२०८३ बैशाख २६

Author: Raunak

भीमफेदी–कुलेखानी–काठमाडौँ सडक बुधबारदेखि सञ्चालन हुँदै

भीमफेदी–कुलेखानी–काठमाडौँ सडक बुधबारदेखि सञ्चालन हुँदै

देश, समाचार, सामाजिक
काठमाडौं । मर्मतसम्भार र कालोपत्र गर्नका लागि दुई महिनादेखि बन्द गरिएको भीमफेदी–कुलेखानी–काठमाडौँ सडक बुधबार बिहानदेखि पुनः सञ्चालन हुने भएको छ ।  भीमफेदीदेखि देउराली भञ्ज्याङसम्मको आठ किलोमिटर सडकका लागि रु १८ करोड तथा देउरालीदेखि कुलेखानीको हेबी चौरसम्मको साढे सात किलोमिटर सडकका लागि रु १६ करोड गरी ३४ करोड बजेट विनियोजन भएको थियो । Advertisement वाग्मती प्रदेश यातायात पूर्वाधार निर्देशनालयका निर्देशक डा.सहदेव भण्डारीका अनुसार भीमफेदी–कुलेखानी–हेबीचौरसम्म पुरानो सडक फराकिलो पारिएको छ । ढल तथा पर्खाल निर्माण गरिएको छ । मदन भण्डारी राजमार्गअन्तर्गत पर्ने सिस्नेरीदेखि काठमाडौँको दक्षिणकालीका जोड्ने सडक पनि धमाधम मर्मत भइरहेको उनले जानकारी दिए । साभार: रातोपाटी ...
भारतबाट लुकाईछिपाई ल्याएको अवैध मदिरा बरामद

भारतबाट लुकाईछिपाई ल्याएको अवैध मदिरा बरामद

देश, समाचार
काठमाडौँ । भारतबाट लुकाईछिपाई ल्याइएको अवैध मदिरासहित एक जना पक्राउ परेका छन् ।  झापाको बुद्धशान्ति गाउँपालिका–४ बर्नेस्थित मेची राजमार्गमा चेकजाँचको क्रममा ९५ बोतल मदिरा बरामद भएको हो ।  चेकजाँचको क्रममा मे १ ज ३३५१ नम्बरको गाडी चालक इलाम सुर्योदय नगरपालिका –२ का २८ वर्षीय प्रकाश खड्का मदिरासहित पक्राउ परेका जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी राकेश थापाले जानकारी दिए ।  Advertisement प्रहरीका अनुसार उनको साथबाट प्रहरीले ८४ बोतल ‘सिक्किम गोल्डेन’ र ११ बोतल ‘फायरबल’ मदिरा बरामद गरेको छ ।  प्रहरीले झापाबाट बरामद गरेका मदिरा आन्तरिक राजश्व कार्यालय चन्द्रगढीमा बुझाएको छ । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  साभार: रातोपाटी ...
दाङमा स्कुल बस दुर्घटना : एक छात्राको मृत्यु, २२ जना घाइते

दाङमा स्कुल बस दुर्घटना : एक छात्राको मृत्यु, २२ जना घाइते

देश, समाचार, सामाजिक
१० चैत, दाङ । दाङमा आज बिहान स्कूल बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । तुलसीपुरस्थित ज्ञानज्योति सेकेन्डरी स्कूलको रा१क ४३३ नम्बरको बस तुलसीपुर उपमहानगरपालिका-१५ को सरैयाडाँडा चोकमा दुर्घटनामा हुँदा तुलसीपुर उपमहानरपालिका-१६ निवासी १९ वर्षीया सम्झना केसीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख शिवबहादुर सिंहले जानकारी दिए । Advertisement दुर्घटनामा परी २२ विद्यार्थी घाइते भएका छन् । घाइतेमध्ये पाँच जनालाई थप उपचारका लागि कोहलपुरस्थित शिक्षण अस्पताल पठाइएको छ भने अन्य घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । तुलसीपुर उपमहानगरपालिका-१५ कोठेरीबाट आज बिहान कक्षा ११ र १२ का विद्यार्थी लिएर तुलसीपुरतर्फ आउँदै गरेको बस एक्कासि ब्रेक फेल भएर दुर्घटना भएको बताइएको छ । Credit: OnlineKhabar ...
कम्युनिस्टहरु संसदीय व्यवस्था असफल बनाउने षडयन्त्रमा लागे : नैनसिंह महर

कम्युनिस्टहरु संसदीय व्यवस्था असफल बनाउने षडयन्त्रमा लागे : नैनसिंह महर

देश, राजनीति, समाचार
१० चैत, काठमाडौं । नेपाली कांग्रेसका युवा नेता तथा नेविसंघका पूर्वअध्यक्ष नैनसिंह महरले नेपालका कम्युनिस्टहरु संसदीय व्यवस्था नै असफल पार्ने षडयन्त्रमा लागेको आरोप लगाएका छन् । स्कुल अफ डेमोक्रेसी (एसओडी) विराटनगरले मंगलबार आयोजना गरेको एक कार्यक्रममा प्रमुख वक्ताको रुपमा बोल्दैँ नेता महरले सभामुखले आफ्नो ड्युटी पूरा नगर्ने, सरकारले पनि संसदलाई बिजनेस नदिएर कम्युनिस्टहरुले संसदलाई बन्धक बनाएको आरोप लगाएका हुन् । Advertisement ‘संसदलाई खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने थलोको रुपमा चित्रण गर्ने कम्युनिस्टहरुले जनतामा वितृष्णा फैलाउन खोजेका छन्,’ महरले भने,’जनताको ठूलो त्याग र बलिदानबाट प्राप्त यो व्यवस्था र प्रजातन्त्रमाथि नै गम्भीर प्रश्न चिह्न खडा गर्न खोजेका छन् कम्यनिस्ट नामधारीहरुले ।’ स्कुल अफ डेमोक्रेसीका केन्द्रीय अध्यक्षसमेत रहेक...
उपत्यकामा हराएका ३० मोटरसाइकल फेला, चोरीमा संलग्न दुई पक्राउ

उपत्यकामा हराएका ३० मोटरसाइकल फेला, चोरीमा संलग्न दुई पक्राउ

देश, समाचार, सामाजिक
९ चैत, काठमाडौँ । ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट हराएका ३० मोटरसाइकल भेटिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट सादा पोशाकमा खटिएको ट्राफिक प्रहरीले उपत्यकाका विभिन्न स्थानबाट विभिन्न समयमा हराएका मोटरसाइकल फेला पारेर सम्बन्धित धनीलाई बुझाएको हो । महाशाखाले दुई हप्ताको समयमा १९ मोटरसाइकल र ११ स्कुटर फेला पारेर सम्बन्धित धनीलाई बुझाएको छ । Advertisement महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले ट्राफिक प्रहरीले सवारी साधनको चोरी नियन्त्रण गर्ने अभियानलाई तीव्रता दिँदै आएको बताए । “उपत्यकामा हराएका मोटरसाइकल बरामदका लागि सादा पोशाकमा विशेष ट्राफिक प्रहरी परिचालन गरेका छौँ”, उनले भने । महाशाखाले मोटरसाइकल चोरीमा संलग्न दुईजनालाई पक्राउ समेत गरेको छ । महाशाखाले गोलढुङ्गाका अशोकमानसिंह कुँवरको हराएको बा९२प ९...
संगठन विभाग प्रमुख श्रेष्ठसँग सुनिल थापा समूहले गर्‍यो परामर्श

संगठन विभाग प्रमुख श्रेष्ठसँग सुनिल थापा समूहले गर्‍यो परामर्श

देश, राजनीति, समाचार
काठमाडौं । नेपाली काँग्रेसका संगठन विभाग प्रमुख गोपालमान श्रेष्ठसँग सहमहामन्त्री सुनिल थापा समूहले भेटवार्ता गरेको छ । काँग्रेस पार्टी कार्यालयमा रहेको संगठन विभागको कक्षमा विभाग प्रमुख श्रेष्ठसँग उनीहरुले भेटवार्ता गरेको थिए ।  गत साउनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरी काँग्रेस प्रवेश गरेपछि पहिलो पटक थापा समूहले श्रेष्ठसँग भेटवार्ता गरेको हो । भेटवार्तामा पार्टी संगठन विस्तारबारे छलफल भएको थियो । त्यसमा थापा समूहको पनि ठूलो योगदान रहने श्रेष्ठले विश्वास व्यक्त गरेका थिए । Advertisement थापालाई श्रेष्ठले राप्रपाका अन्य नेता कार्यकर्तालाई पनि काँग्रेसमा ल्याउन पहल गर्ने आग्रह गरेका थिए । यस्तै उनले नवप्रवेशीलाई पार्टीभित्र कुनै विभेद पनि नहुने र नगरिने विश्वास दिलाए । पार्टीलाई सांगठनिक रुपमा बलियो बनाएर आगामी निर्वाचनबाट पह...
शीर्ष नेतालाई क्रियाशील छानविन समितिको ब्रिफिङ : आजसम्म क्रियाशील सदस्यता आधा पनि भएन इन्ट्री

शीर्ष नेतालाई क्रियाशील छानविन समितिको ब्रिफिङ : आजसम्म क्रियाशील सदस्यता आधा पनि भएन इन्ट्री

देश, राजनीति, समाचार
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसको पदाधिकारी तथा पूर्व पदाधिकारीसँग पार्टीको क्रियाशील छानविन समितिले परामर्श गरेको छ । ​सोमबार अपराह्न ४ बजेबाट सुरु भइ साँझ साढे ६ बजेसम्म क्रियाशील सदस्यताको सन्दर्भमा छलफल भएको केन्द्रीय सदस्य रमेश लेखकले जानकारी दिए । क्रियाशील छानविन समितिका संयोजक समेत रहेका लेखकले भने, ‘आजको बैठकमा पार्टीको क्रियाशील सदस्यताबारे प्रारम्भिक छलफल भयो ।’ आज अनौपचारिक बैठक नभएकाले अन्य विषयमा छलफल नभएको बुझिएको छ । क्रियाशील सदस्यता वितरण र नवीकरणको काम कार्यतालिका अनुसार हुन नसकेपछि अब कसरी अगाडि बढ्ने भन्नेबारे छानविन समितिले शीर्षस्थ नेतासँग परामर्श गरेको हो ।  Advertisement बैठकमा क्रियाशिल सदस्यता छानविन समितिले क्रियाशिल सदस्यताको व्यवस्थापनको सम्बन्धमा भएको प्रगति, कमिकमजोरी लगायतबारे जानकारी गराएको थियो । ...
सङ्क्रमण नियन्त्रण प्रभावकारी बनाउन निर्देशन

सङ्क्रमण नियन्त्रण प्रभावकारी बनाउन निर्देशन

देश, समाचार, सामाजिक, स्वास्थ्य
काठमाडौं  । सरकारले कोभिड–१९ को सङ्क्रमण बढ्ने सक्ने जोखिमलाई ध्यानमा राखी रोकथाम र नियन्त्रणको कामलाई प्रभावकारी बनाउन निर्देशन दिएको छ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले भारतमा सङ्क्रमण बढिरहेकाले नेपालमा पनि बढ्नसक्ने जोखिमलाई दृष्टिगत गर्दै सङ्क्रमणको रोकथाम र नियन्त्रणको कामलाई प्रभावकारी बनाउन मन्त्रालयका मातहतका सबै कार्यालयलाई निर्देशन दिएको बताए । मन्त्रालयले सातवटै प्रदेश स्वास्थ्य निर्देशनालय, सङ्घीय प्रादेशिक अस्पताल, स्वास्थ्य सङ्घसंस्था, सबै जिल्लास्थित स्वास्थ्य कार्यालय र सीमा नाका सहायता कक्ष उनले भारतबाट प्रवेश गर्ने नाकामा रहेको सहायता कक्षमा ज्वरो आएका  यात्रुको मलेरियाको आरडिटी परीक्षण गर्न र कोभिड–१९ को एन्टिजेन परीक्षणसमेत गर्न निर्देशन दिएको छ । यसरी परीक्षण गर्न सङ्क्रमण देखिएकाको उपचारको व्यवस्था गर्न स्वास्थ्य सङ्घस...
आजबाट गैँडा गणना शुरु

आजबाट गैँडा गणना शुरु

देश, समाचार
पर्सा । पर्सा राष्ट्रिय निकुञ्जको प्रतापपुरबाट गैँडा गणना शुरु गरिएको छ । चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्जमा एकै पटक १९ वटा ब्लक बनाएर आजदेखि गणना शुरु गरिएको हो । वन तथा वातावरणमन्त्री प्रेम आलेले आज बिहान सिट्ठी फुकेर गैँडा गणनाको शुभारम्भ गरेका थिए । गैँडा गणनाको शुभारम्भका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा मन्त्री आलेले नेपाललाई गैँडाको देश भनेर चिनाउन आवश्यक रहेको बताए । उनले गैँडाको संरक्षण गरेर नेपाललाई गैँडाको देशका रुपमा परिचित गराउन आवश्यक रहेकामा जोड दिंदै उनले भने, “दुर्लभ एक सिङ्गे गैँडा नेपाल र भारतमा मात्रै पाइने भएकाले यसलाई संरक्षण गर्न जरुरी रहेको छ ।”  Advertisement चोरी–शिकारी हुने क्षेत्रमा कडाइ गर्न आवश्यक रहेको भन्दै उनले चोरी–शिकारीमा संलग्नलाई कडा कारवाही गर्न निकुञ्ज कर्मचारीहरुलाई निर्देशन दिए । मन्त्...
झा दम्पती प्रकरणमा ४ जनालाई प्रहरीले गरे सार्वजनिक

झा दम्पती प्रकरणमा ४ जनालाई प्रहरीले गरे सार्वजनिक

देश, राजनीति, समाचार
जनकपुर । झा दम्पती प्रकरणमा महोत्तरी प्रहरीले ४ जना अभियुक्तलाई सार्वजनिक गरेको छ । महोत्तरीको पिपरा गाउँपालिका वडा नम्बर ५ स्थित सहोडवाबाट बेपत्ता पारिएका झा दम्पती घटनामा एक महिनापछि प्रहरीले ४ जना अभियुक्तलाई सार्वजनिक गरेको हो । जिल्ला प्रहरी कार्यालय महोत्तरीले आइतबार पत्रकार सम्मेलन गर्दै झा दम्पतीको अपहरणमा संलग्न रहेको आरोपमा ४ जना अभियुक्तलाई सार्वजनिक गरेको छ । Advertisement प्रहरीले झा दम्पती अपहरणमा संलग्न रहेको आरोपमा पिपरा गाउँपालिका वडा नम्बर ५ स्थित सहोडवा बस्ने ५२ वर्षीय रामबाबु यादव, उनका छोरा २६ वर्षीय सुरेन्द्र यादव, कान्छो छोरो २४ वर्षीय राजेन्द्र यादव र भारत मधुवनी जिल्ला मधवापुरका ५० वर्षीय हरेन्द्र ठाकुरलाई प्रहरीले सार्वजनिक गरेको छ । महोत्तरी प्रहरीले झा दम्पति बेपत्ता भएको सार्वजनिक गर्न नसकेपछि सिआइबीले अनुसन्धान ...