


आज प्रतिनिधि सभाको बैठक बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकमा सामाजिक सञ्जाल प्रयोगमा कडाइ गर्ने व्यवस्था रहेको सूचना प्रविधि सम्बन्धी विधेयकको प्रतिवेदन पेश हुँदैछ । संसदीय समितिबाट पास भएर बसेको सो विधेयकको प्रतिवेदन विकास तथा प्रविधि समितिकी सभापति कल्याणीकुमारी खड्काले पेश गर्न लागेकी हुन् । सो विधेयकको कतिपय दफामा सामाजिक सञ्जालमाथि अंकुश लगाउने व्यवस्था रहेको भन्दै संसदीय विभिन्न पक्षबाट बिरोधसमेत हुँदै आइरहेको छ ।
Advertisement



यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट मधेशी आयोग र थारु आयोगको आर्थिक वर्ष २०७६/२०७७ को वार्षिक प्रतिवेदन पेश हुने कार्यसुची रहेको छ । साथै राष्ट्रिय सभाका पूर्व उपाध्यक्ष ऐश्वर्यलाल प्रधानाङ्गको निधनप्रति शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
साभार: रातोपाटी





