२०८३ बैशाख २६

Author: Raunak

ताजा जनादेश मात्र अबको विकल्पः कमल थापा

ताजा जनादेश मात्र अबको विकल्पः कमल थापा

देश, राजनीति, समाचार
हेटौंडा ।  राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले काङ्ग्रेस र  कम्युनिस्टले लिएको मार्गचित्र गलत र त्रुटिपूर्ण भएको बताएका छन् । राप्रपा मकवानपुरद्वारा आज हेटौंडामा आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै थापाले गणतन्त्र , धर्मनिरपेक्षता र संघीयताले मुलुकको हित नगर्ने समेत बताए । Advertisement कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापाले भने, ‘मुलुकको स्वाधिनता प्रमुख विषय हो, गौरवशाली इतिहासलाई मटियामेट पारेर नयाँ भाष्य सिर्जना गर्ने दुष्प्रयास सफल हुन दिनुहुन्न् ।’ थापाले सत्ता र  शक्तिको निमित्त भएको लुछाचुँडीले मुलुक अन्यौल  र अनिश्चिततातर्फ धकेलिएको बताउँदै ताजा जनादेश मात्र अबको विकल्प रहेको बताए । पार्टीको महाधिवेशन, आगामी निर्वाचन, संगठन निर्माण र सुदृढीकरण अबको प्रमुख कार्यभार भएको भन्दै थापाले प्रशिक्षण कार्यक्रमलाई सघन रुपमा वडा...
पत्रकार महासंघको निर्वाचन सुरु

पत्रकार महासंघको निर्वाचन सुरु

देश, समाचार
नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व चयनका लागि देशभर मतदान प्रक्रिया सुरु भएको छ । महासङ्घका सबै शाखा, प्रदेश समिति र केन्द्रीय समितिको निर्वाचन एकसाथ सुरु भएको हो ।  पत्रकार महासङ्घ प्रत्यक्ष मतदान प्रणालीमा प्रवेश गरेपछि केन्द्रीय समितिको निर्वाचन पहिलो पटक प्रत्यक्ष प्रणालीबाट हुन लागेको हो । Advertisement महासङ्घको केन्द्रीय समिति, प्रदेश समिति, जिल्ला शाखा र विभिन्न प्रतिष्ठान तथा एसोसिएटमा नयाँ नेतृत्वका लागि १३ हजार १२२ सदस्यले एकसाथ मतदान गर्दैछन् । मतदान साँझ ७ बजेसम्म चल्नेछ भने लगत्तै मतगणना शुरु गरिने छ । केन्द्रीय निर्वाचन समितिका संयोजक कपिल काफ्लेले कुनै बाधा नभए चैत २६ गते सबै तहको मत परिणाम आउने बताए ।  निर्वाचनका लागि ७७ जिल्लाको सम्बन्धित जिल्ला शाखामा, ४२ प्रतिष्ठानको विभिन्न १९ स्थानमा र एक एसोसियटको दशरथ रङ्गशालामा गरी कुल ...
भारतमा पहिलो पटक १ लाख १५ हजार बढी संक्रमित भेटिए

भारतमा पहिलो पटक १ लाख १५ हजार बढी संक्रमित भेटिए

विदेश / एन.आर.एन, समाचार, सामाजिक, स्वास्थ्य
भारतमा एकैदिन १ लाख १५ हजार नयाँ संक्रमित भेटिएका छन् । यसका साथै ४ अप्रिलमा भेटिएको १.०३ लाख बिरामीको रेकर्ड तोडिएको छ । पछिल्लो २४ घण्टामा ५९ हजार ७ सय बिरामी निको भएका छन् भने ६ सय ३० को मृत्यु भएको छ । यससँगै सक्रिय संक्रमित अर्थात् उपचार गराइरहेका बिरामीको संख्यामा २४ घण्टाभित्र सर्वाधिक ५४,७९५ को वृद्धि भएको छ । यसअघि अप्रिल ४ मा ५०,४३८ सक्रिय संक्रमित बढेका थिए । त्यतिबेला यो सबैभन्दा धेरै थियो । Advertisement नयाँ संक्रमितमा सधैं झैँ सबैभन्दा बढी ५५,४६९ संक्रमित महाराष्ट्रमा भेटिए । ९,९२१ नयाँ संक्रमितसहित छत्तिसगढ दोस्रो नम्बरमा रह्यो । कूल सक्रिय संक्रमितमा पनि यो दुई राज्य शीर्ष २ मा छन् । महाराष्ट्रमा ४.७२ लाख, जबकी छत्तिसगढमा ५२,४४५ बिरामीको उपचार चलिरहेको छ । भारतमा हालसम्म करिब १.२८ करोड मानिस यो महामारीको चपेटमा आइसकेका छन् । यी...
वायु प्रदूषणले आँखाका बिरामी बढ्दै

वायु प्रदूषणले आँखाका बिरामी बढ्दै

देश, समाचार, सामाजिक, स्वास्थ्य
वायु प्रदूषणका कारण कञ्चनपुरका बासिन्दामा आँखा पोल्ने, चिलाउनेलगायतका समस्या देखा पर्न थालेको छ । स्वास्थ्यचौकी र अस्पतालमा अधिकांश बिरामी आँखाकै समस्या लिएर पुग्न थालेका छन् ।  झलारीस्थित स्वास्थ्यचौकीका अहेव लोकेन्द्र ऐरका अनुसार चार दिनदेखि दैनिक ३० देखि ५० बिरामी आँखाको समस्या लिएर उपचारका लागि पुग्न थालेका छन् । उपचारका लागि पुग्नेहरुले आँखा चिलाउने र पोल्नेलगायतका समस्या लिएर आउने गरेको उनले बताए । Advertisement “वायु प्रदूषण बढेपछि यस्तो समस्या देखिँदै आएको छ”, उनले भने, “विशेषगरी बालबालिका र ज्येष्ठ नागरिक यस्तो समस्या लिएर बढी पुग्न थालेका छन् ।” वायु प्रदूषणको स्तर अत्यधिक मात्रामा बढेपछि बालबालिका, ज्येष्ठ नागरिक, श्वासप्रश्वाससम्बन्धी समस्या भएका व्यक्ति, मुटुरोगीलगायत अन्य दीर्घरोगी बढी प्रभावित हुन थालेका छन् । वायु प्रदूषणबाट ...
संसदमा काँग्रेसको प्रस्ताव सफल हुने अवस्था आएपछि मात्र कदम चाल्छौंः प्रमुख सचेतक खाण

संसदमा काँग्रेसको प्रस्ताव सफल हुने अवस्था आएपछि मात्र कदम चाल्छौंः प्रमुख सचेतक खाण

देश, राजनीति, समाचार
काठमाडौं । नेपाली काँग्रेसका संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले संसदमा काँग्रेसको प्रस्ताव सफल हुने परिस्थिति बनेपछि मात्र सरकार निर्माणको कदम चाल्ने बताएका छन् । नेपाल विद्यार्थी संघद्वारा आयोजित नविन्द्रराज जोशीको १२ औं पुन्यतिथीको श्रद्धाञ्जलीसभामा सचेतक खाणले अविश्वासको प्रस्ताव पास हुने अवस्था आए मात्र दर्ता गरिने बताए । खाणले प्रधानमन्त्री केपी ओलीले भने नैतिकता आधारमा अब पदबाट राजीनामा दिनु पर्ने बताए । सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन गर्ने निर्णयलाई बदर गरेसँगै प्रधानमन्त्री ओलीमाथि नैतिकताको गम्भीर प्रश्न खडा भएको उनको भनाइ छ । यस्तै उनले मुलुकलाई एउटा अन्योलमा राख्न नहुने बताए ।  Advertisement साथै नेपाली काँग्रेसले संसदमा बहुमत पुर्‍याएर सरकार गठनको लागि अगाडि बढने पनि प्रष्ट पारे । खाणले प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिक...
व्यक्ति केन्द्रीत स्वार्थ देखेर लज्जाबोध भएको छः ईश्वर पोखरेल

व्यक्ति केन्द्रीत स्वार्थ देखेर लज्जाबोध भएको छः ईश्वर पोखरेल

देश, राजनीति, समाचार
काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले राजनीतिक क्षेत्रमा विकृति विसंगति चुलिँदै गएको भन्दै त्यस विरुद्ध खबरदारी गर्न आव्हान गरेका छन् । काठमाडौंमा मंगलबार कवि एवं नाटककार स्वर्गीय गोपालप्रसाद रिमालका बारेमा लेखिएको पुस्तक लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले पछिल्लो समय देखापरेका राजनीतिक विसंगति विरुद्ध खबरदारी गर्नुपर्ने आवश्यकता औल्याएका हुन् । Advertisement उनले भने– “जसरी गोपालप्रसाद रिमाल सपना देख्नुहुन्थ्यो, आज आफ्ना सपनाहरुको मृत्यु नहोस् भनेर हामी सजग हुनु जरुरत छ । सपना नदेख्नु पनि राम्रो होइन । तर सपनाको मृत्यु हुनु त सबैभन्दा डरलाग्दो कुरा हो । आज सपना देख्नेहरूलाई सराप्नेहरू पनि छन् । सपनाको मृत्युप्रति परवाह नगर्ने नालायकहरु पनि छन् । तर गोपालप्रसाद रिमाल सपना देख्ने स्वप्नदर्शी पनि हुनुहुन्थ्यो । उहाँले राजनीतिक क्षेत्रको विसंगति व...
भोलिदेखि कोरोनाविरुद्धको चिनियाँ खोप लगाइने (अस्पतालको नामसहित)

भोलिदेखि कोरोनाविरुद्धको चिनियाँ खोप लगाइने (अस्पतालको नामसहित)

देश, समाचार, सामाजिक, स्वास्थ्य
काठमाडौं । चीनबाट अनुदान सहयोगमा प्राप्त कोभिड–१९ विरुद्धको भेरोसेल खोप भोलिदेखि लगाइने भएको छ । चीन सरकारले अनुदानमा दिएको ८ लाख डोज खोप बुधबारदेखि २३ वटा खोप केन्द्रबाट दिन लागिएको हो । उक्त खोप पहिलो चरणमा १८ देखि ५९ वर्ष उमेर समूहका प्राध्यापक, चीनमा छात्रवृत्तिमा अध्ययन गर्ने नेपाली विद्यार्थी र नेपाली व्यापारीलाई लगाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । Advertisement त्यस्तै यसअघि खोप लगाउन छुटेका अग्रपंक्तिमा खटिने जनशक्ति, अत्यावश्यक सेवामा काम गर्ने कर्मचारी, होटल, ट्रेकिङ, विज्ञापन, इन्टरनेट, औषधि, फलफुल र तरकारी व्यवसाय गर्ने व्यक्तिहरुलाई पनि खोप दिइने मन्त्रालयले जनाएको छ । काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट र रसुवा जिल्लाका २३ स्थानमा खोप अभियान सञ्चालन हुने मन्त्रालयले जनाएको छ ।   यी अस्पतालमा...
सरकारी कागजात किर्ते गरेको आरोपमा वकिल पक्राउ

सरकारी कागजात किर्ते गरेको आरोपमा वकिल पक्राउ

देश, समाचार
काठमाडौं । सरकारी कागजात किर्ते गरेको आरोपमा प्रहरीले वकिललाई पक्राउ गरेको छ । जिप्रका मकवानपुरले महानगरीय प्रहरी परिसर काठमाडौंसँग समन्वय गरेर अधिवक्ता बद्रीप्रसाद पौडेललाई काठमाडौंबाट पक्राउ गरेको हो । हेटौंडा उप–महानगरपालिका–४ मा ९ कठ्ठा ३ धुर जग्गामा रहेको कम्पनीको शेयर किर्ते कागजात बनाएर पौडेलले बेचेको आरोप छ । Advertisement ०६६ मा पाँचजना शेयर सञ्चालकमध्ये मृत्यु भएका ४ जना भारतीयको नाममा रहेको शेयर फर्जी कागजात बनाएर बेचेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । ‘अधिवक्ता पौडेललाई हामीले सरकारी छाप दस्तखत किर्ते मुद्दामा म्याद लिएर अनुसन्धान शुरु गरेका छौं’ मकवानपुरका एसपी सोमेन्द्रसिंह सिंह राठौरले भने– ‘कम्पनी रजिष्टारको कार्यालयका अधिकृतको हस्ताक्षर पनि किर्ते गरेको देखिन्छ ।’ जिल्ला अदालत मकवानपुरबाट ०७५ मा पौडेलको नाममा पक्राउ पुर्जी ...
माइतीमा छोरी रोकेको निहुँमा सासु–ससुरामाथि खुकुरी प्रहार

माइतीमा छोरी रोकेको निहुँमा सासु–ससुरामाथि खुकुरी प्रहार

देश, समाचार, सामाजिक
सुर्खेत । माइतीमा छोरी रोकेको निहुँमा दैलेखमा ज्वाँईले सासु–ससुरामाथि खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएका छन् ।  गए राति नौमूले गाउँपालिका–४ कालिकाको कुइने टोलका ६३ वर्षीय झपिलाल रोका मगर र ५५ वर्षीया लालसरी रोकामगर माथि खुकुरी प्रहार भएको हो । Advertisement घरमा सुतिरहेका सासु–ससुरा माथि खुकुरी प्रहार गरी घाइते बनाएर भाग्दै गरेका नौमूले गाउँपालिका–४ कालिकाको सेलागाउँका २७ वर्षीय अनराम रोका मगरलाई नौमूले गाउँपालिका–५ चिसापानीबाट प्रहरीले पक्राउ गरेको छ ।  सासु–ससुरामाथि खुकुरी प्रहरी गरी भागेर नौमूले बजारतर्फ जाँदै गरेका अनरामलाई सादा पोशाकका प्रहरीले विहान ५ बजे नै पक्राउ गरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयको हिरासत राखेको सूचना अधिकारी प्रहरी निरीक्षक इन्द्रजीत सुनारले बताए । साभार: रातोपाटी ...
२२ मेघावाटको माथिल्लो चाकु विद्युत् आयोजना सम्पन्न

२२ मेघावाटको माथिल्लो चाकु विद्युत् आयोजना सम्पन्न

देश, समाचार
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ र ५ मा निर्माण भएको २२ दशमलव १ मेगावाटको माथिल्लो चाकु ‘ए’ जलविद्युत् आयोजनाको निर्माण कार्य सम्पन्न भएको छ । निजी क्षेत्रको शिवश्री हाइड्रोपावर लिमिटेडद्वारा निर्माण भएको आयोजनाबाट उत्पादित विद्युत् मङ्गलबार राष्ट्रिय प्रसारण लाइनमा जोडिएको र एक सातापछि व्यापारिक उत्पादन शुरु गरिने आयोजनाका कार्यकारी निर्देशक उमेश कसजूले जानकारी दिए । प्रतिमेगावाट रु २२ करोड लगानी भएको आयोजनाबाट हाल नदीको बहाव कम भएकाले दैनिक सरदर तीन दशमलव पाँचदेखि चार मेगावाट विद्युत् उत्पादन भएको छ । Advertisement नेपाली प्राविधिकद्वारा डिजाइन गरी सम्पूर्ण कार्य नेपाली प्राविधिकद्वारा नै गरिएको आयोजनाको हेड ८१५ मिटर रहेको छ । फुल्पींकट्टीको चन्द्रपुमा बाँध बाँधी मामिंङको याङले फाँटमा विद्युत् गृह निर्माण भएको आयोजनाको सुरुङमार्...