दाङ र नवलपरासीमा भएका सवारी दुर्घटनामा बालकसहित ३ जनाको मृत्यु
११ चैत, काठमाडौं । दाङ र नवलपरासीमा भएका छुट्टाछुट्टै दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । दाङको घोराही उपमहानगरपालिका–१७ मा ट्रकको ठक्करबाट एकजना साइकलयात्रीको मृत्यु भएको छ ।
ना ५ ख २०६२ नम्बरको ट्रकको ठक्करबाट साइकलयात्री घोराही उपमहानगरपालिका–३ झिङ्नी बस्ने कलौ भन्ने ४० वर्षीय विष्णु चौधरीको बुधबार बिहान घटनास्थलमै मृत्यु भएको हो । ट्रक चालक राप्ती गाउँपालिका–६ का ५० वर्षीय प्रेम चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
Advertisement
यसैगरी घोराही उपमहानगरपालिका–७ जबरपुरमा रोकी राखेको ना ४ ख ८३३७ नम्बरको ट्रकमा रा ४ प ४९१४ नम्बरको मोटरसाइकल ठक्कर खाई बुधबार बिहान दुर्घटना हुँदा मोटरसाइकल चालक सोही उपमहानगरपालिका–५ बस्ने २१ वर्षीय रविन डाँगीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका रविनको उपचारको लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घ...









