२०८२ माघ १८

Author: Raunak

संसद विघटनबारे वक्तव्यबाजी नगर्न एमालेका जनसंगठनहरुको चेतावनी

संसद विघटनबारे वक्तव्यबाजी नगर्न एमालेका जनसंगठनहरुको चेतावनी

देश, राजनीति, समाचार
१९ जेठ, काठमाडौं । संसद विघटनबारे सर्वोच्च अदालतमा विचाराधीन मुद्दालाई लिएर वक्तव्यबाजी नगर्न नेकपा एमालेका जनसंगठनहरुले चेतावनी दिएका छन् । १६ जनसंगठनका प्रमुखहरुले संयुक्त वक्तव्य जारी गर्दै अदालतमा विचाराधीन मुद्दालाई प्रभाव पार्ने भन्‍दै  बदनियत राखेर वक्तव्यबाजी नगर्न चेतावनी दिएका हुन् । ‘…सम्मानित सर्वोच्च अदालतमा विचाराधीन मुद्दालाई प्रभावित समेत गर्ने बदनियत राखी वक्तव्यबाजी गर्ने कार्यको हामी घोर निन्दा र भत्सर्ना गर्दै यस्ता हर्कत बारम्बार नदोहोर्‍याउन चेतावनी दिन चाहन्छौं’, वक्तव्यमा उल्लेख छ । केही दिन अगाडि चार पूर्वप्रधानन्यायाधीशले वक्तव्य जारी गरेका थिए । Advertisement तर वक्तव्यमा पूर्वप्रधानन्यायाधीश भनेर प्रष्ट लेखिएको छैन ।  ‘…राज्यका अत्यन्त महत्वपूर्ण र शीर्ष स्थानमा रही सेवा निवृत्ति भएका केही व्यक्तिाहरुले समेत आफ...
चीनमा पहिलो पटक मानिसमा देखियो बर्डफ्लुको ‘एच१०एन३’ भेरियन्ट

चीनमा पहिलो पटक मानिसमा देखियो बर्डफ्लुको ‘एच१०एन३’ भेरियन्ट

विदेश / एन.आर.एन, समाचार, स्वास्थ्य
१९ जेठ, काठमाडौं । चीनमा बर्डफ्लुको दुर्लभ भेरियन्ट एच१०एन३ को संक्रमण पहिलोपटक मानिसमा देखिएको छ । चीनका ४१ वर्षीय पुरुषमा उक्त भेरियन्टको संक्रमण पुष्टि भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । चीनमा अहिले संक्रमित भएका व्यक्तिबारे विस्तृत जानकारी भने दिइएको छैन । यद्यपि यो संक्रमण मानिसबाट अर्को मानिसमा सजिलै नसर्ने अनुमान गरिएको छ । Advertisement समाचारमा उल्लेख गरिए अनुसार चीनको जियान्सु प्रान्तमा बस्ने ४१ वर्षीय पुरुषमा गतसाता कोरोनाको संक्रमण पुष्टि भएको थियो । उनी अहिले संक्रमणबाट मुक्त भइसकेका छन् । बर्डफ्लुको धेरै भेरियन्टहरु देखिएका छन् । तर, कुखुरा फर्ममा काम गर्ने मानिसमा भने यो संक्रमण भने देखिएको थिएन । अहिले संक्रमण देखिएका मानिसको सम्पर्कमा आएका अन्य मानिसमा गरिएको परीक्षणमा भाइरसको संक्रमण देखिएको थिएन । चीनको नेश...
एमाले स्थायी कमिटी बैठक बस्दै

एमाले स्थायी कमिटी बैठक बस्दै

देश, राजनीति, समाचार
१९ जेठ, काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक आज पनि बोलाइएको छ । दिउँसो चार बजे बैठक बोलाइएको स्थायी कमिटी सदस्य सुवास नेम्वाङले बताए । मंगलबार पनि स्थायी कमिटीको बैठक बसेको थियो । बैठकले एमालेको एकता जोगाउन सकेसम्म पहल गर्ने निर्णय गरेको थियो । तर तत्कालै बैठक बोलाइएको छ । Advertisement एमालेको विवाद उत्कर्षमा पुग्दा अध्यक्ष केपी शर्मा ओलीले १० जेठमा बरिष्ठ नेता माधवकुमार नेपाल सहित एघार जनालाई निस्कासन गरेका छन् । थप १२ जनालाई त्यसैदिन २४ घण्टे स्पष्टिकरण सोधिएको थियो । तर मंगलबारको बैठकले यसबारे कुनै निर्णय गरेन । ७ जेठमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन नेता नेपाल समूहका २६ सांसदले हस्ताक्षर गरेका थिए । संविधानको धारा ७६ (५) अनुसार देउवालाई प्रधानमन्त्री प्रस्ताव गर्दै हस्ताक्षर गरेका एमाले सांसदहर...
वीरगञ्ज महानगरपालिकालाई ६ लाख ८९ हजारको खाद्यान्न सहयोग

वीरगञ्ज महानगरपालिकालाई ६ लाख ८९ हजारको खाद्यान्न सहयोग

देश, समाचार, सामाजिक
१८ जेठ, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकालाई एक औद्योगिक समूहले राहतका लागि खाद्यान्न सामग्री सहयोग गरेको छ । शिवशक्ति ग्रुपले महानगरपालिकालाई ६ लाख ८९ हजार रुपैयाँ बराबरको खाद्यान्न सामग्री मंगलबार नगर प्रमुख विजयकुमार सरावगीलाई हस्तान्तरण गरेको छ । ग्रुपले ३६० बोरा चामल, एक हजार किलो दाल र सोयाबिन तेल एक सय लिटर सहयोग गरेको छ । कोरोना महामारीका कारण रोजगारी गुमाएर रोजीरोटीमा समस्या परेकाहरुलाई सहयोग पुगोस् भन्ने उद्देश्यले खाद्यान्न सामग्री सहयोग गरिएको शिवशक्ति ग्रुपका प्रशासकीय अधिकृत महेशजंग पाण्डेले जानकारी दिए । Advertisement खाद्यान्न सामग्री बुझ्दै नगर प्रमुख सरावगीले विषम परिस्थितिमा आएको सहयोगबाट लक्षित वर्गले नै लाभ लिने बताए । वीरगञ्जमा रेल्वे कटेज, साहेब दरबार सेवा संस्था, सानो पाइला, हन्ड्रेड ग्रुप्स लगायतका संघ संस्थाले रोजगारी गुमा...
बारपाकमा प्रदेशबाट स्वास्थ्यकर्मीको अर्को टोली जाँदै

बारपाकमा प्रदेशबाट स्वास्थ्यकर्मीको अर्को टोली जाँदै

देश, समाचार, सामाजिक, स्वास्थ्य
१८ जेठ, गोरखा । कोरोना भाइरसको महामारी फैलिएको गोरखाको बारपाकको अवस्था अझै सामान्य भएको छैन । गाउँमा रुघाखोकी र ज्वरोका बिरामी अझै धेरै छन् । दोस्रो लहरमा २७५ जनामा संक्रमण पुष्टि भएकोमा ५६ जना संक्रमणमुक्त भएका छन्, सक्रिय संक्रमितमध्ये अधिकांश होम आइसोलेसनमा छन् । कोरोना भाइरस संक्रमणसँग मिल्दोजुल्दो लक्षण भएका बिरामी बढ्ने र दिनहुँजसो मानिसहरुको मृत्यु हुन थालेपछि गत शुक्रबार गण्डकी प्रदेशबाट विशेषज्ञसहितको चिकित्सक टोली बारपाक पुगेको थियो । उक्त टोली तीन दिन बसेर फर्किसकेको छ । Advertisement त्यस अवधिमा उनीहरुले १ हजार ३५६ जनाको कोरोना परीक्षण गरे । ९६४ जनाको एन्टिजेन परीक्षण गर्दा ८३ जनामा संक्रमण पुष्टि भयो भने पीसीआर विधिबाट ३४२ जनामा परीक्षण गर्दा १३० जनामा कोरोना पुष्टि भएको थियो । पीसीआर परीक्षणका लागि स्वाब दिएका ५० जनाको रिपोर्ट आउन अझै...
भारतमा परीक्षण नै नगरी विदेशी खोप प्रयोगको अनुमति

भारतमा परीक्षण नै नगरी विदेशी खोप प्रयोगको अनुमति

विदेश / एन.आर.एन, समाचार, स्वास्थ्य
१८ जेठ, काठमाडौं । भारतले कोरोना भाइरस (कोभिड-१९) विरुद्धको केही विदेशी खोपलाई स्थानीयरुपमा परीक्षण अनिवार्य नहुने नियम ल्याएको छ । यससँगै अब फाइजर र मोडेर्नाजस्ता कम्पनीको खोप भारत ल्याउने बाटो खुला भएको छ । भारतमा देखिएको कोरोना संक्रमणको दोस्रो लहरसँगै भारतभर खोप कार्यक्रमलाई पनि तीव्र गतिमा बढाउन दबाब बढिरहेको अवस्थामा त्यहाँको सरकारले यस्तो निर्णय गरेको हो । भारत सरकारलेसार्वजनिक गरेको विज्ञप्तिमा कोरोना खोप अभियानलाई गति दिन विश्वको सबैभन्दा राम्रो खोपको प्रयोग गरिने उल्लेख छ । Advertisement विश्वको दोस्रो ठूलो जनसंख्या भएको भारतमा अहिलेसम्म करिब ३ प्रतिशत जनसंख्याले मात्र पूरा डोज कोरोना खोप लगाएका छन् । यो संख्या विश्वका सबैभन्दा धेरै कोरोना संक्रमण फैलिएका १० मुलुकमा सबैभन्दा कम हो । यसअघि सरकारले कुनै पनि विदेशी खोपको परीक्षण स्थानीयरुपमा...
सुदूरपश्चिममा नेपाल पक्षका ७ नेताले भने- कारबाहीको सिफारिस पूर्वाग्रहपूर्ण

सुदूरपश्चिममा नेपाल पक्षका ७ नेताले भने- कारबाहीको सिफारिस पूर्वाग्रहपूर्ण

देश, राजनीति, समाचार
१८ जेठ, काठमाडौं । नेकपा एमालेको सुदूरपश्चिम प्रदेश कमिटीले स्पष्टीकरण सोधेका माधव नेपाल पक्षका ७ जना नेताले आफूहरुमाथि कारबाहीको सिफारिस गर्नु पूर्वाग्रहपूर्ण भएको बताएका छन् । एमालेको प्रदेश कमिटीले सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी भएका ६ मन्त्री र एमाले संसदीय दलका प्रमुख सचेतकलाई सोमबार कारबाहीका लागि केन्द्रीय कमिटीमा सिफारिस गरेको थियो । Advertisement मन्त्रीहरु दीर्घबहादुर सोडारी, लालबहादुर खड्का, पूर्णा जोशी, राज्यमन्त्रीहरु चुनकुमारी देवी चौधरी, मनाकुमारी साउद र अर्चना गहतराज तथा एमाले संसदीय दलकी सचेतक दुर्गाकुमारी कामीले मंगलबार एक विज्ञप्ति जारी गरी आफूहरुलाई कारबाहीका लागि लेखेको पत्रमा उल्लेखित कुरा पूर्वाग्रहपूर्ण, निराधार र भ्रमपूर्ण भएको बताएका छन् । नेकपा एमालेको स्थायी कमिटी बैठकले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर...
हुरीले पोल ढालेपछि कैलाली र कञ्चनपुरमा विद्युत सेवा अवरुद्ध

हुरीले पोल ढालेपछि कैलाली र कञ्चनपुरमा विद्युत सेवा अवरुद्ध

देश, समाचार, सामाजिक
१८ जेठ, धनगढी । मंगलबार बिहान आएको हावाहुरीका कारण ठाउँ–ठाउँमा पोल भाँचिएर ढलेपछि कैलाली र कञ्चनपुरमा विद्युत सेवा अवरुद्ध भएको छ । Advertisement प्रदेशको अस्थायी राजधानी धनगढीसहित महेन्द्रनगर, टीकापुर, लम्किचुहा, झलारी लगायतका मुख्य शहर क्षेत्र र ग्रामीण भेगमा विद्युत सेवा अवरुद्ध भएको नेपाल विद्युत प्राधिकरण प्रादेशिक कार्यालय अत्तरियाले जनाएको छ । प्रादेशिक कार्यालयका प्रमुख जोशीले कतिपय ठाउँमा रूख ढलेर तार चुडिएको बताउँदै अधिकांश स्थानमा सिमेन्टका पोल भाँचिएकाले विद्युत आपूर्ति ठप्प भएको जानकारी दिए । दुवै जिल्लामा लाइन मर्मत सम्भारका लागि प्राविधिक टोली खटाए पनि सीमित जनशक्ति हुँदा सेवा सुचारू गर्न केही समय लाग्ने उनले बताए । हावाहुरीले पुर्याएको क्षतिको विवरण संकलनको काम भइरहेको उनले बताए । Credit: OnlineKhabar ...
बाँकेमा थप ४ जना संक्रमितको मृत्‍यु

बाँकेमा थप ४ जना संक्रमितको मृत्‍यु

देश, समाचार, सामाजिक, स्वास्थ्य
१८ जेठ, काठमाडौं । बाँकेका विभिन्न अस्पतालमा उपचाररत थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सोमबार ५: ३० बजे साँझदेखि मंगलबार बिहान ८ बजेसम्म यी संक्रमितको मृत्यु भएको छ। जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीका अनुसार मृतक मध्ये २ जना बर्दिया, १/१ जना बाँके र कैलालीका छन् । Advertisement भेरी अस्पतालमा उपचाररत बढैयाताल गाउँपालिका-६ बर्दियाका ४२ वर्षीय पुरूषको सोमबार साँझ ५:30 बजे मृत्‍यु भएको छ भने बढैयाताल गाउँपालिका-२ बर्दियाकी ४५ वर्षीया महिलाको सोमबार राति ९ बजे मृत्‍यु भएको छ । यस्तै टीकापुर नगरपालिका-८ कैलालीका ७७ वर्षीय पुरूषको बुधबार विहान १२: ३० बजे मृत्‍यु भएको छ भने नेपालगञ्ज उपमहानगरपालिका-१ बाँकेका ७० वर्षीय पुरूषको बुधबार विहान ८ बजे मृत्‍यु भएको छ । योसँगै कोरोना संक्रमणबाट बाँके जिल्लाभित्रका...
ओली पक्षीय सांसद बोहराले दिएनन् स्पष्टीकरण, शाहले पठाए नसिहत पत्र

ओली पक्षीय सांसद बोहराले दिएनन् स्पष्टीकरण, शाहले पठाए नसिहत पत्र

देश, राजनीति, समाचार
१८ जेठ, धनगढी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षीय सुदूरपश्चिम प्रदेशसभा सदस्य पठानसिंह बोहराले स्पष्टीकरण नबुझाएपछि दलका नेता प्रकाशबहादुर शाहले नसिहत पत्र पठाउँदै कारबाहीको चेतावनी दिएका छन् । प्रदेशसभा दलको निर्णयको फेरि पनि उल्लंघन गरेमा थप कारवाही गर्ने चेतावनी शाहले दिएका छन् । Advertisement संसदीय दलको निर्णय विरूद्ध सार्वजनिक रूपमा अभिव्यक्ति दिएको भन्दै दलका नेता प्रकाशबहादुर शाहले स्पष्टीकरण सोधेपनि बोहराले दिएका छैनन् । शाहले बोहरालाई नसिहत पत्र पठाउँदै संसदीय दलको निर्णय अवज्ञा गर्ने र अनावश्यक भ्रम सिर्जना गर्ने कार्यमा संलग्न नहुन सचेत गराएका छन् । पुनः प्रदेशसभा दलको निर्णयको उल्लंघन गरेमा थप कारवाही हुने चेतावनी दिइएको छ । बोहराले गत बुधबार बसेको प्रदेशसभा संसदीय दलले स्थायी कमिटीको निर्देशन विपरीत निर्णय गरेको भन्दै ...