२०८३ बैशाख २७

Author: Raunak

सार्वजनिक बिदाका कारण बुधबार सुनचाँदीको मूल्य यथावत

सार्वजनिक बिदाका कारण बुधबार सुनचाँदीको मूल्य यथावत

अर्थतन्त्र, कर्पोरेट, देश, समाचार
आज २५६५ औं बुद्ध जयन्ती । सार्वजनिक विदाका कारण आज नेपाली बजारमा सुनचाँदीको मूल्यमा कुनै हेरफेर गरिएको छैन । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बुधबार सुनचाँदीको मूल्य गत मंगलबारकै मूल्य कायम गरिएको हो ।  Advertisement महासंघका अनुसार आज पनि छापावाल सुन प्रतितोला ९३ हजार ५०० रुपैयाँ कायम गरिएको छ भने तेजाबी सुन प्रतितोला ९३ हजार रुपैयाँ नै कायम गरिएको छ ।  त्यस्तै यता चाँदीको मूल्य पनि गत मंगलबारकै मूल्य प्रतितोला एक हजार ३५० रुपैयाँ कायम गरिएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । साभार: रातोपाटी ...
मण्डनदेउपुर १० दिन सिल, बनेपा र पनौती थप पाँच दिन

मण्डनदेउपुर १० दिन सिल, बनेपा र पनौती थप पाँच दिन

देश, समाचार, सामाजिक, स्वास्थ्य
पछिल्ला दिन कोरोना भाइरस सङ्क्रमणदर बढ्दै गएपछि उच्च जोखिममा रहेको जनाउँदै मण्डनदेपुर नगरपालिकाले नगर क्षेत्रमा आजदेखि १० दिन सिल गरेको छ । बनेपा र पनौती नगरले पनि आजदेखि नगरक्षेत्र थप पाँच दिन सिल गरेको जनाएका छन् । दोस्रो लहरको कोभिड–१९ नगरमा तीव्ररूपमा फैलिएकाले यस जोखिमपूर्ण अवस्थामा सङ्क्रमण नियन्त्रण, न्यूनीकरण तथा सङ्क्रमण शृङ्खला तोड्न नगरले अत्यावश्यकबाहेकका सेवा १० दिनका लागि सिल गरेको जनाएको हो । “औषधि र इन्धनबाहेकका सम्पूर्ण सेवा १० दिनलाई बन्द गरेका हौँ”, नगरप्रमुख टोकबहादुर तामाङले भने । नगरमा हाल ११८ पुरुषसहित १६९ सङ्क्रिय सङ्क्रमित रहेका छन् । Advertisement जिल्लामा सबैभन्दा बढी सक्रिय सङ्क्रमित रहेकाले बनेपाले यही जेठ ४ गतेबाट गरेको सिलको समयावधि आजदेखि दोस्रोपटक पाँच दिन थपेको हो । नगरपालिकाले मर्निङवाकसमेत गर्न दिएको छैन । बनेपा ...
दोस्रो डोज लगाउन छुटेकालाई आजदेखि खोप लगाइँदै

दोस्रो डोज लगाउन छुटेकालाई आजदेखि खोप लगाइँदै

देश, समाचार, सामाजिक, स्वास्थ्य
गत फागुन २३ गते भन्दा अगाडि पहिलो प्राथमिकतामा परेर कोरोना विरुद्धको कोभिसिल्ड खोप लगाएका तर दोस्रो मात्रा लिन छुट भएकालाई आज (बुधबार) देखि खोप लगाइँदै छ । बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय स्वास्थ्य कार्यालय ललितपुरले मंगलबार यसबारे निर्णय गरेको हो । निर्णयअनुसार अग्रपंक्तिमा रहेर सेवा प्रदान गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाइकर्मीलगायतलाई दोस्रो डोज दिन लागिएको जानकारी दिएको छ । Advertisement बुधबार सुरक्षाकर्मीलाई मात्रै र बिहिबार र शुक्रबार गरी दुई दिन स्वास्थ्यकर्मी, सरकारी कर्मचारी, सरसफाईकर्मी, पत्रकार, कूटनीतिक नियोगका कुटनीतिज्ञ तथा सो नियोगका कर्मचारी, सार्वजनिक संस्थान तथा बैंक र वित्तिय संस्थानका कर्मचारीलगायतलाई मात्रै खोप लगाइनेछ । आज महानगरीय प्रहरीवृत्त, जाउलाखेल, ललितपुरमा बिहान १० बजेदेखि खोप लगाइँदैछ भने बिहिबार ...
निषेधाज्ञा अवधिभर थप शुल्क नलिन राष्ट्र बैंकको निर्देशन

निषेधाज्ञा अवधिभर थप शुल्क नलिन राष्ट्र बैंकको निर्देशन

आर्थिक, देश, समाचार
कोरोना कहरका कारण ऋण तिर्ने भाका नाघेका वा समय आइपुगेका ऋणीलाई राहत हुने भएको छ । महामारीका कारण समस्यामा परेका ऋणीलाई बैंक तथा वित्तीय संस्थाले आफ्ना ग्राहकलाई कुनै पनि प्रकारको थप शुल्क, जरिवाना लिन नपाउने भएका छन् । नेपाल राष्ट्र बैंकले आज एक निर्देशन जारी गर्दै महामारीको समयमा कुनै पनि ऋणीलाई ऋण तिर्न दबाव नदिन तथा अतिरिक्त शुल्क लिन नपाउने व्यवस्था गरेको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई निषेधाज्ञा अवधिभर र निषेधाज्ञा सकिएको सात दिनसम्म कर्जा असुलीमा ग्राहकलाई कुनै पनि प्रकारको पेनाल्टी वा अतिरिक्त शुल्क नलिन स्पष्टसँग निर्देशन दिएको छ । Advertisement ऋणीलाई कुनै पनि कर्जामा जरिवाना लगाउन नपाउने, लिलामीको सूचना निकाल्न नपाउने व्यवस्था केन्द्रीय बैंकले गरेको छ । त्यस्तै  बैंक तथा वित्तीय संस्थाहरुले निक्षेप र कर्जाको ब्याजदरमा  परिव...
बाँकेमा एकै दिन १४ संक्रमितको मृत्यु, थप ५५९ जनामा संक्रमण

बाँकेमा एकै दिन १४ संक्रमितको मृत्यु, थप ५५९ जनामा संक्रमण

देश, समाचार, सामाजिक
११ जेठ, काठमाडौं । बाँकेमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १४ जनाको मृत्यु भएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार बाँकेका ५ र बाहिरी जिल्लाका ९ जना गरी जम्मा १४ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा ६ महिला र ८ पुरुष छन् । योसँगै कोरोना संक्रमणबाट दोस्रो लहरमा बाँके जिल्लामा मात्रै मृत्यु हुनेको संख्या २२१ पुगेको छ भने बाहिरी जिल्लाका मृत्यु हुनेको संख्या १६३ पुगेको छ । Advertisement थपिए ५५९ संक्रमित बाँकेमा पछिल्लो २४ घण्टामा थप ५५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार १०४७ नमुना परीक्षण गर्दा ५५९ जनामा संक्रमण पुष्टि भएको हो । जसमध्ये बाँके जिल्लाका मात्रै २४७ जना छन् । योसँगै बाँकेमा कोरोनाको दोस्रो लहर सुरु भएयता संक्रमण हुनेको संख्या ११ हजार ८३८ पुगेको छ । महामार...
सर्वोच्च अदालतले भन्यो : प्रधानमन्त्री र प्रधानन्यायाधीशबीच भेट भएको छैन

सर्वोच्च अदालतले भन्यो : प्रधानमन्त्री र प्रधानन्यायाधीशबीच भेट भएको छैन

देश, राजनीति, समाचार
११ जेठ, काठमाडौं । सर्वोच्च अदालतले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओलीसँग हालै भेट नगरेको स्पष्टीकरण दिएको छ । मंगलबार सर्वोच्चका सहप्रवक्ता देवेन्द्र ढकालले विज्ञप्ति जारी गरी प्रधानन्यायाधीश र प्रधानमन्त्रीबीच भेट भएको भनी सञ्चार माध्यममा आएको समाचारमा सत्यता नरहेको बताएका छन् । Advertisement विज्ञप्तिमा स्वतन्त्र, निष्पक्ष, सुदृढ र सक्षम न्यायपालिका एवं विधिको शासनको सुनिश्चितता तथा न्यायपालिकाप्रतिको जनआस्था अभिवृद्धिमा सर्वोच्च अदालत सदैव गम्भीर, सचेत र संवेदनशील एवं पूर्ण प्रतिवद्ध रहेको पनि उल्लेख गरिएको छ । जेठ १० गते प्रधानमन्त्री ओली र प्रधानन्यायाधीश जबराबीच प्रधानमन्त्री निवासमा भेट भएको समाचार सार्वजनिक भएका थिए । सर्वोच्चले समाचार असत्य भन्दै यसले न्यायपालिकाको स्वच्छता र यसप्रतिको आस्...
सिंहदरबारमा विपक्षी गठबन्धनका नेताहरुको छलफल सुरु

सिंहदरबारमा विपक्षी गठबन्धनका नेताहरुको छलफल सुरु

देश, राजनीति, समाचार
११ जेठ, काठमाडौं । संसद विघटनपछिको अवस्थाबारे विपक्षी दलका नेताहरु छलफलमा जुटेका छन् । Advertisement नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव छलफलमा जुटेका हुन् । सिंहदरबारमा भएको छलफलको विषय खुलाइएको छैन । यद्यपि समसामयिक राजनीतिक अवस्था, संसद विघटनलगायतका विषयमा छलफल भएको हुन सक्ने स्रोतको भनाइ छ । Credit: OnlineKhabar ...
अफ्रिकी मुलुक गाम्बियासँग कुटनीतिक सम्बन्ध स्थापना

अफ्रिकी मुलुक गाम्बियासँग कुटनीतिक सम्बन्ध स्थापना

देश, समाचार
११ जेठ, काठमाडौं । नेपाल र गाम्बियाबीच सोमबार कूटनीतिक सम्बन्ध स्थापना भएको छ । न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी नियोग प्रमुख अमृतकुमार राई र न्यूयोर्कस्थित गाम्बियाका राजदूत ल्याङ याबुबीच कूटनीतिक सम्बन्ध स्थापनासम्बन्धी सम्झौतामा सोमबार हस्ताक्षर भएको छ । सोको जानकारी संयुक्त राष्ट्रसंघलाई पनि गराइएको छ । Advertisement अफ्रिकी मुलुक गाम्बियाले सन् १९६५ मा संयुक्त राष्ट्रसंघको सदस्यता लिएको थियो । गाम्बिया र नेपाल असंलग्न आन्दोलनका सदस्य हुन् । योसँगै नेपालको कूटनीतिक सम्बन्ध स्थापना भएको मुलुकको संख्या १७० पुगेको छ । पछिल्लो केही वर्षयता नेपालले विभिन्न मुलुकसँग धमाधम कूटनीतिक सम्बन्ध स्थापना गरिरहेको छ । Credit: OnlineKhabar ...
हेटौंडा अस्पतालमा थप ३ जना कोरोना संक्रमितको मृत्यु

हेटौंडा अस्पतालमा थप ३ जना कोरोना संक्रमितको मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा उपचारका क्रममा हेटौंडा अस्पतालमा थप ३ जनाको मृत्यु भएको छ ।  मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालको कोभिड–१९ उपचार कक्षमा उपचाररत २ जना महिला र एक जना पुरुषको मंगलबार विहान मृत्यु भएको अस्पतालका कोभिड इन्चार्ज डा. सागर काफ्लेले जानकारी दिए । Advertisement उनका अनुसार, मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर–१४ का ६० वर्षिय पुरुषको आज विहान ४ः४५ बजे, हेटौंडा–९ की ५२ वर्षकी महिलाको ९ः३० बजे र भीमफेदी गाउँपालिकाकी ८६ वर्षकी महिलाको विहान १०ः४५ बजे मृत्यु भएको हो । केही दिन अघि संक्रमण पुष्टि भएका उनीहरुको स्वास्थ्यमा थप समस्या देखिएपछि अस्पतालको कोभिड–१९ उपचार कक्षको आईसीयूमा उपचारका क्रममा मृत्यु भएको डा. काफ्लेले बताए । योसँगै हेटौंडा अस्पतालमा उपचारका क्रममा ५० जना कोरोना...
सोलुखुम्बुको विकट गाउँमा कोभिड अस्पताल सञ्चालन भएपछि स्थानीयवासी हर्षित

सोलुखुम्बुको विकट गाउँमा कोभिड अस्पताल सञ्चालन भएपछि स्थानीयवासी हर्षित

देश, समाचार, सामाजिक, स्वास्थ्य
गाउँमै कोभिड अस्पताल सञ्चालन भएपछि थुलुङदुधकोशी गाउँपालिकाका स्थानीयवासी हर्षित भएका छन् ।  गाउँपालिका केन्द्र मुक्लीमा अस्थायी कोभिड अस्पताल सञ्चालनमा आएपछि स्थानीयवासी हर्षित भएका हुन् ।  Advertisement कोरोना सङ्क्रमितलाई अक्सिजनसहित उपचार गर्ने व्यवस्था भएपछि अन्य अस्पताल पुग्नुपर्ने बाध्यताको अन्त्य भएको थुलुङदुधकोशी–४ जुबुकी मनमाया खत्रीले बताए ।  पैतालीस वर्षीया खत्रीसमेतलाई स्वासप्रस्वासमा समस्या देखिएपछि बिहिबार सोही अस्पतालमा भर्न गरेपछि स्वस्थ बनेको खत्रीको भनाइ छ ।  नर्सीङ नेस्रो वर्षमा अध्ययनरत मनमायाकी छोरी रेजिना खत्रीले उपचारमा काठमाडौँ जाने योजना बनाएको भए पनि गाउँमै उपचार सम्भव भएको प्रतिखुशी व्यक्त गरे । “यस्तो महामारी छ, कसरी जानुभन्ने चिन्ता थियो ।” उनले भने, “खर्चसँगै समयको बचत र कम त्रासमा उपचार हुनु हामीजस्ता ग्राम...