२०८३ बैशाख २७

Author: Raunak

प्रधानमन्त्री ओलीले सम्बोधन गर्दै

प्रधानमन्त्री ओलीले सम्बोधन गर्दै

देश, राजनीति, समाचार
१४ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्दैछन् । आसन्न बजेटको पूर्वसन्ध्यामा प्रधानमन्त्रीले दिउँसो ४ बजे सम्बोधन गर्न लागेका हुन् । Advertisement संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते सं‌सदमा बजेट पेस गर्नुपर्नेमा गत ७ जेठको मध्यरातमा संसद विघटन गरेपछि आगामी आर्थिक वर्षको बजेट अध्यादेशबाट ल्‍याउने तयारी भइरहेको छ । Credit: OnlineKhabar ...
धरानमा प्रहरी चौकीमा खुकुरी हानाहान, असई घाइते

धरानमा प्रहरी चौकीमा खुकुरी हानाहान, असई घाइते

देश, समाचार, सामाजिक
१३ जेठ, विराटनगर । धरानमा प्रहरी चौकीमा स्थानीय युवाको दुई समूहबीच खुकुरी हानाहान भएको छ । दुई समूहबीच भएको झडप रोक्न खोज्दा चौकीका इन्चार्ज घाइते भएका छन् । Advertisement जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी कमल थापाका अनुसार एउटा समूह उजुरी लेख्न आएको थियो । उनले भने, पछिपछि आएको अर्काे समूहले चौकी भित्र आक्रमण गर्न खोज्यो । त्यसलाई रोक्न खोज्दा चौकी इन्चार्ज घाइते भएका छन् ।’ अस्थायी प्रहरी चौकी, धरान-१५ मा छ । ७-८ जनाको समूहको आक्रमणबाट चौकीका इञ्चार्ज असई सुमन दाहाल घाइते भएका छन् । उनीमाथि खुकुरी प्रहार भएको थियो । घाइते दाहाललाई उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना गरिएको छ । घटनामा संलग्नको खोजी भइरहेको एसपी थापाले बताए । घटनामा सात जना संलग्न रहेको भन्दै उनले भने, ‘नाका सिल गरेर खोजी गरिरहेका छौं ।’ ...
निरुदेवी पालले फिर्ता गरिन् गाडी

निरुदेवी पालले फिर्ता गरिन् गाडी

देश, समाचार
प्रतिनिधिसभा अन्तर्गत महिला तथा सामाजिक समिति सभापति निरुदेवी पालले आफूले सभापतिको हैसियतले प्रयोग गर्दै आएको सवारी साधन आज फिर्ता गरेकी छन् । सङ्घीय संसद् सचिवालयले महिला तथा सामाजिक समिति सभापतिका हैसियतले उपलब्ध गराएको गाडी आज सकुशल सवारी शाखामा बुझाएकी हुन् । Advertisement निवर्तमान सांसद  पालले कुरा गर्दै भनिन्, “प्रतिनिधिसभा विघटन भइसकेको छ, समिति सभापतिको हैसियतले मैले प्रयोग गर्दै आएको सवारी फिर्ता आज गरेको छु ।” साभार: रातोपाटी ...
काठमाडौंका सिडिओ भन्छन्- अत्यावश्यक सामान अभाव हुन दिँदैनौ

काठमाडौंका सिडिओ भन्छन्- अत्यावश्यक सामान अभाव हुन दिँदैनौ

देश, राजनीति, समाचार, सामाजिक, स्वास्थ्य
जिल्ला प्रशासन कार्यालय काठमाडौंले निषेधाज्ञाको समयमा पनि दैनिक उपभोग्य वस्तुको सहज आपूर्तिको व्यवस्था मिलाइएकाले घरमै बसेर निषेधाज्ञाको पूर्ण पालना गर्न सबैलाई अपिल गरेको छ । जिल्ला प्रशासन कार्यालयले जेठ १४ गते शुक्रबार देखि काठमाण्डौ उपत्यकाका तीन जिल्लामा किराना पसल, खाद्यान्न पसल र डिपार्टमेण्टल स्टोर पनि बन्द गर्ने गरि निषेधाज्ञाको मोडालिटी परिर्वतन गरेपछि दैनिक उपभोग्य सामान खरिदमा समस्या हुने भन्दै निर्णयको विरोध भइरहेका बेला प्रशासनले त्यस्ता वस्तुको आपूर्ति सहज पारिने जनाएको हो । बिहिबार बिहान जिल्ला प्रशासन कार्यालयले नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड, उपभोक्ता संरक्षण मञ्च र खाद्य, किराना थोक व्यापार संघका प्रतिनिधिहरूसँग छलफल गरि आगामी एक साता दैनिक उपभोग्य सामान अभाव हुन नदिने गरि व्यवस्था मिलाउन निर्देशन दिएको हो । ...
नेपाल-भारत सीमा नाकामा कडाइ

नेपाल-भारत सीमा नाकामा कडाइ

देश, विदेश / एन.आर.एन, समाचार
दोस्रो चरणको कोभिड —१९ संक्रमण बढ्दै गएपछि सशस्त्र प्रहरी बल नेपाल छिनमस्ता गण बाहिनी मुख्यालय प्रदेश २ महोत्तरीले नेपाल भारत सीमा क्षेत्रमा कडाइ गरी उच्च सतर्कता अपनाएको छ ।  भारतीयलाई सीमा क्षेत्रबाट नेपाल भित्रिन नदिन प्रदेश २ का आठ वटै जिल्लाको दक्षिणी भागमा रहेको सीमानाकामा उच्च सतर्कता अपनाई आवतजावतमा कडाइ गरिएको प्रदेश २ का सशस्त्र प्रहरी नायब महानिरीक्षक चन्द्रप्रकाश गौतमले राससलाई बताए । Advertisement प्रदेश २ को पूर्वी नाका सप्तरीदेखि पश्चिम पर्साको नाकासम्म ४६४ किलोमिटर सीमा क्षेत्र  छ । सो सीमानाकामा ७२  बिओपी र ३९  एफओपिका पोष्ट छन् ।  ती पोष्टमा तैनाथ सशस्त्र प्रहरीलाई भारतबाट आउने र भारततर्फ जानेलाई कडाइका साथ रोक लगाउन  निर्देशन दिइएको डिआजी गौतमले बताए ।  यस सम्बन्धमा सहयोग गर्न भारतीय समकक्षीसँंग  नियमित समन्वय गर्न...
बजेटमा मतदाता प्रभावित पार्ने कार्यक्रम नराख्न पूर्वप्रमुख निर्वाचन आयुक्तहरुको संयुक्त आग्रह

बजेटमा मतदाता प्रभावित पार्ने कार्यक्रम नराख्न पूर्वप्रमुख निर्वाचन आयुक्तहरुको संयुक्त आग्रह

अर्थतन्त्र, देश, समाचार
निर्वाचन आयोगका पूर्वप्रमुख आयुक्तहरुले सरकारलाई बजेटमा मतदाता प्रभावित पार्ने नीति तथा कार्यक्रम नराख्न आग्रह गरेका छन् ।  बिहीबार पाँच जना पूर्वप्रमुख निर्वाचन आयुक्तहरुले सामूहिक विज्ञप्ति जारी गर्दै सरकारलाई यस्तो आग्रह गरेका हुन् । Advertisement पूर्वप्रमुख निर्वाचन आयुक्तहरु सूर्यप्रसाद श्रेष्ठ, भोजराज पोखरेल, नीलकण्ठ उप्रेती, डा.अयोधिप्रसाद यादव र पूर्व कार्यवाहक प्रमुख दोलखबहादुर गुरुङले ‘२०७८ कात्तिक, मंसिरमा प्रस्तावित प्रतिनिधि सभाको निर्वाचन गराउने भूमिकामा रहेको वर्तमान कामचलाउ सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याउँदा स्वच्छ, स्वतन्त्र एवम् निष्पक्ष निर्वाचनका लागि समान प्रतिस्पर्धाको सिद्धान्तभित्र रही मतदातालाई कुनै एक पक्षमा लाग्न प्रभाव पार्नेगरी लक्षित कुनै किसिमका नयाँ नीति कार्यक्रम वा बजेट बिनियोजन नगर्न सरकारको ध्यानाकर्षण गर...
कोरोनाविरुद्वको खोप सहयोग गर्न चीनलाई उपप्रधानमन्त्री पोखरेलको आग्रह

कोरोनाविरुद्वको खोप सहयोग गर्न चीनलाई उपप्रधानमन्त्री पोखरेलको आग्रह

देश, समाचार, स्वास्थ्य
उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोनाविरुद्वको खोप सहयोग गरिदिन चिनियाँ कम्युनिष्ट पार्टीसँग आग्रह गरेका छन् । नेकपा एमालेका महासचिवसमेत रहेका उपप्रधानमन्त्री पोखरेलले आज चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभाग प्रमुख सोङ ताओसँग खोप सहयोगका लागि आग्रह गरेका हुन् । चिनियाँ कम्युनिष्ट पार्टी र नेपालका प्रमुख राजनीतिक दलका नेताहरुबीच आज आयोजित भिडियो बैठकमा उपप्रधानमन्त्री पोखरेलले खोपका लागि दुई देशबीच ठोस सहकार्यको जरुरत रहेको भन्दै सहयोगका लागि आग्रह गरेका हुन् । Advertisement ‘नेपालीहरुको जीवन रक्षा गर्नुका साथै नेपाललाई कोरोना मुक्त गरी अर्थतन्त्रलाई पुरानै ठाउँमा फर्काउन दुई देशबीच खोपमा सहकार्यको जरुरत रहेको छ’, उनले भने– दुई देशबीचको गहिरो सम्बन्धका कारण खोप सहयोग हुनेमा म आशावादी छु ।’ खोप र स्वास्थ्य सामाग्री सहयोगका लागि अन्तर्राष्ट्रिय समुदाय...
सावधानीपूर्वक मनाइयो २ हजार ५६५ औँ बुद्ध जयन्ती

सावधानीपूर्वक मनाइयो २ हजार ५६५ औँ बुद्ध जयन्ती

देश, समाचार
कोरोनाबाट बच्न सावधानी अपनाउँदै शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको दुई हजार ५६५ औँ जन्म जयन्ती घरघरमा श्रद्धा भक्ति पूर्वक पूजा आराधना एवं शान्ति सन्देश फैल्याउने योगदानको स्मरण गरी मनाइएको छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती पर्व शाक्यमुनि बुद्धले शान्तिको सन्देश फैल्याउन पुर्याउनुभएको योगदानको स्मरणमा उनीप्रति आराधना, ध्यान गरी मनाइन्छ । भगवान् विष्णुको नवौँ अवतारका रुपमा कपिलवस्तु राज्यका राजा शुद्धोधन र मायादेवीका सुपुत्रका रुपमा उनले जन्म लिएका थिए । राजकुमारका रुपमा प्राप्त हुने सुख सयल छोडी दुःख निवारणको कारण खोज्न २९ वर्षको उमेरमा सिद्धार्थ गौतम तपस्याका लागि निस्किए। तपस्याबाट प्राप्त वृद्धत्वका माध्यमबाट उहाँले विश्व शान्ति स्थापनाका लागि सहयोग पुर्याए ।   Advertisement बुद्धको जन्म, ज्ञान प्राप्ति, महानिर्वाचन (मु...
नेपाललाई १० लाख डोज खोप अनुदानमा उपलव्ध गराउने चीनको घोषणा

नेपाललाई १० लाख डोज खोप अनुदानमा उपलव्ध गराउने चीनको घोषणा

देश, समाचार
चीनले नेपाललाई थप १० लाख डोज कोभिड १९ विरुद्धको खोप अनुदानमा दिने भएको छ । बुधबार राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ राष्ट्रपति सी जिनपिङ बीच भएको टेलिफोन कुराकानीमा उक्त सहमति भएको हो । Advertisement टेलिफोन कुराकानीमा चिनियाँ राष्ट्रपति सीले नेपाललाई तत्काल १० लाख डोज खोप अनुदान सहयोग गर्ने घोषणा गर्नुभएको नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले जानकारी दिएकी छन् ।  साभार: रातोपाटी ...
निषेधाज्ञा उल्लंघन गर्ने १५ सय ३८ वटा सवारी साधन होल्ड

निषेधाज्ञा उल्लंघन गर्ने १५ सय ३८ वटा सवारी साधन होल्ड

देश, समाचार, सामाजिक
काठमाडौं । प्रमुख जिल्ला अधिकारीहरुले जारी गरेको निषेधाज्ञा नमान्ने १५ सय ३८ सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बुधवार देशभरबाट ४ सय ५६ वटा चारपाङ्ग्रे र १ हजार ८२ वटा दुईपांग्रे सवारीलाई नियन्त्रणमा लिएर होल्ड गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । Advertisement नियन्त्रणमा लिएका सवारीलाई प्रहरीले होल्ड गरेर चालकलाई कोभिड–१९ बारे सचेत गराएर छाड्ने गरेको छ । मास्क नलगाई हिँड्ने ९ सय ४० जनालाई प्रहरीले बुधवार मास्क वितरण गरेको छ । स्वास्थ्य मन्त्रालयले जारी गरेको कोभिड–१९ मापदण्ड पालना नगर्ने १ सय ९८ जनालाई प्रहरीले जरिवाना गरेको छ । संक्रामक रोग ऐन–२०२० अनुसार बुधवार मात्रै २२ हजार जरिवाना असुल गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।  साभार: रातोपाटी ...