२०८३ कार्तिक ३०

कोसीमा एमालेकै सरकार बन्छ : ओली




विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोसी प्रदेशमा नेकपा एमालेकै सरकार बन्ने बताएका छन् । 


Advertisement


विराटनगर विमानस्थलमा आज पत्रकारहरुसँग कुराकानी गर्दै ओलीले कोसी प्रदेमा  नेपाली कांग्रेसले गैरसंविधानिक काम गर्दा आफू अचम्ममा परेको बताएका छन् । उनले भने”संविधान मान्ने र लोकतान्त्रिक भनिने कांग्रेस जस्तो पुरानो पार्टीले संविधान नमान्दा अचम्म लागेको छ।” 



संविधान नमान्ने भनेर हिंडेको माओवादी भन्दा पनि कांग्रेसको क्रियाकलापले नियमको खिल्ली उडेको बताए ।‌

गठबन्धनले असंवैधानिक गतिविधि गरेको भनदै ओलीले गठबंधनले गर्ने गलत कामको एमालेले समर्थन गर्न नसक्ने बताए । उनले कोसी प्रदेशमा एमालेको सरकार बन्ने र ५० सांसदले समर्थन गर्ने बताए ।
 


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap