२०८२ माघ १८

Author: Raunak

आज संवैधानिक इजलासबाट दुई न्यायाधीश अलग हुनेबारे निर्णय भएन

आज संवैधानिक इजलासबाट दुई न्यायाधीश अलग हुनेबारे निर्णय भएन

देश, समाचार
काठमाडौं । संवैधानिक इजलासबाट न्यायाधीश बमकुमार श्रेष्ठ र तेजबहादुर केसी अलग हुने अथवा बस्नेबारे सोमबार निर्णय हुन सकेन । प्रतिनिधिसभा विघटन मुद्दाको पेशी स्थगित गरिएको हुनाले आज त्यसबारे निर्णय हुने अपेक्षा गरिएको थियो । तर, साँझसम्म त्यसबारे कुनै निर्णय नभएको सर्वोच्च अदालतका एक उच्च अधिकृतले रातोपाटीलाई बताए । Advertisement विघटन मुद्दाको पेशी मंगलबार हेर्दाहेर्दैमा राखिएको छ । इजलास बस्नुअघि न्यायाधीशहरूले बेन्च छाड्ने वा नछाड्ने भन्नेबारे निर्णय हुने बताइएको छ । प्रधान न्यायाधीश चोलेन्द्रशम्शेर जबराले बेन्चमा बस्ने वा अलग हुनेबारे निर्णय गर्ने अधिकार न्यायाधीशलाई भएको संकेत गर्दै भनेका थिए–‘श्रीमानहरुले के भन्नुहुन्छ ?’ न्यायाधीशहरूले त्यसबारे कुनै निर्णय नगरेको सर्वोच्चका ती अधिकारीले बताए ।  साभार: रातोपाटी ...
कोभिड–१९ विरुद्धको खोपको बहानामा राष्ट्रपतिलाई अघि सार्न खोजियो : काँग्रेस नेतृ संग्रौला

कोभिड–१९ विरुद्धको खोपको बहानामा राष्ट्रपतिलाई अघि सार्न खोजियो : काँग्रेस नेतृ संग्रौला

देश, राजनीति, समाचार
नेपाली काँग्रेसकी केन्द्रीय सदस्य डा.डिला संग्रौलाले वर्तमान कार्यकारी सरकारले खोप माग्ने निहुँमा आलंकारिक राष्ट्रपतिलाई अघि सारेको भन्दै आपत्ति जनाएकी छन् । मन्त्रिपरिषदले सम्बद्ध देशका राष्ट्रपतिलाई पत्राचार गरी कूटनीतिक पहलबाट खोप तथा आवश्यक अन्य औषधिको व्यवस्था गर्नुपर्नेमा विभिन्न देशका राष्ट्रपतिलाई फोन गर्न लगाउनु आपत्तिजनक भएको नेतृ संग्रौलाले बताइन् । आलङ्कारिक राष्ट्रपतिलाई सरकारले कोभिड–१९ विरुद्धको खोपको बहाना बनाएर अघि सार्न लागेको बताइन् । खोप माग्न लगाएर विश्वका राष्ट्रपतिहरूसँग अनुनय बिनय गर्दै भीख माग्नेजस्तो रुपमा राष्ट्रपतिलाई अघि सारेर कार्यकारी सरकार रमिते बनेको भन्दै उनले सरकारको यस कार्यको विरोध गरिन् । Advertisement 'संविधानको कुन धाराले सरकार र राष्ट्रपतिलाई यो अधिकार दिएको छ ? यस्तो महामारीको अवस्थामा सरकारले हो खोपको व्यव...
बाँकेका अस्पतालमा थप पाँच सङ्क्रमितको मृत्यु

बाँकेका अस्पतालमा थप पाँच सङ्क्रमितको मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
बाँकेका अस्पतालमा भर्ना भएका थप पाँच सङ्क्रमितको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा बाँकेका दुई र बाहिरी जिल्लाका तीनजना रहेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए ।  Advertisement उनका अनुसार नेपालगञ्जस्थित भेरी अस्पतालमा भर्ना भएका नेपालगञ्ज उपमहानगरपालिका–१२ का ८७ वर्षीय पुरुष, लमजुङ मध्य नेपाल नगरपालिका–४ का ३१ वर्षीय पुरुष र कैलाली घोडाघोडी नगरपालिका–१ का ४० वर्षीया महिलाको मृत्यु भएको छ ।  यसैगरी शिक्षण अस्पताल कोहलपुरमा उपचाररत बाँके राप्ती सोनारी गाउँपालिका–७ का ५० वर्षीया महिला र दाङ तुलसीपुर उपमहानगरपालिका–७ का ८३ वर्षीय पुरुषको पनि उपचारको क्रममा गएराती मृत्यु भएको छ । योसँगै बाँकेका २९१ र बाहिरी जिल्लाबाट यहाँ उपचार गराउन आएका २८६ जनाको मृत्यु भएको स्रोत व्यक्ति वलीले बताए । साभार:...
श्रमिकको जीविकोपार्जको व्यवस्था गर्न  मानवअधिकार आयोगको  आग्रह

श्रमिकको जीविकोपार्जको व्यवस्था गर्न मानवअधिकार आयोगको आग्रह

देश, समाचार
राष्ट्रिय मानव अधिकार आयोगले कोभिड–१९ बाट उत्पन्न सबै असरको सम्बोधन गर्न र श्रमिकको जीविकोपार्जनको व्यवस्था गर्न सरकारसँग आग्रह गरेको छ । आयोगले नागरिकमाथि दुर्व्यवहार नगर्न, व्यक्तिको जीवन, स्वास्थ्य र दैनिक जीवनमा अत्यावश्यक पर्ने सेवा, वस्तुको पहुँच, आपूर्ति व्यवस्थापन तथा नियमन गर्न, अग्रपङ्क्तिमा रहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायतको मनोबल उच्च राख्न समेत सरकारसँग आग्रह गरेको छ । आयोगका प्रवक्ता डा.टीकाराम पोखरेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा न्यून आर्जन भएका श्रमिक तथा ज्याला मजदूरी गरी जीवनयापन गर्ने वर्गको पहिचान गरी निजहरुको लागि जीविकोपार्जनका आवश्यक कार्यक्रमको व्यवस्थापन गर्न सरकारलाई आग्रह गरिएको छ । Advertisement कोभिड–१९ बाट उत्पन्न वर्तमान सङ्कटको परिस्थितिमा आमनागरिकको स्वास्थ्य उपचारलगायत विभिन्न अधिकारको अवस्था जोखिममा प...
यार्सा सङ्कलनमा गएकी महिलाको मृत्यु

यार्सा सङ्कलनमा गएकी महिलाको मृत्यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
अपी हिमाल गाउँपालिका–५ का एक महिलाको यार्सागुम्बा सङ्कलनका क्रममा एकजना महिलाको मृत्यु भएको छ ।  यार्सागुम्बा सङ्कलनका लागि अपी हिमाल गाउँपालिकाको सातगङ्गा वनमा गएको बेला ४० वर्षीया चुन्धरी धामीको मृत्यु भएको हो । Advertisement यार्सागुम्बा सङ्कलनका लागि गत वैशाखमै पाटन पुगेकी धामीको पेट दुख्ने समस्या थियो । दुई/तीन दिनसम्म पेट दुख्न निको नभएपछि मृत्यु भएको आफन्तले जनाएका छन् ।  मृतकको शवलाई आइतबार घर ल्याइएको छ । मृतकका दुई छोरा र दुई छोरी छन् । यसअघि अपी हिमाल गाउँपालिका–४ का एक मोहनसिंह ठेकरेको पनि यार्सागुम्बा सङ्कलनका क्रममा हिउँ पहिरामा परी मृत्यु भएको थियो । साभार: रातोपाटी ...
धरान उपमहानगरपालिकाले दुई लाख मात्रा खोप खरीद गर्ने

धरान उपमहानगरपालिकाले दुई लाख मात्रा खोप खरीद गर्ने

देश, समाचार, स्वास्थ्य
धरान उपमहानगरपालिकाले आफ्ना नागरिकका लागि आफैँ खोप खरीद गर्न पहल शुरु गरेको छ । धरान उपमहानगरपालिकाभित्र बसोबास गर्ने नागरिकको स्वास्थ्य सुरक्षालाई दृष्टिगत गर्दै खोप खरीदका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई पत्राचार गरेको छ ।  Advertisement उपमहानगरपालिका प्रमुख तिलक राईका अनुसार पत्रमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय काठमाडौँ, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सामाजिक विकास मन्त्रालय १ नं प्रदेश विराटनगरमा बोधार्थ उल्लेख गरिएको छ ।  कोरोना रोकथाम तथा नियन्त्रण गर्न खोप नै प्रभावकारी देखिएको भन्दै प्रमुख राईले १८ वर्षमाथिका एक लाख नागरिकलाई उपमहानगरपालिकाको आफ्नै स्रोतबाट खोप लगाउने योजना बनाएको राईले बताए ।  एक लाख नागरिकको पहिलो र दोस्रो मात्राको खोप लगाउनका लागि दुई लाख मात्रा खोप धरानमा आवश्यक पर्ने भएको भन्...
प्रदेश २ को बजेट अधिवेशन जेठ २४ मा आह्वान गर्न सिफारिस

प्रदेश २ को बजेट अधिवेशन जेठ २४ मा आह्वान गर्न सिफारिस

देश, समाचार
प्रदेश नम्बर २ को सरकारले बजेट अधिवेशन आह्वान गर्न सिफारिश गरेको छ । सोमबार बसेको मन्त्रीपरिषदको बैठकले चालु अधिवेशन अन्त्य गरि जेठ २४ गते बजेट अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख समक्ष सिफारिश गरेको हो ।  Advertisement बजेट अधिवेशन आह्वानका लागि  प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले जानकारी दिए । प्रदेश प्रमुखले सिफारिश गरे पश्चात् प्रदेश सभा मार्फत आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरिनेछ । साभार: रातोपाटी ...
यी हुन् राष्ट्रपतिबाट माफी मिनाहा पाउने ४ सय ३० जना कैदी (सूची)

यी हुन् राष्ट्रपतिबाट माफी मिनाहा पाउने ४ सय ३० जना कैदी (सूची)

देश, राजनीति, समाचार
सरकारले ४ सय ३० जना कैदीबन्दीको भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी मिनाहा गरेको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त संख्याका कैदीहरूको यहि जेठ १५ गतेबाट लागू हुनेगरी कैद मिनाहाको घोषणा गरेकी हुन् । मन्त्रिपरिषदको जेठ १३ गतेको निर्णय अनुसार उनीहरुको कैद मिनाहा गरिएको राष्ट्रपति कार्यालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । Advertisement साभार: रातोपाटी ...
जसपामा स्पष्टीकरणको २४ घण्टे अल्टिमेटम पनि सकियो, अब के हुन्छ ?

जसपामा स्पष्टीकरणको २४ घण्टे अल्टिमेटम पनि सकियो, अब के हुन्छ ?

देश, राजनीति, समाचार
जनता समाजवादी पार्टी (जसपा) नेपालभित्रको विवाद यतिबेला उत्कर्षमा छ । पार्टी अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुर पक्षले शनिबार एक अर्कालाई २४ घण्टे अल्टिमेटमसहितको स्पष्टीकरण सोधेका थिए । जसको म्याद सकिएको छ । Advertisement पत्रमा २४ घण्टाभित्र चित्त बुझ्दो र सन्तोषजनक जवाफ प्राप्त नभएमा राजनीतिक दलसम्बन्धी ऐन २०७३ र जनता समाजवादी पार्टी नेपालको अन्तरिम विधान २०७७ बमोजिम निस्कासनसम्मको कारवाही हुने चेतावनी दिइएको थियो । तर, हालसम्म कसैले स्पष्टीकरण बुझाएका छैनन् ।  अध्यक्ष ठाकुर अर्का अध्यक्ष यादवको प्रतिक्रियाको प्रतीक्षामा छन् । यादवको प्रतिक्रियाको आधारमा जवाफ दिने तयारीमा रहेको उनीनिकट एक नेताले रातोपाटीलाई बताए । अध्यक्ष ठाकुर आज पनि बबरमहलस्थित पार्टी कार्यालयमा पुगेर आफू निकट नेताहरुसँग छलफल गरेका थिए । ४ बजेसम्म कुनै पत्र नआएपछि उनी ...
रवीन्द्र मिश्रले भने– उज्वल थापाको स्वास्थ्य  अवस्था अत्यन्तै गम्भीर

रवीन्द्र मिश्रले भने– उज्वल थापाको स्वास्थ्य अवस्था अत्यन्तै गम्भीर

देश, राजनीति, समाचार
विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष उज्वल थापाको स्वास्थ्य अवस्था गम्भीर बनेको छ । उनको स्वास्थ्य अवस्थाबारे जानकारी दिँदै सो दलका अध्यक्ष रवीन्द्र मिश्रले थापाको स्वास्थ्य अवस्थामा कुनै सुधार नआएको अवस्था अत्यन्तै गम्भिर रहेको बताएका छन् ।  Advertisement उनले भनेका छन्– ‘डाक्टरहरूले सकेको गरिरहेका छन्। डाक्टरहरू र देश विदेशबाट प्राप्त शुभेच्छुकहरूको सहयोग, प्रेरणा र प्रार्थनाप्रति उज्वलजीको परिवार अत्यन्तै अनुग्रहित छ। उज्वलजीको लागि प्रार्थना गर्दै रहनुहोला। प्रार्थनामा शक्ति हुन्छ ।’ केहीदिन पहिले कोरोना संक्रमित भएका थापाको मेडिसिटी अस्पतालको भेन्टिलेटरमा उपचार भइरहेको छ । उनको उपचारका लागि देश बिदेशमा रहेका नेपालीहरुले ५० लाख रुपैया सहयोग गरेका छन् । साभार: रातोपाटी ...