२०८३ बैशाख २७

Author: Raunak

जनताको ध्यान तान्ने यी कार्यक्रम बजेटमा

जनताको ध्यान तान्ने यी कार्यक्रम बजेटमा

अर्थतन्त्र, देश, समाचार
सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट शनिबार अध्यादेशमार्फत ल्याउँदै छ । यस पटक प्रतिनीधिसभा विघटन गरेर सरकारले चुनावको घोषणा गरिसकेकाले बजेटको आकार बढ्ने निश्चित छ । Advertisement बजेटको आकार बढ्ने अर्को कारण सामाजिक सुरक्षा भत्तामा पनि सरकारले बृद्धि गर्ने तयारी गरेको छ भने अर्को तर्फ कोरोना महमारी नियन्त्रणका लागि र कोरोना प्रभावितहरुको लागि राहत तथा पुनरुत्थानका कार्यक्रम पनि ल्याउनुपर्ने भएकाले बजेटको आकार बढ्ने भएको हो । साढे १६ खर्ब हारहारीमा बजेट बिनियोजन गर्ने अर्थमन्त्रालयको तयारी छ ।  बजेट निर्माणको सम्पूर्ण काम सकिसकेको छ। केहीबेरमा बस्ने मन्त्रिपरिषद्को बैठकले बजेट अध्यादेशबाट जारी गर्न राष्ट्रपतिसमक्ष पेस गर्ने निर्णय गर्नेछ । मन्त्रिपरिषद्को सो निर्णय राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस भएपछि उनले अध्यादेश मार्फत बजेट जार...
गणतन्त्र पक्षधरबीच एकता अपरिहार्य : मुख्यमन्त्री राउत

गणतन्त्र पक्षधरबीच एकता अपरिहार्य : मुख्यमन्त्री राउत

देश, राजनीति, समाचार
१५ जेठ, जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले सम्पूर्ण गणतन्त्र पक्षधरबीच एकताको आवश्यकता रहेको औंल्याएका छन् । Advertisement गणतन्त्र दिवसको अवसरमा शनिबार शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री राउतले लामो राजनीतिक आन्दोलन तथा सबै शहीदहरुको बलिदानीबाट प्राप्त गणतन्त्रको रक्षा एवं सुदृढीकरणका लागि सम्पूर्ण गणतन्त्र पक्षधर नेपालीबीच एकताको अपरिहार्यता अझै रहेको बताएका छन् । गणतन्त्र प्राप्तिका लागि ज्यानको आहूति दिने शहीदहरुप्रति श्रद्धासुमन अर्पण गर्दै राउतले शुभकामना सन्देशमा भनेका छन्, ‘शहीदहरुले देखाउनुभएको बाटोमा हिंड्न प्रदेश सरकार सदैव तयार रहने प्रतिबद्धता व्यक्त गर्दछ ।’ Credit: OnlineKhabar ...
वामदेवले सम्झिए गणतन्त्रको विपक्षमा उभिने नेता

वामदेवले सम्झिए गणतन्त्रको विपक्षमा उभिने नेता

देश, राजनीति, समाचार
१५ जेठ, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले गणतन्त्र स्थापना गर्न योगदान दिने शहीद र योद्धाहरु सम्झिएका छन् । गणतन्त्र दिवसको शुभकामना दिंदै गौतमले शहीदको सपना साकार पार्न दृढतापूर्वक उभिन आह्वान समेत गरेका छन् । गौतमले गणतन्त्र ल्याउन योगदान दिने नेताहरुको नाम समेत उल्लेख गरेका छन् । नेपाली काँग्रेसका सभापति गिरिजाप्रसाद कोइराला, नेकपा एमालेका महासचिव माधवकुमार नेपाल र नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई गणतन्त्र स्थापनाका महानायकको संज्ञा दिएका छन् । Advertisement गौतमले लेखेका छन्, ‘२०६५ जेठ १५ गतेको अवस्थामा नेपाललाई ल्याइपुर्याउने युगान्तकारी संघर्षका महानायकहरु भने नेपाली कांग्रेसका पार्टी सभापति गिरिजाप्रसाद कोइराला, नेकपा एमालेका महासचिव माधवकुमार नेपाल र नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड हुनुहुन्थ्...
पोखरा घटनाले उब्जायो सरकार कहाँ छ भन्ने प्रश्न : नेपाली कांग्रेस

पोखरा घटनाले उब्जायो सरकार कहाँ छ भन्ने प्रश्न : नेपाली कांग्रेस

देश, राजनीति, समाचार
१४ जेठ, काठमाडौं । नेपाली कांग्रेसले अक्सिजनको अभावमा पोखरामा सुत्केरी महिलासहित ६ जनाको एकैसाथ मृत्यु हुनु दुःखद र कारुणिक घटना भएको बताएको छ । यो घटनाले राज्यको अकर्मण्यता पुष्टि गर्नुका साथै सरकार कहाँ छ भन्ने गम्भीर प्रश्न पनि सिर्जना गरेको पनि कांग्रेसले बताएको छ । Advertisement प्रवक्ता विश्वप्रकाश शर्माले जारी गरेको विज्ञप्तिमा भनिएको छ ‘जनताको मृत्यु यसरी कहालीलाग्दो ढंगले हुंदै गर्दा सरकार मानवीय कर्तव्यमा भन्दा असंवैधानिक कर्ममा लिप्त रहनु इतिहासकै दुर्भाग्य भएको छ ।’ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शुक्रबार अक्सिजन नपाएर सुत्केरीसहित ६ जनाको मृत्यु भएको थियो । सरकारी र निजी अस्पतालमा अक्सिजनको अभाव हुन नदिन अत्यावश्यक समन्वय गर्ने अनिवार्य दायित्व सरकारको हो भन्दै कांग्रेसले दायित्व निर्वाह नगर्दा भएका गम्भीर घटनाहरुको जिम...
कैलालीमा युवक हत्या आरोपमा चार जना पक्राउ

कैलालीमा युवक हत्या आरोपमा चार जना पक्राउ

देश, समाचार, सामाजिक
१४ जेठ, धनगढी । कैलालीमा युवकको हत्या आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । शुक्रबार बिहान धनगढी बसपार्कको प्रतिक्षालयमा मृत अवस्थामा फेला परेका पहिचान हुन नसकेका युवकको हत्या गरेको आरोपमा चार जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । Advertisement जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले धनगढी उपमहानगरपालिका–१ का १८ वर्षीय दिपेन्द्र भन्ने दिपान्सु पौडेल, डडेल्धुराको अमरगढी नगरपालिका घर भएर कञ्चनपुरको भीमदत्त नगरपालिका–३ बस्ने १९ वर्षीय प्रवीण ऐर, डोटीको पूर्वी चौकी गाउँपालिका–४ बस्ने २० वर्षीय अनिल कुँवर र कैलालीको घोडाघोडी नगपालिका–१ बस्ने १८ वर्षीय युवराज शाहीलाई पक्राउ गरेको जानकारी दिए । टाउकोमा चोटपटक लागेको अवस्थामा बसपार्कमा मृत भेटिएका अपरिचित व्यक्तिको हत्या गरेको आशंकामा उनीहरुलाई पक्राउ गरिएको प्रहरी...
आयकरमा सार्वजनिक संस्थानको योगदान १९ अर्ब ३६ करोड

आयकरमा सार्वजनिक संस्थानको योगदान १९ अर्ब ३६ करोड

देश, समाचार
१४ जेठ, काठमाडौं । नेपालमा संचालनमा रहेका सार्वजनिक संस्थाले आयकरमा एक वर्षमा १९ अर्ब ३६ करोड ८८ लाख रुपैयाँ योगदान गरेका छन् । अर्थ मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार आर्थिक वर्ष २०७६/७७ मा सार्वजनिक संस्थानबाट उक्त रकम बराबर आयकर योगदान भएको हो । यो रकम आव २०७५/७६ को तुलनामा १०.२२ प्रतिशतले बढी हो । क्षेत्रगत रुपमा जनउपयोगी क्षेत्रबाट सबैभन्दा बढी ६ अर्ब ९२ करोड ४० लाख रुपैयाँ योगदान भएको छ । Advertisement तथ्यांक अनुसार एक वर्षको अवधिमा नेपाल दूरसंचार कम्पनी लिमिटेडले सबैभन्दा बढी ६ अर्ब ९१ करोड ३० लाख रुपैयाँ आयकर तिरेको छ । नेपाल आयल निगमले ४ अर्ब ४१ करोड ३० लाख रुपैयाँ आयकर तिरेको छ । राष्ट्रिय वाणिज्य बैंक १ रुपैयाँ ८५ करोड ७४ लाख रुपैयाँ आयकर तिरेको छ । कृषि विकास बैंकले १ अर्ब ७१ करोड ८५ लाख र नेपाल नागरिक उड्डयन प्राधिकरणले १ अ...
बारपाकका ७२२ एन्टिजेन परीक्षणमा ५८ जनामा कोरोना पुष्टी

बारपाकका ७२२ एन्टिजेन परीक्षणमा ५८ जनामा कोरोना पुष्टी

देश, समाचार, सामाजिक, स्वास्थ्य
१४ जेठ, गोरखा । बारपाकमा शुत्रबार ७ शय २२ जनाको एन्टिजेन परीक्षण गर्दा ५८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका जनस्वास्थ्य निरीक्षक नानीबाबु दानीका अनुसार कोरोना पुष्टी हुनेमा ४० महिला र १८ पुरुष रहेका छन् । ‘३ शय ९८ जना महिला र ३ शय २४ जना पुरुषको एन्टिजेन परीक्षण गर्‍यौं’ उनले भने, ‘उनीहरुमध्ये ५८ जनामा कोरोना देखियो ।’ संक्रमितमध्ये तीन जनामा अक्सिजन लेवल कम देखिएको छ । उनीहरुलाई शनिबार ‘फलो अप’ का लागि बोलाइएको दानीले बताए । Advertisement ‘भोलि पनि परीक्षण जारी रहन्छ, फलो अप गर्न आउँदा अक्सिजन लेवल घटेको पाइएमा उहाँहरुलाई थप उपचारका लागी गोरखा अस्पताल पठाउछौं,’ उनले भने । परीक्षणका लागि आएका अन्य बिरामीलाइ आवश्यक उपचारसहित औषधी उपलब्ध गराइएको उनले बताए । ज्वरो र रुघाखोकीका बिरामी बढेपछि गण्डकी स्वा...
रुपन्देहीका कोभिड अस्पतालमा जनमुक्ति पार्टीको निःशुल्क खाना

रुपन्देहीका कोभिड अस्पतालमा जनमुक्ति पार्टीको निःशुल्क खाना

देश, समाचार, सामाजिक
१४ जेठ, बुटवल । रुपन्देहीका दुई कोभिड अस्पतालमा भर्ना भएका बिरामी तथा स्वास्थ्यकर्मीहरुलाई राष्ट्रिय जनमुक्ति पार्टीले निःशुल्क खाना र खाजा खुवाउन शुरु गरेको छ । पार्टीले बुटवल धागो कारखानामा सञ्चालित कोभिड अस्पतालमा दैनिक एकसय जनालाई एकछाक खाना र भीम अस्पतालमा ५० जनालाई फलफूलसहित खाजा खुवाउन शुरु गरेको हो । Advertisement शुक्रबारदेखि शुरु भएको अभियान एकहप्तासम्म जारी रहने कार्यक्रम संयोजक एवं पार्टीका जिल्ला उपाध्यक्ष टेकबहादुर गुरुङले बताए । ‘निषेधाज्ञाका कारण होटेलहरु र यातायात सेवा समेत बन्द हुँदा अस्पताल भर्ना भएका विरामी तथा उपचारमा खटिने डाक्टर–नर्सलाई खाना र खाजा खान समस्या भएकाले अभियान चलाइएको हो’–गुरुङले भने । पार्टी नेता कार्यकर्ताबाट करिब दुई लाख रुपैयाँ संकलन गरेर एक हप्ताका लागि खाना तथा खाजा अभियान सञ्चालन गरिएको जनमुक्ति युवा मह...
लुम्बिनी प्रदेशको राष्ट्रिय सभा निर्वाचनमा आज रातिदेखि मौन अवधि

लुम्बिनी प्रदेशको राष्ट्रिय सभा निर्वाचनमा आज रातिदेखि मौन अवधि

देश, राजनीति, समाचार
१४ जेठ, काठमाडौं । लुम्बिनी प्रदेशमा जेठ १७ गते हुने राष्ट्रियसभा उपनिर्वाचनका लागि शुक्रबार रातिदेखि मौन अवधि सुरु हुने भएको छ । मौन अवधिमा निर्वाचन प्रचार प्रसार गर्न र म माग्न नमिल्ने निर्वाचन आयोगले जनाएको छ । Advertisement आयोगले एस.एम.एस, फेसवुक, भाईवर जस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमार्फत मत माग्न र निर्वाचन प्रचार प्रसार गर्न नपाइने बताएको छ । अन्तिम नामावलीमा नाम भएका प्रदेश सभा सदस्य, गाउँपालिकाको अध्यक्ष वा उपाध्यक्ष तथा नगरपालिकाको प्रमुख वा उपप्रमुखले आफ्नो परिचयपत्रका आधारमा मतदान गर्न पाउनेछन् । राष्ट्रियसभा उपनिर्वाचनमा लुम्बिनी प्रदेशमा नेकपा एमालेबाट चन्द्रबहादुर खड्का र नेपाली कांग्रेसबाट दृगनारायण पाण्डेय उम्मेदवार छन् । Credit: OnlineKhabar ...
भारतमा कोरोनाका दैनिक नयाँ संक्रमितको संख्या ४४ दिनयताकै कम

भारतमा कोरोनाका दैनिक नयाँ संक्रमितको संख्या ४४ दिनयताकै कम

विदेश / एन.आर.एन, समाचार, सामाजिक, स्वास्थ्य
१४ जेठ, काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड-१९) का नयाँ संक्रमितको संख्या ४४ दिनयताकै सबैभन्दा कम देखिएको छ ।' भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाका एक लाख ८६ हजार ३६४ नयाँ संक्रमित थपिएका छन् । Advertisement उक्त अवधिमा भारतमा कोरोना संक्रमणको कारण ३ हजार ६६० जनाको मृत्यु भएको छ । यससँगै भारतमा कोरोनाका समग्र संक्रमितको संख्या २ करोड ७५ लाख ५५ हजार नाघेको छ । त्यस्तै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या पनि ३ लाख १८ हजार ८९५ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतको तामिलनाडुमा सबैभन्दा धेरै ३३ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन् । त्यस्तै केरला र कर्नाटकमा नयाँ संक्रमितको संख्या २४ हजारभन्दा धेरै छ । महाराष्ट्रमा पनि २१ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन् । भारतमा कोरोनाका सक्रिय स...