढे ३६ अर्बका चार जलविद्युत आयोजनाको लगानी स्वीकृत

देश, समाचार
लगानी बोर्डले ३६ अर्ब ३७ करोड रुपैयाँका चार वटा जलविद्युत आयोजनाको लगानी स्वीकृत गरेको छ। शुक्रबार प्रधानमन्त्री एवं लगानी बोर्डका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अध्यक्षतामा बसेको बैठकले चारवटा जलविद्युत् परियोजनाहरू (रोल्वालिङ खोला, छुजुङ्ग खोला, दाना खोला र सानीभेरी जलविद्युत् परियोजना) का लागि कुल ३६ अर्ब ३७ करोड रुपैयाँ बराबरको लगानी स्वीकृत गरेको छ। लगानी बोर्डको कार्यालयमा सम्पन्न बैठकले तमोर जलाशययुक्त जलविद्युत परियोजना कार्यान्वयन अघि बढाउने सम्बन्धमा हालसम्मको विकासक्रमको समीक्षा गर्दै परियोजनाको भावी कार्यदिशासम्बन्धी सुझाव पेश गर्न उच्चस्तरीय समिति गठन गर्ने निर्णय गरेको छ।  त्यस्तै, दाङको राजपुर गाउँपालिकामा २४५ मेगावाट र २० मेगावाट ब्याट्री क्षमताका सौर्य ऊर्जा परियोजनाको अध्ययनका लागि डोल्मा हिमालयन इनर्जीलाई अध्ययन अनुमतिपत्र दिने पनि बैठकले निर्ण...
तेजप्रकाश, आश्रिती र समर्पणलाई जयपृथ्वीबहादुर पुरस्कार

तेजप्रकाश, आश्रिती र समर्पणलाई जयपृथ्वीबहादुर पुरस्कार

देश, समाचार
काठमाडौँ — बाल साहिय सर्जक तेजप्रकाश श्रेष्ठलाई जयपृथ्वीबहादुर सिंह सम्मान प्रदान गरिएको छ । जयपृथ्वीबहादुर सिंहको १४७ औं जन्मजयन्तीका अवसरमा बिहीबार कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित समारोहमा श्रेष्ठलाई सम्मान गरिएको हो । यस्तै, जयपृथ्वीबहादुर प्रतिभा पुरस्कारबाट बाल कलाकार आश्रिती श्रेष्ठ र समर्पण न्यौपाने पुरस्कृत भएका छन् । श्रेष्ठलाई चित्रकलातर्फको प्रतिभा पुरस्कार र न्यौपानेलाई साहित्यतर्फको प्रतिभा पुरस्कार प्रदान गरिएको हो ।  पुरस्कारको रकम जनही ५ हजार रुपैयाँ थियो । नेपाल प्रज्ञाप्रतिष्ठान, नेपाल बालसाहित्य समाज र ह्युमनिजम एन्ड जयपृथ्वीबहादुर फाउन्डेसनको सहकार्यमा आयोजित कार्यक्रममा सिंहको मानवतावादी व्यक्तित्त्वको चर्चा गरिएको थियो । पुरस्कृत सर्जकलाई प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले पुरस्कृत गरेका थिए । ...
भ्रष्टाचारविरुद्ध नागरिक आन्दोलनले प्रदर्शन गर्ने

भ्रष्टाचारविरुद्ध नागरिक आन्दोलनले प्रदर्शन गर्ने

राजनीति
काठमाडौँ — बृहत् नागरिक आन्दोलनले भ्रष्टाचार र संगठित अपराधविरुद्धको अनुसन्धान प्रभावकारी नभएको भन्दै खबरदारीस्वरुप प्रदर्शन गर्ने भएको छ । पछिल्लो समय चर्चामा रहेका ललिता निवास, नक्कली शरणार्थी, सुन तस्करी प्रकरणमा चयनात्मक अनुसन्धान र अभियोजन भएकाले नागरिक आन्दोलनले शनिबार काठमाडौँको भद्रकालीमा खबरदारी कार्यक्रम गर्ने भएको हो ।  आन्दोलनले विज्ञप्तिमार्फत यी प्रकरणमा गरिएको चयनात्मक अनुसन्धान र अभियोजनले सरकार नै भ्रष्टाचार र संगठित अपराधलाई प्रश्रय दिन उद्यत रहेको पुष्टि हुने जनाएको छ । ललिता निवास प्रकरणमा मुछिएका पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईलाई छानबिनको दायरामा ल्याउन, सर्वोच्च अदालतले दिएको आदेशको यान्त्रिक पालना गरेको देखाउन बयान लिने औपचारिकता पूरा गरेर उनीहरूलाई अभियोजन नगरी साक्षीका रूपमा उन्मुक्ति दिएको आन्दोलनको दाबी छ । यस्तै, स...
संसदीय समिति सभापति निर्वाचनबारे छलफल गर्न रास्वपाले बाेलायाे संसदीय दलको बैठक 

संसदीय समिति सभापति निर्वाचनबारे छलफल गर्न रास्वपाले बाेलायाे संसदीय दलको बैठक 

राजनीति
काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय समिति सभापतिको निर्वाचनबारे छलफल गर्नका लागि संसदीय दलकाे बैठक बाेलाएकाे छ । रास्वपा संसदीय दलकाे बैठक शुक्रबार साँझ ५ बजे सिंहदरबारस्थित संसदीय दलकाे कार्यालयमा बाेलाइएकाे सचेतक निशा डाँगीले जानकारी दिइन् ।  सत्तारूढ र प्रमुख प्रतिपक्ष एमालेबीच प्रतिनिधिसभाका १० र संयुक्त दुईवटा संसदीय समिति सभापतिमा भागबन्डा मिलेकाे छ । दलहरूबीच भागबन्डामा सहमति भएपछि सभामुख देवराज घिमिरेले भदौ ११ मा प्रतिनिधिसभाका समिति सभापतिहरूकाे निर्वाचन मिति ताेकेका छन् । 'संसदका विषयगत समिति सभापतिहरूकाे निर्वाचन र संसद्मा पार्टीका सांसदहरूले दर्ता गराएका संकल्प र सार्वजनिक महत्त्वका प्रस्तावबारे छलफल गर्न संसदीय दलकाे बैठक बाेलाइएकाे हाे,' सचेतक डाँगीले भनिन् । संसदको चाैथाे ठूलो दल रास्वपा र पाँचौ ठूलो दल राप्रपालाई संसदीय समितिको नेतृत्व नद...
४० हजार विद्यार्थीकी नेपाली प्रतिनिधि

४० हजार विद्यार्थीकी नेपाली प्रतिनिधि

देश, विदेश / एन.आर.एन, शिक्षा, समाचार
२६ वर्षीया मनस्वी अस्ट्रेलिया आएको एक वर्षमै म्याकवारी विश्वविद्यालयको बोर्ड अफ डाइरेक्टरमा निर्वाचित भइन् । अस्ट्रेलियाको कुनै पनि विश्वविद्यालयको बोर्ड सदस्य हुने उनी सम्भवतः पहिलो नेपाली हुन् । अस्ट्रेलिया — पछिल्लो समयमा नेपाली विद्यार्थीका लागि सपनाको केन्द्र नै बनेको छ अस्ट्रेलिया । ठूलो सपना लिएर उच्चशिक्षाका लागि अस्ट्रेलिया पस्नु सामान्य नै हो । तर उक्त सपना समयमै साकार पार्नु भने उत्तिकै चुनौतीपूर्ण छ । त्यसमा पनि अन्तर्राष्ट्रिय विद्यार्थी बनेर आएको एक वर्ष नपुग्दै विश्वकै उत्कृष्टमध्येको विश्वविद्यालयको बोर्डमा हजारौं विद्यार्थीलाई प्रतिनिधित्व गर्नु त झनै चुनौतीपूर्ण छ । तर त्यसैको उदाहरण बनेकी छन्, २६ वर्षीया मनस्वी पौडेल । एक वर्षमात्र भयो मनस्वी अस्ट्रेलिया आइपुगेको । उनी यहाँ आएको करिब ८ महिनामै आफू अध्ययनरत विश्वविद्यालयको बोर्ड अफ डाइरेक्टरमा निर्वाचि...
साढे २ वर्षपछि ट्रम्प फर्किए एक्समा

साढे २ वर्षपछि ट्रम्प फर्किए एक्समा

विदेश / एन.आर.एन, समाचार
पूर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सामाजिक सञ्जाल एक्स (पहिला ट्विटर) मा फर्किएका छन्।   शुक्रबार जर्जियाको एटलान्टास्थित फुल्टोन काउन्टी जेलमा २० मिनेट बिताएका ट्रम्पले त्यसपछि एक्समा आफ्नो जेलमा राख्न खिचिएको तस्बिर (मग सट) पोस्ट गरेका छन्। सन् २०२१ जनवरी ८ पछि ट्रम्प पहिलो पटक उक्त सामाजिक सञ्जालमा आएका हुन्। २०२१ को जनवरी ६ मा ट्रम्पका समर्थकले राष्ट्रपति चुनावको औपचारिक परिणाम घोषणा रोक्नका लागि अमेरिकी संसद भवन क्यापिटल हिलमा आक्रमण गरेका थिए। उक्त हिंसामा ५ जनाको मृत्यु भएको थियो भने दर्जनौं घाइते भएका थिए। ट्रम्पले उक्त हिंसा भड्काउन उकासेको भन्दै ट्विटरका तत्कालीन सिइओ ज्याक डोर्सीले उनलाई ट्विटर चलाउन प्रतिबन्ध लगाएका थिए। अर्का अमेरिकी धनाढ्य एलन मस्कले ट्विटर किनेपछि अभिव्यक्ति स्वतन्त्रता संकुचित गर्न नहुने भन्दै ट्रम्पको प्रतिबन्ध हटाइदिएक...