‘संविधान र सर्वोच्च अदालतको आदेशानुसार अध्यादेश’
महान्यायाधिवक्ता रमेश बडालले नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०७८ संविधान र सर्वोच्च अदालतको आदेशानुसार ल्याइएको बताएका छन् । आफ्नो कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा उनले महान्यायाधिवक्ता कार्यालयको अनुरोधमा संविधानको कार्यान्वयनका लागि अध्यादेश ल्याइएको स्पष्ट पारे ।
Advertisement
“महान्यायाधिवक्तालाई अभियोजन गर्ने र सरकारलाई कानूनी राय र सल्लाह दिने संवैधानिक व्यवस्था छ”,उनले भने, “संविधान र सर्वोच्च अदालतका धेरै आदेश छन्, त्यसको कार्यान्वयनका लागि अध्यादेश ल्याउनुपरेको हो ।” उनले यससम्बन्धी विधेयक २०७५ साल साउन २२ गते संसद्मा प्रवेश भएर रहँदा संविधान र अदालतको आदेश कार्यान्वयनमा कठिनाइ भएकाले अध्यादेशमार्फत ल्याउनुपरेको स्पष्ट पारे ।
“नागरिकतासम्बन्धी अध्यादेश ल्याएर राष्ट्रघात गरिएको छैन, संविधानमा भएको व्यवस्...









